ढोरपाटन नगरपालिकामा डेढ महिनापछि आर्थिक कारोबार सुरु

बुर्तिबाङ बैसाख २६
ढोरपाटन नगरपालिकामा करिब डेढ महिनापछि नगरपालिकाको आर्थिक कारोबार सुरु हुने भएको छ ।लेखा शाखा प्रमुख नभएको डेढ महिना बित्दै गर्दा मालपोत कार्यालय बुर्तिबाङका लेखापाल प्रतिक घर्ति मगरलाई अर्का लेखा कर्मचारी व्यवस्था नहुन्जेल सम्म नगरपालिकाको लेखा हेर्ने गरि व्यवस्थापन गरिएपछि अब नगरपालिकाको रोकिएका आर्थिकका कार्य सुरु हुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।
लेखा शाखा प्रमुख नहुँदा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारी तलव तथा विभिन्न योजनाको भुक्तानी रोकिँदा सबै काम ठप्प भएको थियो ।

मालपोत कार्यालय र ढोरपाटन नगरपालिकाको लेखा हेर्ने गरि प्रतिक घर्ति मगरलाई व्यवस्थापन गरिएको बताइएको हो । नगरपालिकामा हालसम्म करिब ८० प्रतिशत काम सकिँदा २० प्रतिशत बजेट भुक्तानी भएको प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीको भनाई छ । पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने र अन्य काम सुरु हुने बताइएको हो ।विभिन्न मन्त्रालय, मन्त्री र सांसद संग पुगेर लेखा कर्मचारी माग गर्दा समेत समेत नगरपालिकाले समयमा कर्मचारी पाउन नसकेको हो

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित