Home Blog Page 127

तमानखोला गाउँपालिकाद्धारा गाउँगाउँमै आँखा शिविर करिब दुई हजार नागरिकले लिए नि: शुल्क सेवा

0

जेठ २३ गते
जिल्लाको तमानखोला गाउँपालिकाले पालिका अन्र्तगत ६ वटै वडाका नागरिकलाई पायक पर्ने गरि विभिन्न गाउँगाउँमै पुगेर निशुल्क रुपमा आँखा शिविर सम्पन्न गरेको छ । गत २१ गते आइतबार देखि २३ गत सम्म ६ वटा वडा अन्र्तगत पर्ने विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य सम्योजक तिलक छन्त्यालले बताउनु भयो ।

 

गाउँपालिकाको आयोजना नेपाल नेत्र ज्यति संघ द्धारा सञ्चालित धौलागिरी आँखा अस्पत्तालको प्राविधिक सहयोगमा निः शुल्क शिविर सम्पन्न भएको हो । शिविरमा १ हजार ८ सय ३४ जना नागरिकले सेवा लिएको बताईएको छ । जेठ २१ गते वडा नं. ३ र ४ लाई लक्षित गर्दे तमान गाउँमा, २२ गते वडा नं. ५ को खुँखानी र नर्जाखानीका नागरिकलाई लक्षित गर्दे खुँखानी र नर्जा तथा २३ गते वडा नंं. १ र २ लाई लक्षित गर्दे बोङगादोभान बजारमा शिविर सञ्चालन गरिएको बताइएको हो ।


शिविरमा मोतिया विन्दुको सल्यक्रिया गर्ने हरुको चेकजाँच तथा छनौट, आँखाको दृष्टि कमजोर भएका हरुका लाग चस्मा तथा औषधि उपलब्ध गराइएको हो । शिविरमा सहभागि मध्ये ६ सय ४३ जना स्थानीय नागरिक सहित १ हजार १ सय ९१ ज्ना विद्यार्थीको समेत आँखा चेकजाँच गरिएको थियो । जसमध्ये मोतिया विन्दु भएका २२ जनाको अप्रेशन गर्नुपर्ने, २८ जना बालबालिकालाई निशुल्क चस्मा वितरण संगै १ सय ४८ जनालाई नजिक नदेख्ने हरुका निम्ती चस्मा र औषधि उपलब्ध गारइएको जनाइएको छ । पालिकाले लिएको यस्तो महत्वपूर्ण कार्यक्रमले नामगरिकको घरमै सहज सेवा प्राप्त भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर गर्न स्थानियको सुझाव छ ।


आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै यहाँका नागरिकको सहज स्वास्थ्य उपचार र चेकजाँचमा गाउँपालिकाले सम्मोन्य गर्दे आइरहेको बताउँदै स्वास्थ्य मानिसको महत्वपूर्ण धन भएका कारण पनी नागरिकको सेवामा पालिकाले सम्मोन्यकारी भुमिका खेल्ने बताउनु भयो ।
शिविरमा धौलागिरी आँखा अस्पत्ताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीका आँखा रोग विशेषज्ञको सहभागितामा चेकजाँच तथा उपचार गरिएको स्वास्थ्य सम्योजक तिलक छन्त्यालले बताउनु भयो ।

निसीखोलामा जात व्यवस्था विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

0

लोकेन्द्र निरासी ,बुर्तिबाङ

जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा निसीखोलामा जात व्यवस्था विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

निसीखोला गाउँपालिकाको समन्वय र निसीखोला दलित संजाल वडा नं. २ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घर्तीले कार्यक्रममा बोल्दै एक्काइसौं शताव्दीमा पनि जातीय विभेद गर्नु निन्दनीय कार्य भएकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्ने बताउनु भएको थियो ।

उहाँले नेपालको कानुनले जातीय विभेदलाई दण्डनीय अपराध घोषित गरिसकेकाले कानुनलाई स्थानीय तहबाट समेत सशक्त रुपमा कार्यान्वयन गरी छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा थप बोल्दै उहाँले आफ्नो कार्यकालमा निसीखोला गाउँपालिकाभित्र हुने विवाह, भोजभतेर, शुभकार्य लगायत विभिन्न कार्यहरुमा हुने दुईओटा चुलोलाई अन्त्य गर्ने बताउनु भयो । छुवाछुत अन्त्यको लागि गाउँकार्यपालिकामा आवश्यक निर्णय गरी कार्यान्वयन गरिने बताउनु भयो । उहाँले मानिस सबै समान भएकाले सबैले एकअर्काको सहअस्तित्वलाई स्वीकार्दै समतामूलक समाज निर्माण गर्नुपर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवं निसीखोला गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष कुबिर वि.क., दलित अधिकारकर्मी लोकेन्द्र सुनार, अशोक वि.क., नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुन त्यसैगरी अतिथिहरु नेपाली काँग्रेसका भविन्द्र कुँवर, दलित संजाल निसीखोलाका अध्यक्ष रोशन वि.क., दलित अगुवा ईद बहादुर रसाइली, ठग बहादुर वि.क., अनिल विश्वकर्मा, कुशल स्मिथ, मंगोल नेशनल अर्गनाइजेशनकी मिनु पुन, आयुष विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले छुवाछुत तथा जात व्यवस्था देशकै प्रमुख समस्याको रुपमा रहेको, राज्यले कानुनको उचित कार्यान्वयन गर्न नसकेको, जातीय विभेदबाट दलित समुदाय अपमानित र पीडित बन्न बाध्य भएको, राज्यका हरेक निकायमा दलित समुदायको अत्यन्तै न्युन सहभागिता रहेको, जातीय विभेद र अपराधका घटनाहरु बढ्दै जाँदा राज्यको ध्यान नगएको, बेपत्ता भएका दिलीप वि.क. र अन्तरजातीय विवाहको कारण प्रभात बस्यालले न्याय पाउन नसकेको, राज्यले जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेको १८ वर्ष पुग्दासम्म अझै पनि जातीय विभेदका घटनाहरु झनझन बढ्दै गएको लगायतका विषयमा बोलेका थिए ।

त्यसैगरी वक्ताहरुले धर्म संस्कार र संस्कृतिमा भएका गलत प्रथाहरुको अन्त्य गर्नुपर्ने, दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्न राज्यका निकायहरु गम्भीर बन्नुपर्ने, शिक्षा र चेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने, सबैमा सम्मानजनक मानवीय व्यवहारको अभिवृद्धि गर्नुपर्ने, छुवाछुत तथा जातीय विभेद गर्नेलाई कडाभन्दा कडा कार्वाही गरिनुपर्ने, दलितहरु शिक्षित र संगठित बन्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।

कार्यक्रममा प्लेकार्ड सहितको  नारा जुलुस र र्याली  अन्तरजातिय प्रेम सम्बन्धका कारण वेपक्त भनियका दिलिप वि.क र म्याग्दीका प्रभात बोसेलको रिहाईको माग गर्दै  बुर्तिबाङ देखि भल्कोटसम्म बाइक र्याली समेत सम्पन्न गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रमको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि र दलित अधिकारकर्मीहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

 

निसीखोला दलित संजाल वडा नं. २ का अध्यक्ष विराज वि.क.को अध्यक्षता रहेको उक्त कार्यक्रममा संजालका सचिव ओम बहादुर रसाइलीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संंचालन निसीखोला दलित संजालका उपाध्यक्ष एवं संचारकर्मी विनोद विश्वकर्माले गर्नुभएको थियो ।

तमानखोला गाउँपालिकामा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश नागरिकका विचमा अन्तरक्रिया गर्दे मनाइयो

0

बुर्तिबाङ जेठ २२
तमानखोला गाउँपालिकाद्धारा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश पालिका भित्र रहेका नागरिकको विचमा अन्र्तकृया कार्यक्रम गरेर मनाएको छ । पालिका भित्र रहेका नागरिक, जनप्रतिनिधी, कर्मचारी लगाएतको व्यापक उपश्थितीमा आयोजित कार्यक्रममा सहभागि नागरिकले पालिकालाई छुवाछुत मृक्त पालिका घोषणा गर्नका निम्ती पालिकाले कदम चाल्नुपर्नेमा जोड दिएका छन ।
बढि मात्रामा दलित समुदायका सहभागिले गुनासो राख्दै समाजमा अझैपनी छाईछिटो चल्ने, विवाह, पुजापाठमा दलित र गैर दलितको विचमा फरक फरक खाना पकाउने जस्ता विषयमा समाज परिवर्तन हुन नसकेको भन्दै त्यसको अन्त्यका निम्ती गाउँपालिकाले कदम चाल्नुपर्नेमा जोड दिएका हुन ।


कार्यक्रमका प्रमुख अतिथी एवंम गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै समाज रुपान्तरणका निम्ती नागरिक समेत सचेत हुनुपर्ने बताउँदै शिक्षा र चेतनाको स्तर माथि नउठ्दा सम्म यस्तो प्रवृर्ति रहिरहने बताउँदै अवका दिनमा गाउँपालिकाले प्रत्यक टोल वस्तिमा पुगेर नागरिकलाई सचेतना मुलक कार्यक्रममा जोड्ने बताउँदै कानुनी कुरामा समेत ज्ञान नभएका कारण पनी समाजमा यस्ता खालका बिकृती रहेको प्रस्ट पार्नुभयो । उहाँले थप वोल्दै समाज रुपान्तरणमा सचेत नागरिकको समेत उत्तिकै भुमिका रहेका कारण आ आफनो ठाउँबाट जागरुक भएर सभ्य समाजका निम्ती कदम चाल्नुपर्ने बताउनु भयो ।


कार्यक्रमका प्रशिक्षक एवंम सामाजिक अभियान्ता टेक बहादुर वि.क.ले कार्यक्रममा आफनो प्रशिक्षण मुलक मन्तव्य राख्दै देशमा विशेष गरि दलित र गैर दलित समुदाय विच हुने गरेको विभेद अझैसम्म पनी हट्न नसकेको प्रस्ट पार्दे दतिल समुदाय आफनो हक अधिकार र समाजमा हुने विभेदको अन्त्यका निम्ती सक्रिय बन्नुपर्ने बताउनु भयो ।
देशमा भइरहेका दलित र गैर दलित समुदाय विच हुने विवाहमा समेत दतिल समुदायका नागरिकले सास्ति खेप्नुपर्ने बाध्यता, समाजमा हुने छुवाछुत जस्ता विषयले जडा गाडिरहेको बताउँदै त्यसलाई न्युनिकरणका निम्ती स्थानीय सरकार, बुद्धिजिवी वर्ग सबैको अपनत्व हुनुपर्ने बताउनु भयो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हिरा बहादुर श्रीपाली, कर्मचारी मुना विश्वकर्माले बोल्दै नागरिक आफै सचेत, चेतनशिल नवनेसम्म अरुलाई दोषारोपण गर्ने काम मात्रै हुने बताउँदै आफु आफैबाट सुधार हुन सकेमात्र विकृर्ति, विसंगती, भेदभावको अन्त्य हुने बताउनु भयो । कार्यक्रममा स्थानीय २० जना भन्दा बढि नागरिकले छुवाछुत तथा भेदभाव अन्त्यका निम्ती आफनो सुझाव, गुनासो र धारणा राखेका हुन ।

कार्यक्रम तमानखोला गाउँपालिका ३ का अध्यक्ष तथा सम्योजक झक बहादुर बुढाको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, जिल्ला सम्मोन्य समिती सदस्य टेक बहादुर छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, सामाजिक अभियान्ता टेक बहादुर वि.क. वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमका सह सम्योजक छ प्रसाद श्रीपालीको स्वागत रहेको कार्यक्रम पत्रकार छविलाल पाण्डेको सहिजकरणमा सम्पन्न भएको हो ।

आन्तरिक कृषि उत्पादन बृद्धि गर्ने र बुटवलबाट आयातित तरकारी रोक्न सुझाव संकलन गर्दे कायत

0

बुर्तिबाङ जेठ २२
ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धन बहादुर कायत र उद्योग वाणिज्य संघ ढोरपाटनका पदाधिकारी विच आइतबार विभिन्न बिषयमा छलफल भएको छ ।
आगामी निती तथा कार्यक्रममा ढोरपाटन नगरपालिकामा कृर्षि क्षेत्र तथा प्रर्यटकिय क्षेत्रको विकासका निम्ती के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा कार्यवाहक प्रमुख कायतले उद्योग बाािण्ज्य संघका पदाधिकारीलाई राय सुझाव माग्नु भएको हो ।


विशेषगरि बुटवल क्षेत्रबाट आयात हुने तरकारीलाई बन्देज गर्ने र यहाँको उत्पादनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
ढोरपाटन नगरपालिका सहित यस आसपासका पालिकामा कृषकले उत्पादन गरेको कृर्षि उपजलाई बजारीकरण र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कायतले राय माग्नु भएको हो । पालिकाले प्रदेश सरकारसंग सम्मोन्य गरेर कृषि संकलन केन्द्र र चिस्यान केन्द्रको व्यवस्थापन गर्ने गरि अगाडी बढ्ने बताउँदै यहाँको आर्गनिक उत्पादनलाई बजारीकरण गर्न सके यहाँका कृषकमा आत्मनिर्भर बन्ने र उत्पादन गर्ने बानिको विकास हुने बताउँदै दैनिक बजारमा तरकारीको खपत र बुटवल क्षेत्रबाट आयात हुने तरकारीको मागको तथ्याँक उपलब्ध गराउन उद्योग बाणिज्य संघ ढोरपाटननलाई कायतले आग्रह गर्नुभएको हो ।


त्यस्तै उद्योग बाणिज्य संघका पदाधिकारीले त्यस विषयलाई समर्थन गर्दे आफुहरुले तत्काल बुटवल बाट दैनिक आयात हुने तरकारीको तथ्याँक उपलब्ध गराउने बताउँदै आयात र खपतको विषयमा जानकारी दिने बताएका हुन ।
सहभागिले ढोरपाटन नगरपालिका कृषि क्षेत्रमा सम्भावना हुँदै गर्दा त्यसको व्यवस्थापन हुन नसकेका कारण सयौँ कृषक नैराश्य भएको बताउँदै सक्रिय कृषकले अनुदानका कार्यक्रममा समेत अवसर प्राप्त गर्न नसकेका कारण उत्पादनका आधारमा अनुदानका कार्यक्रम अगाडी बढाउनु पर्ने ,ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना भएको क्षेत्र हुँदै गर्दापनी त्यसमा ध्यान नदिँदा पछि परेका कारण प्रर्यटन प्रर्वधनमा ध्यान दिनुपर्ने, बुर्तिबाङको उपल्लो बजारलाई प्रर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, करको दायरा व्यवस्थापन गर्नुपर्ने ,दोहोरो कर हटाउनु पर्ने, वहाल कर नियन्त्रण गर्नुपर्ने, सार्वजनिक जग्गा अतिक्रमित गरि वनाइएको संरचना हटाउन कदम चाल्नुपर्ने, पालिकाका दर्ता नभएका पेशा व्यवसायलाई दायरामा ल्याउँदै व्यवसाहीका निम्ती विभिन्न तालिक अन्र्तकृया कार्यक्रम गर्नुपर्नेमा सहभागिले जोड दिँदै पालिकाले लिएका रचनात्मक र नागरिकको सेवा प्रवाह संग जोडिने विषयमा उद्योग वाणिज्य संघले साथ दिने बताएका हुन।

आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख कायतले नागरिक तथा विभिन्न निकायबाट आएका सुझावलाई समेट्दै आगामी निती कार्यक्रममा समावेश गर्ने बताउँदै यहाँ स्थित निसीखोला गाउँपाकिला, तमानखोला गाउँपालिका , वडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिका विच सम्मोन्य गर्दे बुटवलबाट आयात हुने तरकारी पूर्ण रुपमा बन्देज गर्दे यहाँको उत्पादन , बजारीकरण अनुदान जस्ता कार्यलाई प्रभावकारी वनाउने आफुहरुले तयारी गरिएको कायतको भनाई छ ।
आयोजित कार्यक्रमका अवसरमा उद्योग बाणिज्य सँघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्याल, महासचिव ग्यान प्रसाद कँडेल, पदाधिकारीहरु दिपक कुमार अदै, सहविन अर्गेजा लगाएत पदाधिकारीको उपश्थिती रहेको थियो ।

बुर्तिबाङमा मालपोत, नापि र इलाका प्रशासनको भवन निर्माणका निम्ती जग्गा व्यवस्थापन समिती गठन

0

जेठ १९ गते
जिल्लाको ढोरपाटन नगरपालिका १ मा रहेको इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापि कार्यालय बजारमै व्यवस्थापन गर्ने गरि अजुर्न शेरचन सम्योजक रहेको जग्गा व्यवस्थापन समिती गठन गरिएको छ ।
लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापि कार्यालयलाई आफनै प्रशासनिक भवनमा राख्ने विषयमा पछिल्लो समय छलफल चल्दै आइरहेको छ । केहि दिन पहिले इलाका प्रशासन कार्यालयले निशुल्क जग्गा उपलब्ध गराउन सुचना प्रकाशन गरेको थियो ।
त्यस लगत्तै प्रशासनिक कार्यालय बजार क्षेत्रमै रहनुपर्ने र त्यसका निम्ती स्थानीयले समेत सहजिकरण गर्ने विषयमा बजार क्षेत्रमा छलफल भएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. १ को आयोजनामा विहिबार भएको विभिन्न दलका प्रतिनिधी, जनप्रतिनिधी, टोल विकास सँस्थाका प्रतिनिधी, स्थानीय बासी लगाएतको उपश्थितीमा भएको बैठकबाट नयाँ शहर आयोजनाका पुर्व अध्यक्ष अर्जुन शेरचन सम्योजक रहेको २५ सदस्य जग्गा व्यवस्थापन समितीको गठन गरिएको हो ।
समिती सदस्यमा राजनैतिक दलका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, टोल विकास समितीका पदाधिकारी , उद्योग वाणिज्य संघ लगाएत रहेको समितीले बजार क्षेत्र आसपासमा जग्गा व्यवस्थापनका निम्ती प्रकृया अगाडी बढाउने निर्णय गरिएको वडा नं. १ का अध्यक्ष वान बहादुर छन्यालले बताउनु भयो ।

