Home Blog Page 123

बाग्लुङका ७७ वटा खानेपानीकाे मुहानमा भेटियाे दिसामा पाइने ‘कोलीफर्म’

0
  असार २३, २०८० शनिबार  रासस

बाग्लुङका ७७ वटा मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ भेटिएकाे छ । जिल्लाका १० पालिकाबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको हाे ।

हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताउनुभयो । उहाँका अनुसार निसीखोलामा मात्रै सात ठाउँका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षमा दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मूल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यले बताउनु भयाे । ‘निसीखोला–६ मा अधिकांश विद्यार्थीमा झाडापखला र टाइफाइड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थी बिरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परीक्षण गर्दा कोलीफर्म भेटिएको थियो’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परीक्षण गर्ने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलीफर्मको मात्रा देखिएको छ ।’

आचार्यका अनुसार बाग्लुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलीफर्म फेला परेको छ । यहाँका करिब ६० हजार नागरिकले पानी उपभोग गर्दै आएका छन् ।

जिल्लाका नागरिकले उपभोग गर्दै आएको खानेपानीको अवस्थाका विषयमा जिल्लामा रहेकाे स्वास्थ्य कार्यालयले बर्सेनि परीक्षण गर्दै आएको कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । परीक्षणका क्रममा पानी तथा मुहान दूषित देखिए उपभोक्तालाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो ।

कोलीफर्म देखिएका खानेपानीको मुहानमा सरसफाइ गरी किटनाशक औषधि प्रयोग गरेर मात्रै वितरण गरिने प्रमुख शर्माले बताउनुभयो । एकपटक गरिएको परीक्षण र सरसफाइले मात्रै समस्या समाधान नहुने भन्दै उहाँले खानेपानी उपभोक्ता समिति बढी जिम्मेवार हुन आवश्यक रहेको जनाउनुभयो ।

‘कोलीफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने गर्दछ, जिल्लाको केही गाउँ र विद्यालयमा रोगको सङ्क्रमण चालु आर्थिक वर्षमा नै आइसक्यो’, प्रमुख शर्माले भन्नुभयो, ‘कोलीफर्म भएको पानीले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ, हिउँदका समयमा भन्दा बर्खायाममा कोलीफर्म बढी भेटिन्छ ।’ उहाँका अनुसार वर्षाका कारण बगेर आएको पानीले जमिन तथा पानीको स्रोतमा रहेको फोहरलाई मिसाउँछ र पानी दूषित हुन्छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख शर्माको भनाइ छ । कोलीफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने अवस्था आउनसक्ने भन्दै यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य पद्दतिद्वारा शुद्ध बनाएर पिउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

कोलीफर्म फेला परेका खानेपानी मुहानका उपभोक्ता समितिलाई कोलीफर्म निमूल पार्न स्वास्थ्य कार्यालयले सचेत बनाइरहेको भन्दै मुहान सरसफाइ गराउन तथा पाइपलाइन मर्मत गर्न उपभोक्ता समितिलाई ताकेता गरिएको कार्यालयले जनाएको छ ।

निसीखोलामा सहकारी कर्मीका नम्ति क्षमता विकास तालिम : जिम्मेवार भएर काम गर्न सुझाव

0

निसीखोला, असार २१
जिल्लाको निसीखोला गाउँपालिकामा गत मँगलबार देखि सुरु भएको सहकारी सँस्थाका पदाधिकारी र कर्मचारीहरुको लागी क्षमता विकास सम्वन्धि तालिम बिहिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको तालिममा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कृन) का केन्द्रिय सदस्य तथा सिवाईसी बचत तथा ऋण सहकारीका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद सर्माले तालिममा प्रशिक्षण दिनुभएको हो ।
आयोजित समापन सत्रको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै  केही सहकारीमा पछिल्लो समय देखिएको विकृती र बेतिथीले गर्दा सिँगो सहकारी क्षेत्रलाई असर गरिरहेको बताउँदै सहकारी सञ्चालकहरु थप जिम्मेवार र सेयर सदस्य प्रति गम्भिर भएर अगाडी बढ्न सुझाव दिनुभयो ।
निती , विधी र पद्धतीलाई ध्यानमा राखेर सहकारी ऐन र नियम अनुसार चल्न सञ्चालकहरुलाई आग्रह गर्दे सहकारीले ऋण र वचतको मात्र कारोवार नगरी समाज रुपान्त्रण, आर्थिक उर्पाजन मुलक कार्यमा समेत ध्यान दिन आग्रह गर्दे पालिकाले सहकारीको विकास र समृद्धिमा हातेमालो गर्ने बताउनु भयो ।

कार्यक्रममा उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै सँघियता सँगै ३ तहको सरकार कायम रहँदै गर्दा स्थानीय सरकारको आफनै भुमिका र जिम्मेवारी रहँदै गर्दा सहकारी सँस्थाहरु मनपरि रुपले चल्ने प्रवृर्तिलाई अन्त्य गर्दे पालिकामा दर्ता भई विधी र सिस्टममा चल्न सुझाव दिँदै नाफा मुखि मात्र नभई सहकारीको मर्म र सिद्धान्त अनुसार चल्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका प्रशिक्षक समेत रहनुभएका चण्डीप्रसाद सर्माले आफनो मन्तव्य व्यक्त गर्दे निसीखोला गाउँपालिको सञ्चालन गरेको सहकारी व्यवस्थापन र सञ्चालक तथा कर्मचारीका निम्ती दिईने यस्ता तालिम तथा सिकाईले सहकारीको दिगो विकास र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
सहकारी सञ्चालन गर्न अध्ययन, निती कानुनी प्रकृयाको विषयमा समेत सञ्चालकहरु चनाखो हुनुपर्ने बताउँदै सेयर सदस्यलाई समेत जिम्मेवार बनाएर अगाडी बढ्न सकेमा मात्र सहकारीले लक्ष्य हासिल गर्ने र गरिवी, अशिक्षा, वेरोजगारीको अन्त्य गर्ने बताउनु भयो ।

कार्यक्रमका अवसरमा गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द, सहभागिको तर्फदेखि मिलन हमाल, हुमकला रामजालीले बोल्दै गाउँपालिकाले सञ्चालन गरेको तालिमले आफुहरुलाई सहकारी व्यवस्थापन र सहकारीको वास्तविक मर्म थाहा भएको बताउँदै सहकारीलाई सुधार गर्न थप सक्रिय पुर्वक लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
समय समयमा यस्ता तालिमको आवस्यकता पर्ने हुँदा आगामी दिनमा समेत पालिकाले क्षमता विकास तालिम राख्न सहभागिले सुझाव दिएका छन । तालिममा विभिन्न १३ सहकारी सँस्थाका अध्यक्ष, सचिव, प्रवन्धक गरि ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सहकारी विभाग प्रमुख डिलाराम बाठाले सञ्चालन गर्नुभएको हो ।

