स्थानिय तहबाटै श्रम स्वीकृती प्राप्त गर्दे नागरिक

बैसाख २६ गते
स्थानिय तहबाटै श्रम स्वीकृतीप्राप्तहुने भएपछि बैदेशिक रोजगारिमा जाने नागरिकका निम्ती सहज सहज हुने भएको छ ।
विगतमा बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लिएर बैदेशिकयात्रामा जानेहरुका लागी आजदेखि आफु बस्दै आएको स्थानिय तहबाटै श्रम स्वीकृती लिन पाइने व्यवस्था भएको हो ।
बागलुङका स्थानिय तहहरुले समेत आजदेखि पालिकाका बैदेशिक रोजागारिमा जान लागिरहेका नागरिकलाई श्रम स्वीकृर्ति दिएर औपचारिक रुपमा सेवाको सुरुवात गरेका छन । ढोरपाटन नगरपालिकामा वडा नं. २ का राजेश कुमाल लाई श्रम स्वीकृर्ति उपलब्ध गराएको हो ।
कुमाल मलेसिया जाने तयारीमा हुनुहुन्छ । त्यस्तै जिल्लाको वडिगाड गाउँपालिकाले पनी वडा नं. ५ काटेक बहादुर जिसीलाई श्रम स्वीकृर्ति उपलब्ध गराएको हो ।
पालिकाबाट अबदेखि बैदेशिक रोजगारिमा जान चाहानेहरुले सहजै रुपमा श्रम स्वीकृर्ति लिन सक्ने ढोरपाटन नगरपालिकाका श्रम तथा रोजगार शाखा प्रमुख हिरालाल खनालले बताउनु भयो ।
पालिकाबाट श्रम स्वीकृर्ति लिनका निम्ती पालिकाबाट आवेदन फारम भर्नुपर्न, सक्कली नागरिता, भिसा, सम्पूर्ण विवरण खुल्ने कागजात, करार सम्झौतापत्र, इमेल र मोवाईल नम्वर, परिवारको नजिकको सदस्यको विवरण, बैँक खाता विवरण चेकको फोटोकपी, पासपोर्ट साईजको फोटो, नयाँ जानेहरुका लागी र बिदामा आएको भए पुरानो सम्झौता पत्र उपलब्ध गराउनु पर्ने खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित