Home Blog Page 126

बुर्तिबाङ नयाँ शहर आयोजनामा बजेट घट्दो क्रममा यसबर्ष ८ करोड मात्रै

0

छविलाल पाण्डे जेठ २९ गते
बुर्तिबाङ नयाँ शहर आयोजना कार्यालयका लागी बर्ष जम्मा ८ करोड विकास बजेट विनीयोजन भएको छ । गतबर्ष १४ करोड ६० लाख विनीयोजन भएको आयोजनामा यसबर्ष करिब ४५ प्रतिशत बजेट घटेर आएको हो । यो विगतका वर्षका तुलनामा निकै कम बजेट विनीयोजन भएको पाइएको छ ।

गत बर्षका अधिकांस क्रमागत योजनालाई अगाडी बढाउने गरि विनीयोजित बजेटमा सडक स्तरोन्ती, बसपार्क निर्माणलाई पूर्णता, सभाहल निर्माण, खेलकुद मैदान निर्माण लगाएतका गरि जम्मा ९ वटा शिर्षकमा बजेट विनीयोजन भएको पाइएको छ ।
यसबर्षको बजेट गत बर्षकै योजना सम्पन्न गर्ने र केही शाखा सडक स्तरोन्तीका निम्ती विनीयोजन भएको नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका प्रमुख अभिशेक अधिकारीले बताए ।
बजेटमा निर्माणधिन अवस्थामा रहेको चाचल घाट घोसा किला सडक स्तरोन्ती दोश्रो चरण अन्र्तगत ५० लाख, सडक निर्माण तथा स्तरोन्ती तर्फ एकिकृत विकास योजनाबाट सम्भाव्य देखिएका, २ वटा शहरी पूर्वाधार निर्माण गर्ने, वडा नं. २ को विसुन्धारा देखि कुत्थाप्ला जोड्ने सडक, वडा नं. १ मा मध्ये पहाडी जिरो कि.मी देखि देवचोक सम्म सडक, रिभरहेड शाखा सडकलाई प्राथमिता दिँदै ५० लाख विनीयोजन भएको हो ।
त्यस्तै वडा नं. २ कै तुसारे, गैरा, मस्ति अर्नाकोट एयरपोर्ट देखि अर्नाक कुत्थाप्ला शहरी सडक ग्राभेल योजनामा ५० लाख, बुर्तिबाङ नयाँ शहर सभा हल दोश्रो चरण अन्र्तगत २ करोड, खेलकुद मैदान निर्माण कार्य भव्रेटा र पार्क निर्माण कुत्थाप्लाका लागी १ करोड, बुर्तिबाङ बजारमा तरकारी बजार निर्माण कार्य र बस पार्क निर्माण दोश्रो चरण अन्र्तगत १ करोड ५० लाख, घम्सिन टोल सडक स्तरोन्ती तर्फ ५० लाख बजेट विनीयोजन भएको हो ।
यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ सोरबोट भब्रेटा, रिनाम भियालखर्क सडक , बुर्तिबाङ कर्वडहल देखि उपल्लो बजार पुलचोक जोड्ने सडक निर्माण, छरछरे, विस्मोर पुर्काट सडक स्तरोन्ती तर्फ १ करोड र वडा नं. २ को पाखुते कल्लेरी सडक, पचेरी खोल्सा देखि भित्री सडक, वडा नं. १ को फुलबारी टोल शाखा सडक निर्माण नाली निर्माण, बाजखेत मछिन्द्र लिखाटे शाखा सडक, २ नम्र वडा कै खल्टुबोट बाह्रमुरे सिँडि निर्माण, सिमपानी हुँदै मध्येपहाडी लोकमार्ग सडक नाला तथा सडक स्तरोन्ती, धर्मशाला कुत्थाप्ला सिँढी निर्माणमा ५० लाख गरि कुल ८ करोड बजेट विनीयोजन भएको आयोजना प्रमुख अधिकारीले बताए ।
मध्येपहाडी लोकमार्ग अन्र्तगत पर्ने देशकै १० शहर मध्ये बुर्तिबाङलाई पनी नमुना शहर बनाउने उदेश्य सहित सरकारले काम गरिरहेको हो । आयोजना सञ्चालन भएको ११ बर्ष पुग्दै गर्दा समेत अपेक्षाकृत विकास हुन नसकेको स्थानीयको भनाई छ । आधारभतु सेवा सुविधा सहित १ लाख बढि जनसँख्या बस्न सक्ने गरि विकासका आयामलाई अगाडी बढाउने उदेश्य लिएको सरकारको लक्ष्यले पूर्णता पाउन मुस्किल देखिन्छ । प्रत्यक बर्ष बजेट घट्दो क्रममा रहने र सेवा क्षेत्र समेत विस्तार हुँदै गर्दा अस्त व्यस्त विकास हुँदै गएको बुर्तिबाङ तथा आसापासको क्षेत्रमा नागरिकको सुरुवाती बुझाई अनुसारको विकास हुन नसकेको हो ।
सुरुवातीमा स्थानीय तुल्सीराम अर्याल अध्यक्ष रहेर काम गर्दे गर्दा ढोरपाटन नगरपालिका २ कुत्थाप्लामा जग्गा खरिद, बजार क्षेत्रको केही भागमा ढल निर्माणका काम भएको थियो त्यस्तै दोश्रो अध्यक्षको रुपमा अर्जुन शेरचन हुँदै गर्दा नयाँ शहरी आयोजनाको भवन निर्माण, जग्गा खरिद, शाखा सडक निर्माण, सडक ढलान तथा टाउन प्लानिङ देखि विभिन्न योजना अगाडी बढेको थियो ।
टाउन प्लानिङको काम स्थानीय बिबादका कारण अगाडी बढ्न सकेन , अर्जुन शेरचनको कार्य अवधि सकिए लगत्तै मेशलाल सर्मा अध्यक्षमा चयन भएपनी तत्काल स्थानीय तहको निर्वाचन भएसंगै स्थानीय सरकार प्रमुख नै नगर विकास समतीको अध्यक्ष हुने अवस्था सृजना भएपछी नगरपालिका मेयर देवकुमार नेपालीले जिम्मा पाएपछि मेयरको तोक आदेशमा धेरै काम भएका थिए ।
आयोजनाले  हालसम्म सडक निर्माण, आयोजनाको भवन निर्माण, जग्गा खरिद, बसपार्क निर्माणलाई अगाडी बढाउँदै, ढल निर्माण, लगाएतका कार्यमा बजेट खर्च गर्दे आइरहेको हो । बुर्तिबाङ तथा आसपासको क्षेत्रलाई समेटेर व्यवस्थित सहर बनाउने लक्ष्य रहेपनी स्थानीयको सहयोग कम हुनु, स्थानीय सरकार र दलहरुविच विकास निर्माणमा एकरुपता नहुनु, स्थानीय समुदाय संग आयोजनाले सम्मोन्य गर्न नखोज्नु, जस्ता कार्यले अपेक्षाकृत विकास हुन नसकेको ठहर छ ।

