
बुर्तिबाङ जेठ ३ गते
ढोरपाटन नगरपालिका २ तारिखेत स्थित तरकारी बारिमा बुधबार बिहान शव भेटिएसंगै मृतकका आफन्तले उक्त घटना सुनुयोजित रुपमा हत्या गरिएको बताउँदै सत्य तथ्य बाहिर ल्याई दोषिलाई कारवाहीको माग सहित प्रहरी प्रशासनलाई ध्यानाकषर्ण गराएका छन ।
बिहान १० बजेदेखि बुर्तिबाङ बजारमा ¥याली सहित पिडितले न्याय पाउनु पर्ने माग सहित घटनालाई प्रहरी प्रशासनले गम्भिर रुपमा लिन नखोजेको आरोप लगाएका छन ।
ढोरपाटन नगरपालिका ६ मोराङ स्थाई घर भई हाल ढोरपाटन नगरपालिका २ तारिखेत स्थित छोरीको घरमा कृषि पशु फार्म सञ्चालन गरेर बस्दै आउनु भएका अन्दाजी ५५ बर्षिय चेबो अदै बिहान करिब ६ बजे घर नजिकैको तरकारी बारिमा मृत फेला पर्नुभएको थियो ।
मृतकको शव
मंगलबार साँझ ७ बजेदेखि घरबाट सम्पर्क विहिन बन्नुभएका अदैलाई छोरी ज्वाँईले विभिन्न स्थानमा खोज्दा समेत फेला नपारेपछि रातको १० बजेनै इलाका प्रह्री कार्यालय बुर्तिबाङमा खबर गरिएको परिवारको भनाई छ ।
तर आफुहरुले खबर गर्दा समेत प्रह्रीले बेवास्ता गरेको परिवारको गुनासो छ । राती अवेर सम्म खोजिको ठाउँमा नभेटिएका अदै बिहान भने घर नजिकै तरकारी बारिमा मृत भेटिनुभएको थियो । घटनाको विषयमा प्रह्रीले अनुसन्धान प्रकृया अगाडी बढाएको हो । हालसम्म इलाका प्रहरी कार्यालय बुर्तिबाङले स्थानीय पाँच जनालाई अनुसन्धानका निम्ती ल्याईएको प्रहरीको भनाई छ । दोषि पत्ता नलागेसम्म आफुहरुले शव नउठाउने भन्दै परिवारले शव उठाउन मानेका छैनन् ।
घटनाको विषयमा प्रह्रीले गम्भिर रुपमा अनुसन्धानअगाडी बढाउन नसकेको र बजार नजिकै हुने यस्ता घटनाले प्रहरी प्रशासन कमजोर बन्दै गइरहेको ढोरपाटन नगरपालिका उपमेयर धन बहादुर कायत (कल्याण) ले बताउनु भयो । घटनाको विषयमा सत्य तथ्य चाँडै बाहिर नआए र दोषिलाई कानुनी दायरामा नल्याय आफुहरुले आन्दोलन चर्काउँदै जाने कायतको भनाई छ ।
मंगलबार दिउँसो तारिखेतमा स्थानिय युवाहरुविच मदिरा सेवन गरि झगडा समेत गरेको बुझिएको छ । सोही दिन ३ जनालाई प्रहरीले प्रकाउ समेत गरेको थियो । घटनाको विषयमा थप अनुसन्धानबाट मात्रै खुल्ने इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश अधिकारीले बताए ।