तमानखोला गाउँपालिकामा शैक्षिक बैठक तथा अन्र्तक्रिया कार्यक्रम: सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर बृद्धिमा टेवा पुग्ने अपेक्षा

बुर्तिबाङ बैसाख १७ गते
तमानखोला गाउँपालिकाद्धारा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्य सहित आइतबार शैक्षिक बैठक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न २१ वटा सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, जनप्रतिनिधी लगाएतको उपश्थितीमा सञ्चालन भएको कार्यक्रममा प्रशिक्षकको रुपमा रहनु भएका डा. प्रमोद ढकालले प्रशिक्षण एवंम अन्र्तक्रिया गर्नुभएको हो ।
शिक्षाको गुणस्तर कसरी बृद्धि गर्ने, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कनुका अवस्था र कारण, त्यसको न्युनिकरण र समाधानका उपाय लगाएतको विषयमा छलफल एवंम अन्र्तक्रिया गरिएको थियो ।
आयोजित कार्यक्रमबाट बढिमात्रामा सामुदायिक विद्यालयमा अभिभावकको आर्कषण कम भएको, शिक्षकमा सक्रियताको अभाव,दिन काट्ने प्रबृर्ति, प्रविधिसंग सामुदायिक विद्यालयका शिक्षक फड्को मार्न नसकेको शिक्षकहरुबाटै प्रतिक्रिया प्राप्त भएको पाइएको छ । शिक्षा निती समेत पुरानै भएका कारण पनी विद्यार्थि अहिलेपनी घोकन्ते विद्या लिन बाध्य भएको लगाएतका विषय उठान भएका हुन ।


कार्यक्रममा प्रशिक्षकको रुपमा रहनुभएका डा. प्रमोद ढकालले शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न भौतिक क्षेत्रको विकासले मात्र परिणाम दिन नसक्ने बताउनु भयो । शिक्षकमा सिक्ने र सिकाउने उत्सुक्ता हुन नसक्नु, आफनो पेशालाई परिमार्जन मुखि बनाउन नसक्नु, परिमार्जित समयअनुसार प्रविधिको क्षेत्रमा अगाडी बद्न नसक्नुनै अहिलेको मुख्य समस्या रहेको बताउनु भयो ।
त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा शिक्षक, व्यवस्थापन समिती, अभिभावक र राज्यको समेत उत्तिकै जिम्मेवारी रहने बताउँदै प्रविधिमैत्री, उत्पादन मुखि, सिपमुलक र व्यबहारिक शिक्षा विद्यार्थिलाई सिकाउन सके मात्रै शैक्षिक गुणस्तरमा बृद्धि हुने वक्ताहरुको जोड थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै स्थानीय तहको पुनर संरचना पश्चात तमानखोला गाउँपालिकाले विद्यालयको भौतिक क्षेत्रको विकासमा ६० देखि ७० प्रतिशत सम्म विकास गरिसकेको बताउँदै अबका दिनमा भौतिक संगै शैक्षिक गुणस्तर बृद्धि गर्ने अभियानमा जोडिने बताउनु भयो ।


उहाँले शैक्षिक गुणस्तर बृद्धि गर्नमा सबै जिम्मेवार व्यक्तिले ध्यान दिन जरुरी रहेको प्रस्ट पार्नुभयो शिक्षक आफनो पेशा प्रति जिम्मेवार बन्नुपर्ने, प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउँदै पालिकाले शिक्षा क्षेत्रको बिकासका निम्ती शिक्षकलाई बिषयगत तालिम, व्यवस्थापन समितीलाई व्यवस्थापकिय क्षमताको विकास तालिम दिने, अभिभाबकलाई थप जिम्मेवार बोध गराउने, बद्दो बाल विवाह न्युनिकरणमा सबैले सम्मोन्य गरेर अगाडी बढ्ने, बालबालिकालाई कम्तिमा उच्च शिक्षा सम्म अध्ययन गर्ने बानिको बिकास गराउन पहल गर्ने, पाठ्यक्रममा प्रविधिकरण, स्थानिय पाठ्यक्रमलाई थप व्यवस्थित गरी अगाडी बढाउने विषयमा पालिकाले कार्यक्रम र अभियान लिएर अगाडी बद्ने बताउनु भयो । संघ र प्रदेशको भरमा पालिका आर्थिक रुपमा चल्नुपर्दा कतिपय विषयमा पालिकाले लिएको निती अनुरुप चल्न समस्या भइरहेको बताउँदै विभिन्न चुनौतिका बावजुद पनी शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न सकेमा मात्र पालिकाको बिकास र समृद्धि हुने बताउनु भयो ।


कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा नंं. ३ का अध्यक्ष तथा सामाजिक विकास समिती सम्योजक झक बहादुर बुढा, वडा नंं. २ का अध्यक्ष नारायण सुनार, ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, वडा नंं. ६ का अध्यक्ष चित्र छन्त्याल, विद्यालय व्यवस्थापन समिती अध्यक्षको तर्फदेखि धनगौज्वती माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष गिर बहादुर घर्ति, जनजागृर्ति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक बेद बहादुर बुढा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सबै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रमका अवसरमा शिक्षक सेवा उर्तिण गरि विभिन्न विद्यालयमा पदस्थापन भएका नव नियूक्त शिक्षकलाई सम्मान गरिएको थियो ।
कार्यक्रम शान्ति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सत्यनारायण सिंहले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित