spot_img

बुर्तिबाङ तारिखेतमा एक व्याक्ति मृत अवस्थामा फेला ।

विनोद विश्वकर्मा, बुर्तिवाङ ,बागलुङ

जिल्लाको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ तारिखेतमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ६ मोराङ स्थाई घर भएका अन्दाजि ५५ वषिय चेबो अदै तारिखेत स्थित बारीमा मृत अस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक राजेश अधिकारीले जानकारी दिनु भएको छ ।

बुर्तिबाङ तारिखेत स्थित छोरीको घरमा बस्दै आएका अदै मंगलबार साझ करिव ७ बजे बाट बेपत्ता भएका थिए । साँझनै परिवारले खोजि गरे पनि नभेटिएको तर बिहान करिव ६ बजेको समयमा घर तल्तिर बारिमा साँझ खोजिएको ठाउँमानै स्थायिले फेला पारेको स्थानियले बताएका छन् ।

के कति कारणले मृत्यु भएको भन्ने बारेमा अहिले सम्म केही भन्न नसकिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका ईस्पेक्टर राजेश अधिकारीले जानकारी दिनु भयो ।

अहिले शव लाई पोष्ट्रमाटमको लागि ल्याउने तयारी भैरहेको भए पनि मृतकको छोरा पोखरामा रहेको र नआउदा सम्म शव लाई नउठाउने भनिएको ईस्पेक्टर अधिकारीले जानकारी दिए ।

मृतक अदै छोरीको घरमा नै बसी व्यावसायीक भैसी पालन गदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित