Home Blog Page 128

शिवालय माविको ६५ औँ बार्षिक उत्सव: नागरिकका समस्यालाई आत्मसात गर्दे विकास गर्ने साँसद कुवंरको प्रतिबद्धता

0

जेठ १५ गते
शिवालय माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका ५ को ६५ औँ बार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रम सोमबार सम्पन्न भएको छ । विविध कार्यक्रमका साथ आयोजित बार्षिक उत्सव समारोहलाई गण्डकी प्रदेश साँसद दोर्ण कुमार कुवंरले उद्धघाटन गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष देविराम सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी साँसद कुवँरले कार्यक्रमको उद्धघाटन पश्चात आफनो मन्तव्य राख्दै अको शिक्षा निती व्यवहारीक र उत्पादन मुखि हुनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक विद्यालयमा राज्यको लगानी बढि भएपनी शैक्षिक गुणस्तरमा विकास हुन नसक्दा पुरानो शिक्षा प्रणालीले समाज र देशको रुपान्तरणमा उल्लेखिय भुमिका निर्वाह गर्न नसकेको बताउनु भयो । आयोजित कार्यक्रममा थप वोल्दै साँसद कुवंरले शिवालय माध्यमिक विद्यालयमा पुर्वाधार विकास, खेलमैदान व्यवस्थापन र विद्यालय भुजिखोलाको जोखिममा रहेका कारण त्यसलाई व्यवस्थापनमा निम्ती आफनो पाँच बर्षे कार्यकालमा धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै टटवन्ध निर्माणको कामलाई यसै आर्थिक बर्षमा गर्ने प्रतिबद्धता जनाउनु भयो ।


उहाँले यस क्षेत्रको विकास र समृद्धिमा आफुले नागरिक संग सम्मोन्य गरेर योजना ल्याउने बताउँदै आफनो पाँच बर्षको कार्यकालयमा सडक, खानेपानी, मोटरेवल पुल, विद्यालयको भौतिक पूर्वाधार विकास र उत्पादन तथा रोजगार मुलक कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भयो ।

खानेपानीको काकाकुल अवस्था वेहोरी रहेका अर्नाकोट, देउराली खल्वाङ, चौर निन्नेचौर मस्ति तथा निसीखोला ५ र ६ का नागरिकलाई समयमै खानेपानीको पहुँच पुग्ने गरि काम गर्ने, घैयाखानी सडक व्यवस्थापन, दोगाडी, गाडीखोला ढोरपाटन सडक क्रमागत रुपमा अगाडी बढाउने गरि पहल गर्ने, गाडीखोला मोटरेवल पुल निर्माणमा पहल गर्ने बताउनु भयो । अस्तु ओडारवोट मोटरेवल पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र भएका कारण आगामी आर्थिक बर्षभित्र सक्ने गरि प्रकृया अगाडी बढेको बताउनु भयो ।

सालझण्डी ढोरपाटन सडक लामो समयदेखि प्रभावकारी नभएका कारण निरन्तर खवरदारी गर्ने बताउनु भयो । आयोजित कार्यक्रमका अवसरमा विशिष्ठ अतिथीको रुपमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा, वडा नं. ५ का अध्यक्ष दिपेन्द्र पुन, शिक्षक अभिभावक संघका अध्यक्ष रुप प्रसाद भण्डारी, भुतपुर्व प्रध्यानाध्यापक दिपक कुमार छन्त्याल, सैखोला लघुजलविधुत आयोजनाका अध्यक्ष गुञ्जमान घर्तिमगर लगाएतले शुभकामना मन्तव्य रहेको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक वेग बहादुर छन्त्यालद्धारा विद्यालयको बार्षिक प्रतिवेदन प्रस्ततु गर्नूभएको हो ।
आन्तरिक विद्यार्थीको क्षमता विकास सम्वन्धी खेलकुद कार्यक्रम, शिक्षक र अभिभावक विचको मैत्रीपूर्ण भलिवल खेल , शिक्षक र विद्यार्थीको नृत्य लगाएतको प्रस्तुती रहेको कार्यक्रममा विभिन्न चन्दादाता सम्मान, अभिभावक सम्मान लगाएतका कार्यक्रम रहेको थियो ।
विद्यालयका शिक्षक सुनमाया घर्तिको स्वागत, शिक्षक नन्दराम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

इमेज सहकारीको समस्या समाधानमा सहजीकरण गर्न जिल्ला सहकारी संघलाई बचतकर्ताको माग

0

 

बागलुङ जेठ १४ गते

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङसंग माग गरेका छन् ।

बचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समिति र जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरुबीच शनिवार बिहान भएको छलफल कार्यक्रममा संघका तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्नका लागि माग गरिएको हो ।

