जेठ १७ गते
जिल्लाको वडिगाड गाउँपालिकामा महिला सशक्तिकरण तथा सक्षमता अभिबृद्धिका लागी दुई दिने अभिमुखिकरण कार्यक्रम बुधबारदेखि वडिगाड गाउँपालिका कार्यालयमा सुरु भएको छ ।
जागौँ, जगाऔँ र जोगाऔँ भन्ने अभियान सहित सुरु भएको कार्यक्रम वडिगाड गाउँपालिका अन्र्तगत १० वटै वडाका महिलाहरुलाई समेट्दै सुरु गरिएको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । वडिगाड गाउँपालिकाको आयोजना तथा सिवाइसी नेपालको साझेदारीतामा कार्यक्रम सुरु भएको हो । आज पहिलो दिन वडिगाड गाउँपालिका अन्र्तगत वडा नंं. ४ देखि १० सम्मका महिलाहरुको उपश्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै विहिबार वडा नंं. १,२ र ३ लाई लक्षित गर्दे खर्वाङमा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
महिलालाई नेतृत्व विकास गर्न उत्प्रेरित गर्ने र महिलाको क्षमता विकास गर्दे उनिहरुलाई हरेक क्षेत्रमा अगाडी बढाउने उदेश्य सहित यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै महिलामा क्षमताको विकास र नेतृत्व तहमा पुग्ने अवस्था भएमा मात्र समाज रुपान्तरण हुने बताउनु भयो । पालिकाले महिला सिप विकास कार्यक्रम अन्र्तगत हालसम्म ८० जना महिलालाई मुढा बुनाई, सिलाई कटाई लगाएतका क्षेत्रमा उद्धमी बनाइएको बताउनु भयो ।
उहाँले बागलुङ जिल्लामा महिला नै प्रमुख जिल्ला अधिकारी रहेको बताउँदै नेतृत्व तहमा पुग्न महिलाहरु सक्षम बन्नुपर्ने बताउनु भयो । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको आयोजित कार्यक्रममा श्रेष्ठले बोल्दै पालिकाले लिएको यस्तो कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताउँदै महिलाहरु आत्मनिर्भर , सक्षम र नेतृत्व विकास जस्ता कार्यमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
समाजमा हुने महिला हिँसा, विकृर्ति , विसंगतीका विषयमा सक्रियता देखाउन समेत महिलाहरुलाई आग्रह गर्दे यस्तो महत्वपूर्ण कार्यक्रममा पुरुषहरुलाई समेत संगै राखेर सचेतना अगाडी बढाउन सकेमा अझै प्रभावकारीता हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको विशिष्ठ अतिथीको रुपमा रहनु भएका नेफ्स्कुनका केन्द्रिय सदस्य तथा सिवाईसीका साकोसका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद सर्माले बोल्दै महिला शसक्तिकरण र क्षमता विकासले मात्रै समाज अगाडी बढ्ने बताउँदै पछिल्लो समय केही सहकारीमा देखिएको नकारात्मक प्रभावले गर्दा समग्र सहकारी र लघुवित्तलाई समेत असर परिरहेको बताउँदै सिस्टम र पद्धतीमा रहेका सँस्थाप्रति कुनै संका नगर्न सेयरसदस्यलाई आग्रह गर्नुभयो । हल्लाको पछि लाग्नु भन्दा पहिले वास्तविकता अध्ययन गरेर अगाडी बढ्न आग्रह गर्दे सिवाईसी सहकारीको विषयमा चिन्ता नलिन आग्रह गर्नुभयो । कार्यक्रममा सिवाईसी नेपालकी सञ्चालक समिती सदस्य तथा राष्ट्रिय सहकारीका केन्द्रिय सदस्य सिता सर्माले बोल्दैमहिलाहरुको नेतृत्व बिकास र क्षमता अभिबृदि गर्ने उदेश्ले आयोजना गरिएको उक्त कार्यक्रमले समज रुपान्त्रणमा माहिलाहरुको महत्वपुर्ण भुमिका रहेको कुरा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा स्वस्थ्य स्वयंसेबिका, महिला अधिकार कर्मी, अगुवा महिला, पालिका भित्र रहेका महिला कार्मचारी लगायत करिव १०० जना माहिला सहभागि रहेका थिए । गाउँपालिका उपाध्यक्ष भिमसेन बनको स्वगत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन कार्मचारी गिता पौडेलले गर्नु भएको थियो ।