बुर्तिबाङ बैसाख २८ गते
जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ स्थित देविस्थान माध्यमिक विद्यालयमा शुक्रबार देखि ३ दिने निशुल्क आँखा शिविर तथा दुई दिने बृहत स्वास्थ्य शिविर हुने भएको छ ।
कर्मफ्लाईटस् फाउन्डेशन पोखरा र निसीखोला गाउँपालिकाको आयोजना तथा हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो ।
शिविरमा निशुल्क रुपमा आँखा परिक्षण तथा मोतियाविन्दुको अप्रेशन तथा धौलागिरी अस्पत्ताल बागलुङका डाक्टरद्धारा विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण तथा उपचार हुने जनाइएको छ । आँखाको लागी बैसाख २९ देखि ३१ गतेसम्म र स्वास्थ्य चेकजाँच तथा उपचारका निम्ती बैसाख ३० र ३१ गते शिविर हुने जनाइएको हो ।
स्वास्थ्य शिविरमा बरिष्ठ फिजिसियनद्धारा स्वास्थ्य परिक्षण, महिला तथा प्रसुती रोग सम्वन्धी विशेषज्ञ उपचार सेवा, सामान्य चिकित्सा तथा पेट सम्वन्धी विशेषज्ञ उपचार, हार्डजोर्नी तथा नशा सम्वन्धी बिशेषज्ञ सेवा, भिडियो एक्सरे र आवस्यकिय औषधी र परामर्स दिइने बताइएको हो ।
शुक्रबार बिहान ८ बजेदेखि नै सिबिर सुचारु हुने शिविर सम्योजक तथा निसीखोला गाउँपालिका १ का अध्यक्ष चन्द्रसिंह रामजालीले बताउनु भयो ।
निसीखोलाको देविस्थानमा निशुल्क स्वास्थ्य शिविर हुँदै