इमेज सहकारीले बागलुङका धेरै बचतकर्ताहरुको रकम जोखिममा पारेको छ, रकम फिर्ताका लागि बचतकर्ताहरुले ६ महिनाको समय थप गर्न सहमति जनाउदै समस्या समाधान गर्न सहजता प्रदान गर्दा पनि संस्थापक अध्यक्ष देव कुमार नेपाली लगायत सम्पर्क विहिन भएका कारण थप समस्या भएको संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले बताउनुभयो ।

उहाँले देवकुमार नेपाली लगायत संस्थासंग सम्बन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन संघर्ष समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भन्दै जिल्ला सहकारी संघका तर्फबाट सल्लाह सुझाव सहित समन्वयकारी भूमिका निभाईदिन आग्रह गर्नु भएको थियो ।

इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र बचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गरेका थियौ, जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले भन्नुभयो,–‘हामीले गरेको समन्वयकारी भूमिका र आम बचतकर्ताको भावना विपरित देव कुमार नेपाली र उहाँको टिम सम्पर्क विहिन भएका कारण थप समस्या परेको छ, यो समस्यालाई समाधान गर्नका लागि संघको तर्फबाट समन्वय गरेर अगाडि बढ्छौ ।’

इमेज मात्रै होइन शिवशिखरका बचतकर्ताको बचत फिर्ताका लागि पनि हाम्रो तर्फबाट निरन्तर खबरदारी र समन्वय भैरहेको छ, राष्ट्रिय सहकारी महासंघ लगायत सरोकारवाला निकायहरुमा समस्या समाधानका लागि निरन्तर ध्यानाकर्षण गराउनुका साथै बचतकर्ताहरुको बचत फिर्ता गर्न दवाव समेत दिदै आएको जिसीले बताउनुभयो ।

छलफलका क्रममा बचतकर्ताहरुले सरकारले समस्यामा परेका बचतकर्ताको रकम फिर्ता गर्ने कुरामा गंभिरताका साथ लिनु पर्ने, सम्पर्क विहिन भएका देव कुमार नेपाली लगायतलाई खोजी गरी कार्वाही गर्नुका साथै इमेज सहकारी संस्थासंग सम्बन्धितहरुबाट बचतकर्ताहरुको रकम फिर्ता गर्नु पर्ने बताएका थिए ।

इमेज सहकारीले बागलुङ बजारमा सञ्चालित कार्यालयबाट १ अर्ब २४ करोड, गलकोट सेवा केन्द्रबाट १८ करोड र बुर्तिबाङ सेवा केन्द्रबाट १२ करोड बचत संकलन गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराका अधिकृत चोलाकान्त वाग्लेले जानकारी दिनुभएको छ ।

बैशाख ७ गते सूचना प्रकाशित गरेर इमेज सहकारीको कार्यालय बन्द गरेपछि जिल्ला सहकारी संघको समन्वयमा बैशाख १२ गतेदेखि कार्यालय सुचारु गरिएको थियो । कार्यालय शुरु भएपछि नियमित रुपमा जिल्ला सहकारी संघ र बचतकर्ताहरुसंग समन्वय गदैै बचत फिर्ता गर्छु भनेका देव कुमार नेपालीले जेठ १ गते बचतकर्ताहरुको भेला समेत गर्नु भएको थियो ।

भेलामा बचतकर्ताहरुले ६ महिना बचत फिर्ताका लागि समय थप गर्ने सहमति दिएका थिए, बचतकर्ताले दिएको समयसिमा भित्र बचतफिर्ताका लागि आवश्यक पहल गर्नु पर्नेमा सम्पर्क विहिन भएपछि बचतकर्ताहरु थप अन्यौलमा परेका छन् ।

देव कुमार नेपाली सहितको इमेजका जिम्मेवार मान्छेहरु सम्पर्क विहिन भएपछि बचतकर्ताहरुले संघर्ष समिति गठन गरी बचतफिर्ताका लागि अगाडि बढेका छन् ।

बचतकर्ताहरुको निवेदन पछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका तर्फबाट संस्थाको वित्तीय अवस्थाको बारेमा अनुमगन गरी इमेजको कार्यालय शिल गर्नुका साथै कानुनी कार्वाहीका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरेको प्रदेश रजिष्ट्रार कार्यालयले जनाएको छ ।

 

साभार आर्दश सञ्चार

बुर्तिबाङ –ढोरपाटन खण्डमा पर्ने साँघुरो र जोखिम सडकले नागरिकलाई सास्ती : तत्काल काम गर्न सांसद दोर्ण कुवंरद्धारा निर्माण कम्पनीलाई आग्रह

0

जेठ १४ गते बुर्तिबाङ
सालझण्डी –ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने बुर्तिबाङ –ढोरपाटन खण्ड अन्र्तगत बढि जोखिम युक्त क्षेत्रमा तत्काल काम अगाडी बढाउन गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवंरले निर्माण कम्पनीलाई निर्दशन दिनुभएको छ ।
आइतबार बुर्तिबाङ देखि सैखोला क्षेत्र सम्म फिल्ड अनुगमन गर्दे सांसद कुवंरले आगामी दुईदिन भित्रै काम सुरु हुने गरि बुर्तिबाङ बजार नजिकै पर्ने चुरेलावास खण्ड, कोइराला खण्ड र बुढाथोक बजार नजिकको खण्डमा बढि अपठ्यारो र साँघुरो सडक रहेको बताउँदै जेठ मशान्त भित्रै काम सक्ने गरि काम अगाडी बढाउन निर्माण कम्पनीका इन्चार्ज रमेश लामालाई आग्रह गर्नुभयो ।

ओम बुद्ध कन्ट्रक्सन कम्पनीले ३६ महिनामा बुर्तिबाङ–ढोरपाटन सडक खण्ड ग्राभेलिङ सम्म पुरा गर्ने जिम्मा पाएको बताइको छ । ९ मिटर चौडा रहने उक्त सडक खण्डमा कम्पनीले पछिल्लो समय ग्याविन भर्ने, सडक कटिङ गर्ने, ह्युम पाईप राख्ने काम भइरहेको साईड इन्चार्ज सन्तोष खत्रीले बताए ।

 

सांसद कुवँरले निर्माण कम्पनीका इन्चार्ज प्राविधिकलाई फोन मार्फत र साईड इन्चार्जलाई समेत प्रत्यक्ष फिल्डमा लगेर काम अगाडी बढाउन आग्रह् गर्नुभको हो । आयोजनाले तत्काल काम अगाडी बढाउने जनाइएको छ । बुर्तिबाङ बजार नजिकैको चुरेलावास भन्ने स्थानमा सडक छेउँमा ठुलो चट्यान छ उक्त क्षेत्रमा सडक अतिनै साँघुरो रहेका कारण ठुला सवारीका साधन वारपार गर्ने कठिन हुने गरेको सवारी चालकको भनाई छ । जोखिम मोलेर सडक वारपार गर्नुपर्ने वाध्यता छ यसलाई चाँडै काम अगाडी बढाउँदा यहाँका नागरिक तथा ढोरपाटन जाने प्रर्यटकलाई समेत सडकमा सहजता हुने स्थानीयको भनाई रहेको हो ।

हामीले सडक निर्माणको कामलाई सक्रिय पुर्वक अगाडी बढाउन पटक पटक आग्रह गरिएपनी निर्माण कम्पनीबाट कार्यसम्पादनमा ढिलाई भइरहेको छ यसलाई चाँडै सक्ने गरि पहल हामीले पनी गर्दे आएका छौँ सन्धीखर्क –ढोरपाटन सडक आयोजना कार्यालयका सुपर भाइजर कुल बहादुर कुवंरले बताउनु भयो ।


निर्माण कम्पनी संग समयमा काम सक्ने गरि तिव्र गतिमा काम अगाडी बढाउन धेरै नै आग्रह गरिएपनी कामले गति लिन नसक्दा नागरिकले लामो समयदेखि सास्ती खेप्न बाध्य भइरहेको ढोरपाटन नगरपालिकाका कार्यवाहक अध्यक्ष धनबहादुर कायतले बताउनु भयो । बुर्तिबाङ देखि ढोरपाटन सडक खण्ड करिव ३७ किलोमिटर रहेपनी सडक अव्यवस्थित हुँदा स्थानिय नागरिक र यहाँ आउने प्रर्यटकले सास्ति खेप्दै आएका छन ।

फिल्ड अनुगमनका क्रममा माननिय सांसद दोर्ण कुमार कुवंर, ढोरपाटन नगरपालिका कार्यवाहक अध्यक्ष धन बहादुर कायत, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य नविन शेरचन , निर्माण कम्पनीका साईट इन्चार्ज सन्तोष खत्री , पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।

तमानखोला गाउँपालिकाद्धारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0

जेठ १३ गते
बागलुङको तमानखोला गाउँपालिकाद्धारा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम शनिवार गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ । पालिकाले आर्थिक बर्ष २०७९÷०८० को निती कार्यक्रम, बजेट तथा योजना र सेवा प्रवाहका सन्दर्भमा पालिकाबासी नागरिकको विचमा सार्वजनिक सुनुवाई गरिएको हो ।
फाल्गुन १५ देखि २० गते सम्म ६ वटै वडामा पहिलो चरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको पालिकाले दोश्रो चरणमा पालिका स्तरमा सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा सहभागि नागरिकले विभिन्न सुझाव, गुनासो र प्रतिकृया राखेका छन ।
बढि मात्रामा पालिकालाई समृद्ध बनाउनका निम्ती सुझाब दिएका नागरिकले शिक्षा क्षेत्रतर्फ शैक्षिक गुणस्तर बृद्धिमा जोड दिनुपर्ने, कृर्षिलाई व्यवसाहीकरण, आधुनिकीकरणमा जोड दिनुपर्ने , १२ महिना चल्न सक्ने गरि सडक स्तर बृद्धि गर्नुपर्ने, मोटरेवल पुल निर्माणका निम्ती पहल गर्नुपर्ने, केन्द्रिय विधुत प्रसारण लाईन गाउँगाउँ सम्म पु¥याउनका निम्ती पहल गर्नुेपर्ने लगाएतका सुझाव पालिकालाई दिएका हुन ।


नागरिकले महिला सचेतना कार्यक्रम, युवा रोजगार ,बालविवाह न्युनीकरण, छुवाछुत तथा भेदभाव अन्त्यका निम्ती सचेतना मुलक कार्यक्रम बनाउन, कृर्षि तथा पशु उत्पादन तर्फ समानुपातिक नभई उत्पादनका आधारमा अनुदानका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
तमानखोला गाउँपालिकाले लिएका निती कार्यक्रम राम्रो हुँदै गर्दा बेरुजु बृद्धि हुनुका कारण, प्रर्यटन प्रर्वधन हुन नसक्नु, सिमाँकन विबाद समाधान, बाँझो हुँदै गएको खेतियोग्य जमिनमा युवा उद्धम कार्यक्रम मार्फत सामुहिक र व्यवसाहीक निती बनाएर उत्पादनमा जोड दिन पालिकाले सहयोग गर्नुपर्ने सुझाव सहभागिले व्यक्त गरेका थिए ।


जग्गा करमा बढि रकम लिइएको, योजनामा बजेट विनीयोजन गर्दा स्टेमिटका आधारमा बजेट विनीयोजन नगरिएको नावाङ स्वास्थ्य चौकीको भवन निर्माण समयमा सम्पन्न नहुँदा नागरिकलाई समस्या भएको, कुलतमा फसेका युवालाई सचेतना कार्यक्रम बढाउन नसकिएको विषय समेत सहभागिको प्रश्न रहेको थियो ।
त्यस्तै प्राथमिक र आधारभुत तहका विद्यालयमा इन्टरनेट सेवा पु¥याउनु पर्ने, खेलकुद क्षेत्रको व्यवस्थापन र विकासमा जोड दिनुपर्ने, अध्यक्ष उपाध्यक्ष कप परिणाम मुखी नभएका कारण आवस्यक व्यवस्थापन गर्नुपर्ने, टोल तथा वस्तिमा सडक नपुगेको क्षेत्रमा सडक सञ्जाल जोड्न नागरिकको सुझाव थियो ।


कार्यक्रमका अवसरमा सहभागिले राखेको विज्ञासा तथा प्रश्नको शिक्षा संग सम्वन्धित विषयमा शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरे, प्रशासन साखा तथा पालिकाको बेरुजुको विषय संग सम्वन्धित विषयमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, महिला, तथा बालवालिका, न्यायिक क्षेत्र, योजना अनुगमनका सम्वन्धमा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल र सडक योजनाका विषयमा वडा नं. १ का अध्यक्ष थम बहादर रोकाले सहभागिबाट आएका प्रश्न सुझावको जवाफ दिँदै दिइएको सुझावलाई मनन गर्दे आगामी निती कार्यक्रममा समावेश गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो ।


त्यस्तै अधिकांस प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले दिनुभएको थियो । पालिका अध्यक्ष संग जोडिएका प्रश्न र सुझावको जवाफ दिँदै नागरिकले दिएका सुुझावलाई ग्रहण गर्ने र जनप्रतिनिधी, नागरिक, कर्मचारी, बुद्धिविजी सबैको सम्मोन्यले मात्र पालिका समृद्ध बन्ने बताउँदै सकारात्मक सुझावलाई आफुहरुले महत्वपूर्ण स्थान दिएर अगाडी बढ्ने बताउनु भयो ।
अध्यक्ष बुढाले नागरिकले दिएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै तत्काल केन्द्रिय विधुत प्रसारण लाईन विस्तारका निम्ती माननिय दोर्ण कुमार कुवंरको पहलमा काम सुरु हुन लागेको, शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका निम्ती महत्वपूर्ण योजना र पहल भइरहेको, सामाजिक विभेद हटाउन महत्वपूर्ण पहल भइरहेको, पालिका स्तरिय अस्पत्ताल निर्माणमा जग्गा अभावका कारण ढिलाई भइरहेको बताउनु भयो । उहाँले भु वनोट समथर नहुँदा ४ पटक सम्म प्राविधिक स्टेमिट डिपिआर पास हुन नसक्दा पालिका स्तरिय अस्पत्ताल भवन निर्माण अगाडी बद्न नसकेको बताउँदै जग्गा व्यवस्थापन आवस्यक रहेको प्रस्ट पार्नुभयो ।


पालिकामा उत्पादित कृषि उपजलाई बजारीकरका निम्ती कृषि संकलन केन्द्र स्थापना र कोल्ड स्टोर निर्माणका निम्ती पहल भइरहेको, बुर्तिबाङ–बोङगादोभान –म्याग्दी जोड्ने सडक स्तरउन्नतीका निम्ती प्रदेश र संघ सरकारमा पहल भइरहेको, मोटरेवल पुल निर्माणमा आगामी बर्ष २ वटा पुलको डिपिआर हुने गरि पहल भइरहेको, बोङगादोभान मोटरेवल पुल समयमा सक्ने गरि भुमिका निर्वाह भइरहेको आगामी बर्षदेखि पालिकामा देखिएको बेरुजुलाई शुन्य बनाउने गरि अभियान सुरु गरिएको बताउनु भयो


उहाँले थप वोल्दै क्लब तथा संघ संस्थाले समाज रुपान्तरणमा ध्यान दिनुपर्ने त्यसका निम्ती पालिकाले सम्मोन्य गर्ने, दलित, आमा समुहले समाज रुपान्तरण मुलक कार्यक्रम गर्नुपर्ने ,शिक्षक कर्मचारी आफनो पेशामा जिम्मेवार भएर लागेमात्रै पालिकाले थप विकास निर्माण, चेतनाको स्तरबृद्धि र समृद्धिमा फड्को मार्ने बताउनु भयो ।
कार्यक्रमका अवसरमा सहभागिको तर्फदेखि गम बहादुर पुन, मनोज श्रीपाली, कविन्द्र सिउतानी, हेमन्त नेपाली, धुर्व शेरचन, देवेन्द्र बुढामगर, खिम छन्त्याल, खगेन्द्र मान पुन, ओम प्रसाद पुन, भुमिराज रसाईली, भरत छन्त्याल, टोप बहादुर श्रीपाली, देविन्द्र बुढा, ओम बहादुर घर्ति, प्रेम बहादुर पुन, प्रेम घर्ति मगर, लगाएत सेवा ग्राहि नागरिकले आफनो मौखिम धारणा राखेका हुन । त्यस्तै कतिपयले लिखित रुपमा समेत धारणा राखेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका प्रमुख, स्वास्थ्य कर्मि, शिक्षक, राजनैतिक दलका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो ।


उपाध्यक्ष हिराकुमारी छन्त्यालको स्वागत, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यको प्रतिवेदन सहितको मन्तव्य तथा कार्यक्रमका सहजकर्ता छविलाल पाण्डेद्धारा सार्वजनिक सुनुवाई कार्यक्रमको कार्यविधी, निती नियम, नागरिक प्रतिवेदन प्रस्तुत, वडा स्तरमा नागरिकले भोग्नुपरेका समस्या सहितको प्रतिवेदन प्रस्तुत सहित कार्यक्रम सञ्चालन गर्नुभएको हो ।
कार्यक्रम तमानखोला गाउँपालिकाको आयोजना सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न भएको थियो ।

इमेज सहकारी र शिवशिखर सहकारीको समस्या बारे गृहमन्त्रीको ध्यानाकर्षण

0

काठमाडौं । बागलुङ जिल्लामा संचालित इमेज बचत तथा ऋण सहकारीले हजारौं बचतकर्ताको निक्षेप अपचलन गरेर रातारात बेपत्ता भएको भन्दै पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

गृहमन्त्री श्रेष्ठसँग भेटेर इमेज सहकारीको ठगी प्रकरण बारे सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडि बढाउन प्रहरीले आलताल गरि जनताको बचत माथि खेलवाड गरेको गुनासो समेत पोखेका थिए ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका देव कुमार नेपालीले सहकारीमा बचतकर्ताको अरबौं रूपैयाँ हिनामिना गरेर एकाएक बेपत्ता भएको हुँदा समेत प्रहरी प्रशासन मौन भएको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक अभियानका टोलिले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पुगि जिल्लाको वस्तुगत अवस्था बारे जानकारी गराइ अहिले फरार भएका अध्यक्ष देव कुमार नेपालीलाई तत्काल पक्राउ पुर्जी जारी गराउन अनुरोध गरेको भ्रष्टाचार बिरूद्व नागरिक अभियानका संयोजक एक बहादुर केसी संगमले बताए ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बहादुर बस्नेत, सहकारी विभागका रजिस्टार नवराज घिमिरेसँग भेटेर बागलुङको शिवशिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारीको समस्या बारे अवगत गराउदै बचतकर्ताहरुको अरबौं रूपैयाँ अवचलन गरेर फरार भएका शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा र इमेज सहकारीका अध्यक्ष नेपालीलाई तत्काल पक्राउ गरि बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्ने वातावरण बनाउन ध्यानाकर्षण गरेको केसीले बताए ।

गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले प्रधानमन्त्रीको कार्यालयले सिआइवी, सहकारी विभाग लगायतका सरोकारवालालाई बागलुङको सहकारीमा भएको घटना बारे जानकारी गराउदै तत्काल प्रक्रिया अगाडि बढाउन भनेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले सहकारी पीडितहरूले दिएको ठगी प्रकरणको उजुरी दर्ता गर्न समेत आनाकानी गरेर ठगी गर्ने सहकारीका अध्यक्ष नेपालीलाई भाग्न सहज वातावरण बनाएको गुनासो समेत गृह मन्त्रालयमा गराएका थिए ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवार र अन्य संचालकहरु सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि फरार भएका थिए ।

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र अन्य संचालकहरुको विरुद्ध इमेज सहकारी पीडित संघर्ष समितिका अध्यक्ष दिल बहादुर कार्कीको नेतृत्वमा गएको टोलिले १७ गते बुधवार ठगी गरेको जाहेरी दिन जादा जिल्ला प्रहरी कार्यालय बागलुङले लिएन् ।

नेपाली कांग्रेसद्धारा जनप्रतिनिधी तथा पार्टीका कार्यक्रताको विचमा अन्तर संबाद तथा प्रशिक्षण कार्यक्रम

0

बैसाख ११ बुर्तिबाङ
नेपाली कांग्रेसद्धारा बिहिबार बुर्तिबाङमा अन्तर संबाद तथा जनप्रतिनिधी तथा पार्टीका कार्यक्रताको विचमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितीको आयोजना तथा क्षेत्रीय कार्यसमिती क्षेत्र नं. २ को संयोजनामा पार्टीका नेता कार्यक्रता तथा निर्वाचित जनप्रतिनिधीका विचमा संगठन विस्तार अन्तर संवाद तथा प्रशिक्षण दिइएको हो ।
जिल्ला सभापती जित बहादुर शेरचनको अध्यक्षता, संविधान सभा सदस्य तथा महाधिवेशन प्रतिनिधी निरज पुनको प्रमुख आतिथ्यता रहेको आयोजित कार्यक्रमका अवसरमा संगठन विस्तार, पार्टीका नेता कार्यक्रताको जिम्मेवारीता, जनप्रतिनिधीको भुमिका र जिम्मेवारी लगाएतका विषयमा छलफल गरिएको हो ।


सहभागिले पार्टीलाई मजबुद बनाउनका निम्ती बैठक, छलफल र आफनो जिम्मेवारी बोधलाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन । क्षेत्र नं. २ अन्र्तगतका नेता कार्यक्रता, जनप्रतिनिधी लगाएतको उपश्थिती रहेको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सल्लाहकार तथा वरिष्ठ अधिबक्ता अखिलनाथ सर्माले सहजिकरण गर्दे स्थानिय तहको योजना तर्जुमाका प्रकृया तथा चरणहरुका विषयमा सहजिकरण गर्नुभएको हो ।
कार्यक्रममा क्षेत्रीय सभापती तथा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा दिगो विकास लक्ष्यका अवधारणाका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहभागिले जनताको मनजित्ने गरि जनप्रतिनिधीले काम गर्नुपर्ने, पार्टिमा जिम्मेवार व्याक्तिले संगठन विस्तार अभियानलाई चलायमान बनाउनु पर्ने , अन्तरद्धन्दलाई निवारण गर्न समय समयमा छलफल बैठक अन्र्तक्रृया हुनुपर्ने विषयमा आफनो धारणा राखेका हुन । कार्यक्रम जिल्ला उपाध्यक्ष तारानाथ पौडेलको स्वागत, जिल्ला सचिव गण्डकी थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

इमेज सहकारीका बचतकर्ता निराशामा: बुर्तिबाङ शाखामा मात्रै १२ करोड बचतमा रहेको पुष्टि

0
फाइल फोटो

बुर्तिबाङ जेठ ११ गते
इमेज बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी बन्द गराएर एकाएक सम्पर्क विहिन बनेको ६ दिन वितिसकेको छ ।

सहकारी सञ्चालक र पदादिकारीनै एकाएक सम्पर्क बिहिन बन्दै गर्दा सहकारीका बचत कर्ता भने आन्दोलित भएका छन । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार, गल्कोट बजार, बागलुङ र पोखरामा साखा रहेको उक्त शहकारीको शाखा कार्यालय पछिल्लो समय बन्द गरिएको छ ।

सयौँ बचतकर्ता निराश अवस्थामा आफनो बचतको न्यायोचित रुपमा फिर्ता हुने आशामा राज्य संग माग गर्दे आएका छन । विभिन्न शाखामा वचतकर्ता र सेयर धनिको रकम तथ्यांक निकाल्ने काम समेत सुरु भएको हो । बुर्तिबाङ बजारमा मात्रै विहिबार निकालीएको तथ्यांक अनुसार १२ करोड बढि रकम वचत कर्ताले सहकारीमा जम्मा गरेको पाइएको छ ।

सहकारीको सिस्टममा ७ करोड ५७ लाख, ५४ हजार ४ सय २२ रुपैयाँ र सिस्टम भन्दा बाहिर रहेको ४ करोड ४४ लाख २५ हजार रुपैयाँ देखिएको शहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशका चोलाकान्त वाग्लेको भनाई छ । अझै पनी सिस्टम भन्दा बाहिर कति छ भन्ने विषयमा अध्ययन भइरहेको बताइएको हो । कर्मचारी र बचतकर्ताको सहयोगमा उक्त तथ्यांक निकालिएको थियो
वाग्ले सहितको टोलिले बुर्तिबाङमा रहेको शाखामा आएर तथ्यांक संकलन गरेको थियो । त्यस्तै अन्य शाखाको पनी तथ्यांक संकलन गर्ने काम भइरहेको हुँदा बचत कर्ता र सेयर धनिले दिइएको उजुरीको आधारमा कानुनी प्रकया अगाडी बढ्ने वाग्लेको भनाई छ ।

त्यस्तै मेयर नेपालीले आफनो र श्रीमतीको नाममा रहेको बुर्तिबाङ बजारका घर तथा जग्गा बैसाख २३ देखि २९ गतेसम्म विभिन्न कित्ता आफन्तीको नाममा नामसारी गरेको बताइएको छ । बुर्तिबाङ मालपोत कार्यालयबाट मेयर नेपालीले बैँक वित्तिय संस्थामा रहेका घर बाहेक अन्य घर घडेरी नामसारी गरेको खुल्न आएको हो । यहाँका बचतकर्ताले समितीनै गठन गरेर कानुनी प्रकृयामा जाने तयारि गरिरहेको बताएका छन ।

तमानखोला गाउँपालिकाले सनिबार सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

0

विनोद विश्वकर्मा,बुर्तिवाङ,बागलुङ

जिल्लाको तमानखोला गाउँपालिकाले सनिबार सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

तमानखोला गउँपालिकाको आयोजना तथा गरिवी निवारणका लागि वातावरणिय स्वास्थय शिक्षा द्धारा सञ्चालित सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्ज बुर्तिबाङको सहजिकरणमा कार्यक्रम आयोजना गरिएको हो ।

तमानखोला गाउँपालिकाको चालुु आर्थिक वर्ष २०७९÷८० अन्र्तग विनियोजित बजेट तथा योजनाको कार्यसम्पादन लगायतलाई मध्यनजर गदै कार्यक्रमको आयोजना गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले जानकारी दिनु भयो ।

सुशासन ,सामाजिक उत्तरदायित्व,पारदर्शिता र जवाफ देहिता संगै पालिकामा भएका समस्या तथा समस्यालाई समाधानको लागि पालिकामा सक्रिय राजनितिक दल,बौद्धिक वर्ग,स्थानियको रचनात्मक सल्लाह सुझावलाई लिएर सम्बृद्ध तमानखोला निर्माणमा सहयोग पुग्ने भन्दै कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । कार्यक्रममा नयाँ जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष भएको र १ वर्षको समयमा पालिका बाट भएका कार्यक्रमको वार्षिक समिक्षा समेत गरिने उपाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

साथै उपाध्यक्ष छन्त्यालले पालिकाको विषयमा चासो राख्ने सबैलाई उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ ।कार्यक्रम गाउँपालिकाको केन्द्र बोँगादोभानमा हुने छ ।

ढोरपाटन नगरपालिका का.वा. प्रमुखद्धारा सुझाव माग

0

जेठ १० गते
ढोरपाटन नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले यहाँ स्थित राजनैतिक दलका प्रतिनिधी संग पालिकाको गतिविधीका विषयमा छलफल तथा आगामी आर्थिक बर्ष २०८०÷०८१ को निती तथा कार्यक्रमका विषयमा सुझाब माग्नु भएको छ ।
बुधबार आयोजित कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिकालाई अब कस्तो बनाउने र कस्ता योजना तथा निती ल्याउँदा नागरिकलाई प्रत्यक्ष फाइदा हुन्छ भन्ने विषयमा दलहरुसंग आफुले सुझाब मागेको र दलहरुले दिएका सुझाबलाई आत्मसाथ गर्दे अगाडी बढ्ने कायतले बताउनु भयो । साथै उहाँले अन्य विज्ञ व्याक्तिले लिखित रुपमा दिइका महत्वपूर्ण सुझावलाई समेटेर निती तथा कार्यक्रम लिइने बताउनु भयो
कार्यक्रमका अवसरमा सहभागिहरुले नगरपालिका भित्रका नागरिकका महत्वपूर्ण आवस्यकतालाई निती तथा कार्यक्रममा जोड दिनुपर्ने बताएका हुन । महत्वकांक्षी योजना भन्दा प्रत्यक्ष नागरिकलाई फाइदा पुग्ने कार्यक्रम ल्याउन दलहरुले सुझाव दिएका छन पालिकाको प्रोफाईल बनाएर वास्तविक तथ्याँकका आधारमा योजना ल्याउँदा नागरिकलाई सहज हुने सुझाब दिइएको छ ।


सहभागिले पालिकाका नागरिकको समस्या सम्बोधन गर्न उत्पादन तथा रोजगारी संग जोड्नका निम्ती कृर्षि क्षेत्रको विकास, कृषि आधुनिकीकरण तथा बजार व्यवस्थापनमा ख्याल गर्नुपर्ने , प्रर्यटन क्षेत्रको विकास , खानेपानी समस्या समाधान, ढोरपाटन बुर्तिबाङ सडक स्तरउन्नती, स्वास्थ्य क्षेत्रमा सुधार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि तथा विद्यालय व्यवस्थापन समितीको गठन, पालिकाले आफनै प्रशासनिक भवन समयमा सम्पन्न गरि आफनै भवनबाट सेवा प्रवाह गनुपर्ने विषयमा जोड दिएका छन । यहाँका बाढि पिडितले राज्यबाट पाउनु पर्ने रकम नपाएको तथा विभिन्न दाताबाट नगरपालिकामा एकद्धार प्रणाली अन्र्तगत पठाइएको रकम समेत पिडितले एकद्धार प्रणालीबाट नपाएको गुनासो आएका कारण त्यसको तत्काल व्यवस्थापन छानविन गर्नुपर्ने , दिर्घकालिन योजना र लक्ष्य निर्धारण गर्न बौद्धिक र विज्ञ व्याक्तित्व संग सम्मेलन, सार्वजनिक सुनुवाई गर्नुपर्ने, जनप्रतिनिधी जनता प्रति जिम्मेवार भएर अगाडी बढ्नुपर्ने लगाएतका विषयमा दल तथा स्वतन्त्र नागरिकले सुझाव दिएका हुन ।


कार्यक्रममा नेपाली काँग्रेसको तर्फदेखि मेशलाल सर्मा, नेकपा एमालेको तर्फदेखि टंकप्रसाद सर्मा, नेकपा माओबादी केन्द्रको तर्फदेखि चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चाको तर्फदेखि गौरिश्वर पाण्डे, जनता समाजबादी पार्टीको तर्फदेखि गंगा बहादुर घर्ति, नेपाल समाजबादी पार्टीबाट संकर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निम बहादुर भण्डारी ,नेपाल कम्युनिष्ट पार्टीबाट हरिबहादुर कुवंर, पुर्व वडा अध्यक्ष दिपक थापा, नर बहादुर गुरुङ, पत्रकार छविलाल पाण्डे लगाएतको उपश्थिती एवं शुझाव मन्तव्य रहेको थियो । प्रमुख प्रसासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई एमालेले ग¥यो निलम्बन 

0

सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन् ।

एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए ।
सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै उनले छानबिनका लागि निलम्बन गरेको बताए ।
‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ दवाडीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं ।’
सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत आइतबारदेखि सम्पर्कविहीन छन् ।
पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ ।
ढोरपाटनका मेयर एवं सहकारीका अध्यक्ष नेपाली माओवादी पृष्ठभूमिका हुन् ।
माओवादीले २०७४ को स्थानीय निर्वाचनमा ढोरपाटनको मेयर उम्मेदवार नबनाएपछि उनी एमालेमा प्रवेश गरेर मेयरको टिकट पाएका थिए ।
त्यतिबेला मेयर जितेका नेपाली गत वर्ष भएको स्थानीय निर्वाचनमा एमालेकै तर्फबाट दोस्रो पटक ढोरपाटनको मेयर जितेका थिए । सेतोपाटी