बजार क्षेत्रभन्दा बाहिर कार्यालयहरु लैजाँदै गर्दा सेवा ग्राहि नागरिकलाई असहज हुनुका साथै बजारमा चहलपहल समेत कम हुने भएका कारण बजार क्षेत्र भित्रै तथा आसपासको क्षेत्रमा व्यवस्था हुने गरि अगाडी बढिएको टोल विकास संस्थाका अध्यक्ष सरन पाण्डेले बताए ।

प्रभातलाई रिहा गर्न माग गर्दै बागलुङमा प्रर्दशन

0

बागलुङ ः जबरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा म्याग्दी प्रहरीको हिरासतमा रहेका बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका २३ वर्षिय प्रभात बसेललाई निसर्त रिहाईको माग गर्दै बिहिबार बागलुङ बजारमा विरोध प्रर्दशन गरिएको छ ।

बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कबाट शुरु भएको विरोध ¥यालीले बजारका विभिन्न भाग परिक्रममा गरेको थियो । म्याग्दीकी गैरदलित युवतीसंग भागी विवाह गरेका भल्गर तथा मोटरसाइकल राइडर समेत रहेका बसेललाई प्रहरीले गत जेठ ७ गते पोखराबाट पक्राउ गरेको थियो ।

बागलुङका दलित अगुवा र बसेलका आफन्तले अन्तरजातिय विवाह गरेकै कारण केटी पक्षबाट झुठा मुद्दा लगाएर बसेललाई फसाउन खोजेको भन्दै निसर्त रिहाईको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । दलित अगुवाले घटनाको निष्पक्ष छानवीन गरी न्याय दिलाउने वातावरण सिर्जना गर्न समेत माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरका अनुसार, बसेलविरुद्व एक युवतीले जर्बजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धि किटानी जोहरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

वडिगाडमा महिला सशक्तिकरण तथा सक्षमता अभिबृद्धिका लागी तालिम सुरु

0

जेठ १७ गते
जिल्लाको वडिगाड गाउँपालिकामा महिला सशक्तिकरण तथा सक्षमता अभिबृद्धिका लागी दुई दिने अभिमुखिकरण कार्यक्रम बुधबारदेखि वडिगाड गाउँपालिका कार्यालयमा सुरु भएको छ ।
जागौँ, जगाऔँ र जोगाऔँ भन्ने अभियान सहित सुरु भएको कार्यक्रम वडिगाड गाउँपालिका अन्र्तगत १० वटै वडाका महिलाहरुलाई समेट्दै सुरु गरिएको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । वडिगाड गाउँपालिकाको आयोजना तथा सिवाइसी नेपालको साझेदारीतामा कार्यक्रम सुरु भएको हो । आज पहिलो दिन वडिगाड गाउँपालिका अन्र्तगत वडा नंं. ४ देखि १० सम्मका महिलाहरुको उपश्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै विहिबार वडा नंं. १,२ र ३ लाई लक्षित गर्दे खर्वाङमा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।


महिलालाई नेतृत्व विकास गर्न उत्प्रेरित गर्ने र महिलाको क्षमता विकास गर्दे उनिहरुलाई हरेक क्षेत्रमा अगाडी बढाउने उदेश्य सहित यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै महिलामा क्षमताको विकास र नेतृत्व तहमा पुग्ने अवस्था भएमा मात्र समाज रुपान्तरण हुने बताउनु भयो । पालिकाले महिला सिप विकास कार्यक्रम अन्र्तगत हालसम्म ८० जना महिलालाई मुढा बुनाई, सिलाई कटाई लगाएतका क्षेत्रमा उद्धमी बनाइएको बताउनु भयो ।
उहाँले बागलुङ जिल्लामा महिला नै प्रमुख जिल्ला अधिकारी रहेको बताउँदै नेतृत्व तहमा पुग्न महिलाहरु सक्षम बन्नुपर्ने बताउनु भयो । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको आयोजित कार्यक्रममा श्रेष्ठले बोल्दै पालिकाले लिएको यस्तो कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताउँदै महिलाहरु आत्मनिर्भर , सक्षम र नेतृत्व विकास जस्ता कार्यमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।


समाजमा हुने महिला हिँसा, विकृर्ति , विसंगतीका विषयमा सक्रियता देखाउन समेत महिलाहरुलाई आग्रह गर्दे यस्तो महत्वपूर्ण कार्यक्रममा पुरुषहरुलाई समेत संगै राखेर सचेतना अगाडी बढाउन सकेमा अझै प्रभावकारीता हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको विशिष्ठ अतिथीको रुपमा रहनु भएका नेफ्स्कुनका केन्द्रिय सदस्य तथा सिवाईसीका साकोसका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद सर्माले बोल्दै महिला शसक्तिकरण र क्षमता विकासले मात्रै समाज अगाडी बढ्ने बताउँदै पछिल्लो समय केही सहकारीमा देखिएको नकारात्मक प्रभावले गर्दा समग्र सहकारी र लघुवित्तलाई समेत असर परिरहेको बताउँदै सिस्टम र पद्धतीमा रहेका सँस्थाप्रति कुनै संका नगर्न सेयरसदस्यलाई आग्रह गर्नुभयो । हल्लाको पछि लाग्नु भन्दा पहिले वास्तविकता अध्ययन गरेर अगाडी बढ्न आग्रह गर्दे सिवाईसी सहकारीको विषयमा चिन्ता नलिन आग्रह गर्नुभयो । कार्यक्रममा सिवाईसी नेपालकी सञ्चालक समिती सदस्य तथा राष्ट्रिय सहकारीका केन्द्रिय सदस्य सिता सर्माले बोल्दैमहिलाहरुको नेतृत्व बिकास र क्षमता अभिबृदि गर्ने उदेश्ले आयोजना गरिएको उक्त कार्यक्रमले समज रुपान्त्रणमा माहिलाहरुको महत्वपुर्ण भुमिका रहेको कुरा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा स्वस्थ्य स्वयंसेबिका, महिला अधिकार कर्मी, अगुवा महिला, पालिका भित्र रहेका महिला कार्मचारी लगायत करिव १०० जना माहिला सहभागि रहेका थिए । गाउँपालिका उपाध्यक्ष भिमसेन बनको स्वगत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन कार्मचारी गिता पौडेलले गर्नु भएको थियो ।

एकद्धार प्रणालीमा आएको राहातको तथ्यसहित आय–व्याय प्रस्ततु गर्न खोजिएन कानुनी प्रकया अगाडी बढाउछौँ कायत

0

बागलुङ जेठ १६ गते
ढोरपाटन नगरपालिकाको न्यायिक समितीले बोबाङमा बाढिका कारण ज्यान गुमाएका तथा घरबास बिहिन बनेका पिडितले दाताहरुबाट पाएको राहात रकमको पिडितले दिएको निवेदन अनुसार आर्थिक आय व्याय सत्य तथ्य सहित बाहिर ल्याउन खाता सञ्चालकहरुले चासो नदिएको भन्दै अब कानुनी प्रकयाबाट अगाडी बद्ने तयारि गरिएको न्यायिक समितीका सम्योजक धन बहादुर कायतले बताउनु भएको छ ।
२०७७ साल भदौ १७ गतेको बाढिका कारण ढोरपाटन नगरपालिका ७,८ र ९ मा ठुलो मानविय सहित भौतिक क्षेती भएको थियो । उक्त बाढि पहिरोका कारण आक्रान्त बनेका पिडितलाई राहात दिन विभिन्न दाताहरुले हात फैलाउँदै गर्दा ढोरपाटन नगरपालिकाले एकद्धार प्रणालीबाट राहात वितरण गर्ने गरि अगाडी बढेपछि स्वदेश तथा विदेशमा रहेका १२० दाताहरुले कुल २ करोड ७४ लाख बढि राहात रकम नगरपालिकाले सञ्चालन गरेको बैँक खाता र जिन्सी तथा खाध्यान्ह नगरपालिकामा हस्तान्त्रण गरेका थिए ।


गत २०८० जेठ ७ गते बाढि पिडितहरु मध्ये १९ जना पिडित र १ सहयोगी दाताले निवेदन सहित ढोरपाटन नगरपालिकाको न्यायिक समितीमा बाढि पिडितको नाममा आएको रकमको आय व्याय र कस्कस्ले कति रकम पाय भन्ने विषयमा निर्णय सहित लिखित रुपमा सार्वजनिक गर्न निबेदन दिएपछि न्यायिक समितीले उक्त विषयमा प्रकृया अगाडी बढाएको थियो ।

 


एकद्धार प्रणालीमा रकम जम्मा गर्ने सम्वन्धमा उक्त समयमा नगरपालिकाका मेयर देव कुमार नेपाली सहित ७ जना कार्यपालिका सदस्य र ३ जना कर्मचारिको बैठकले पुर्व नगर उपप्रमुख कर्मती पुन र कर्मचारी चण्डी प्रसाद पौडेलको नाममा बुर्तिबाङ स्थित ग्लोबल आइएमी बैँकमा खाता खोल्ने निर्णय गरिए बमोजिम खाता खोलिएको थियो ।
उक्त खातामा कुल दुई करोड, ७४ लाख, २ सय ८९ रुपैयाँ १३ पैसा रकम विभिन्न १ सय २० दाताहरुबाट संकलन भएको पाइएको छ ।


स्थानिय बाढि पिडितले दिएको उजुरी पछि ढोरपाटन नगरपालिका उपप्रमुख तथा न्यायिक समितीका सम्योजक धनबहादुर कायत, सदस्य गोपाल महत र तम बहादुर महतको बैठकले खाता सञ्चालक निवर्तमान उपप्रमुख कर्मती पुन र कर्मचारी चण्डीप्रसाद पौडेललाई तत्काल एकद्धार प्रणालीमा आएको आम्दानी र खर्च विवरण विल भरपाई सहित सार्वजनिक गर्न गत जेठ १० गतेलाई पहिलो पटक समय दिइएको थियो त्यस्तै दोश्रो पटक जेठ १४ गते र तेश्रो पटक जेठ १६ गतेलाई गरि ३ पटक सयम दिँदा समत हालसम्म पनी वास्तविक तथ्य सहितको आम्दानी खर्च विल भरपाई पेश गर्न नसकेको भन्दै आजको बैठक अनुसार अव पिडितको उजुरीलाई टेकेर कानुनी प्रकृयामा जाने तयारि गरिएको समिती सदस्य गोपाल महतको भनाई छ


त्यस्तै न्यायिक समितीद्धारा ग्लोवल बैँकमा एकद्धार प्रणाली राहात कोषका लागी खोलीएको खाताको स्टेटमेन्ट पाउँ भनी निवेदन दिइएकोमा मंगलबार बैँकले समितीलाई स्टेटमेन्ट उपलब्ध गराएको थियो ।
उक्त स्टेटमेन्ट अनुसार कुल १२० दाताले राहात आर्थिक रकम जम्मा गरेको कुल दुई करोड ७४ लाख, २ सय ८९ रुपैयाँ १३ पैसा जम्मा भएको र मेयर देवकुमार नेपालीको ठाडो आदेशमा उक्त खाता बन्द गरिएको पाइएको समितीले जनाएको छ ।
उक्त जम्मा भएको रकम मध्ये कुल १७ वटा चेकबाट रकम निकाशा गरिएको छ । जसमा १० वटा चेकबाट निवर्तमान उपप्रमुख कर्मती पुनको नाममा २ करोड, ४५ लाख ४१ ह्जार २ सय ८९ रुपैयाँ १३ पैसा निकासा भएको पाइएको हो । ६ वटा चेक मार्फत राम बहादुर घर्तिको नाममा २५ लाख ५९हजार र रुपाल घर्तिको नाममा ३ लाख रुपैयाँ निकासा गरिएको समितीले निकालेको तथ्याँकमा उल्लेख गरिएको छ । त्यस्तै ढोरपाटन समाज रुपन्देहीले दिएको निवेदन अनुसार ३ लाख ९५ हजार ३७० रुपैयाँ बैँक खातामा जम्मा गरेको नदेखिएको बताइएको छ ।
आफहरुले ३ पटक सम्म अवसर दिँदा समेत वास्तविक तथ्याँक विल भरपाई लिएर खाता सञ्चालकहरु उपश्थित नभएका कारण निवेदन उपर कारवाही प्रकृया अगाडी बढाउने तयारि गरिएको सम्योजक कायतले बताउनु भयो ।
नगरपालिकाबाट भएको कार्यक्रममा पालिकामा विल भरपाई हुनुपर्नेमा पालिकामा समेत नराखी व्याक्तिगत रुपमा राखिएको र पटक पटक निवेदन गर्दा समेत तथ्य सहित नआएका कारण आफुहरुले कानुनी प्रकृया खोज्नुपर्ने वाध्यता भएको कायतको भनाई छ ।
उता खाता सञ्चालक निवर्तमान उपप्रमुख कर्मती पुनले पिडितको माझमा गएर आम्दानी खर्च सार्वजनिक गर्ने भनी गत जेठ १४ गते तयारि गर्नुभएको तर न्यायिक समितीले तथ्य सहित उपश्थित हुन आग्रह गरेका कारण आज दिइएको मितिमा समेत उपश्थित हुन नसकेको न्यायिक समिती सदस्य तम बहादुर घर्तिको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दियो ढोरपाटन ढोरपाटन नगर समितीको पूर्णता

0

जेठ १६ गते
राष्ट्रिय स्वतन्त्र पार्टीले ढोरपाटन ढोरपाटन नगर समितीको पूर्णता दिइएको छ । केहिदिन अगाडी अमर लोप्चन सभापती रहेको ११ सदस्य समिती गठन गरेको पार्टीले मंगलबार अमर लोप्चनको अध्यक्षतामा बैठक बस्दै समितीलाई पूर्णता दिइएको क्षेत्रीय सदस्य दिपक घर्तिले बताउनु भयो ।
नवगठित समिती पदाधिकारीमा उपाध्यक्ष रामलाल पाण्डे, सचिव चन्द्र कुमार गौतम, कोषाध्यक्ष स्याम कुमारी वि.क. चयन हुनुभएको हो । सर्वसहमती प्रणालीबाट गठन भएको समितीको सदस्यहरुमा क्रमश रबि पन्त, भरत बि.क, राज कुमार पौडेल, सबर सिर्पाली, रिता परियार, नविन अदै, एलविन कायत चयन हुनु भएको हो ।

त्यस्तै साधारण सदस्यमा रिया परियार,ताल बहादुर घर्ति, तिलक खत्री, सचित श्रेष्ठ, ललित कुमार भण्डारी, प्रेम बि.क रहनु भएको बताइएको हो । पार्टीका प्रदेश सदस्य टेक बहादुर कुवंर (रमेश) र क्षेत्रीय सदस्य दिपक कुमार घर्तिको बिशेष उपशिथतीमा कार्यक्रम भएको जनाइएको छ ।
बैठकले सदस्यता थप गर्ने, वडा कमिटी गठन गर्ने, कार्यालय व्यवस्थापन लगाएतका विषयमा छलफल गरिएको दिपक कुमार घर्तिको भनाई छ ।

गणतन्त्र दिवशको अवसरमा तमानखोला गाउँपालिका द्धारा शहिद परिवार सम्मान तथा सोलेडाँडामा राष्ट्रिय झण्डा फहराइयो

0

जेठ १५ गते
तमानखोला गाउँपालिकाको आयोजनामा प्रर्यटकिय स्थल सोलेडाँडामा राष्ट्रिय झण्डा फहराउनुका साथै द्धन्द्ध पिडित परिवारलाई पालिकाको तर्फदेखि सम्मान गरिएको छ ।


गाउँपालिकाको आयोजनामा गणतन्त्र दिवशको अवसर पारेर पालिकाबाट शसत्र द्धन्दको समयमा राज्य पक्षबाट ज्यान गुमाएका ४ शहिदको सम्झनामा परिवारका सदस्यलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । पालिकाले प्रर्यटकिय क्षेत्र सोले डाँडामा शहिदको सम्झनामा सालिक समेत निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा सोले डाँडामा विभिन्न क्षेत्रबाट देख्न सकिने नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।
आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले गणतन्त्र दिवशको अवसरमा पालिकामा द्धन्द्धको समयमा ज्यान गुमाएका पसिवारलाई सम्मान, वेपत्ता पारिएको व्याक्तिको सम्झना गर्दे पालिकाको प्रर्यटकिय हवको रपमा विकसित हुँदै गएको सोले डाँडामा झण्डा फहराइएको बताउँदै यस क्षेत्रको प्रर्यटन प्रर्वधनमा टेवा पुग्ने गरि झण्डा फहराइएको बताइएको हो ।


कार्यक्रमका अवसरमा प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, ६ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्य वडा सदस्य, स्थानिय बासि लगाएतको उपश्थिती रहेको थियो ।

कार्यक्रम कर्मचारी मुना विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।