तमान जेठ २४ गते
छविलाल पाण्डे
बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेलाका चुडामणी सिर्पालीले डोको,डालो लगाएतका चोँयाबाट बन्ने समाग्रि बनाउन थालेको आफु १२ बर्षको बालक हुँदा दैखिनै हो । अहिले ६२ बर्ष पार गरेका सिर्पालीले घरायसी काम संगै आफुले बाल्यकालमा सिकेको सिपलाई समय गुजार्ने र आम्दानीको राम्रो माध्यम बनाउनु भएको छ । “म १२ बर्षको थिएँ हाम्रो बाबु बाजेले चोयाँबाट बन्ने विभिन्न सामाग्रि बनाउनु हुन्थ्यो उतिबेला उहाँहरुले गरेको काम देखेर नै सिप सिकियो अहिले बुढेसकालमा समय कटाउने र दुई चार पैसा भएपनी देख्न मिल्ने भएको छ” ।
पछिल्लो समय युवा पिँडिमा यस्ता सिप सिक्ने चाहाना नै छैन तर गाउँघर देखि बजारसम्म अझैपनी डोको, डालो, थुन्से, मान्द्रो लगाएतका सामाग्रि आवस्यक पर्ने भएपछि माग आइरहन्छ त्यसैले अझैपनी आफुले सिकेको सिपलाई प्रयोग गर्देछु चुडामणीले भन्नु भयो ।
बैँस उमेरमा ८ बर्षसम्म साउदी बस्नु भएका उहाँले घर फिर्ता भएसंगै निरन्तर चोयाँबाट बन्ने सामाग्रि निर्माण गर्दे आउनु भएको हो । घरमै माग आउँछ अहिले त घरघरमै गाडी चल्न थालेपछि यहाँबाटै बुर्तिबाङ, बागलुङ, पोखरा लगाएतका शहर देखि गाउँघरमै आफुले उत्पादन गरेका सामाग्रि खपत हुने गरेको उहाँले बताउनु भयो ।
‘पहिले पहिले त दैनिक दुई वटा सम्म डोको बुनिन्थ्यो अहिले अलि बुढो पनी भइयो एक वटा सम्म डोको, वा डालो, दुई माने, एक पाथी सम्मका साना डाला बन्ने गर्दछु अझ शहर बजारमा सोखिनका निम्ती एक पाथी र दुई माना एक माना सम्म अन्न भर्न मिल्ने डालो बिक्री हुने गर्दछ ।’
पुर्खाेयौली पेशालाई अंगाल्न सके अझैपनी राम्रो कमाई छ तर युवाहरुले यस्ता काम पनी गर्देनन् राज्यले पनी खासै चासो दिएन गाउँ नजिकैका वन जंगलमा प्रशस्त निगाँलो पाईन्छ त्यहीँ निगालोबाट थरि थरिका सामाग्रि बन्ने गर्दछन मै बुढाले पनी महिनामा घरायसि काममा सहयोग गर्दे मासिक पन्द्र देखि बिस हजार सम्म कमाउने गर्छु जाँगर हुने हो भने युवाहरुले महिनामा तिस हजार कमाउन समस्या छैन सरकारले बजार व्यवस्था गर्दीय अझै सजिलो हुन्थ्यो चुडामणी सिर्पालीको भनाई छ ।
राज्यले समेत यस्तो सिप क्षमता भएका व्याक्तिलाई सम्मान, उत्प्रेरणा दिन सके अन्य व्याक्तिमा सिप हस्तान्त्रण हुने अवसर प्राप्त हुनुका साथै आय आर्जनमा समेत बृद्धि हुन सक्ने देखिन्छ ।