देविस्थान माध्यमिक विद्यालयको ६५ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

छविलाल पाण्डे

देविस्थान माध्यमिक विद्यालय निसीखोला गाउँपालिका १ को ६५ औँ बार्षिक उत्सव कार्यक्रम विहिबार सम्पन्नभएको छ ।

विभिन्न खेलकुदतथा साँस्कृर्तिक कार्यक्रम सहित सुरु भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीको सहभागिताम विद्यार्थीको प्रतिभापहिचान सहितकाकार्यक्रम सम्पन्न गर्दे विहिबार एक औपचारिक कार्यक्रम सहित बार्षिक उत्सव मनाइएको हो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष तेज बहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति मगरले प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्धघाटन गर्नुभएको हो । प्रमुख अतिथी घर्तिले मन्तव्य राख्दै निसीखोला गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा पालिकाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
अहिले सम्म विद्यालयको भौतिक व्यवस्थापनमा ध्यानदिईयो शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन सके मात्र समृद्ध पालिका निर्माण हुने बताउँदै प्रविधि मैत्री सँगै व्यवहारीक शिक्षाको आवस्यकता अवको विकल्प रहने बताउनु भयो । शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहँदै गर्दा निजीविद्यालय तर्फ अभिभावक र विद्यार्थीको ध्यानाकर्षण भएको बताउँदै त्यसलाई चिर्दे अभिभावक, पालिका, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले सक्रिय भुमिका निर्वाह गर्दे सामुदायिक विद्यालयको स्तर माथिउकास्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अवसरमा वरिष्ठ चन्दादात तथा पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष हर्क बहादुर गुरुङ, इन्द्र बहादुर मल्ल, वडा नं. १ का वडा अध्यक्षचन्द्रसिंह रामजाली लगाएतको मन्तव्य रहेको कार्यक्रमका अवसरमा उत्कृष्ठ विद्यार्थी पुरस्कृत, चन्दादाता सम्मान, विद्यार्थीको तृत्य प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, अभिभावक, पत्रकार, चन्दादाता लगाएतको आतिथ्यता रहेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष नर बहादुर कुवंरको स्वागत, विद्यायलका प्रध्यानाध्यापक झग बहादुर क्षेत्रीको बार्षिक प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रम शिक्षकहरु दिपक घिमिरे र विनोद पौडेलको सञ्चालनमा सम्पन्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित