ढोरपाटन २ मा दाना खुवाउँदै गर्दा एकैपटक २६ बंगुर मरे ७ लाखको क्षेती

बुर्तिबाङ बैसाख २९
ढोरपाटन नगरपालिका २ तारिखेत स्थित एक पशु फार्ममा पालिएका २६ वटा बंगुर एकै पटक मरेका छन ।
शन्देस पशु तथा पँक्षि फार्ममा पालिएको ५२ बंगुर मध्ये २६ वटा बिहिबार बिहान १५ मिनेट भित्रको समयमा मरेर नस्ट भएको हो । सञ्चालक तम बहादुर वि.क. का अनुसार आफुले पालेका ५२ मध्ये ४० देखि ५० केजी तौल समुहका २६ बंगुर मर्दा करिब ७ लाख रुपैयाँको क्षेती भएको बताउनु भयो ।
बिहिबार बिहान १० बजेतिर दाना खुवाउँदै थियँ एकाएक बंगुर मर्न थालेपछि करिव पन्द्र मिनेटको समयमा २६ बँगुर मरेका हुन ।
पशु प्राविधिक कृष्ण भुषालका अनुसार फुड प्वाईजनका कारण मृत्यु भएको अनुमान गरिएको छ केहीलाई इन्जेक्सन लगाएर बचाउन सकिएपनी अन्तिम अवस्थामा रहेका बंगुर बचाउन नसकिएको उहाँले बताउनु भयो । ठुलो संख्यामा एकै पटक बँगुर मर्दा आफुलाई धेरै नोक्सान भएको सञ्चालक तम बहादुरले बताउनु भयो । लामो समय सम्म मिहिनेत गरेर अव परिणाम ल्याउने समयमा आफुमाथि थप समस्या थपिएको बताउनु भयो

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित