इमेज सहकारीका बचतकर्ता निराशामा: बुर्तिबाङ शाखामा मात्रै १२ करोड बचतमा रहेको पुष्टि

बुर्तिबाङ जेठ ११ गते
इमेज बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी बन्द गराएर एकाएक सम्पर्क विहिन बनेको ६ दिन वितिसकेको छ ।

सहकारी सञ्चालक र पदादिकारीनै एकाएक सम्पर्क बिहिन बन्दै गर्दा सहकारीका बचत कर्ता भने आन्दोलित भएका छन । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार, गल्कोट बजार, बागलुङ र पोखरामा साखा रहेको उक्त शहकारीको शाखा कार्यालय पछिल्लो समय बन्द गरिएको छ ।

सयौँ बचतकर्ता निराश अवस्थामा आफनो बचतको न्यायोचित रुपमा फिर्ता हुने आशामा राज्य संग माग गर्दे आएका छन । विभिन्न शाखामा वचतकर्ता र सेयर धनिको रकम तथ्यांक निकाल्ने काम समेत सुरु भएको हो । बुर्तिबाङ बजारमा मात्रै विहिबार निकालीएको तथ्यांक अनुसार १२ करोड बढि रकम वचत कर्ताले सहकारीमा जम्मा गरेको पाइएको छ ।

सहकारीको सिस्टममा ७ करोड ५७ लाख, ५४ हजार ४ सय २२ रुपैयाँ र सिस्टम भन्दा बाहिर रहेको ४ करोड ४४ लाख २५ हजार रुपैयाँ देखिएको शहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशका चोलाकान्त वाग्लेको भनाई छ । अझै पनी सिस्टम भन्दा बाहिर कति छ भन्ने विषयमा अध्ययन भइरहेको बताइएको हो । कर्मचारी र बचतकर्ताको सहयोगमा उक्त तथ्यांक निकालिएको थियो
वाग्ले सहितको टोलिले बुर्तिबाङमा रहेको शाखामा आएर तथ्यांक संकलन गरेको थियो । त्यस्तै अन्य शाखाको पनी तथ्यांक संकलन गर्ने काम भइरहेको हुँदा बचत कर्ता र सेयर धनिले दिइएको उजुरीको आधारमा कानुनी प्रकया अगाडी बढ्ने वाग्लेको भनाई छ ।

त्यस्तै मेयर नेपालीले आफनो र श्रीमतीको नाममा रहेको बुर्तिबाङ बजारका घर तथा जग्गा बैसाख २३ देखि २९ गतेसम्म विभिन्न कित्ता आफन्तीको नाममा नामसारी गरेको बताइएको छ । बुर्तिबाङ मालपोत कार्यालयबाट मेयर नेपालीले बैँक वित्तिय संस्थामा रहेका घर बाहेक अन्य घर घडेरी नामसारी गरेको खुल्न आएको हो । यहाँका बचतकर्ताले समितीनै गठन गरेर कानुनी प्रकृयामा जाने तयारि गरिरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित