Home Blog Page 125

देवकुमार नेपालीले भतिजीको नाममा पास दिएको जग्गा सहकारी पिडितले लिय फिर्ता

0

असार ५
गत बैसाख महिनामा आफु फरार हुनु अगाडी आफनो र श्रीमतीको नाममा भएको जग्गा आफन्तीको नाममा धमाधम पास गरेर टाप कसेका ढोरपाटन नगरपालिका मेयर तथा इमेज सहकारीका सँस्थापक अध्यक्ष देवकुमार नेपालीले दिइएको जग्गा सहकारी पिडितले फिर्ता लिन सुरु गरेका छन ।
बुर्तिबाङ, बागलुङ, पोखरा र काठमान्डौमा नेपाली दम्पत्तिको नाममा रहेको जग्गा कतिपय बैँक तथा वित्तिय सँस्थामा कर्जामा रोक्का रहेपनी बुर्तिबाङ बजार तथा आसपासमा रहेका १३ कित्ता जग्गा मेयर नेपालीको भजिती र निजकी श्रीमती छेला नेपालीको भाजुको नाममा पास भएको पाइएको हो ।
उक्त १३ कित्ता जग्गा गत बैसाख अन्तिम हप्ता पास गराएर मेयर नेपाली जेठ ५ गते देखि हालसम्म फरार रहँदै आएका छन । त्यस्तै सोमबार गल्कोट र बुर्तिबाङमा रहेका इमेज सहकारी पिडित बचतकर्ताले माया नेपालीको नाममा पास गराईएको ३ कित्ता जग्गा फिर्ता गराएका हुन ।
संघर्ष समिती बुर्तिबाङका सम्योजक यम बहादुर कुवंरका अनुसार पिडितको नाममा जग्गा पास लिइएको र अन्य कित्ता समेत क्रमश पिडितको नाममा पास गर्ने गरि संघर्ष समिती अगाडी बढ्ने बताइएको छ ।
१३ कित्तामध्ये मेयर नेपाली बस्दै आएको भक्तपुरे घर सहित ५ वटा कित्ता मेयर नेपालीकी श्रीमती छेला नेपालीको भाउजु कमला गिरीको नाममा बैसाख २७ गते पास गरेको संघर्ष समितीको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै देव कुमार नेपालीको भजितीहरु देवि नेपालीको नाममा ५ कित्ता, माया नेपालीको नाममा ३ कित्ता पास दिइएको पाइएको हो । उक्त कित्ता भएका सबै जग्गा मेयर नेपाली र उनकी श्रमती छेलाद्धारा बैसाख अन्तिम हप्ता पास दिएका थिय । सोमबार २० जना को नाममा ३ कित्ता जग्गा माया नेपालीद्धारा २० जनाको नाममा पास दिएको मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सुर्य प्रसाद सर्माले बताउनु भयो । सहकारीमा वचत गरेका वचत कर्ताको बुर्तिबाङमा १२ करोड र गल्कोटमा १८ करोड बचत रहेको पाइएको हो ।

निसीखोला गाउँपालिकाद्धारा आगामी निती कार्यक्रमका सन्दर्भ नागरिकसंग राय सुझाव सँकलन

0

असार ४ गते बुर्तिबाङ
निसीखोला गाउँपालिकाद्धारा आर्थिक बर्ष २०८०÷०८१ म संचालन हुने बजेट तथा निति कार्यक्रमका लागि नागरिक संग राय सुझाव सँकलन गरिएको छ । सोमबार आयोजना गरिएको कार्यक्रमका अवसरमा सहभागि राजनैतिक दल, समाजसेवी, बुद्धिजिवी, पुर्व जनप्रतिनिधी, शिक्षक लगाएतले आफनो सुझाव प्रस्तुत गर्दे समृद्ध निसीखोला बनाउन सबैको साथ सहयोग र अपनत्व आवस्यक रहेको औल्याउँदै गाउँपालिकाले नागरिले प्रत्यक्ष लाभ लिन सक्ने योजना र कार्यक्रम बनाएर अगाडी बढ्नु पर्नेमा सुझवा प्रस्तुत गरेका छन ।


“वन, जलश्रोत, संस्कृति, प्रर्यटन र कृषि सभ्य , समुन्नत, सुखि र समृद्ध निसी” भन्ने मुल नारा सहित सञ्चालित कार्यक्रममा सहभागि नागरिकले नागरिक मुखि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, गत बर्षको निती कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई पुरा गर्नुपर्ने, कृषि, रोजार र उत्पादनलाई जोड दिनुपर्ने, उत्पादित वस्तुको बजारीकरण, अधुरा रहेका विकास निर्माणका कामलाई पूर्णता दिनुपर्ने, शैक्षिक गुणस्तर बृद्धि, सचेतना मुलक कार्यक्रम गर्नुपर्ने, विकृर्ती न्युनीकरणलाई रोक्नुपर्ने विषयमा धेरै सहभागिको सुझाव थियो ।


दिर्घकालिन लक्ष्य लिएर पालिका अगाडी बढ्न सकेमा मात्र परिणाम ल्याउन सकिने बताउँदै जनप्रतिनिधी र कर्मचारी जनताप्रति थप उत्तरदायी बन्दै कृषि, प्रर्यटन, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी र रोजगारका विषयलाई सहभगिले सुझावका रुपमा धारणा प्रस्तुत गर्दे समृद्ध पालिका बनाउन योजनाको प्रभावकारीतामा ध्यान दिन समेत सुझाव दिएका हुन ।
नेकपा एमालेका पालिका अध्यक्ष भुमिराज घर्तिद्धारा प्रतिवेदन सहितको पत्र गाउँपालिकालाई हस्तान्त्रण समेत गरिएको थियो । निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, नेपाली कांग्रेसको तर्फदेखि राजमान बुढा, नेकपा एमालेको तर्फदेखि भुमिराज घर्ति, नेकपा माओबादी केन्द्रको तर्फदेखि भरत पुन, राष्ट्रिय जनमोर्चाको तर्फदेखि थम्मन घर्ति, त्यस्तै सहभागि नागरिकबाट कृष्ण शाही, रमेश कुवंर,धुर्व पौडेल, शेर बहादुर घर्ति, यमकान्त पौडेल, जनक छन्त्याल, भानसिंह बुढामगर, झम बहादुर कुवंर, भविन्द्र कुवंर, रुद्ध्र प्रसाद पौडेल, लगाएतले आफनो सुझाव मौखिम रुपमा प्रस्तुत गरेका छन । पालिकाले लिखित मौखिक, सामाजिक सञ्जाल फेशबुक, इमेल र पत्रमार्फत पनी सुझाव पेश गर्न आग्रह गरेको हो ।
गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्दको स्वागत रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै नागरिक, राजनैतिक दल, बौद्धिक वर्गबाट आएका सुझाव महत्वपूर्ण रहेको बताउँदै स्थानिय सरकार सञ्चालन ऐनको परिधी भित्र रहेर निती कार्यक्रममा समावेश गरिने बताउनु भयो । पालिकालाई अगाडी बढाउन सबैको जिम्मेवारी र अपनत्व रहेका कारण सेवा प्रवाहका सन्दर्भमा कहिँ कतैबाट त्रुटि भएको खण्डमा प्रत्यक्ष सुझाव दिन समेत अपिल गर्नुभयो । बजेट संघ र प्रदेशबाट घट्दो क्रममा रहनु, जनअपेक्षा बढि हुने गरेका कारण पनी अपेक्षाकृत विकास र समृद्धि हासिल गर्न नसकिएको बताउँदै योजना र निती कार्यक्रम ल्याउँदै गर्दा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भयो ।


गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै पालिकालाई सफल र समृद्ध बनाउन नागरिक, जनप्रतिनिधी , कर्मचारी, राजनैतिक दल सबैको उत्तिकै भुमिका रहने बताउँदै प्रत्यक्ष रुपमा दिइने सुझाव सल्लाहले कार्यसम्पादनमा थप परिमार्जन र सुधार हुने बताउँदै निसीखोला गाउँपालिकाको विकास र समृद्धि सबैका निम्ती आवस्यक रहेको बताउँदै अनावस्यक टिका टिप्पणी भन्दापनी रचनात्मक सुझाव र सम्मोन्यले सार्थकता दिने बताउनु भयो । विगतमा भौतिक पुर्वाधारमा जोड दिइएको मा यसवर्षको कार्यक्रममा आर्थिक र सामाजिक विकासलाई जोड दिइने गरि कार्यक्रम अगाडी सारिने बताउनु भयो ।
त्यस्तै गाउँपालिकाको डिजिटल भिलेज प्रोफाईल तयार भएको, आवधिक, मध्यम योजना, कृषि क्षेत्रको विकास, लैगिँक विकास र रणनिती, सडक गुरु योजना भू–उपयोग निती कार्यक्रम लगाएतका कार्यक्रमहरु ऋगाडी बढिसकेको बताउँदै जनस्तरबाट आएका सुझवालाई समेट्दै पालिका अगाडी बढ्ने बताउनु भयो । कार्यक्रम योजना शाखा अधिकृत पुरुसोत्म गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

निसीखोलाको बोहरागाउँ धाराखर्कमा जात व्यवस्था विरुद्ध जनचेतनामूलक कार्यक्रम

0

लोकेन्द्र निरासी, बुर्तिबाङ ।

बागलुङ जिल्लाको निसीखोला धाराखर्कमा शनिबार जातीय भेदभाव तथा जात व्यवस्था विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । निसीखोला गाउँपालिकाको समन्वय र निसीखोला दलित संजाल वडा नं ३ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं २ का वडाअध्यक्ष कुबिर वि।क।को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि वि।क।ले कार्यक्रममा बोल्दै जातीय विभेदको अन्त्य नगरेसम्म समाजमा न्याय र समानता कायम हुन नसक्ने बताउनु भयो । उहाँले सबै मिलेर छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्नुपर्ने बताउनु भएको थियो ।

उहाँले मानिस सबै समान भएकाले सबैले मानवीय व्यवहार गरी एकअर्काको सहअस्तित्वलाई स्वीकार्दै समतामूलक समाज निर्माण गर्नुपर्ने बताउनु भयो । यसको लागि दलित सशक्तिकरण र एकताको समेत आवश्यकता रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवं दलित अधिकारकर्मी लोकेन्द्र सुनार, निसीखोला दलित संजालका अध्यक्ष रोशन विश्वकर्मा, उपाध्यक्ष विनोद विश्वकर्मा,लगायत अनिल विश्वकर्मा, प्रेम नेपाली, दलित महिला सदस्य बेलकुमारी वि।क।, तेजमाया वि।क।, माया सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले छुवाछुत तथा जात व्यवस्था देशकै प्रमुख समस्याको रुपमा रहेको, राज्यले कानुनको उचित कार्यान्वयन गर्न नसकेको, जातीय विभेदबाट दलित समुदाय अपमानित र पीडित बन्न बाध्य भएको, राज्यका हरेक निकायमा दलित समुदायको अत्यन्तै न्युन सहभागिता रहेको, जातीय विभेद र अपराधका घटनाहरु बढ्दै जाँदा राज्यको ध्यान नगएको, बेपत्ता भएका दिलीप वि।क। र अन्तरजातीय विवाहको कारण प्रभात बस्यालले न्याय पाउन नसकेको, अझै पनि जातीय विभेदका घटनाहरु झनझन बढ्दै गएको लगायतका विषयमा बोलेका थिए ।

त्यसैगरी वक्ताहरुले धर्म संस्कार र संस्कृतिमा भएका गलत प्रथाहरुको अन्त्य गर्नुपर्ने, दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्न राज्यका निकायहरु गम्भीर बन्नुपर्ने, शिक्षा र चेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने, सबैमा सम्मानजनक मानवीय व्यवहारको अभिवृद्धि गर्नुपर्ने, छुवाछुत तथा जातीय विभेद गर्नेलाई कडाभन्दा कडा कार्वाही गरिनुपर्ने, दलितहरु शिक्षित र संगठित बन्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।

कार्यक्रममा प्लेकार्ड सहितको नारा जुलुस तथा बाजागाजा सहित र्याली बोहरागाउँदेखि सुरु भई पशुपति आधारभूत विद्यालय धाराखर्क पुगेको थियो । कार्यक्रममा दलित अधिकारकर्मी, बुद्धिजीवी, अगुवा दलित, जनप्रतिनिधि, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रमको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि र दलित आन्दोलनमा योगदान पुराउने दलित जनप्रतिनिधि तथा अगुवा दलितहरुलाई कदरपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

निसीखोला दलित संजाल वडा नं। ३ का अध्यक्ष गोविन्द सुनारको अध्यक्षता रहेको उक्त कार्यक्रममा संजालकी उपाध्यक्ष लक्ष्मी बोहराको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संंचालन दलित अधिकारकर्मी एवं शिक्षक नाकपाल सुनारले गर्नुभएको थियो ।

बुर्तिबाङमा जटिल प्रसुति हुन नसके पछि हेलिकप्टर द्धारा उद्धार

0

विनोद विश्वकर्मा ,बुर्तिबाङ बागलुङ

जिल्लाको निसीखोला गाउँपालिका वडा नं ५ निसीकी एक महिलाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति हुन नसके पछि हेलिकप्टर मार्फत पोखरा लगिएको छ ।


