तमानखोला गाउँपालिकामा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश नागरिकका विचमा अन्तरक्रिया गर्दे मनाइयो

बुर्तिबाङ जेठ २२
तमानखोला गाउँपालिकाद्धारा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश पालिका भित्र रहेका नागरिकको विचमा अन्र्तकृया कार्यक्रम गरेर मनाएको छ । पालिका भित्र रहेका नागरिक, जनप्रतिनिधी, कर्मचारी लगाएतको व्यापक उपश्थितीमा आयोजित कार्यक्रममा सहभागि नागरिकले पालिकालाई छुवाछुत मृक्त पालिका घोषणा गर्नका निम्ती पालिकाले कदम चाल्नुपर्नेमा जोड दिएका छन ।
बढि मात्रामा दलित समुदायका सहभागिले गुनासो राख्दै समाजमा अझैपनी छाईछिटो चल्ने, विवाह, पुजापाठमा दलित र गैर दलितको विचमा फरक फरक खाना पकाउने जस्ता विषयमा समाज परिवर्तन हुन नसकेको भन्दै त्यसको अन्त्यका निम्ती गाउँपालिकाले कदम चाल्नुपर्नेमा जोड दिएका हुन ।


कार्यक्रमका प्रमुख अतिथी एवंम गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै समाज रुपान्तरणका निम्ती नागरिक समेत सचेत हुनुपर्ने बताउँदै शिक्षा र चेतनाको स्तर माथि नउठ्दा सम्म यस्तो प्रवृर्ति रहिरहने बताउँदै अवका दिनमा गाउँपालिकाले प्रत्यक टोल वस्तिमा पुगेर नागरिकलाई सचेतना मुलक कार्यक्रममा जोड्ने बताउँदै कानुनी कुरामा समेत ज्ञान नभएका कारण पनी समाजमा यस्ता खालका बिकृती रहेको प्रस्ट पार्नुभयो । उहाँले थप वोल्दै समाज रुपान्तरणमा सचेत नागरिकको समेत उत्तिकै भुमिका रहेका कारण आ आफनो ठाउँबाट जागरुक भएर सभ्य समाजका निम्ती कदम चाल्नुपर्ने बताउनु भयो ।


कार्यक्रमका प्रशिक्षक एवंम सामाजिक अभियान्ता टेक बहादुर वि.क.ले कार्यक्रममा आफनो प्रशिक्षण मुलक मन्तव्य राख्दै देशमा विशेष गरि दलित र गैर दलित समुदाय विच हुने गरेको विभेद अझैसम्म पनी हट्न नसकेको प्रस्ट पार्दे दतिल समुदाय आफनो हक अधिकार र समाजमा हुने विभेदको अन्त्यका निम्ती सक्रिय बन्नुपर्ने बताउनु भयो ।
देशमा भइरहेका दलित र गैर दलित समुदाय विच हुने विवाहमा समेत दतिल समुदायका नागरिकले सास्ति खेप्नुपर्ने बाध्यता, समाजमा हुने छुवाछुत जस्ता विषयले जडा गाडिरहेको बताउँदै त्यसलाई न्युनिकरणका निम्ती स्थानीय सरकार, बुद्धिजिवी वर्ग सबैको अपनत्व हुनुपर्ने बताउनु भयो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हिरा बहादुर श्रीपाली, कर्मचारी मुना विश्वकर्माले बोल्दै नागरिक आफै सचेत, चेतनशिल नवनेसम्म अरुलाई दोषारोपण गर्ने काम मात्रै हुने बताउँदै आफु आफैबाट सुधार हुन सकेमात्र विकृर्ति, विसंगती, भेदभावको अन्त्य हुने बताउनु भयो । कार्यक्रममा स्थानीय २० जना भन्दा बढि नागरिकले छुवाछुत तथा भेदभाव अन्त्यका निम्ती आफनो सुझाव, गुनासो र धारणा राखेका हुन ।

कार्यक्रम तमानखोला गाउँपालिका ३ का अध्यक्ष तथा सम्योजक झक बहादुर बुढाको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, जिल्ला सम्मोन्य समिती सदस्य टेक बहादुर छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, सामाजिक अभियान्ता टेक बहादुर वि.क. वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमका सह सम्योजक छ प्रसाद श्रीपालीको स्वागत रहेको कार्यक्रम पत्रकार छविलाल पाण्डेको सहिजकरणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img