फरार मेयर नेपाली २४ दिनदेखि सम्पर्क बिहिन: पिडितद्धारा दरबारमा धर्ना

0

जेठ २९ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज वचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली सहकारीको करोडौँ रकम हिनामिना गरि फरार भएको २४ दिन बितिसक्दा समेत अझै सम्पर्क बिहिन बनेका छन ।

बुर्तिबाङ, गल्कोट, बागलुङ र पोखरामा शाखा रहेको सहकारीबाट करिब दुई अर्व बढि रकम हिनामिना गरेर फरार नेपाली परिवार सहित सम्पर्क बिहिन हुँदै गर्दा वचत कर्ता मारमा परेका हुन ।
मेयर नेपाली फरार भएसंगै बागलुङमा मात्रै ७ सय बढि बचत कर्ताले सञ्चालकलाई प्रकाउ गरि आवस्यक कार्वाही प्रकृया अगाडी बढाउन माग सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराइसकेका छन । आगामी जेठ ३२ गतेसम्म उजुरी दर्ता गर्न वचत कर्तालाई अपिल गर्दे संघर्ष समितीले आब्ह्वान समेत गर्दे आएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार आइतबार बेलुकासम्म ७०७ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै ४ हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।
आइतबार बेलुकासम्म आएका ७०७ जनाको उजुरीमा ८४ करोड ४६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ,’ डीएसपी केसीले भने, ‘अझै ४ हजार बढी बचत कर्ता रहेको अनुमान छ ।’
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ताले पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।
बुर्तिबाङमा १२ करोड, गल्कोटमा १८ करोड र बागलुङमा १ अर्व भन्दा बढि रकम बचत कर्ताले सहकारीमा राखेका थिए । यहाँपनी संघर्ष समिती बनाएर अगाडी बढिएको छ । गल्कोट र बुर्तिबाङका बचतकर्ताले आइतबार साँझदेखि बुर्तिबाङ स्थित इमेज बचत तथा ऋण सहकारीको कार्यालय राखिएको होटल दरबारको भवनमा धर्ना दिईरहेका छन ।
शनिबार राती मेयर नेपालीका आफन्तले दरबार होटलमा राखिएका लत्ता कपडा लगाएतका विभिन्न सामान गाडीमा राखेर बाहिर लैजाँदै गर्दा स्थानीयले दिएको जानकारीको आधारमा प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको थियो ।
उक्त घटना पश्चात बचत कर्ता थप आक्रोसित बन्दै गएका हुन मेयर नेपालीले योजना बद्ध ढँगले यस्ता हर्कत गरिहरहेको बताउँदै राज्यले चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन अपिल गर्दे आइरहेका छन । मेयर नेपाली आफु फरार हुनुभन्दा केहि दिन पहिले आफनो र श्रीमतीको नाममा रहेको बुर्तिबाङ बजारको घर जग्गा आफन्तीको नाममा विभिन्न १५ कित्ता जग्गा नामसारी गरेको पाइएको हो ।
उक्त जग्गा संघर्ष समितीको नाममा पास हुनुपर्ने माग सहित बचत कर्ताले गल्कोट र बुर्तिबाङ तथा आसपासका क्षेत्रबाट आएर आइतबार दिउँसो देखि धर्ना दिएका छन । जेठ ३२ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने गरि सबै वचत कर्तालाई आग्रह समेत गरिएको बुर्तिबाङ संघर्ष समितीका संम्योज यम बहादुर कुवँरले बताए ।
पोखराका इमेज पीडित संघर्ष समिति, पोखराका अध्यक्ष हरिबहादु खत्रीले महानगर र प्रहरी कार्यालयमा धाइरहेको भए पनि यसै हुन्छ भन्ने अवस्था नरहेको र प्रहरीले उजुरीसमेत नलिएको बताए ।
पोखरामा सञ्चालक समिति नै कीर्ते गरेर राखिएको भन्दै पदाधिकारीले नै प्रहरीमा उजुरी दिएको खत्रीले बताए । ‘महानगरले वैशाख ३ गतेतिर संस्थापक अध्यक्ष देवकुमारसहित बैठक राखेर हिसाब मिलाउने छलफल गराएको थियो, तर २ दिनपछि नै अध्यक्ष फरार भए’, खत्रीले भने, ‘पोखरामा ५ वर्ष अघि नै विदेश गइसकेका व्यक्ति पनि सञ्चालक समितिको सदस्य भएको पाइएको छ ।’
पोखरामा करिब ५० करोड बचतकर्ताको रकम हिनामिना भएको र करिब २० करोड बचतकर्तालाई भौचर दिएर सिस्टममा नराखिएको अनुमान गरिएको खत्रीको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर श्रीराम तिमिल्सिनाले अझै केही अनुसन्धानकै क्रममा रहेकाले उजुरी नलिइएको जानकारी दिए । मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार रहेका छन उनि अहिले सम्म कहाँ छन भन्न्ो विषयमा पत्ता लाग्न सकेको छैन । त्यस्तै सञ्चालक समतिमा रहेका केहि सदस्य समेत फरार रहेको पाइएको छ ।

ढोरपाटनका मेयरविरुद्ध ७०० बढी बचतकर्ताको उजुरी 

0

बगलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी दिएका छन् । बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा आइतबार बेलुकासम्म ७ सय ७ जनाको उजुरी परेको हो ।

ढोरपाटनका मेयर नेपाली ५ जेठदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । तर अहिलेसम्म उनीहरुको अत्तोपत्तो छैन ।

बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुछ उजुरी लिन पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार आइतबार बेलुकासम्म ७०७ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै ४ हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।

‘आज बेलुकासम्म आएका ७०७ जनाको उजुरीमा ८४ करोड ४६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ,’ डीएसपी केसीले भने, ‘अझै ४ हजार बढी बचत कर्ता रहेको अनुमान छ ।’

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ताले पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।

पोखराका इमेज पीडित संघर्ष समिति, पोखराका अध्यक्ष हरिबहादु खत्रीले महानगर र प्रहरी कार्यालयमा धाइरहेको भए पनि यसै हुन्छ भन्ने अवस्था नरहेको र प्रहरीले उजुरीसमेत नलिएको बताए ।

पोखरामा सञ्चालक समिति नै कीर्ते गरेर राखिएको भन्दै पदाधिकारीले नै प्रहरीमा उजुरी दिएको खत्रीले बताए । ‘महानगरले वैशाख ३ गतेतिर संस्थापक अध्यक्ष देवकुमारसहित बैठक राखेर हिसाब मिलाउने छलफल गराएको थियो, तर २ दिनपछि नै अध्यक्ष फरार भए’, खत्रीले भने, ‘पोखरामा ५ वर्ष अघि नै विदेश गइसकेका व्यक्ति पनि सञ्चालक समितिको सदस्य भएको पाइएको छ ।’

पोखरामा करिब ५० करोड बचतकर्ताको रकम हिनामिना भएको र करिब २० करोड बचतकर्तालाई भौचर दिएर सिस्टममा नराखिएको अनुमान गरिएको खत्रीको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर श्रीराम तिमिल्सिनाले अझै केही अनुसन्धानकै क्रममा रहेकाले उजुरी नलिइएको जानकारी दिए ।

ढोरपाटन नगरले पहिलो पटक नीति तथा कार्यक्रमको लागि किसान संग माग्यो सुझाव

0

विनोद विश्वकर्मा,बुर्तिबाङ,बागलुङ

ढोरपाटन नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०८० ÷८१ को नीति तथा कार्यक्रमको तयारी स्वारुप पालिका भित्रका किसान बाट सुझाव संकलन गरेको छ ।

नीति तथा कार्यक्रममा अनुभवी कृषकहरुको सल्लाह सुझावलाई सम्बोधन गरी कृषिमा बजेट निर्माण गर्ने भन्दै आईतबार एक कार्यक्रमको अयोजना तरी सल्लाह सुभाव माग गरेको हो । ढोरपाटन नगरपालिका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले प्रश्तुत गरेको नमुना योजनामा छलफल गदै किसानहरुले आफ्नो अनुभवको आधारमा सल्लाह सुझाव प्रश्तुत गरेका छन् ।

स्थानिय संकर कुवँर,चन्द्र बहादुर घर्ति,प्रेम बहादुर पुन,मानसिंह पुन,चुडामणी कंडेल,लोक बहादुर वि.क.,मनलाल भट्टराई,चुरामणी गैरे र दुर्गा बहादुर भन्डारीले सल्लाह प्रस्तुत गदै कृषकलाई समस्या समाधानमा कृषि विज्ञको आवश्यक्ता,किसानलाई निशुल्क विउ विजन उपलब्ध गराउन पर्ने,बाहिराबाट आयातित तरकारी रोक्नु पुर्व पालिकाले उत्पादन गर्ने तरकारी बजार धान्न सक्नेकी नसक्ने भन्ने विषयमा एकिन गर्न,निति तथा कार्यक्रममा समावेस भएको कार्यक्रम वास्तिाबिक किसान समक्ष पुग्नु पर्ने,माटो परिक्षण गर्नु पर्ने ,किसानलाई तालिम तथा प्रोत्साहनको व्यवस्था,स्थानिय उत्पादित तरकारीको लागि हाट बजारको व्यवस्थापन हुनु पर्ने लगाएतको माग गरेका छन् ।

आयोजित कार्यक्रमका अध्यक्ष तथा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले कार्यपालिकामा जोड तोडका साथ माग गरी आगामी आर्थिक वर्षमा कृषिको लागि उत्पादन र अनुदानमा आधारित कार्यक्रम ल्याउने बताउनु भयो । कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले किसानले उत्पादन गरेको सामग्री लाई बिग्रन नदिन नगरपालिकाले चिस्यान केन्द्र बनाई सबै किसानको सामग्री खरिद गरी नगरपालिकालेनै विक्रि गर्ने खालको योजना बनाएको बताउनु भयो ।

किसानलाई आर्गनिक उत्पादनमा जोड दिन भन्दै उत्पादित बस्तुको जिम्मा नगरपालिकाले लिने उद्घोस गर्नु भयो । ,आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका नगरकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले आन्तरिक उत्पादन नभएको र केन्द्र सरकारको मुख ताक्दा किसानको माग सम्बोधन गर्न नसकियको जानकारी दिनु भयो । किसानको अपेक्षा धेरै भएको र आवश्यक्तालाई प्राथमिकिकरणको आधारमा सम्बोधन गर्दै जाने बताउनु भयो ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष खिम बहादुर सुनार,ढोरपाटन नगरपलिका पशु शाखा प्रमुख टेकमायाँ खड्का,कृषक ,पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रम ढोरपाटन नगरपालिका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

दलित जेष्ठ नागरिकलाई सम्मान ः जुनसुुकै पार्टी भए पनि जातिय मुद्धामा एक भएर जानु पर्छ सांसद रुपा वि.क

0

विनोद विश्वकर्मा, बुर्तिबाङ,बागलुङ 

जिल्लाको ढोरपाटन नगरपालिकाले पालिका भित्रका ७५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

ढोरपाटन नगर पालिकाको आर्थिक वर्ष २०७९ ÷८० अन्र्तगत दलित जेष्ठ नगरिक संग नगर उप प्रमुअ कार्यक्रम अन्र्तगत सनिबार एक कार्यक्रमको आयोजना गदै पालिकाले दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो ।


आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संम्बोधन गदै प्रतिनिधि सभा सदस्य रुपा वि.क पोखरेलले जुनसुुकै पार्टी भए पनि जातिय मुद्धामा एक भएर जानु पर्ने बताउनु भयो । जब सम्म पार्टी भित्र जातिय बिभेदको कुरालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा आवाज उठाउन सकिदैन तव सम्म समस्याको समाधान हुन नसक्ने धारणा राख्नु भयो ।


नेपाललाई जातिय विभेद तथा छुवाछुत रहित ,समता मुलक समाज निमार्णको उद्धेश्य लिएर अगाडी बढेको बताउनु भयो । कार्यक्रममा थप बोल्दै सांसद वि.कले स्थानिय तह जनता संग जोडिएको स्थानिय तह भएको र यस्तै खालको कार्यक्रमले छुवाछुत न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा रख्नु भयो ।

“यो विभेद भनेको दलित समुदायको मात्र नभएर यो समग्र समुदायको को समस्या हो ,आज जुन ७० हजार दलितलाई पछाडी पारेर जुन सुकुै कार्यक्रम आए पनि तर देश सबृद्ध बन्दैन जव सम्म राज्यले दलित समुदायलाई प्रथमिकतामा राखेर निति तथा कार्यक्रम तय गदैन तव सम्म देश सबृद्ध निमाण हुदैन” सांसद वि.कले भन्नु भयो । सांसद बि.कले राज्य सम्यन्त्रले जातिय छुवाछुत तथा भेदभाव न्यूनिकरणको लागि सामाजिक अन्तरघुलनको कार्यक्रमको आवश्य रहेको समेत औल्याउनु भयो ।

यस्तै आयोजित कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले विगतमा रहेका विभिन्न निरंकुस शासन समाप्ता भएको र यो जातिय विभेदलाई पनि सबै मिलेर लागेमा यसलाई निर्मुल पार्न सकिने बताउनु भयो । जेष्ठ नागारिक अनुभव र कलाको खानी भएको र उहाँहरुले पु¥याएको योगदानलाई सम्मान गरेकोमा नगरपालिकालाई धन्यबाद समेत दिनु भयो ।


त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका नगरकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले मन्तव्य राख्दै नगरपालिकाले यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि समेट्दै जाने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै दलित अधिकारकर्मी अशोक कुमार स्मिथले दलित समुदायका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम राम्रो भयता पनि अहिलेको परिस्थितिमा दलित समुदायलाई संगठित ,शिक्षित र प्रशिक्षण मुलक कार्यक्रमको आवश्यक्ता रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममो अवसरमा दलित अभियान्ता लोक बहादुर वि.क. कुसल स्मिथ लगाएतले मन्त्य राख्नु भएको थियो ।


कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका ढोरपाटन नगरपालिका र्कावाहक नगर प्रमुख धन बहादुर कायत कल्यानले कार्यक्रम समापन गदै जातिय विभेद दलितको मात्रै समस्या नभएर सबैको समस्या भएको र यस्ता समस्या समाधानका लागि सबै एक जुत बन्नु पर्ने धारण खाख्नु भयो । का वा नगर प्रमुख कायतले माहाँकवी लक्ष्मि प्रसाद देवकोटाको मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने कविताको वाक्याशं प्रयोग गदै मानिस कामको आधारमा सानो र ठुलो बन्ने बताउनु भएको थियो ।

आयोजित कार्यक्रम ढोेरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष वान बहादुर छन्त्यालको स्वागत र ढोरपाटन नगरपालिकाका कर्मचारी सुमन सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

सिवाईसीको आयोजनामा बुर्तिबाङमा सहकारी सचेतना मुलक कार्यक्रम : निर्धक्क भएर कारोवार गर्न अध्यक्ष पौडेलको आग्रह

0

बुर्तिबाङ जेठ २६ गते
सिवाईसी नेपालको आयोजना तथा सिवाईसी वचत तथा क्रण सहकारी सँस्थाको साझेदारीमा बुर्तिबाङमा सहकारी सचेतना मुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
“जागौँ, जगाऔँ र जोगाऔँ ” भन्ने अभियान सहित जिल्लाका विभिन्न स्थानमा सेयर सदस्य, स्थानीय नागरिकका विचमा सचेतना कार्यक्रम अगाडी बढाउँदै आएको सँस्थाले बुर्तिबाङ बजारमा सेयर सदस्य, शिक्षक, विद्यार्थी, कर्मचारी, महिला स्वास्थ्य स्वयमं सेविका लगाएतका विचमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
सिवाईसी बचत तथा क्रण सहकारी सँस्थाका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद सर्मा पौडेलले कार्यक्रममा प्रशिक्षण दिँदै सहकारी सेयर धनीको साझा सँस्था भएको बताउँदै त्यसलाई फलाउन फुलाउन सेयर सदस्यको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
पछिल्लो समय बागलुङमा केही सहकारीहरु लाखौँ रकम हिनामिना गरेर सञ्चालक भाग्दै गर्दा सहकारी प्रति नागरिकको नैराश्यता बद्दै गर्दा अध्यक्ष पौडेलले जनताको मर्म र भावना अनुसार सेयर सदस्यकै सक्रियतामा खुलेका सहकारी कहिल्यै बन्द नहुने उल्लेख गर्दे सहकारी मर्म भावना विपरित केही व्याक्तिको स्वार्थमा खोलिएका सहकारी बन्द भइरहेको प्रस्ट पार्नुभयो ।
‘नागरिकको बचत सुरक्षा र भविष्य संग जोडिएर डेढ दशक पहिले स्थापना भएको सिवाईसी सहकारीले सबैको मन जित्दै हालसम्म २५ हजार बढि सेयर सदस्य, २५ सेवा केन्द्र, उत्कृष्ट विज्ञ सञ्चालक समितीसंस्थागत पुँजीलाई बृद्धि गर्दे सेयर सदस्यको विचमा सेवा प्रवाह गरिरहेको बताउँदै यसलाई सेयर सदस्यले नै थप जिम्मेवार बनेर अगाडी बढाउनु पर्ने बताउनु भयो ’ ।
हल्लाको पछि लाग्दै गर्दा तथ्य नबुज्दा नागरिकमा भ्रम सृजना भएको प्रस्ट पार्दे सहकारीको भुमिका र अबस्थाको विषयमा सेयर सदस्यले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय संस्थालाई थप व्यवस्थित र मझबुद बनाउन सेयर , लगानी लगाएतका विषयमा संस्थाले थप व्यवस्थित गर्दे गइरहेको बताउँदै हालसम्म धवलागिरी अञ्चलका ४ जिल्लामा सेवा प्रवाह गर्दे आइरहेको संस्थाले ३० वटा सहकारी संग एकिकरण गरेको र आगामी वि.स. २०९० सम्म ७५ हजार सेयर सदस्य, कुल पुँजीमा बृद्धि, सेवा प्रवाहलाई थप प्रविधी मैत्री बनाउँदै अगाडी बढ्ने लक्ष्य रहेको लक्ष्य प्रस्तुत गर्दे हाल सहकारीबाट विभिन्न २० प्रकारका सेवा सुविधा सेयर सदस्यले प्राप्त गरिरहेको प्रस्ट पार्नुभयो ।


  1. कार्यक्रमका सहभागिलाई आफनो गुनासो, सुझाव सल्लाह राख्न समय दिइएकोमा सहभागिले सिवाईसी वचत तथा क्रण सहकारी सँस्था आफैमा अब्बल रहेको बताउँदै सेयर सदस्य निर्धक्क भएर कारोवार गर्न अनुरोध गर्दे अन्य नागरिकलाई समेत सेयरमा समावेश गर्दे यहाँबाट प्राप्त हुने सेवा सुविधा लिन सुझाएका हुन ।
    सहकारीलाई नियमन गर्ने निकाय कमजोर हुँदा पनी व्याक्तिगत फाइदाका निम्ती चल्ने सहकारीहरुले नागरिकलाई दुख दिएको बताउँदै राज्यले नियमनमा कडाई गर्नुपर्नेमा सहभागिको जोड थियो ।
    कार्यक्रममा पत्रकार छविलाल पाण्डे, बुर्तिबाङ सेवा केन्द्रका परामर्स दाता हिरालाल पौडेल स्थानीय चन्द्रमणी गौतम, असारी वि.क. लगाएतको धारणा रहेको थियो । कार्यक्रम सँस्थाका कोषाध्यक्ष सिता सापकोटाको स्वागत, सहसचिव सुवास आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

इमेज सहकारीका सञ्चालकविरुद्ध तीन दिनमा तीन सय ८९ जाहेरी दर्ता

0
फाइल फोटो

इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका बचतकर्ताले सहकारीका सञ्चालकविरुद्ध उजुरी दिएका छन्।

मंगलबारदेखि उजुरी दर्ता सुरु भएकोमा बिहीबार साँझसम्म तीन सय ८९ जना बचतकर्ताले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी ठगी गरेर भागेको भन्दै बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध उजुरी दिएका छन्।

जेठको पहिलो साताबाटै सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि अलमलमा परेका बचतकर्ताले मंगलबारदेखि आवश्यक कागजात र प्रमाण जुटाएर जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिन थालेका हुन्।

देवकुमार नेपाली फरार भएदेखि आन्दोलित बचतकर्ताले मंगलबारबाट मात्रै उजुरी दिन थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए।

‘सहकारीको विषयमा बाहिर जे–जति कुरा भए पनि औपचारिक रूपमा हामीकहाँ मुद्दा परेको थिएन, हामीले सार्वजनिक रूपमै आह्वान गरेका थियौँ,’ केसीले भने, ‘मंगलरबारदेखि मुद्दा दर्ता प्रक्रिया सुरु भएको छ।’

पहिलो दिन इमेज सहकारी अध्यक्ष देवकुमार नेपालीसहित सहकारीका सञ्चालकविरुद्ध १४ करोड २२ लाख ठगीको बिगो दाबी गर्दै ३७ जनाले मुद्दा दर्ता गरेको उनले बताए।

‘पहिलो दिन ३७ जनाको उजुरी परेकाे थिाे, बिहीबारसम्म तीन सय ८९ मुद्दा परेका छन्। हालसम्मको बिगो दाबी झन्डै ५० करोडको हाराहारी छ । बाँकी पनि आउँदै हुनुहुन्छ होला,’ उनले भने,  ‘बचतकर्ताले बचतसम्बन्धी कागजातसहित उजुरी दिएका छन्। जाहेरीसँगसँगै अनुसन्धान प्रक्रिया पनि अगाडि बढेकाे छ।’

सहकारीमा समस्या देखिएपछि अध्यक्ष देवकुमार नेपाली परिवारसहित सम्फर्कविहीन छन्। उनी सम्पर्कविहीन भएपछि सहकारी विभागले बागलुङ आएर अनुसन्धान गर्दा तीन ठाउँबाट गरी दुई अर्बभन्दा बढी निक्षेप संकलन गरिएको भेट्टाएको थियो। त्यसपछि यो मुद्दाको अनुसन्धान गर्न विभागले सिआइबीलाई अनुरोध गरेका थियो।

अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरुद्ध बचतकर्ताहरूको अर्बाैँ रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरूविरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार नै गरेका थियो।

सिआइबीको पत्र प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले डिएसपी मन केसीको कमान्डमा नाै सदस्यीय अनुसन्धान टोली बनाएर यो मुद्दामा छानबिन अगाडि बढाउन निर्देशन दिएका थिए।

यद्यपि, बचतकर्ताले आधिकारिक रूपमा उजुरी नदिएका कारण अनुसन्धान प्रक्रिया अगाडि बढ्न सकेको थिएन। प्रहरी आफ्नो तरिकाबाट निगरानी बढाए पनि अनुसन्धानका लागि उजुरी जरुरी रहेको भन्दै प्रहरी विभिन्न माध्यमबाट बचतकर्तालाई उजुरी दिन आग्रह गर्दै आएको थियो।

इमेज सहकारीबाट पीडित बागलुङका मात्रै एक हजारभन्दा बढी व्यक्ति आफूहरूको सम्पर्कमा आएको सबैलाई उजुरी दिन आग्रह गरिएको इमेज सहकारीपीडित संघर्ष समितिका अध्यक्ष दिलबहादुर कार्कीले बताए।

०६९ सालदेखि बागलुङ सदरमुकाममा इमेज सहकारी सञ्चालन हुँदै आएको थियो। अन्य सहकारीको तुलनामा आकर्षक ब्याज दिने र चेक साटेर कर्मचारीले घरमै रकम उपलब्ध गराइदिने गरेका कारण धेरैले इमेजमा बचत गर्न थालेका थिए।

बागलुङमा इमेजप्रतिको आकर्षण बढेपछि अध्यक्ष नेपालीले बुर्तिबाङ र गलकोटमा पनि इमेज सहकारीको शाखा खोलेका थिए। तरलता अभाव भएको भन्दै गत वैशाख पहिलो साता केही दिन सहकारी बन्द भएपछि समस्या झन् बल्झिँदै गएको हो।

सहकारीको फितलो नियमन र अनुगमनको फाइदा उठाउँदै अध्यक्ष नेपालीले सहकारीको करोडौँ रुपैयाँ आफूखुसी घरजग्गालगायत विभिन्न क्षेत्रमा लगानी गरिरहेका थिए।

सहकारीको नियमविपरीत उनले घरजग्गा धितो राखेर पनि लगानी गरिरहेको देखिन्छ। छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा बचतकर्ताहरूको अर्बौँ रकम जोखिममा परेको हो। नेपालीले काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा घरजग्गामा लगानी गरेका थिए।

घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएपछि अध्यक्ष देवकुमार नेपालीसहित अन्य सञ्चालकहरू जेठ ६ गतेदेखि फरार छन् भने अध्यक्ष नेपाली, श्रीमती छेला नेपाली र सञ्चालक चित्रबहादुर भण्डारीको नाममा रहेको घरजग्गा, सेयर तथा बैंक खाता रोक्का भएको छ।

साभार नयाँ पत्रिका

देविस्थान माध्यमिक विद्यालयको ६५ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

0

छविलाल पाण्डे

देविस्थान माध्यमिक विद्यालय निसीखोला गाउँपालिका १ को ६५ औँ बार्षिक उत्सव कार्यक्रम विहिबार सम्पन्नभएको छ ।

विभिन्न खेलकुदतथा साँस्कृर्तिक कार्यक्रम सहित सुरु भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीको सहभागिताम विद्यार्थीको प्रतिभापहिचान सहितकाकार्यक्रम सम्पन्न गर्दे विहिबार एक औपचारिक कार्यक्रम सहित बार्षिक उत्सव मनाइएको हो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष तेज बहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति मगरले प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्धघाटन गर्नुभएको हो । प्रमुख अतिथी घर्तिले मन्तव्य राख्दै निसीखोला गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा पालिकाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
अहिले सम्म विद्यालयको भौतिक व्यवस्थापनमा ध्यानदिईयो शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन सके मात्र समृद्ध पालिका निर्माण हुने बताउँदै प्रविधि मैत्री सँगै व्यवहारीक शिक्षाको आवस्यकता अवको विकल्प रहने बताउनु भयो । शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहँदै गर्दा निजीविद्यालय तर्फ अभिभावक र विद्यार्थीको ध्यानाकर्षण भएको बताउँदै त्यसलाई चिर्दे अभिभावक, पालिका, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले सक्रिय भुमिका निर्वाह गर्दे सामुदायिक विद्यालयको स्तर माथिउकास्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अवसरमा वरिष्ठ चन्दादात तथा पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष हर्क बहादुर गुरुङ, इन्द्र बहादुर मल्ल, वडा नं. १ का वडा अध्यक्षचन्द्रसिंह रामजाली लगाएतको मन्तव्य रहेको कार्यक्रमका अवसरमा उत्कृष्ठ विद्यार्थी पुरस्कृत, चन्दादाता सम्मान, विद्यार्थीको तृत्य प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, अभिभावक, पत्रकार, चन्दादाता लगाएतको आतिथ्यता रहेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष नर बहादुर कुवंरको स्वागत, विद्यायलका प्रध्यानाध्यापक झग बहादुर क्षेत्रीको बार्षिक प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रम शिक्षकहरु दिपक घिमिरे र विनोद पौडेलको सञ्चालनमा सम्पन्नभएको थियो ।

बचतकर्ताद्वारा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली विरुद्ध ठगीको जाहेरी दर्ता

0

जेठ २४ गते बागलुङ

बचतकर्ताहरुको झण्डै २ अर्ब हिनामिना गरि फरार भएका इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुको विरुद्धमा ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दर्ता सुरू भएको छ।मंगलबार बचतकर्ताहरुले सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका हुन् ।

आज ३७ जनाले अध्यक्ष नेपालीसहित सहकारीका संचालक विरुद्ध १४ करोड २२ लाख विगो रकमसहित जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसीले जानकारी दिनु भयो ।

बचतकर्ताले बचत सम्बन्धित कागजात सहित उजुरी दिएको केसीले जानकारी दिनुभयो ।मंगलबारबाट जाहेरी लिन सुरु गरेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत दिपक बावु केसीले बताउनु भयो ।जाहेरी दर्ता गर्नेहरूको सङ्ख्या बढिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइवि ले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित, कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाही विरुद्ध बचतकर्ताहरुको अरबौ रकम अपचलन गरि संगठित ठगी गरेकोले उनीहरु विरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार गरेको थियो ।

यो पत्र प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले प्रहरी नायब उपरीक्षक मदन केसीको कमाण्डमा ९ सदस्यीय अनुसन्धान गर्ने टोलि गठन गरेको थियो ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको इमेज सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङमा सेवा केन्द्र र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गर्दैै आएको थियो ।तरलता अभाव भएपछि इमेज सहकारी बैशाखको पहिलो हप्तादेखि नै समस्याग्रस्त भएको थियो ।

सहकारीको फितलो नियमन र अनुगमनको फाइदा उठाउदै अध्यक्ष नेपालीले सहकारीको करोडौं रुपैयाँ आफूखुशी घर जग्गालगाएत विभिन्न क्षेत्रमा लगानी गरिरहेका थिए।

सहकारीको नियम विपरित उनले घर जग्गा धितो राखेर पनि लगानी गरि रहेको देखिन्छ । छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा बचतकर्ताहरुको अरबौ रकम जोखिममा परेको हो ।नेपालीले काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा घर जग्गामा लगानी गरेका थिए।

घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएपछि अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरु जेठ ६ गतेदेखि फरार छन् भने अध्यक्ष नेपाली, श्रीमती छेला नेपाली र संचालक चित्र बहादुर भण्डारीको नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का भएको छ । त्यस्तै बुर्तिबाङ शाखामा मात्रै १२ करोड रकम रहेको भन्दै यहाँका पिडितहरुले संघर्ष समिती गठन गरेका छन । आज समितीका पदाधिकारी द्धारा मुद्धा दर्ता गरिएको छ अन्य बचत कर्ताले समेत समिती संग सम्पर्क गरेर मुद्धा दर्ताका निम्ती प्रकृया अगाडी बढाउने गरि तयारी गर्ने गरि जानकारी गराइएको समितीका सम्योजक यम बहादुर कुवंरले बताउनु भयो ।

बुढयौलिमा परम्परागत सिपको प्रयोगबाट आम्दानी गर्दे लाम्मेलाका चुडामणी

0

तमान जेठ २४ गते

छविलाल पाण्डे
बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेलाका चुडामणी सिर्पालीले डोको,डालो लगाएतका चोँयाबाट बन्ने समाग्रि बनाउन थालेको आफु १२ बर्षको बालक हुँदा दैखिनै हो । अहिले ६२ बर्ष पार गरेका सिर्पालीले घरायसी काम संगै आफुले बाल्यकालमा सिकेको सिपलाई समय गुजार्ने र आम्दानीको राम्रो माध्यम बनाउनु भएको छ । “म १२ बर्षको थिएँ हाम्रो बाबु बाजेले चोयाँबाट बन्ने विभिन्न सामाग्रि बनाउनु हुन्थ्यो उतिबेला उहाँहरुले गरेको काम देखेर नै सिप सिकियो अहिले बुढेसकालमा समय कटाउने र दुई चार पैसा भएपनी देख्न मिल्ने भएको छ” ।
पछिल्लो समय युवा पिँडिमा यस्ता सिप सिक्ने चाहाना नै छैन तर गाउँघर देखि बजारसम्म अझैपनी डोको, डालो, थुन्से, मान्द्रो लगाएतका सामाग्रि आवस्यक पर्ने भएपछि माग आइरहन्छ त्यसैले अझैपनी आफुले सिकेको सिपलाई प्रयोग गर्देछु चुडामणीले भन्नु भयो ।


बैँस उमेरमा ८ बर्षसम्म साउदी बस्नु भएका उहाँले घर फिर्ता भएसंगै निरन्तर चोयाँबाट बन्ने सामाग्रि निर्माण गर्दे आउनु भएको हो । घरमै माग आउँछ अहिले त घरघरमै गाडी चल्न थालेपछि यहाँबाटै बुर्तिबाङ, बागलुङ, पोखरा लगाएतका शहर देखि गाउँघरमै आफुले उत्पादन गरेका सामाग्रि खपत हुने गरेको उहाँले बताउनु भयो ।
‘पहिले पहिले त दैनिक दुई वटा सम्म डोको बुनिन्थ्यो अहिले अलि बुढो पनी भइयो एक वटा सम्म डोको, वा डालो, दुई माने, एक पाथी सम्मका साना डाला बन्ने गर्दछु अझ शहर बजारमा सोखिनका निम्ती एक पाथी र दुई माना एक माना सम्म अन्न भर्न मिल्ने डालो बिक्री हुने गर्दछ ।’
पुर्खाेयौली पेशालाई अंगाल्न सके अझैपनी राम्रो कमाई छ तर युवाहरुले यस्ता काम पनी गर्देनन् राज्यले पनी खासै चासो दिएन गाउँ नजिकैका वन जंगलमा प्रशस्त निगाँलो पाईन्छ त्यहीँ निगालोबाट थरि थरिका सामाग्रि बन्ने गर्दछन मै बुढाले पनी महिनामा घरायसि काममा सहयोग गर्दे मासिक पन्द्र देखि बिस हजार सम्म कमाउने गर्छु जाँगर हुने हो भने युवाहरुले महिनामा तिस हजार कमाउन समस्या छैन सरकारले बजार व्यवस्था गर्दीय अझै सजिलो हुन्थ्यो चुडामणी सिर्पालीको भनाई छ ।

राज्यले समेत यस्तो सिप क्षमता भएका व्याक्तिलाई सम्मान, उत्प्रेरणा दिन सके अन्य व्याक्तिमा सिप हस्तान्त्रण हुने अवसर प्राप्त हुनुका साथै आय आर्जनमा समेत बृद्धि हुन सक्ने देखिन्छ ।