spot_img

ढोरपाटन नगरपालिका का.वा. प्रमुखद्धारा सुझाव माग

जेठ १० गते
ढोरपाटन नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले यहाँ स्थित राजनैतिक दलका प्रतिनिधी संग पालिकाको गतिविधीका विषयमा छलफल तथा आगामी आर्थिक बर्ष २०८०÷०८१ को निती तथा कार्यक्रमका विषयमा सुझाब माग्नु भएको छ ।
बुधबार आयोजित कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिकालाई अब कस्तो बनाउने र कस्ता योजना तथा निती ल्याउँदा नागरिकलाई प्रत्यक्ष फाइदा हुन्छ भन्ने विषयमा दलहरुसंग आफुले सुझाब मागेको र दलहरुले दिएका सुझाबलाई आत्मसाथ गर्दे अगाडी बढ्ने कायतले बताउनु भयो । साथै उहाँले अन्य विज्ञ व्याक्तिले लिखित रुपमा दिइका महत्वपूर्ण सुझावलाई समेटेर निती तथा कार्यक्रम लिइने बताउनु भयो
कार्यक्रमका अवसरमा सहभागिहरुले नगरपालिका भित्रका नागरिकका महत्वपूर्ण आवस्यकतालाई निती तथा कार्यक्रममा जोड दिनुपर्ने बताएका हुन । महत्वकांक्षी योजना भन्दा प्रत्यक्ष नागरिकलाई फाइदा पुग्ने कार्यक्रम ल्याउन दलहरुले सुझाव दिएका छन पालिकाको प्रोफाईल बनाएर वास्तविक तथ्याँकका आधारमा योजना ल्याउँदा नागरिकलाई सहज हुने सुझाब दिइएको छ ।


सहभागिले पालिकाका नागरिकको समस्या सम्बोधन गर्न उत्पादन तथा रोजगारी संग जोड्नका निम्ती कृर्षि क्षेत्रको विकास, कृषि आधुनिकीकरण तथा बजार व्यवस्थापनमा ख्याल गर्नुपर्ने , प्रर्यटन क्षेत्रको विकास , खानेपानी समस्या समाधान, ढोरपाटन बुर्तिबाङ सडक स्तरउन्नती, स्वास्थ्य क्षेत्रमा सुधार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि तथा विद्यालय व्यवस्थापन समितीको गठन, पालिकाले आफनै प्रशासनिक भवन समयमा सम्पन्न गरि आफनै भवनबाट सेवा प्रवाह गनुपर्ने विषयमा जोड दिएका छन । यहाँका बाढि पिडितले राज्यबाट पाउनु पर्ने रकम नपाएको तथा विभिन्न दाताबाट नगरपालिकामा एकद्धार प्रणाली अन्र्तगत पठाइएको रकम समेत पिडितले एकद्धार प्रणालीबाट नपाएको गुनासो आएका कारण त्यसको तत्काल व्यवस्थापन छानविन गर्नुपर्ने , दिर्घकालिन योजना र लक्ष्य निर्धारण गर्न बौद्धिक र विज्ञ व्याक्तित्व संग सम्मेलन, सार्वजनिक सुनुवाई गर्नुपर्ने, जनप्रतिनिधी जनता प्रति जिम्मेवार भएर अगाडी बढ्नुपर्ने लगाएतका विषयमा दल तथा स्वतन्त्र नागरिकले सुझाव दिएका हुन ।


कार्यक्रममा नेपाली काँग्रेसको तर्फदेखि मेशलाल सर्मा, नेकपा एमालेको तर्फदेखि टंकप्रसाद सर्मा, नेकपा माओबादी केन्द्रको तर्फदेखि चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चाको तर्फदेखि गौरिश्वर पाण्डे, जनता समाजबादी पार्टीको तर्फदेखि गंगा बहादुर घर्ति, नेपाल समाजबादी पार्टीबाट संकर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निम बहादुर भण्डारी ,नेपाल कम्युनिष्ट पार्टीबाट हरिबहादुर कुवंर, पुर्व वडा अध्यक्ष दिपक थापा, नर बहादुर गुरुङ, पत्रकार छविलाल पाण्डे लगाएतको उपश्थिती एवं शुझाव मन्तव्य रहेको थियो । प्रमुख प्रसासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित