ढोरबराह मन्दिर ढोरपाटनमा ५ सय बढी भेडाका बली

विनोद रसाईली, बुर्तिबाङ बागलुङ

बागलुङ जिल्लाको प्रशिद्ध धार्मिक स्थल ढोरबराह मन्दिरमा बैशाख पुर्णिमाको अवसरमा ५ सय २० भेडाको बली चढाईएको छ ।

शुक्रबार बैशाख पुर्णिमाको अवसरमा बिहान ५ बजे देखी ढोर बराह मन्दिरमा बली चढाउन थालिएको थियो साझा सम्ममा ५ सय बढी भेडाको बली चढाईएको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष खिम बहादुर घर्तिले जानकारी दिनु भयो ।

ढोरबराह मन्दिरमा विषेश गरी वर्षको २ पटक जनै पुर्णिमा र बैशाख पुर्णिमाको अवसरमा विषेश पुजाँआजँ हुने गरेको छ । मन्दिरमा बली चढाउदा मनोङक्षा पुरा हुने जनविश्वास रहेको छ । ढोरपाटनमा पुजाँ गर्नको लागि बागलुङ जिल्ला सहित म्याग्दी,रुकुम,रोल्पा, प्युठान,गुल्मी,पाल्पा,अर्घाखार्ची,बुटवल,काठमाडौँ पोखरा, लगायतका बिभिन्न जिल्ला बाट दर्शनार्थी पुग्ने गरेको वडा अध्यक्ष घर्तिले बताउनु भयो । ढोरबराह मन्दिरमा भक्तजनलाई सहजता प्रदान गर्न भन्दै स्थानियले ठेक्काको माध्यमबाट विषेश पुजाँलाई सहज बनाउने गरेका छन् ।

ढोरपाटन नगरपालिका वडा नं ७,८,र ९ वडा का स्थानियहरुले आलो पालोमा ठेक्का लगाउने गरेका छन् जस अन्र्तगत यस वर्ष वडा नं ७ ले ठेक्का लगाउने जिम्मा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित