
जेठ २९ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज वचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली सहकारीको करोडौँ रकम हिनामिना गरि फरार भएको २४ दिन बितिसक्दा समेत अझै सम्पर्क बिहिन बनेका छन ।
बुर्तिबाङ, गल्कोट, बागलुङ र पोखरामा शाखा रहेको सहकारीबाट करिब दुई अर्व बढि रकम हिनामिना गरेर फरार नेपाली परिवार सहित सम्पर्क बिहिन हुँदै गर्दा वचत कर्ता मारमा परेका हुन ।
मेयर नेपाली फरार भएसंगै बागलुङमा मात्रै ७ सय बढि बचत कर्ताले सञ्चालकलाई प्रकाउ गरि आवस्यक कार्वाही प्रकृया अगाडी बढाउन माग सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराइसकेका छन । आगामी जेठ ३२ गतेसम्म उजुरी दर्ता गर्न वचत कर्तालाई अपिल गर्दे संघर्ष समितीले आब्ह्वान समेत गर्दे आएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार आइतबार बेलुकासम्म ७०७ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै ४ हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।
आइतबार बेलुकासम्म आएका ७०७ जनाको उजुरीमा ८४ करोड ४६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ,’ डीएसपी केसीले भने, ‘अझै ४ हजार बढी बचत कर्ता रहेको अनुमान छ ।’
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ताले पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।
बुर्तिबाङमा १२ करोड, गल्कोटमा १८ करोड र बागलुङमा १ अर्व भन्दा बढि रकम बचत कर्ताले सहकारीमा राखेका थिए । यहाँपनी संघर्ष समिती बनाएर अगाडी बढिएको छ । गल्कोट र बुर्तिबाङका बचतकर्ताले आइतबार साँझदेखि बुर्तिबाङ स्थित इमेज बचत तथा ऋण सहकारीको कार्यालय राखिएको होटल दरबारको भवनमा धर्ना दिईरहेका छन ।
शनिबार राती मेयर नेपालीका आफन्तले दरबार होटलमा राखिएका लत्ता कपडा लगाएतका विभिन्न सामान गाडीमा राखेर बाहिर लैजाँदै गर्दा स्थानीयले दिएको जानकारीको आधारमा प्रहरीले उक्त सामान नियन्त्रणमा लिएको थियो ।
उक्त घटना पश्चात बचत कर्ता थप आक्रोसित बन्दै गएका हुन मेयर नेपालीले योजना बद्ध ढँगले यस्ता हर्कत गरिहरहेको बताउँदै राज्यले चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन अपिल गर्दे आइरहेका छन । मेयर नेपाली आफु फरार हुनुभन्दा केहि दिन पहिले आफनो र श्रीमतीको नाममा रहेको बुर्तिबाङ बजारको घर जग्गा आफन्तीको नाममा विभिन्न १५ कित्ता जग्गा नामसारी गरेको पाइएको हो ।
उक्त जग्गा संघर्ष समितीको नाममा पास हुनुपर्ने माग सहित बचत कर्ताले गल्कोट र बुर्तिबाङ तथा आसपासका क्षेत्रबाट आएर आइतबार दिउँसो देखि धर्ना दिएका छन । जेठ ३२ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने गरि सबै वचत कर्तालाई आग्रह समेत गरिएको बुर्तिबाङ संघर्ष समितीका संम्योज यम बहादुर कुवँरले बताए ।
पोखराका इमेज पीडित संघर्ष समिति, पोखराका अध्यक्ष हरिबहादु खत्रीले महानगर र प्रहरी कार्यालयमा धाइरहेको भए पनि यसै हुन्छ भन्ने अवस्था नरहेको र प्रहरीले उजुरीसमेत नलिएको बताए ।
पोखरामा सञ्चालक समिति नै कीर्ते गरेर राखिएको भन्दै पदाधिकारीले नै प्रहरीमा उजुरी दिएको खत्रीले बताए । ‘महानगरले वैशाख ३ गतेतिर संस्थापक अध्यक्ष देवकुमारसहित बैठक राखेर हिसाब मिलाउने छलफल गराएको थियो, तर २ दिनपछि नै अध्यक्ष फरार भए’, खत्रीले भने, ‘पोखरामा ५ वर्ष अघि नै विदेश गइसकेका व्यक्ति पनि सञ्चालक समितिको सदस्य भएको पाइएको छ ।’
पोखरामा करिब ५० करोड बचतकर्ताको रकम हिनामिना भएको र करिब २० करोड बचतकर्तालाई भौचर दिएर सिस्टममा नराखिएको अनुमान गरिएको खत्रीको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर श्रीराम तिमिल्सिनाले अझै केही अनुसन्धानकै क्रममा रहेकाले उजुरी नलिइएको जानकारी दिए । मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार रहेका छन उनि अहिले सम्म कहाँ छन भन्न्ो विषयमा पत्ता लाग्न सकेको छैन । त्यस्तै सञ्चालक समतिमा रहेका केहि सदस्य समेत फरार रहेको पाइएको छ ।