ऋसार ६ गते
ढोरपाटन बाढि पिडितको लागी आएको राहातका सन्दर्भमा परेको उजुरी उपर ढोरपाटन नगरपालिकाको न्यायिक समितीको आयोजनामा यहाँस्थित राजनैतिक दल, राहात वितरक तथा खाता सञ्चालक पुर्व उपमेयर कर्मती पुन , कर्मचारी लगाएतको विचमा छलफल सम्पन्न भएका छ ।
२०७७ सालमा भुजिखोलामा आएको बाढिका कारण ढोरपाटन नगरपालिका ७,८ र ९ नम्वर वडाका धेरै नागरिकले ज्यान गुमाएका तथा घरबास विहिन बनेका परिवारलाई उपलब्ध गराउने गरि एकद्धार प्रणाली मार्फत स्वदेश तथा विदेशबाट ढोरपाटन नगरपालिकामा विभिन्न निकायबाट आएको राहातको विभिन्न व्याक्ति तथा निकायबाट आय –व्याय सार्वजनिक गरिनुपर्ने भन्दै नगरपालिकाको न्यायिक समितीमा उजुरी परेको थियो ।
२०८० बैसाख महिनामा आएको उजुरी उपर हालसम्म पनी ठोस निस्कर्ष निकाल्न नसक्दा विभिन्न संका उपसंका भएको भन्दै न्यायिक समितीले बुधबार थप छलफलका लागी बैठक आब्ह्वान गर्दे राजनैतिक दलबाट राय संकलन गर्नुका साथै अझैपनी एकद्धार प्रणालीमा आएको राहात रकम हस्तान्त्रणको विल भरपाई उपलब्ध गराउन पुर्व उपमेयर कर्मती पुन र कर्मचारी चण्डी प्रसाद पौडेललाई आग्रह सहित सुझाव दिइएको हो ।
एकद्धार प्रणालीमा आएको राहातको तत्तकाल आय व्याय सार्वजनिक गर्ने भनिएपनी मेयर देव कुमार नेपालीको दवाबका कारण रोकिएको बताउँदै हाल यस्तो अवस्था सृजना भएको भन्दै आफुले राखेका काजगात , विल भरपाई तत्काल नगरपालिकामा उपलब्ध गराउने र बाढि पिडित संग पुगेर आम्दानी खर्च आफुले प्रस्तुत गर्ने पुर्व उपमेयर कर्मती पुनको भनाई छ । उहाँले थप वोल्दै विभिन्न दाताहरुबाट आएको रकम आफुले स्पष्ट रुपमा पिडितको माझमा आर्थिक संगै भौतिक सामाग्रि खरिद गरेर उपलब्ध गराएको बताउँदै खाता सञ्चालन गरेकै आधारमा आफुलाई आर्थिक हिनाविनामा संका नगर्न आग्रह समेत गर्नुभयो ।
दलका प्रतिनिधीले समेत एकद्धारा प्रणालीको खाता सञ्चालक पुर्व उपमेयर र कर्मचारीको आर्थिक अनियमिततामा कमजोरी नभएको भएपनी दुई बर्षसम्म पनी आयव्याय सार्वजनिक गर्न नसक्नु र हालसम्म विल भरपाई पालिकामा नहुनु कमजोरी देखिएको बताउँदै विधि र पद्धती अनुसार नगरपालिकामा विल भरपाई उपलब्ध गराएर मार्ग प्रसस्त गर्न आग्रह गर्दे विल भरपाई उपलब्ध भएपछि न्यायिक समितीले थप प्रकृया अगाडी बढाउँदा उचित हुने राय सुझाब व्यक्त गरेका छन ।
न्यायिक समितीका सम्योजक तथा कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै नागरिक तथा विभिन्न निकायबाट आएको गुनासो र पत्रका आधारमा न्यायिक समितिले आफनो जिम्मेवारी सहित आम्दानी खर्च सहितको विल भरपाई माग गरिएको तर ढिलाई भइरहेका कारण राजनैतिक दलसंग सुझाव माग गरेर अगाडी बढ्ने उदेश्य स्वरुप बैठक आब्ह्वान गरिएको बताउँदै पुर्व उपमेयरबाट विल भरपाई उपलब्ध भएमा मात्र न्यायिक समितीले थप प्रकृया अगाडी बढाउने बताउनु भयो ।
आयोजित कार्यक्रममा न्याियक समिती सम्योजक धन बहादुर कायत, सदस्य गोपाल महत, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ, नेकपा एमालेबाट टंक प्रसाद पौडेल, नेकपा माओबादी केन्द्रबाट भिम बहादुर गौतम, राजमो बाट दिपक थापा, नेकपाबाट हरि बहादुर कुवंर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमर लोप्चन, एकद्धार प्रणालीमा खाता सञ्चालक पुर्व उपमेयर कर्मती पुन, कर्मचारी चण्डी प्रसाद पौडेल कर्मचारी, जनप्रतिनिधी लगाएतको उपश्थिती एवं मन्तव्य रहेको थियो ।