आईतबार साझ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुतिको लागि आएकी १८ वर्षिय सिता सुनार १७ दिन वितिसक्दा समेत व्यथा नलागे पछि व्यथा लगाउने भनेको तर राति आफै व्यथा लागेको र प्रशुतिको समयमा विरामीमा पटक पटक सिजरको समस्या आएको कारण पोखरा पठाईएको बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्रका डा. निरज सुबेदीले जानकारी दिनु भयो ।

“जटिल केश भएका कारण बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया हुन सकेन सिजर यस्ता समस्या भएमा प्रशुति पश््चात आमा र बच्चा दुबैआई आईसियू चाहिन्छ यहाँ आईसियू छैन ” डा. सुबेदीले भन्नु भयो ।

उत्तरगंगा मा.वि.मा बन्न सकेन व्यवस्थापन समितीः दोश्रो पटक विहिबारलाई म्याद सारियो

0

असार ३ गते
जिल्लाको ढोरपाटन नगरपालिका १ स्थित उत्तरगँगा नमुना माध्यमिक विद्यालयमा आइतबार विद्यालय व्यवस्थापन समिती गठन प्रकृया अगाडी बढाइए पनी अभिभावकको न्युन उपश्थितीका कारण व्यवस्थापन समिती गठन हुन नसकेको हो ।

करिब ७ बर्षपछि व्यवस्थापन समिती गठन प्रकृयालाई अगाडी बढाइएपनी कुल अभिभावकको ५१ प्रतिशत सँख्या उपश्थीत हुन नसक्दा अर्को पटकको लागी समिती गठन प्रकृया सार्नु परेको विद्यालय व्यवस्थापन सहयोग समिती सम्योजक एवंम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।

विद्यालयमा कुल ९ सय ३६ अभिभावक मध्ये आइतबार जम्मा २०४ जनाको उपश्थिती रहेको थियो । कुल सँख्याको ५१ प्रतिशत पु¥याउँदा ४ सय ७८ हुनुपर्नेमा उक्त सँख्या नपुगेसंगै अव दोश्रो चरणलाई अगाडी बढाइएको वडा नं. १ अध्यक्ष एवंम विद्यालय व्यवस्थापन समिती गठन सहजिकरण समिती सदस्य वान बहादुर छन्त्यालले बताउनु भयो ।
दोश्रो चरणमा कुल अभिभावक सँख्याको ३५ प्रतिशत अभिभावक उपश्थित भएको खण्डमा समितीले पूर्णतापाउने छ यदि दोश्रो पटक पनी आवस्यकता अनुसार अभिभावकको उपश्थिती नभएमा कुल उपश्थितीको आधारमा तेश्रो पटक समिती गठन हुने व्यवस्था रहेको विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलले बताउनु भयो ।

समितीको बैठक अनुसार आगामी विहिबार असार ७ गतेका लागी समय निर्धारण गरिएको हो । विद्यालय व्यवस्थापन सहयोग समितीमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा र प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल गरी ४ सदस्य समिती बनाइएको हो ।

लामो समय सम्म व्यवस्थापन समिती बन्न नसकेको उक्त विद्यालयमा यहाँ स्थित कृयाशिल दलहरुले गत बैसाख महिनामा निर्णय गर्दे आफुहरुले सम्मोन्य गर्ने निर्णय समेत गरेका थिए ।

बुर्तिबाङमा टोल विकास संस्थाका पधादिकारी र लक्षित वर्गका विचमा सचेतना मुलक कार्यक्रम

0

असार २
ढोरपाटन नगरपालिका १ को आयोजनामा शनिवार बुर्तिबाङमा टोल विकास संस्थाका पधादिकारी र लक्षित वर्गका विचमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा टोल विकास संस्थाको संस्थागत सुद्धिधिकरणका लागी क्षमता विकास तालिम,वडा स्तरिय टोल सम्मोन्य समितीको गठन र लक्षित वर्ग स्वरोजगारका लागी व्यवसाय दर्ता प्रकृया, नविकरण, स्थानीय स्तरमा सम्भावित लघु उद्यम क्षेत्र लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष वान बहादुर छन्त्याल सम्योजक रहेको ९ सदस्य टोल सम्मोन्य समितीको गठन गरिएको हो ।
समिती पधादिकारीमा ४ जना वडा सदस्य, टोल विकास संस्थाका ३ जना पधादिकारी वडा सचिव रहने गरि ९ सदस्य समितीको गठन गरिएको हो । कार्यक्रम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता, ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल, टोल विकास संस्थाका अध्यक्षको तर्फदेखि धनबहादुर कुवंर, सचिवको तर्फदेखि हिरालाल खनाल लगाएतको आतिथ्यता एवं मन्तव्य रहेको थियो ।
कार्यक्रम वडा सचिव देवेन्द्र वस्यालले सञ्चालन गर्नुभएको हो ।

बागलुङकै दुर्गम निशेल ढोरमा स्वास्थ्य सेवाको पहुँच

0

छविलाल पाण्डे असार २
बागलुङकै दुर्गम मानिने निशेल ढोरमा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । निसीखोला गाउँपालिकाद्धारा शुक्रबार एक कार्यक्रमको अयोजना गर्दाे स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले बताउनु भयो ।
निशेलढोरमा निसीखोला गाउँपालिका ५ का १५० बढि नागरिक रैथाने र अन्य २०० नागरिक खेती पाति र बर्षातको समयमा वस्दै आएका छन । सामान्य विरामी पर्दा समेत ढोरपाटन वा निसी पुग्नुपर्ने वाध्यतालाई अन्त्य गर्नका निम्ती निशेल ढोरमै स्वास्थ्य सेवाको विस्तार गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको भनाई छ ।


निशेलढोर स्वास्थ्य इकाईमा १ जना अनमी र १ जना कार्यालय सहयोगी गरि दुई जना कर्मचारी व्यवस्थापन गरेर पालिकाले निः शुल्क रुपमा पाइने औषधी तथा उपकरण समेत उपलब्ध गराएसंगै शुक्रबार देखि सेवा प्रारम्भ भएको हो ।

गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति मगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप चन्द, वडा नं. ५ का अध्यक्ष हर्कमान घर्ति मगर, वडा नंं. २ का अध्यक्ष कुविर विश्वकर्मा , कर्मचारी, जनप्रतिनिधी लगाएतको उपश्थिती रहेको थियो ।

इमेज शहकारी बुर्तिबाङमा लगाइएको शिल तोडेर अनुसन्धान सुरु

0

छविलाल पाण्डे
बचत कर्ताको करोडौँ रकम हिनामिना पारेर जेठ ५ गतेदेखि फरार रहेका ढोरपाटन नगरपालिका मेयर तथा इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको १ महिना बित्नै लाग्दा समेत सम्पर्कमा छैनन् ।
यता वचतकर्ता भने आफुहरुले वचतमा राखिएको रकम प्राप्त हुने आसले विभिन्न निकाय धाईरहेका देखिन्छन । बागलुङको बागलुङ बजार, गल्कोटको हटिया र ढोरपाटनको बुर्तिबाङ र पोखरामा गरि ४ स्थानमा शाखा सहित सेवा प्रवाह गर्दै आइरहेको इमेज सहकारी एकाएक बन्द भएपछि वचत कर्ता मारमा परेका हुन । चार शाखाबाट दुइ अर्व बढि रकम हिनामिना फारेर फरार मेयर नेपालीको सहकारीमा राखिएको कागजात तथा कम्प्युटरमा रहेको फाईलको अध्यन अनुसन्धान गर्न सुरु भएको हो ।

करिव ८ सय बचत कर्ताको प्रशासनमा उजुरी परेसंगै समितीमा रहेका सञ्चालक समिती प्रकाउ तथा सबै शाखामा भइरहेको कारोकारको गतिविधी पत्ता लगाउने गरि प्रकृया अगाडी बढाइएको सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्लेले ढोरपाटन टाइम्सलाई बताउनु भयो ।

शनिबार बुर्तिबाङ स्थित सहकारीको कार्यालयमा लगाइएको शिल तोड्दैै सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत दिपक बाबु केसी , इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्मा, वडा नं. १ का सदस्य गोपाल महत, पिडित बचतकर्ताको तपर्फदेखि संघर्ष समितीका अध्यक्ष यम बहादुर कुवंर लगाएतको रोहबरमा शिल तोडेर कार्यालयमा रहेका सम्पूर्ण कागजात तथा कम्युटर नियन्त्रण गरि आवश्यक अध्ययन सुरु गरेको हो ।

कार्यालयमा रहेको सुन जस्तो देखिने २१ तेला पहेँलो वस्तु र केही थान बचत कर्ताको पासवुक समेत समेत नियन्त्रमा लिइएको छ । सहकारीमा २१ तोला सुन कर्जामा लगाइएको देखिएको छ । बुर्तिबाङ शाखामा मात्रै १२ करोड बचत रकम रहेको पाइएको हो । हालसम्म १ सय १० जना वचत कर्ताले उजुरी दर्ता गराई सकेको र गर्दा गर्ने क्रम जारी रहेको संघर्ष समितीका अध्यक्ष यम बहादुर कुवंरले बताउनु भयो ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबिको निर्देशनमा जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक मदन केसीको नेतृत्वमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिपक बाबु केसी लगाएतको टोलिले जाहेरी संकलन गरि अनुसन्धान गरिरहेको छ ।

बचतकर्ताहरुको कागजातहरु सुरक्षित होस र अनुसन्धानमा सहयोग पुगोस भनि इमेज सहकारीको बागलुङ बजार कार्यालयसहित गलकोट हटिया र बुर्तिबाङ बजारमा रहेको कार्यालयहरुमा पनि सिल गरिएको थियो ।
शिल गरिएका इमेज सहकारीको कार्यालय कार्यालय खोलेर कागजात लिई अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनु भयो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका देवकुमार नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएका थिए । हालसम्म सञ्चालक समितीका सदस्य चित्र बहादुर भण्डारी र कर्मचारी लालमती रोकालाई प्रह्रीले प्रकाउ गरि अनुसन्धान प्रकृया अगाडी बढाको छ । त्यस्तै शुक्रबार बुर्तिबाङमा राखिएको मेयर नेपालीको बा १४ च ९१०६ नंम्बरको इसकोरपिओ गाडीलाई बुर्तिबाङ बजारका निर्माण व्यवसायी दिपक अदैको ग्यारेजबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्स्पेक्टर राजेश शर्माले जानकारी दिनु भयो ।

इमेज सहकारीका सञ्चालक भण्डारी र कर्मचारी रोका पक्राउ

0

बागलुङ ः इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बचतकर्ताहरुको अरबौं रकम ठगेर फरार रहेका भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । साथै शुक्रबार इमेज सहकारीका कर्मचारी लालमती रोकालाई प्रहरीले ताराखोलाबाट पक्राउ गरेको छ ।
कर्मचारी रोकालाई पनि आजै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ ।
भण्डारीलाई बुर्तिबाङ बजारबाट र रोकालाई ताराखोलाबाट पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको र अरु सञ्चालकहरुको खोजी भइरहको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले  जानकारी दिनु भयो ।
इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीले सहकारीको अरबौं रकम हिनामिना गरि सपरिवार जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए भने अरु सञ्चालकहरु पनि सम्पर्कविहिन भएका थिए ।

ढोरपाटन ८ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ३३ नागरिकले लिए सुविधा

0

जेठ ३२
ढोरपाटन नगरपालिका ८ सेराबाङमा विहिबार सञ्चालन भएको एक दिने निशुल्क हाडजोर्नी, नशा, मेरुडण्ड तथा अपाङ्गता सम्वन्धी नि शुल्क शिविर सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना तथा आइ एन एफ नेपाल हरियोखर्क अस्पत्ताल पोखराको आर्थिक तथा प्राविधिक व्यवस्थापनमा सम्पन्न शिविरमा स्थानीय ३ सय ३३ जना नागरिकले निशुल्क सेवा लिएका हुन ।
सिविरमा हार्डजोर्नी, नशा , मेरुडण्ड र अपांगता भएका व्याक्तिको सहभागिता रहेको थियो । सहभागि विरामी मध्ये
स्वास्थ्य चेकजाँच सहित आवस्यक, औषधी उपलब्ध गराइनुका साथै विभिन्न सहयोगी उपकरण निशुल्क रुपमा उपलब्ध गराउनुका साथै स्वास्थ्य कर्मीद्धारा परामर्स दिइएको थियो । दुर्गम गाउँमा निः शुल्क सिविर सञ्चालन भएसंगै स्थानीय विरामी नागरिक खुसि भएका हुन । गाउमै सहज र नि ः शुल्क सेवा दिन सकिएको मा नागरिको सहजता सँगै खुसियाली देखियो आगामी दिनमा समेत यस्ता कार्यक्रम गाउँ वस्तिमा गर्न सकेको खण्डमा आर्थिक अवस्था कमजोर रहेका र रोग लुकाएर बसेका नागरिकले सहज सुविधा प्राप्त गर्ने वडा नंं ६ का अध्यक्ष उमेश बुढा मगरले बताउनु भयो ।