
जेठ ४ गते बुर्तिबाङ
जन जिवराज सुशिला माध्यमिक विद्यालय निसीखोला गाउँपालिका ४ को ६९ औँ बार्षिक उत्सब कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
विविध आन्तरिक तथा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सहित बार्षिक उत्सव मनाएको विद्यालयको प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती स्वंयम समुदाय समेत अग्रसर रहनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान शिक्षा प्रणालीनै गलत रहेका कारण त्यसलाई परिमार्जन गरेर अगाडी बद्नुपर्ने समय आएको बताउनु भयो ।
विद्यालयको शिक्षा प्रमाणपत्र हातपार्ने माध्यमको रुपमा रहेको बताउँदै त्यसलाई सुधार गरेर एकिकृत र सिपमुलक शिक्षामा जोड दिनुपर्ने आवस्यक औँल्याउनु भयो । मन्त्री थापाले थप बोल्दै आफु यसै बागलुङ जिल्लाको नागरिक भएका कारणपनी यहाँको विकास , प्रर्यटन, वन वातावरणको क्षेत्रमा सक्रिय पुर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो । आफुले नागरिक तहबाट आएका समस्या र विकास निर्माणमा सक्दो काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमकै विशिष्ठ अतिथीको रुपमा रहनु भएका गण्डकी प्रदेश सांसद जित बहादुर शेरचनले बोल्दै आफहुरुले नागरिकका समस्या सम्वोधन गर्नका निम्ती साँसद भएर गएका कारण नागरिकका समस्या र यहाँको विकास निर्माणमा सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै सामुदायिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर बृद्धि गर्न गाउँपालिकाले पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउँदै शिक्षा क्षेत्रको गुणस्तर बृद्धिमा सबैले सक्रिय भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकै अवसरमा समाजसेवी एवंम निसीखोला गाउँपालिका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले बोल्दै जन जिवराज शुसिला माध्यमिक विद्यालय स्थानीय समुदायको सक्रियतामा सञ्चालनमा आएको पुरानो विद्यालय रहेको बताउँदै यस विद्यालयको उन्नयनका निम्ती स्थानिय समुदाय, अभिभावक, शिक्षक, कर्मचारी र राज्यको उत्तिकै भुमिका आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रमका अवसरमा स्थानिय समाजसेवी झिमलाल पौडेल दम्पत्तिद्धारा विद्यालयलाई नगद रु १ लाख रुपैयाँ चन्दा उपलब्ध गराउनु भएको हो । अन्य सहयोगिदाताहरुबाट समेत चन्दा उपलब्ध गराइएको थियो ।
विद्यालयलाई चन्दा उपलब्ध गराउने चन्दादाता सम्मान, उत्कृष्ट शिक्षक सम्मान, तथा विभिन्न प्रतियोगितामा उत्कृष्ठ विद्यार्थिलाई सम्मान एवं पुरस्कार वितरण गरिएको हो ।
२०१२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म पठन पाठन हुँदै आएको छ २०६४ सालसम्म प्राथमिक २०६४ देखि २०६९ सम्म निम्न माध्यमिक र २०६९ देखि हालसम्म माध्यमिक तहको रुपमा पठन पाठन हुँदै आएको छ ।
कार्यक्रमका अवसरमा विद्यालयका प्रअ यमकान्त पौडेलद्धारा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । विद्यार्थीको नृत्य, पिटी प्रर्दशनी लगाएतका प्रस्तुती रहेको कार्यक्रममा निसीखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,जनप्रतिनिधी, कर्मचारी, चन्दादाता, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, जिल्ला वन कार्यालय र इलाका वन कार्यालय बुर्तिबाङका प्रमुख ,विद्यालय व्यवस्थापन समितीका सदस्य लगाएतको आतिथ्यता रहेको कार्यक्रम वडा नं. ४ का अध्यक्ष टिकानिधी पौडेलको स्वागत, विद्यालय व्यवस्थापन समिती अध्यक्ष डा. शान्तराज सर्माको अध्यक्षता, शिक्षक हुतराज भुषाल र चित्र कुमारी पौडलले सञ्चालन गर्नुभएको थियो ।