ढोरपाटन नगरले पहिलो पटक नीति तथा कार्यक्रमको लागि किसान संग माग्यो सुझाव

विनोद विश्वकर्मा,बुर्तिबाङ,बागलुङ

ढोरपाटन नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०८० ÷८१ को नीति तथा कार्यक्रमको तयारी स्वारुप पालिका भित्रका किसान बाट सुझाव संकलन गरेको छ ।

नीति तथा कार्यक्रममा अनुभवी कृषकहरुको सल्लाह सुझावलाई सम्बोधन गरी कृषिमा बजेट निर्माण गर्ने भन्दै आईतबार एक कार्यक्रमको अयोजना तरी सल्लाह सुभाव माग गरेको हो । ढोरपाटन नगरपालिका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले प्रश्तुत गरेको नमुना योजनामा छलफल गदै किसानहरुले आफ्नो अनुभवको आधारमा सल्लाह सुझाव प्रश्तुत गरेका छन् ।

स्थानिय संकर कुवँर,चन्द्र बहादुर घर्ति,प्रेम बहादुर पुन,मानसिंह पुन,चुडामणी कंडेल,लोक बहादुर वि.क.,मनलाल भट्टराई,चुरामणी गैरे र दुर्गा बहादुर भन्डारीले सल्लाह प्रस्तुत गदै कृषकलाई समस्या समाधानमा कृषि विज्ञको आवश्यक्ता,किसानलाई निशुल्क विउ विजन उपलब्ध गराउन पर्ने,बाहिराबाट आयातित तरकारी रोक्नु पुर्व पालिकाले उत्पादन गर्ने तरकारी बजार धान्न सक्नेकी नसक्ने भन्ने विषयमा एकिन गर्न,निति तथा कार्यक्रममा समावेस भएको कार्यक्रम वास्तिाबिक किसान समक्ष पुग्नु पर्ने,माटो परिक्षण गर्नु पर्ने ,किसानलाई तालिम तथा प्रोत्साहनको व्यवस्था,स्थानिय उत्पादित तरकारीको लागि हाट बजारको व्यवस्थापन हुनु पर्ने लगाएतको माग गरेका छन् ।

आयोजित कार्यक्रमका अध्यक्ष तथा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले कार्यपालिकामा जोड तोडका साथ माग गरी आगामी आर्थिक वर्षमा कृषिको लागि उत्पादन र अनुदानमा आधारित कार्यक्रम ल्याउने बताउनु भयो । कृषिमा आत्मनिर्भर बनाउन नगरपालिकाले किसानले उत्पादन गरेको सामग्री लाई बिग्रन नदिन नगरपालिकाले चिस्यान केन्द्र बनाई सबै किसानको सामग्री खरिद गरी नगरपालिकालेनै विक्रि गर्ने खालको योजना बनाएको बताउनु भयो ।

किसानलाई आर्गनिक उत्पादनमा जोड दिन भन्दै उत्पादित बस्तुको जिम्मा नगरपालिकाले लिने उद्घोस गर्नु भयो । ,आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका नगरकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले आन्तरिक उत्पादन नभएको र केन्द्र सरकारको मुख ताक्दा किसानको माग सम्बोधन गर्न नसकियको जानकारी दिनु भयो । किसानको अपेक्षा धेरै भएको र आवश्यक्तालाई प्राथमिकिकरणको आधारमा सम्बोधन गर्दै जाने बताउनु भयो ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष खिम बहादुर सुनार,ढोरपाटन नगरपलिका पशु शाखा प्रमुख टेकमायाँ खड्का,कृषक ,पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रम ढोरपाटन नगरपालिका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित