Home Blog Page 129

निसीखोला दोस्रो लघु जलविद्युत आयोजनामा ४ वर्ष देखी छैन आय व्यय सार्वजनिक

0

विनोद विश्वकर्मा,बुर्तिवाङ, बागलुङ

जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ मा विद्युत गृह रहेर सञ्चालित निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको विगत ४ वर्ष देखी साधरण सभा समेत नभएको पाईएको छ ।

प्रत्येक वर्ष वार्षिक साधरण सभा गर्नु पर्ने भए पनि गत २०७५ चैत्र ८ गते वार्षिक साधरण सभा गरिएको थियो त्यस यता ४ वर्ष वित्दा पनि समितिले साधारण सभा गर्न सकेको छैन । यतिका समय सम्म साधरणसभा तथा आय व्यय कुनै सार्वजनिक नगर्नु स्थानिय उपभोक्ताले अर्थिक हिनामिना गरेको कारण हुन सक्ने भन्दै आसंका व्याक्त गरेका छन् ।

स्थानिय उपझोक्ता डिलाराम सापकोटाले जनता बाट प्रत्यक्ष रुपमा उठेको मासिक शुल्क तथा लगानि कहाँ कसरी लगानि भएको छ भन्ने विषय जानकारी राख्न पाउनु पर्ने बताए । “मैले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बारम्बार साधारणसभा गरौ भन्दै आएको छु ,समितिले कहिले लेखा समितिको बैठक नबसेको त कहिले तत्काल वस्ने भन्दै आएको आउनु भएको छ , तर अहिले सम्म कुनै टुङ्गो छैन, समितिले हाम्रो कुरालाई वास्तै गदैन ” सापकोटाले भन्नु भयो ।

अर्का उपभोक्ता विमल शाहीले आर्थिक हिनामिना गरेर भद्रगोल भएर समयमानै बैठक बस्न नसकेको आसंका व्याक्त गरेका छन् । “समितिमा नै बैठक बस्नको लागि समझदारी गर्न नसकेको होकी ? उपझोक्ता बाट विद्युत गृहमा तालाबन्दी गर्ने भनिएको थियो तालाबन्दीले जनतालाईनै समस्या हुने कारण विकल्पमा उपभोक्ता बाट समिति निमार्ण गरेर सञ्चालक समितिको घरको लाई काट्ने भने पछि उहाहरुले तत्काल काम गछौ भन्नु भएको हो तर अहिले सम्म पनि भएको छैन ” शाहीले भन्नु भयो ।


त्यस्तै अर्का उपभोक्ता मन प्रसाद आर्चयले समितिको कामबाट कोही जनता सन्तुष्ट नभएको बताए । “उपभोक्तालाई मर्का छ , कसै उपभोक्ता दुखी गरीवलाई महशुल तिर्न नसक्दा जरिवाना सहित तिर्नु पर्छ, त्यसरी जम्मा गरेको पैसा छ ,सिष्टममा चल्न नसक्नु दुखद कुरा हो ” आर्चाय ले भने ।

समितिका अध्यक्ष लोकिश्वर पौडेलले भने समितिको तर्फबाट गल्ती भएको स्वईकार गरेका छन् । अघिल्लो २ वर्ष कोभिडको कारणले गर्न नसकियको र पछिल्लो समयमा निर्वाचनको कारणले समेत गर्न नसकिएको जवाफ दिएका छन् ।
खर्च सार्वजनिक गर्न आतुर छौ लेखा समितिले तत्काल खर्चलाई अडित गर्दिए सार्वजनिक गर्न तयार रहेको अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले आर्थिक हिनामिना भएर साधारण सभ गर्न नसकेको भने नभएको स्पष्टोति दिएका छन । “समिति बाट कमजोरी भयो त्यसलाई हामि स्वाईकार गर्दछौ,प्रत्येक वर्ष साधारणसभा गर्नु पर्ने , ६ महिनामा खर्च सार्वजनिक गर्नु पर्ने हो । तर नियत वस हामिले साधारण सभा नगरेको भने हाईन” अध्यक्ष पौडेलले भने । अध्यक्ष पौडेलले सवै तयारी पुरा गरी यही जेष्ठ महिना भित्र साधारण सभा गर्ने बताएका छन् ।

उता सञ्चालक समितिका सचिव ढालेन्द्र हमाल “मिलन”ले भने प्रत्येक वर्ष साधरण सभा गर्ने विधानमा नै नभएको र प्रत्येक ४ वर्षमा गर्ने व्यावस्था भएको गैर जिम्मेवार जवाफ दिएका छन् । अधिल्लो समितिले पनि नगरेको त्यसकारण पनि आफुहरुले पनि नगरेको सचिव हमालले जवाफ दिएका छन् ।

यस विषयमा लेखा समितिका संयोजक उमानन्द रेग्मी संग बुझ्न खोज्दा समितिले पहिले एक पटक अडिटको लागि बोलाएको तर अडिटमा विरभरपाई चित्ता बुझ्दो नदिएको र बैँक स्टेडमेन्ट पनि चित्त बुझ्दो उपलब्ध नबनाएको बताएका छन् लघुजलविद्युत आयोजना अहिले शककारीमा समेत दर्ता भए संगै सहकारी ऐन चल्नु पर्ने तर त्यसो हुन नसकेको बताए । अव समितिले सबै उपलब्ध गराए लेखा समिति बसेर अडिट गर्न तयार रहेको बताएका छन् ।

विद्युतले निसीखोला गाउँपालिका वडा नं ३ ,र ४ को साविक बोहरागाउँ गा वि स सहित निसी गा वि सको करिव १२ सय घरधुरीलाई सेवा प्रदान गदै आएको छ ।

१ सय किलोवाटको उक्त जलविद्युत आयोजना निमाणको लागि २०६४ मंसिर १८ बाट निमाण समिति बनाएर निमाण गर्न लागिएको थियो ।

विद्युत बाट मासिक रुपमा उपभोक्ता महशुल मार्फत १ लाख भन्दा बढी रकम संकलन हुने गरेको छ ।

जन जिवराज सुशिला मा.वि. निसीखोलाको ६९ औँ बार्षिक उत्सब: उद्योग, वन तथा वातावरणको क्षेत्रमा सक्रिय रुपमा काम गर्छु मन्त्री थापा

0

जेठ ४ गते बुर्तिबाङ
जन जिवराज सुशिला माध्यमिक विद्यालय निसीखोला गाउँपालिका ४ को ६९ औँ बार्षिक उत्सब कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
विविध आन्तरिक तथा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सहित बार्षिक उत्सव मनाएको विद्यालयको प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती स्वंयम समुदाय समेत अग्रसर रहनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान शिक्षा प्रणालीनै गलत रहेका कारण त्यसलाई परिमार्जन गरेर अगाडी बद्नुपर्ने समय आएको बताउनु भयो ।
विद्यालयको शिक्षा प्रमाणपत्र हातपार्ने माध्यमको रुपमा रहेको बताउँदै त्यसलाई सुधार गरेर एकिकृत र सिपमुलक शिक्षामा जोड दिनुपर्ने आवस्यक औँल्याउनु भयो । मन्त्री थापाले थप बोल्दै आफु यसै बागलुङ जिल्लाको नागरिक भएका कारणपनी यहाँको विकास , प्रर्यटन, वन वातावरणको क्षेत्रमा सक्रिय पुर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो । आफुले नागरिक तहबाट आएका समस्या र विकास निर्माणमा सक्दो काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमकै विशिष्ठ अतिथीको रुपमा रहनु भएका गण्डकी प्रदेश सांसद जित बहादुर शेरचनले बोल्दै आफहुरुले नागरिकका समस्या सम्वोधन गर्नका निम्ती साँसद भएर गएका कारण नागरिकका समस्या र यहाँको विकास निर्माणमा सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।


त्यस्तै निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै सामुदायिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर बृद्धि गर्न गाउँपालिकाले पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउँदै शिक्षा क्षेत्रको गुणस्तर बृद्धिमा सबैले सक्रिय भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमकै अवसरमा समाजसेवी एवंम निसीखोला गाउँपालिका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले बोल्दै जन जिवराज शुसिला माध्यमिक विद्यालय स्थानीय समुदायको सक्रियतामा सञ्चालनमा आएको पुरानो विद्यालय रहेको बताउँदै यस विद्यालयको उन्नयनका निम्ती स्थानिय समुदाय, अभिभावक, शिक्षक, कर्मचारी र राज्यको उत्तिकै भुमिका आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रमका अवसरमा स्थानिय समाजसेवी झिमलाल पौडेल दम्पत्तिद्धारा विद्यालयलाई नगद रु १ लाख रुपैयाँ चन्दा उपलब्ध गराउनु भएको हो । अन्य सहयोगिदाताहरुबाट समेत चन्दा उपलब्ध गराइएको थियो ।
विद्यालयलाई चन्दा उपलब्ध गराउने चन्दादाता सम्मान, उत्कृष्ट शिक्षक सम्मान, तथा विभिन्न प्रतियोगितामा उत्कृष्ठ विद्यार्थिलाई सम्मान एवं पुरस्कार वितरण गरिएको हो ।


२०१२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म पठन पाठन हुँदै आएको छ २०६४ सालसम्म प्राथमिक २०६४ देखि २०६९ सम्म निम्न माध्यमिक र २०६९ देखि हालसम्म माध्यमिक तहको रुपमा पठन पाठन हुँदै आएको छ ।
कार्यक्रमका अवसरमा विद्यालयका प्रअ यमकान्त पौडेलद्धारा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । विद्यार्थीको नृत्य, पिटी प्रर्दशनी लगाएतका प्रस्तुती रहेको कार्यक्रममा निसीखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,जनप्रतिनिधी, कर्मचारी, चन्दादाता, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, जिल्ला वन कार्यालय र इलाका वन कार्यालय बुर्तिबाङका प्रमुख ,विद्यालय व्यवस्थापन समितीका सदस्य लगाएतको आतिथ्यता रहेको कार्यक्रम वडा नं. ४ का अध्यक्ष टिकानिधी पौडेलको स्वागत, विद्यालय व्यवस्थापन समिती अध्यक्ष डा. शान्तराज सर्माको अध्यक्षता, शिक्षक हुतराज भुषाल र चित्र कुमारी पौडलले सञ्चालन गर्नुभएको थियो ।

चेबो अदैको हत्या गरिएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग : अनुसन्धानका निम्ती पाँच जना प्रहरीको नियन्त्रणमा

0

बुर्तिबाङ जेठ ३ गते
ढोरपाटन नगरपालिका २ तारिखेत स्थित तरकारी बारिमा बुधबार बिहान शव भेटिएसंगै मृतकका आफन्तले उक्त घटना सुनुयोजित रुपमा हत्या गरिएको बताउँदै सत्य तथ्य बाहिर ल्याई दोषिलाई कारवाहीको माग सहित प्रहरी प्रशासनलाई ध्यानाकषर्ण गराएका छन ।
बिहान १० बजेदेखि बुर्तिबाङ बजारमा ¥याली सहित पिडितले न्याय पाउनु पर्ने माग सहित घटनालाई प्रहरी प्रशासनले गम्भिर रुपमा लिन नखोजेको आरोप लगाएका छन ।
ढोरपाटन नगरपालिका ६ मोराङ स्थाई घर भई हाल ढोरपाटन नगरपालिका २ तारिखेत स्थित छोरीको घरमा कृषि पशु फार्म सञ्चालन गरेर बस्दै आउनु भएका अन्दाजी ५५ बर्षिय चेबो अदै बिहान करिब ६ बजे घर नजिकैको तरकारी बारिमा मृत फेला पर्नुभएको थियो ।

मृतकको शव

मंगलबार साँझ ७ बजेदेखि घरबाट सम्पर्क विहिन बन्नुभएका अदैलाई छोरी ज्वाँईले विभिन्न स्थानमा खोज्दा समेत फेला नपारेपछि रातको १० बजेनै इलाका प्रह्री कार्यालय बुर्तिबाङमा खबर गरिएको परिवारको भनाई छ ।
तर आफुहरुले खबर गर्दा समेत प्रह्रीले बेवास्ता गरेको परिवारको गुनासो छ । राती अवेर सम्म खोजिको ठाउँमा नभेटिएका अदै बिहान भने घर नजिकै तरकारी बारिमा मृत भेटिनुभएको थियो । घटनाको विषयमा प्रह्रीले अनुसन्धान प्रकृया अगाडी बढाएको हो । हालसम्म इलाका प्रहरी कार्यालय बुर्तिबाङले स्थानीय पाँच जनालाई अनुसन्धानका निम्ती ल्याईएको प्रहरीको भनाई छ । दोषि पत्ता नलागेसम्म आफुहरुले शव नउठाउने भन्दै परिवारले शव उठाउन मानेका छैनन् ।

घटनाको विषयमा प्रह्रीले गम्भिर रुपमा अनुसन्धानअगाडी बढाउन नसकेको र बजार नजिकै हुने यस्ता घटनाले प्रहरी प्रशासन कमजोर बन्दै गइरहेको ढोरपाटन नगरपालिका उपमेयर धन बहादुर कायत (कल्याण) ले बताउनु भयो । घटनाको विषयमा सत्य तथ्य चाँडै बाहिर नआए र दोषिलाई कानुनी दायरामा नल्याय आफुहरुले आन्दोलन चर्काउँदै जाने कायतको भनाई छ ।

मंगलबार दिउँसो तारिखेतमा स्थानिय युवाहरुविच मदिरा सेवन गरि झगडा समेत गरेको बुझिएको छ । सोही दिन ३ जनालाई प्रहरीले प्रकाउ समेत गरेको थियो । घटनाको विषयमा थप अनुसन्धानबाट मात्रै खुल्ने इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश अधिकारीले बताए ।

बुर्तिबाङ तारिखेतमा एक व्याक्ति मृत अवस्थामा फेला ।

0

विनोद विश्वकर्मा, बुर्तिवाङ ,बागलुङ

जिल्लाको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ तारिखेतमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ६ मोराङ स्थाई घर भएका अन्दाजि ५५ वषिय चेबो अदै तारिखेत स्थित बारीमा मृत अस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक राजेश अधिकारीले जानकारी दिनु भएको छ ।

बुर्तिबाङ तारिखेत स्थित छोरीको घरमा बस्दै आएका अदै मंगलबार साझ करिव ७ बजे बाट बेपत्ता भएका थिए । साँझनै परिवारले खोजि गरे पनि नभेटिएको तर बिहान करिव ६ बजेको समयमा घर तल्तिर बारिमा साँझ खोजिएको ठाउँमानै स्थायिले फेला पारेको स्थानियले बताएका छन् ।

के कति कारणले मृत्यु भएको भन्ने बारेमा अहिले सम्म केही भन्न नसकिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका ईस्पेक्टर राजेश अधिकारीले जानकारी दिनु भयो ।

अहिले शव लाई पोष्ट्रमाटमको लागि ल्याउने तयारी भैरहेको भए पनि मृतकको छोरा पोखरामा रहेको र नआउदा सम्म शव लाई नउठाउने भनिएको ईस्पेक्टर अधिकारीले जानकारी दिए ।

मृतक अदै छोरीको घरमा नै बसी व्यावसायीक भैसी पालन गदै आएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा नामावली नभएका व्याक्तिलाई काममा लगाइएको गुनासो

0

बागलुङ जेठ २ गते
वास्तविक श्रमिकले प्रधानमन्त्रि रोजगार कार्यक्रममा सहभागि हुन नपाएको भन्दै निसीखोला गाउँपालिकामा त्यसको विरोध गरिएको छ ।
न्यून आय भएका पालिकाका नागरिकले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उनिहरुको आर्थिक अवस्था उकास्न रोजगार कार्यक्रममा सहभागि बनाउने निती भएपनी बेरोजगार लिस्टमा एक व्याक्ति र रोजगारी गर्ने व्याक्ति अर्का भएको निसीखोला गाउँपालिका ३ का पुर्व वडा अध्यक्ष जुन विक्रम शाहीले बताउनु भयो ।
शाहीका अनुसार बेरोजगार लिस्टमा नाम भएका अधिकांँसले स्थानिय स्तरमा हुने काममा सहभागि नभई उसको साटोमा अर्के व्याक्तिले काम गर्ने र नामावली भएको व्याक्तिको खातामा पालिकाबाट रकम राखेर मात्रै वास्तविक श्रमिकले पारिश्रमिक पाउने गरेको बताउनु भयो । आर्थिक बर्ष २०७९ ०८० को कार्यक्रममा विभिन्न वटा तथा टोलका विकास निर्माणका क्रममा यस्तो देखिएको शाहीको भनाई छ ।
पालिकाले वडा तथा पालिका स्तरमा राखिएको सार्वजनिक सुनुवाई कार्यक्रममा समेत नागरिकले यस विषयमा चासो राखेका हुन ।
उता यस विषयमा निसीखोला गाउँपालिका कार्यालयमा ध्यानाकर्षण गराउँदा त्यस विषयमा आफुहरु कहाँ गुनासो र वानकारी नआएको र त्यस्तो भएको खण्डमा अनुगमन गरेर वास्तविकता बुझ्ने र कार्वाही प्रकृया अगाडी बढाइने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु् भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिता जनाउन १८ देखि ५९ बर्ष उमेर समुहका कृषि उत्पादनमा उत्पादित कृषिबाट ३ महिनासम्म खान नपुग्ने, बसोबासको लागी आफनै घर नभएको, दलित, अल्पसंख्यक वा लोपोन्मुख समुदायको परिवारको सदस्य, वार्षिक न्यूनतम रोजगारी बापत प्राप्त हुने पारिश्रमिक भन्दा कम नगद आय भएको परिवारको सदस्य, कोहि पनि सदस्यले न्यूनतम रोजगारी नपाएको वा सो बराबरको आम्दानी हुने गरी स्वरोजगार नभएको परिवारको सदस्य, शहिद परिवार तथा बेपत्ता परिवारको सदस्य, परिवारमा काम गर्ने उमेर (१८–५९) को वा काम गर्न सक्ने शारीरिक अवस्था भएकोअन्य सदस्य नभएको परिवारको सदस्य, हिला बेरोजगार व्यक्ति, अन्य बेरोजगार व्यक्ति ।
ले बेरोजगारको रुपमा रहेर काम गर्न पाउने प्रावधान रहेको छ । वडा तथा रोजगार सेवा केन्द्रले उपदफा (३) बमोजिमका आधारहरु अनुरुप तयार पारेको बेरोजगार व्यक्तिको अद्यावधिक सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले निर्णय गरी सार्वजनिक र मात्रै सार्वजनिक भएका व्याक्ति कार्यक्रममा सहभागी बन्ने छन । कुनै बेरोजगार व्यक्ति रोजगार सेवा केन्द्रमा सूचीकृत भएपछि काममा खटाइनु पूर्व वा खटाइसकेपछि निज अन्यत्र रोजगारीका लागि गएमा निजले रोजगार सेवा केन्द्रमा सोको जानकारी गराउनु पर्नेछ र सोहि आधारमा रोजगार सेवा केन्द्रले निजलाई बेरोजगार व्यक्तिको सूचीबाट हटाउनु पर्नेछ ।

निसीखोलामा सञ्चालित बृहत स्वास्थ्य शिविरमा १ हजार ३ सय जना नागरिक लाभाम्वित

0

बुर्तिबाङ जेठ २ गते
जिल्लाको निसीखोलामा शुक्रबार देखि सञ्चालन भएको ३ दिन निःशुल्क आँखा जाँच ,मोतियाविन्दु शल्यक्रिया तथा बृहत स्वास्थ्य शिविरमा शनिबार सम्ममा १ हजार ३ सय नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन ।


निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेशन पोखराको आयोजना तथा हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ८ सय ९९ जना आँखाको परिक्षण गराएका मध्ये आँखामा मोतियाबिन्दु भएका ६२ जनाको सफल शल्यक्रिया गरिएको हो । आँखाको समस्या रहेका विरामी मध्ये चस्मा तथा औषधि वितरण गरिएको हो ।


शिविरमा स्वास्थ्य परिक्षण समेत गराएका थिए । जस अन्र्तगत गाईनो तथा भिडियो एक्सरेमा २७६ जनाले सुविधा लिएका छन् । हाडजोर्नि तर्फ ३ सय ७७ जना फिजियो थेरापीमा ३३ जना , छाला तथा सर्जिकलमा १ सय ८५ जना र अन्यमा ८६ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षण संगै औषधि समेत उपलब्ध गराईएको हो शिविरमा आखामा सामान्य समस्या भएकालाई समेत चस्मा (भिजन ग्लास) निशुल्क उपलब्ध गराईएको थियो ।


निसीखोलामा बृहत रुपमा स्वास्थ्य शिविर सञ्चालन यो पहिलो पटक भएको कर्मफलाईट्स फाउन्डेशन पोखराका कार्यक्रम निर्देशक प्रेमबहादुर कुवंरले जानकारी दिनु भयो ।
शिविरमा हिमालय आँखा अस्पत्ताल पोखराका डा. कृष्ण गुरुङ, शसि कमला लामिछाने ,छाला रोग विशेषज्ञ डा. शंकर लामिछाने, जेनेरल फिजिसियन डा.हेमन्त बास्तोला, हाड, जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डा .प्रमेश थापा लगाएतको टोली द्धारा स्वास्थ्य चेक जाँच तथा उपचार गर्नु भएको हो ।


शिविरबाट निसीखोला गाउँपालिका सहित छिमेकी पालिकाका नागारिकले समेत सेवा लिएका छन् । शिविर शनिवार सम्म चल्ने भनिए पनि बिरामीको चाप बढी भएका कारण आईतबार पनि सञ्चालन भएको थियो शिविरबाट ६० प्रतिशत महिलाले सेवा लिएका छन् । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दे शिविरको समापन गरिएको थियो । निसीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा शिविर सम्योजक चन्द्रसिंह रामजालीको अध्यक्षता, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द, वडा नं. ५ का अध्यक्ष हर्कमान घर्ति मगर लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अवसरमा प्रमुख अतिथी सुर्य बहादुर घर्ति मगरले बोल्दै निशुल्क स्वास्थ्य शिविरबाट यस क्षेत्रका नागरिकलाई निकै राहात मिलेको बताउनु भयो । आर्थिक अवस्था कमजोर हुँदा तथा चेतनाको अभावका कारण लामो समय सम्म रोग पालेर बसेका नागरिकले सहज रुपमा स्वास्थ सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा समेत नागरिकका समस्यामा पालिकाले यस्ता कार्यक्रम जोड्दै जाने प्रतिबद्धता जनाउनु भयो ।

ढोरपाटनमा यसवर्षको सिकार याम सकियो, तीन झारलको सिकार भएन

0

ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ। सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो।

दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम सिकार भएको हो।
हिमालयन सफारिज प्रालिबाट आएका तीन विदेशी सिकारीले यस पटक निर्धारित कोटामा तीन झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत आठ देशका पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा सिकार गरेका थिए।

यस पटक सिकारीले एक नाउरको पाँच लाख २० हजारदेखि सात लाख ८० हजारसम्म र झारलको रु तीनदेखि तीन लाख १० हजारसम्म राजस्व तिरेका थिए । पहिलो याममा एक नाउरको रु २० लाख पाँच हजार र झारलको रु छ लाख राजस्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको सिकार भएको थियो। आरक्षमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।

भ्रष्ट्राचार बिरुद्ध एक्लै माईकिङ गदै बुर्तिबाङका नर बहादुर गुरुङ

0

विनोद विश्वकर्मा,बुर्तिवाङ बागलुङ

भ्रष्ट्राचार बिरुद्धको आन्दोलनमा सहभागि बन्न आवाह्न गदै बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा नर बहादुर गुरुङ र तुल्सीराम अर्यालले बजारमा माईकिङ गदै बजार परिक्रममा गरेका छन् ।


नेपालमा भ्रष्ट्राचारको जालो फिजिएको भन्दै नियन्त्रणको लागि अहिले भईरहेको कामको प्रशंसा गदै भुटानी सरणर्थी प्रकरणमा पक्राउ परेका व्याक्तिलाई कानुनि प्रक्रियामा लगि कार्वार्ही गर्नु पर्ने माग सहित बजार परिक्रममा गरेका हुन् ।
परिस्थिति मिठो भए पो मिठो बोल्नु , भ्रष्टाचारी दलालहरु मुर्दावाद,भुटानी शरणार्थीका नाईकेलाई आजिवन जेल हालौ,अरु हामी जान्दैनौँ,भ्रष्ट्राचारी नेता मान्दैनौ, भ्रष्ट्राचारी नेता र तिनका झोलेहरुलाई आ–आफ्नो ठाउँ बाट बहिस्कार गरौँ, नेपाल प्रहरी सलाम छ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर नर बहादुर गुरुङ र तुल्सीराम अर्यायाल दुई जना बजार परिक्रमा गर्नु भएको थियो ।
आफु कुनै पनि पार्टी नभएको कारण एक्लै एक्लै बजारमा हिडेको र याहाँको नागारिकले भ्रष्ट्राचारको विषयमा आम नागारिकलाई जानकारी नभएको भन्दै जानकारी दिनै सांकेतिक रुपमा माईकिङ गरेको नर बहादुर गुरुङले बताए ।

“मैले स्थानिय सरकारलाई पनि लक्षित गरेको छु, अहिले ढोरपाटन नगरपालिकामा पनि जुन बाढी पिडितको लागि भनेर उठाएको रकमको हिनाविना भएको भन्दै छानविनको उपमेर ज्यूले उठाउनु भएको छ त्यो कुरालाई पनि मेरो समर्थन छ” गुरुङले भन्नु भयो ।

त्यस्तै स्वतन्त्र नागारिक तुल्सीराम अर्यालले जनता विस्तारै यो अभियानमा जोडिने बताएका छन् । भ्रष्ट्राचारको जालो अन्त्यको लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नु पर्ने अर्यालले बताए ।

ढोरपाटन २ मा दाना खुवाउँदै गर्दा एकैपटक २६ बंगुर मरे ७ लाखको क्षेती

0

बुर्तिबाङ बैसाख २९
ढोरपाटन नगरपालिका २ तारिखेत स्थित एक पशु फार्ममा पालिएका २६ वटा बंगुर एकै पटक मरेका छन ।
शन्देस पशु तथा पँक्षि फार्ममा पालिएको ५२ बंगुर मध्ये २६ वटा बिहिबार बिहान १५ मिनेट भित्रको समयमा मरेर नस्ट भएको हो । सञ्चालक तम बहादुर वि.क. का अनुसार आफुले पालेका ५२ मध्ये ४० देखि ५० केजी तौल समुहका २६ बंगुर मर्दा करिब ७ लाख रुपैयाँको क्षेती भएको बताउनु भयो ।
बिहिबार बिहान १० बजेतिर दाना खुवाउँदै थियँ एकाएक बंगुर मर्न थालेपछि करिव पन्द्र मिनेटको समयमा २६ बँगुर मरेका हुन ।
पशु प्राविधिक कृष्ण भुषालका अनुसार फुड प्वाईजनका कारण मृत्यु भएको अनुमान गरिएको छ केहीलाई इन्जेक्सन लगाएर बचाउन सकिएपनी अन्तिम अवस्थामा रहेका बंगुर बचाउन नसकिएको उहाँले बताउनु भयो । ठुलो संख्यामा एकै पटक बँगुर मर्दा आफुलाई धेरै नोक्सान भएको सञ्चालक तम बहादुरले बताउनु भयो । लामो समय सम्म मिहिनेत गरेर अव परिणाम ल्याउने समयमा आफुमाथि थप समस्या थपिएको बताउनु भयो

निसीखोलामा निःशुल्क स्वास्थ्य शिविर सुरु करिब ७ सय नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार

0

बुर्तिबाङ बैसाख २९
जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ स्थित देविस्थान माध्यमिक विद्यालयमा शुक्रबार देखि ३ दिने निःशुल्क आँखा उपचार शिविर तथा दुई दिने बृहत स्वास्थ्य शिविर सुरु भएको छ।
निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेशन पोखराको आयोजना तथा हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो।
शिविरमा निःशुल्क रुपमा आँखा परिक्षण तथा मोतिया विन्दुको अप्रेशन ,औषधि तथा निः शुल्क रुपमा चस्मा वितरण गरिएको छ।


धौलागिरीदअस्पत्ताल बागलुङका डाक्टर द्धारा विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण तथा उपचार सुरु भएको हो।
स्वास्थ्य शिविरमा बरिष्ठ फिजिसियन द्धारा स्वास्थ्य परिक्षण, महिला तथा प्रसुती रोग सम्वन्धी विशेषज्ञ उपचार सेवा, सामान्य चिकित्सा तथा पेट सम्वन्धी विशेषज्ञ उपचार, हार्डजोर्नी तथा नशा सम्वन्धी बिशेषज्ञ सेवा, भिडियो एक्सरे र आवस्यकिय औषधी र परामर्स दिइएको हो ।
शुक्रबार बिहान ८ बजेदेखिनै सिबिर सुरु भएको छ।शिविरमा निसिखाोला गाउँपालिका तथा छिमेकी पालिका का नागरिकको उल्लेखिय सहभागिता रहेको हो।

शुक्रबार बिहान एक औपाचारिक कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तिले उद्घाटन गर्दे गाउँपालिकामा रहेका नागरिकलाई स्वास्थय सम्वन्धि समस्यामा चेकजाँच तथा उपचारमा सहजता होस भन्न्े उदेश्यले पालिकाले कर्मफलाईट्स फाउन्डेशन तथा विभिन्न निकाय संग सम्मोन्य गरेर आँखा तथा विभिन्न रोगको निशुल्क उपचार शिविर सञ्चालन गरेको बताउनु भयो। शिविरबाट नागरिकले सहज तवरले सेवा लिन पाउने र यसले गर्दा आर्थिक अभावकै कारण रोग लुकाएर बस्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भयो ।


शिविरको निम्ती गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ।उता कर्मफलाईट्स फाउन्डेशन संस्थाले समेत हिमालय आँखा अस्पत्ताल संग सम्मोन्य गरेर शिविरमा सक्रिय सहभागिता जनाइएको हो।
संस्थाका डाइरेक्टर प्रेमबहादुर कुवंरले यस क्षेत्रका नागरिकलाई आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले आफुहरुले समेत आयोजकको रुपमा भुमिका खेलिएको बताउनुभयो।
आगामी दुईदिन सम्म गरि कुल एक हजार बढि नागरिकले सेवा लिने अपेक्षा गरिएको शिविर सम्योजक तथा निसीखोला गाउँपालिसका १ का अध्यक्ष चन्द्रसिंह रामजालीले बताउनु भयो।
शिविरमा हिमालय आँखा अस्पत्ताल पोखराका डा। कृष्ण गुरुङ, शसि कमला लामिछाने ,छाला रोग विशेषज्ञ डा शंकर लामिछाने, जेनेरल फिजिसियन डा।हेमन्त वास्तोला, हाड, जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डा। प्रमेश थापा लगाएतको टोली द्धारा स्वास्थ्य चेक जाँच तथा उपचार सुरु गर्नु भएको हो।


आज पहिलो दिन ६५४ जनालाई सेवा दिइएको छ जसमा २७३ पुरुष र महिला ३८१ जनालाई सेवा दिइएको हो । जसमध्ये आँखाको चेकजाँच तथा उपचार तर्फ ५०० जना र अन्य रोगका १ सय ५४ जनालाई चेकजाँच तथा उपचार गरिएको छ ।


आँखाका विरामी मध्ये मोतिया बिन्दु भएका ३८ जनाको शनिबार अप्रेशन गर्ने तयारी अगाडी बढाइएको हो । आज भएको उद्धघाटन सत्रको कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता, पुर्व पालिका अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत,समाजसेवी, बुद्धिजिवी लगाएतको उपश्थिती रहेको थियो ।