बुर्तिबाङ नयाँ शहर आयोजनामा बजेट घट्दो क्रममा यसबर्ष ८ करोड मात्रै

छविलाल पाण्डे जेठ २९ गते
बुर्तिबाङ नयाँ शहर आयोजना कार्यालयका लागी बर्ष जम्मा ८ करोड विकास बजेट विनीयोजन भएको छ । गतबर्ष १४ करोड ६० लाख विनीयोजन भएको आयोजनामा यसबर्ष करिब ४५ प्रतिशत बजेट घटेर आएको हो । यो विगतका वर्षका तुलनामा निकै कम बजेट विनीयोजन भएको पाइएको छ ।

गत बर्षका अधिकांस क्रमागत योजनालाई अगाडी बढाउने गरि विनीयोजित बजेटमा सडक स्तरोन्ती, बसपार्क निर्माणलाई पूर्णता, सभाहल निर्माण, खेलकुद मैदान निर्माण लगाएतका गरि जम्मा ९ वटा शिर्षकमा बजेट विनीयोजन भएको पाइएको छ ।
यसबर्षको बजेट गत बर्षकै योजना सम्पन्न गर्ने र केही शाखा सडक स्तरोन्तीका निम्ती विनीयोजन भएको नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका प्रमुख अभिशेक अधिकारीले बताए ।
बजेटमा निर्माणधिन अवस्थामा रहेको चाचल घाट घोसा किला सडक स्तरोन्ती दोश्रो चरण अन्र्तगत ५० लाख, सडक निर्माण तथा स्तरोन्ती तर्फ एकिकृत विकास योजनाबाट सम्भाव्य देखिएका, २ वटा शहरी पूर्वाधार निर्माण गर्ने, वडा नं. २ को विसुन्धारा देखि कुत्थाप्ला जोड्ने सडक, वडा नं. १ मा मध्ये पहाडी जिरो कि.मी देखि देवचोक सम्म सडक, रिभरहेड शाखा सडकलाई प्राथमिता दिँदै ५० लाख विनीयोजन भएको हो ।
त्यस्तै वडा नं. २ कै तुसारे, गैरा, मस्ति अर्नाकोट एयरपोर्ट देखि अर्नाक कुत्थाप्ला शहरी सडक ग्राभेल योजनामा ५० लाख, बुर्तिबाङ नयाँ शहर सभा हल दोश्रो चरण अन्र्तगत २ करोड, खेलकुद मैदान निर्माण कार्य भव्रेटा र पार्क निर्माण कुत्थाप्लाका लागी १ करोड, बुर्तिबाङ बजारमा तरकारी बजार निर्माण कार्य र बस पार्क निर्माण दोश्रो चरण अन्र्तगत १ करोड ५० लाख, घम्सिन टोल सडक स्तरोन्ती तर्फ ५० लाख बजेट विनीयोजन भएको हो ।
यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ सोरबोट भब्रेटा, रिनाम भियालखर्क सडक , बुर्तिबाङ कर्वडहल देखि उपल्लो बजार पुलचोक जोड्ने सडक निर्माण, छरछरे, विस्मोर पुर्काट सडक स्तरोन्ती तर्फ १ करोड र वडा नं. २ को पाखुते कल्लेरी सडक, पचेरी खोल्सा देखि भित्री सडक, वडा नं. १ को फुलबारी टोल शाखा सडक निर्माण नाली निर्माण, बाजखेत मछिन्द्र लिखाटे शाखा सडक, २ नम्र वडा कै खल्टुबोट बाह्रमुरे सिँडि निर्माण, सिमपानी हुँदै मध्येपहाडी लोकमार्ग सडक नाला तथा सडक स्तरोन्ती, धर्मशाला कुत्थाप्ला सिँढी निर्माणमा ५० लाख गरि कुल ८ करोड बजेट विनीयोजन भएको आयोजना प्रमुख अधिकारीले बताए ।
मध्येपहाडी लोकमार्ग अन्र्तगत पर्ने देशकै १० शहर मध्ये बुर्तिबाङलाई पनी नमुना शहर बनाउने उदेश्य सहित सरकारले काम गरिरहेको हो । आयोजना सञ्चालन भएको ११ बर्ष पुग्दै गर्दा समेत अपेक्षाकृत विकास हुन नसकेको स्थानीयको भनाई छ । आधारभतु सेवा सुविधा सहित १ लाख बढि जनसँख्या बस्न सक्ने गरि विकासका आयामलाई अगाडी बढाउने उदेश्य लिएको सरकारको लक्ष्यले पूर्णता पाउन मुस्किल देखिन्छ । प्रत्यक बर्ष बजेट घट्दो क्रममा रहने र सेवा क्षेत्र समेत विस्तार हुँदै गर्दा अस्त व्यस्त विकास हुँदै गएको बुर्तिबाङ तथा आसापासको क्षेत्रमा नागरिकको सुरुवाती बुझाई अनुसारको विकास हुन नसकेको हो ।
सुरुवातीमा स्थानीय तुल्सीराम अर्याल अध्यक्ष रहेर काम गर्दे गर्दा ढोरपाटन नगरपालिका २ कुत्थाप्लामा जग्गा खरिद, बजार क्षेत्रको केही भागमा ढल निर्माणका काम भएको थियो त्यस्तै दोश्रो अध्यक्षको रुपमा अर्जुन शेरचन हुँदै गर्दा नयाँ शहरी आयोजनाको भवन निर्माण, जग्गा खरिद, शाखा सडक निर्माण, सडक ढलान तथा टाउन प्लानिङ देखि विभिन्न योजना अगाडी बढेको थियो ।
टाउन प्लानिङको काम स्थानीय बिबादका कारण अगाडी बढ्न सकेन , अर्जुन शेरचनको कार्य अवधि सकिए लगत्तै मेशलाल सर्मा अध्यक्षमा चयन भएपनी तत्काल स्थानीय तहको निर्वाचन भएसंगै स्थानीय सरकार प्रमुख नै नगर विकास समतीको अध्यक्ष हुने अवस्था सृजना भएपछी नगरपालिका मेयर देवकुमार नेपालीले जिम्मा पाएपछि मेयरको तोक आदेशमा धेरै काम भएका थिए ।
आयोजनाले  हालसम्म सडक निर्माण, आयोजनाको भवन निर्माण, जग्गा खरिद, बसपार्क निर्माणलाई अगाडी बढाउँदै, ढल निर्माण, लगाएतका कार्यमा बजेट खर्च गर्दे आइरहेको हो । बुर्तिबाङ तथा आसपासको क्षेत्रलाई समेटेर व्यवस्थित सहर बनाउने लक्ष्य रहेपनी स्थानीयको सहयोग कम हुनु, स्थानीय सरकार र दलहरुविच विकास निर्माणमा एकरुपता नहुनु, स्थानीय समुदाय संग आयोजनाले सम्मोन्य गर्न नखोज्नु, जस्ता कार्यले अपेक्षाकृत विकास हुन नसकेको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित