
जेठ १६ गते
राष्ट्रिय स्वतन्त्र पार्टीले ढोरपाटन ढोरपाटन नगर समितीको पूर्णता दिइएको छ । केहिदिन अगाडी अमर लोप्चन सभापती रहेको ११ सदस्य समिती गठन गरेको पार्टीले मंगलबार अमर लोप्चनको अध्यक्षतामा बैठक बस्दै समितीलाई पूर्णता दिइएको क्षेत्रीय सदस्य दिपक घर्तिले बताउनु भयो ।
नवगठित समिती पदाधिकारीमा उपाध्यक्ष रामलाल पाण्डे, सचिव चन्द्र कुमार गौतम, कोषाध्यक्ष स्याम कुमारी वि.क. चयन हुनुभएको हो । सर्वसहमती प्रणालीबाट गठन भएको समितीको सदस्यहरुमा क्रमश रबि पन्त, भरत बि.क, राज कुमार पौडेल, सबर सिर्पाली, रिता परियार, नविन अदै, एलविन कायत चयन हुनु भएको हो ।
त्यस्तै साधारण सदस्यमा रिया परियार,ताल बहादुर घर्ति, तिलक खत्री, सचित श्रेष्ठ, ललित कुमार भण्डारी, प्रेम बि.क रहनु भएको बताइएको हो । पार्टीका प्रदेश सदस्य टेक बहादुर कुवंर (रमेश) र क्षेत्रीय सदस्य दिपक कुमार घर्तिको बिशेष उपशिथतीमा कार्यक्रम भएको जनाइएको छ ।
बैठकले सदस्यता थप गर्ने, वडा कमिटी गठन गर्ने, कार्यालय व्यवस्थापन लगाएतका विषयमा छलफल गरिएको दिपक कुमार घर्तिको भनाई छ ।