spot_img

तमानखोला गाउँपालिकाद्धारा गाउँगाउँमै आँखा शिविर करिब दुई हजार नागरिकले लिए नि: शुल्क सेवा

जेठ २३ गते
जिल्लाको तमानखोला गाउँपालिकाले पालिका अन्र्तगत ६ वटै वडाका नागरिकलाई पायक पर्ने गरि विभिन्न गाउँगाउँमै पुगेर निशुल्क रुपमा आँखा शिविर सम्पन्न गरेको छ । गत २१ गते आइतबार देखि २३ गत सम्म ६ वटा वडा अन्र्तगत पर्ने विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य सम्योजक तिलक छन्त्यालले बताउनु भयो ।

 

गाउँपालिकाको आयोजना नेपाल नेत्र ज्यति संघ द्धारा सञ्चालित धौलागिरी आँखा अस्पत्तालको प्राविधिक सहयोगमा निः शुल्क शिविर सम्पन्न भएको हो । शिविरमा १ हजार ८ सय ३४ जना नागरिकले सेवा लिएको बताईएको छ । जेठ २१ गते वडा नं. ३ र ४ लाई लक्षित गर्दे तमान गाउँमा, २२ गते वडा नं. ५ को खुँखानी र नर्जाखानीका नागरिकलाई लक्षित गर्दे खुँखानी र नर्जा तथा २३ गते वडा नंं. १ र २ लाई लक्षित गर्दे बोङगादोभान बजारमा शिविर सञ्चालन गरिएको बताइएको हो ।


शिविरमा मोतिया विन्दुको सल्यक्रिया गर्ने हरुको चेकजाँच तथा छनौट, आँखाको दृष्टि कमजोर भएका हरुका लाग चस्मा तथा औषधि उपलब्ध गराइएको हो । शिविरमा सहभागि मध्ये ६ सय ४३ जना स्थानीय नागरिक सहित १ हजार १ सय ९१ ज्ना विद्यार्थीको समेत आँखा चेकजाँच गरिएको थियो । जसमध्ये मोतिया विन्दु भएका २२ जनाको अप्रेशन गर्नुपर्ने, २८ जना बालबालिकालाई निशुल्क चस्मा वितरण संगै १ सय ४८ जनालाई नजिक नदेख्ने हरुका निम्ती चस्मा र औषधि उपलब्ध गारइएको जनाइएको छ । पालिकाले लिएको यस्तो महत्वपूर्ण कार्यक्रमले नामगरिकको घरमै सहज सेवा प्राप्त भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर गर्न स्थानियको सुझाव छ ।


आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै यहाँका नागरिकको सहज स्वास्थ्य उपचार र चेकजाँचमा गाउँपालिकाले सम्मोन्य गर्दे आइरहेको बताउँदै स्वास्थ्य मानिसको महत्वपूर्ण धन भएका कारण पनी नागरिकको सेवामा पालिकाले सम्मोन्यकारी भुमिका खेल्ने बताउनु भयो ।
शिविरमा धौलागिरी आँखा अस्पत्ताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीका आँखा रोग विशेषज्ञको सहभागितामा चेकजाँच तथा उपचार गरिएको स्वास्थ्य सम्योजक तिलक छन्त्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित