spot_img

नेपाली कांग्रेसद्धारा जनप्रतिनिधी तथा पार्टीका कार्यक्रताको विचमा अन्तर संबाद तथा प्रशिक्षण कार्यक्रम

बैसाख ११ बुर्तिबाङ
नेपाली कांग्रेसद्धारा बिहिबार बुर्तिबाङमा अन्तर संबाद तथा जनप्रतिनिधी तथा पार्टीका कार्यक्रताको विचमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितीको आयोजना तथा क्षेत्रीय कार्यसमिती क्षेत्र नं. २ को संयोजनामा पार्टीका नेता कार्यक्रता तथा निर्वाचित जनप्रतिनिधीका विचमा संगठन विस्तार अन्तर संवाद तथा प्रशिक्षण दिइएको हो ।
जिल्ला सभापती जित बहादुर शेरचनको अध्यक्षता, संविधान सभा सदस्य तथा महाधिवेशन प्रतिनिधी निरज पुनको प्रमुख आतिथ्यता रहेको आयोजित कार्यक्रमका अवसरमा संगठन विस्तार, पार्टीका नेता कार्यक्रताको जिम्मेवारीता, जनप्रतिनिधीको भुमिका र जिम्मेवारी लगाएतका विषयमा छलफल गरिएको हो ।


सहभागिले पार्टीलाई मजबुद बनाउनका निम्ती बैठक, छलफल र आफनो जिम्मेवारी बोधलाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन । क्षेत्र नं. २ अन्र्तगतका नेता कार्यक्रता, जनप्रतिनिधी लगाएतको उपश्थिती रहेको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सल्लाहकार तथा वरिष्ठ अधिबक्ता अखिलनाथ सर्माले सहजिकरण गर्दे स्थानिय तहको योजना तर्जुमाका प्रकृया तथा चरणहरुका विषयमा सहजिकरण गर्नुभएको हो ।
कार्यक्रममा क्षेत्रीय सभापती तथा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा दिगो विकास लक्ष्यका अवधारणाका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहभागिले जनताको मनजित्ने गरि जनप्रतिनिधीले काम गर्नुपर्ने, पार्टिमा जिम्मेवार व्याक्तिले संगठन विस्तार अभियानलाई चलायमान बनाउनु पर्ने , अन्तरद्धन्दलाई निवारण गर्न समय समयमा छलफल बैठक अन्र्तक्रृया हुनुपर्ने विषयमा आफनो धारणा राखेका हुन । कार्यक्रम जिल्ला उपाध्यक्ष तारानाथ पौडेलको स्वागत, जिल्ला सचिव गण्डकी थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित