प्रधानमन्त्री रोजगार कार्यक्रममा नामावली नभएका व्याक्तिलाई काममा लगाइएको गुनासो

बागलुङ जेठ २ गते
वास्तविक श्रमिकले प्रधानमन्त्रि रोजगार कार्यक्रममा सहभागि हुन नपाएको भन्दै निसीखोला गाउँपालिकामा त्यसको विरोध गरिएको छ ।
न्यून आय भएका पालिकाका नागरिकले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उनिहरुको आर्थिक अवस्था उकास्न रोजगार कार्यक्रममा सहभागि बनाउने निती भएपनी बेरोजगार लिस्टमा एक व्याक्ति र रोजगारी गर्ने व्याक्ति अर्का भएको निसीखोला गाउँपालिका ३ का पुर्व वडा अध्यक्ष जुन विक्रम शाहीले बताउनु भयो ।
शाहीका अनुसार बेरोजगार लिस्टमा नाम भएका अधिकांँसले स्थानिय स्तरमा हुने काममा सहभागि नभई उसको साटोमा अर्के व्याक्तिले काम गर्ने र नामावली भएको व्याक्तिको खातामा पालिकाबाट रकम राखेर मात्रै वास्तविक श्रमिकले पारिश्रमिक पाउने गरेको बताउनु भयो । आर्थिक बर्ष २०७९ ०८० को कार्यक्रममा विभिन्न वटा तथा टोलका विकास निर्माणका क्रममा यस्तो देखिएको शाहीको भनाई छ ।
पालिकाले वडा तथा पालिका स्तरमा राखिएको सार्वजनिक सुनुवाई कार्यक्रममा समेत नागरिकले यस विषयमा चासो राखेका हुन ।
उता यस विषयमा निसीखोला गाउँपालिका कार्यालयमा ध्यानाकर्षण गराउँदा त्यस विषयमा आफुहरु कहाँ गुनासो र वानकारी नआएको र त्यस्तो भएको खण्डमा अनुगमन गरेर वास्तविकता बुझ्ने र कार्वाही प्रकृया अगाडी बढाइने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दले बताउनु् भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिता जनाउन १८ देखि ५९ बर्ष उमेर समुहका कृषि उत्पादनमा उत्पादित कृषिबाट ३ महिनासम्म खान नपुग्ने, बसोबासको लागी आफनै घर नभएको, दलित, अल्पसंख्यक वा लोपोन्मुख समुदायको परिवारको सदस्य, वार्षिक न्यूनतम रोजगारी बापत प्राप्त हुने पारिश्रमिक भन्दा कम नगद आय भएको परिवारको सदस्य, कोहि पनि सदस्यले न्यूनतम रोजगारी नपाएको वा सो बराबरको आम्दानी हुने गरी स्वरोजगार नभएको परिवारको सदस्य, शहिद परिवार तथा बेपत्ता परिवारको सदस्य, परिवारमा काम गर्ने उमेर (१८–५९) को वा काम गर्न सक्ने शारीरिक अवस्था भएकोअन्य सदस्य नभएको परिवारको सदस्य, हिला बेरोजगार व्यक्ति, अन्य बेरोजगार व्यक्ति ।
ले बेरोजगारको रुपमा रहेर काम गर्न पाउने प्रावधान रहेको छ । वडा तथा रोजगार सेवा केन्द्रले उपदफा (३) बमोजिमका आधारहरु अनुरुप तयार पारेको बेरोजगार व्यक्तिको अद्यावधिक सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले निर्णय गरी सार्वजनिक र मात्रै सार्वजनिक भएका व्याक्ति कार्यक्रममा सहभागी बन्ने छन । कुनै बेरोजगार व्यक्ति रोजगार सेवा केन्द्रमा सूचीकृत भएपछि काममा खटाइनु पूर्व वा खटाइसकेपछि निज अन्यत्र रोजगारीका लागि गएमा निजले रोजगार सेवा केन्द्रमा सोको जानकारी गराउनु पर्नेछ र सोहि आधारमा रोजगार सेवा केन्द्रले निजलाई बेरोजगार व्यक्तिको सूचीबाट हटाउनु पर्नेछ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img