सिवाईसीको आयोजनामा बुर्तिबाङमा सहकारी सचेतना मुलक कार्यक्रम : निर्धक्क भएर कारोवार गर्न अध्यक्ष पौडेलको आग्रह

बुर्तिबाङ जेठ २६ गते
सिवाईसी नेपालको आयोजना तथा सिवाईसी वचत तथा क्रण सहकारी सँस्थाको साझेदारीमा बुर्तिबाङमा सहकारी सचेतना मुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
“जागौँ, जगाऔँ र जोगाऔँ ” भन्ने अभियान सहित जिल्लाका विभिन्न स्थानमा सेयर सदस्य, स्थानीय नागरिकका विचमा सचेतना कार्यक्रम अगाडी बढाउँदै आएको सँस्थाले बुर्तिबाङ बजारमा सेयर सदस्य, शिक्षक, विद्यार्थी, कर्मचारी, महिला स्वास्थ्य स्वयमं सेविका लगाएतका विचमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
सिवाईसी बचत तथा क्रण सहकारी सँस्थाका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद सर्मा पौडेलले कार्यक्रममा प्रशिक्षण दिँदै सहकारी सेयर धनीको साझा सँस्था भएको बताउँदै त्यसलाई फलाउन फुलाउन सेयर सदस्यको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
पछिल्लो समय बागलुङमा केही सहकारीहरु लाखौँ रकम हिनामिना गरेर सञ्चालक भाग्दै गर्दा सहकारी प्रति नागरिकको नैराश्यता बद्दै गर्दा अध्यक्ष पौडेलले जनताको मर्म र भावना अनुसार सेयर सदस्यकै सक्रियतामा खुलेका सहकारी कहिल्यै बन्द नहुने उल्लेख गर्दे सहकारी मर्म भावना विपरित केही व्याक्तिको स्वार्थमा खोलिएका सहकारी बन्द भइरहेको प्रस्ट पार्नुभयो ।
‘नागरिकको बचत सुरक्षा र भविष्य संग जोडिएर डेढ दशक पहिले स्थापना भएको सिवाईसी सहकारीले सबैको मन जित्दै हालसम्म २५ हजार बढि सेयर सदस्य, २५ सेवा केन्द्र, उत्कृष्ट विज्ञ सञ्चालक समितीसंस्थागत पुँजीलाई बृद्धि गर्दे सेयर सदस्यको विचमा सेवा प्रवाह गरिरहेको बताउँदै यसलाई सेयर सदस्यले नै थप जिम्मेवार बनेर अगाडी बढाउनु पर्ने बताउनु भयो ’ ।
हल्लाको पछि लाग्दै गर्दा तथ्य नबुज्दा नागरिकमा भ्रम सृजना भएको प्रस्ट पार्दे सहकारीको भुमिका र अबस्थाको विषयमा सेयर सदस्यले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय संस्थालाई थप व्यवस्थित र मझबुद बनाउन सेयर , लगानी लगाएतका विषयमा संस्थाले थप व्यवस्थित गर्दे गइरहेको बताउँदै हालसम्म धवलागिरी अञ्चलका ४ जिल्लामा सेवा प्रवाह गर्दे आइरहेको संस्थाले ३० वटा सहकारी संग एकिकरण गरेको र आगामी वि.स. २०९० सम्म ७५ हजार सेयर सदस्य, कुल पुँजीमा बृद्धि, सेवा प्रवाहलाई थप प्रविधी मैत्री बनाउँदै अगाडी बढ्ने लक्ष्य रहेको लक्ष्य प्रस्तुत गर्दे हाल सहकारीबाट विभिन्न २० प्रकारका सेवा सुविधा सेयर सदस्यले प्राप्त गरिरहेको प्रस्ट पार्नुभयो ।


  1. कार्यक्रमका सहभागिलाई आफनो गुनासो, सुझाव सल्लाह राख्न समय दिइएकोमा सहभागिले सिवाईसी वचत तथा क्रण सहकारी सँस्था आफैमा अब्बल रहेको बताउँदै सेयर सदस्य निर्धक्क भएर कारोवार गर्न अनुरोध गर्दे अन्य नागरिकलाई समेत सेयरमा समावेश गर्दे यहाँबाट प्राप्त हुने सेवा सुविधा लिन सुझाएका हुन ।
    सहकारीलाई नियमन गर्ने निकाय कमजोर हुँदा पनी व्याक्तिगत फाइदाका निम्ती चल्ने सहकारीहरुले नागरिकलाई दुख दिएको बताउँदै राज्यले नियमनमा कडाई गर्नुपर्नेमा सहभागिको जोड थियो ।
    कार्यक्रममा पत्रकार छविलाल पाण्डे, बुर्तिबाङ सेवा केन्द्रका परामर्स दाता हिरालाल पौडेल स्थानीय चन्द्रमणी गौतम, असारी वि.क. लगाएतको धारणा रहेको थियो । कार्यक्रम सँस्थाका कोषाध्यक्ष सिता सापकोटाको स्वागत, सहसचिव सुवास आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित