जिल्लाको तमानखोला गाउँपालिकामा लागु औषध र्दुव्यसनि तथा लागु पदार्थ विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
तमानखोला गउँपालिकाको आयोजना तथा बागलुङ सुधार केन्द्र सहजिकरणमा सञ्चालित कार्यक्रममा तमानखोला गाँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । आयोजित कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि छन्त्यालले बालबालिकालाई जन्मदिने आमा र शिक्षा दिने गुरुले कहिले पनि नराम्रो नसिकाउने भएकाले भनेका र सिकाएका कुरालाई अनुसरण गर्दै अगाडी बढ्न सके लागु औषध दुरुपायोगमा बालबालिका लाग्न नसकिने बताउनु भयो ।

कार्यक्रमको अवसरमा तमानखोलाका ३ वटा माध्यामिक विद्यालय, जनजागृति माध्यामिक विद्यालय बोंगादोभान,धनगौ ज्योजि माध्यामिक विद्यालय तमान,र शान्ति माध्यामिक विद्यालय खुंखानीका ९ देखी १२ कक्षा सम्मका विद्यार्थी तथा विभिन्न क्लव तथा संघ संस्थाका प्रति सहित करिव २५० जना सहभागितामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमको आवसरमा विशेष किशोर अवस्थामा बढी कुलतमा फस्ने भन्दै किसोर अवस्था लक्षित गरेर कार्यक्रम गरिएको तमानखोला गाउँपालिका कर्मचारी मुना विश्वकर्माले जानकारी दिनु भयो ।
दुव्यसनिमा फसे पछि भोग्नु पर्ने अवस्था ,लागु औषधले पार्ने असर र लागु औषध तथा दुव्यसनिको प्रयोग बाट कसरी बच्न सकिन्छ भन्ने विषयमा बागलुङ सुधार केन्द्रका मञ्जेश राना (कुमार),दुव्यससनि सन्तोष गुरुङ,ईलाका प्रहरी कार्यलय बुर्तिबाङका असई विनोद थापा बोगांदोभान प्रहरी चौकी ईन्चार्ज ईश्वरलाल दुलाल लगाएतले प्रशिक्षण दिनु भएको थियो ।
आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ईश्वरलाल शाक्य,विभिन्न संघ सस्थाका प्रतिनिधि विद्याथी लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रम तमानखोला गाउँपालिका कार्यपालिका सदस्य, युवा तथा खेलकुद संयोजक हिक्मत जक्क्तपुरीको अध्यक्षता, कर्मचारी मुना विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुवंरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका अवसरमा वन, जलास्रोत संस्कृति, प्रर्यटन र कृषि सभ्य , समुन्नत सुखि र समृद्धि निसी भन्ने नाराका साथ कृर्षि प्रर्यटन, रोजागरी र पूर्वाधार विकासलाई गाउँपालिकाले यस आर्थिक बर्षको निती कार्यक्रममा प्राथमिकता दिएको हो । गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिद्धारा प्रस्तुत निती कार्यक्रममा कृषि क्षेत्रको सम्भवना र अवसरको खोजी गर्ने, रैथाने बाली सम्रक्षण गर्दे प्रर्वधन गर्ने, कृर्षि सुचना, कृषि अनुदान, कृषक सम्मान देखि बजारीकरणको व्यवस्थापनमा सहयोग गर्ने निती कार्यक्रममा प्रस्तुत गरिएको हो । त्यस्तै भाँगो खेतिलाई व्यवस्थि तगर्न पहल गर्ने, मासुमा आत्म निर्भर बनाउने, सबै विद्यायमा मातृभाषाको पठन पाठनलाई समेत जोड दिने, विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रममा समावेश गराउन प्रदेश र संघ सरकार समक्ष पहल गर्ने, लैँगिक समानतामा ध्यान दिने लगाएतका कार्यक्रम संगै युवा रोजगार खेलकुद, प्रर्यटन प्रर्वधन, पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, उद्यम विकास उत्पादनमा प्राथमिकता लगाएतका विषयलाई गाउँपालिकाले प्राथमिकता दिँदै निती कार्यक्रम प्रस्ततु गरेको हो .






