बैसाख २४ गते
विगत ८ बर्षदेखि विद्यालय व्यवस्थापन समिती गठन हुन नसकेर हालसम्म भद्रगोल बनेको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ स्थित उत्तरगंगा नमुना माध्यमिक विद्यालयमा तत्काल विद्यालय व्यवस्थापन समितीको गठन हुनुपर्ने, हालसम्मको आयव्याय प्रस्ट हुनुपर्ने माग सहित बिद्यालयका प्रध्यानाध्यापक, शिक्षा शाखा प्रमुख संगै ढोरपाटन नरपालिकाका मेयर उपमेयरको यहाँका राजनैतिक दलहरुले ध्यानाकर्षण गराएका छन ।
पटक पटक विद्यालय व्यवस्थापन समिती गठनको माग उठेपनी नगरपालिकाले चासो नदेखाएको , विद्यालयका प्रध्यानाध्यापक मुखदर्शक बनेको भन्दै उत्तरगंगा माविको निकासका निम्ती दलहरु एकजुट बनेका हुन ।
शनिबार ढोरपाटन नगरपालिका वडा नं. १ का जनप्रतिनिधी र राजनैतिक दलको संयूक्त बैठकको निर्णय अनुसार शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल र ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, उपमेयर धन बहादुर कायतलाई आइतबार एकठाउँमा राखेर तत्काल निकास निकाल्न दबाब दिएका हुन ।
यस बिषयमा नगरप्रमुख देवकुमार नेपालीले बोल्दै पहिले देखिकै बिबादमा रहेको विद्यालय भएका कारण नगरपालिकाले ध्यान नदिएको र अब तत्काल जेठ मशान्त सम्म हालसम्मको लेखा परिक्षण गर्न विद्यालयका प्रध्यानाध्यापक इश्री प्रसाद पौडेललाई अनुरोध गर्दे असार दोश्रो सातासम्म विद्यालय व्यवस्थापन समिती गठन गर्ने प्रकृयामा आफुहरुले भुमिका निर्वाह गर्ने बताए ।
नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० को निती कार्यक्रममा समेत विद्यालय व्यवस्थापन समिती गठन गर्ने विषय लेखिएको छ । कार्यपालिका बैठकमा समेत निर्णय भइसकेको भएपनी हालसम्म विद्यालय व्यवस्थापन समिती गठन नहुँदा स्थानिय सरकारसंग प्रस्न आउनु स्वभाविक भएको बताउँदै आफुले पनी यस विषयमा निरन्तर ध्यानाकर्षण गराइरहेको नगरप्रमुख संग उपमेयर धनबहादुर कायतले बताए ।
हालसम्म नगरपालिकाले आफुलाई पत्र नपठाइको कारण आफुले यसविषयमा भुमिका निर्वाह गर्न नसकेको प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलको तर्क छ भने जनप्रतिनिधीले आफुलाई समिती गठनको जिम्मेवारी नदिएका कारण आफु अगाडी बद्न नसकेको शिक्षा साखा प्रमुख ज्ञानेन्द्र सापकोटाको भनाई थियो ।
दलहरुले समिती गठन गर्न दिएनन भन्ने भ्रमलाई चिर्न र विद्यालयलाई अगाडी बढाउनका निम्ती यहाँका दलहरु एकभएर अगाडी बढिएको नेपाली कांग्रेसका प्रतिनिधी सोम बहादुर पौवीले बताए । रचनात्मक कामको निम्त्ी दलहरुको साथ र सहयोग रहन्छ तर यस्ता महत्वपूर्ण विषयलाई स्थाीन्य सरकारले् गम्भिर रुपमा लिनपर्ने उनको भनाई थियो ।
नेपाली कांग्रेसका प्रतिनिधी सोम बहादुर पौवी, नेकपा एमालेका टंक प्रसाद पौडेल , नेकपा माओबादी केन्द्रका कुलपती सापकोटा, राष्ट्रिय जनमोर्चाका ओम प्रसाद बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टीका निमबहादुर भण्डारी, जनता समाजबादी पार्टीका गंगा बहादुर घर्ति, नेपाल कम्युनिष्ट पार्टीका हरि बहादुर कुवंर, ढोरपाटन नगरपालिका वडा नं. १ का सदस्य गोपाल महत लगाएतको उपशिथतीमा नगरपालिका र विद्यालयका प्रध्यानाध्यापकलाई ध्यानाकर्षण गराइएको थियो ।