तमानखोलाका ९० प्रतिशत नागरिक खानेपानीको सहज पहुँचमा

0

छविलाल पाण्डे असार २०
बागलुङको तमानखोला गाउँपालिकामा ९० प्रतिशत नागरिक सहज खानेपानीको पहुँचमा पुगेका छन । कुल दुई हजार ६ सय ११ घरधुरी रहेको गाउँपालिकामा दुई हजार ३ सय बढि घरधुरीमा खानेपानी पहुँच सहज रुपमा पुगेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
नेपाल स्वास्थ्यका लागी पानी (नेवा ) र गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा स्थानीय उपभोक्ताको सक्रियतामा घरघरमा खानोपनीको पहुँच पुगेको हो ।
यस आर्थिक बर्षमा मात्रै १९२ घरमा खानेपानी व्यवस्थापन सहित घरघरमा धारा निर्माण गरिएको छ । वडा नं. १ को सेन्ना गाउँमा ३३, वडा नं. ५ थास्पुरीमा ८५ र वडा नं. २ तेले गाउँमा ७४ धारा निर्माण सम्पन्न भएसंगै अध्यक्ष जोकलाल बुढा सहित जनप्रतिनिधी, स्थानीय बासि, कर्मचारीको उपश्थितीमा खानोपानी उद्धघाटन गरिएको हो ।
नेवा सँस्थाले विगत लामो समय देखि खानेपानीको क्षेत्रमा तमानखोला गाउँपालिकामा काम गर्दे आइरहेको हो । लाम्मेला सहित अझैपनी केहि वस्तिमा खानेपानीको समस्या छ खानेपानी समस्या रहेको टोल वस्तिमा आर्थिक बर्ष २०८०÷०८१ मा काम सक्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाको भनाई छ ।
२०७६ सालदेखि तमानखोला गाउँपालिकामा खानेपानीको क्षेत्रमा काम गर्दे नेवा सँस्थाद्धारा पालिका संगको सम्मोन्यमा विभिन्न योजना सम्पन्न गरेको हो ।


यस अािर्थक बर्षका लागी ३ वटा योजना माग आएको छ अन्य ठाउँमा खानेपानी पहुँच पुगिसकेका कारण माग आएका योजनालाई सर्वे गरेर कार्यक्रम अगाडी बढाउने नेपाल स्वास्थ्यका लागी पानी (नेवा ) का योजना अनुगमन तथा मूल्याँकन अधिकृत विनोद कोइरालाले बताउनु भयो । २०७६ देखि हालसम्म नेवा सँस्थाले मात्रै ५ करोड ५४ लाख १७ हजार १२६ रुपैयाँ लगानी गरिसकेको छ । नेवा र गाउँपालिकाको साझेदारितामा ४ बर्षमा मात्रै १ हजार १ सय ९ घरघुरीका ६ हजार ८ सय ३४ नागरिक र १७ विद्यालयमा खानेपानीको पहुँच पुगेको हो । सो अवधि भन्दा पलिे समेत केही वस्तिमा खानेपानी पहुँच पुगेको थियो ।
यस आर्थिक बर्षमा खुँखानी दोश्रो , भुजेलथर कोदोखेत र थास्बाङ, पातिचौर भिकोस वस्तिमा खानेपानी पु¥याउने लक्ष्य रहेको कोइरालाको भनाई छ । विगतमा घर जोडिएको अवस्थामा दुई घरलाई पुग्ने गरि एक धारा निर्माण गरिएपनी पछिल्ला बर्षमा प्रत्यक घरमा धारा निर्माण गरिएको हो ।

वचतकर्ताको रकम फिर्ता नगरी बोहरागाउँ कृषि सहकारी बन्द 

0

विनोद विश्वकर्मा,निसीखोला,बागलुङ

जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ झिवाखोलामा रहेको बोहरागाउँ कृषि सहकारी संस्था लिमिटेडले वचतकर्ताको रकम नै फिर्ता नगरी बन्द भएको भन्डै एक बर्ष पुग्नै लागेको छ ।

सहकारीका शेयर सदस्यको शेयर रकम त परको कुरा दैनिक रुपमा वचत गरेका वचतकर्ताको रकम समेत फिर्ता नगरी सहकारी बन्द भएको होे । सहकारीका प्रवन्धक तथा बजार व्यावस्थापकको रुपका काम गदै आएकी मिना हमालले सहकारी सञ्चालक समितिलाई राजिनामा दिएर काम छोडेको समय देखी नै सहकारी बन्द अवस्थामा रहेको छ ।

सहकारीका शेयर सदस्यले पटक पटक सहकारीको अवस्थाको विषयमा सञ्चालक समितिलाई जानकारी गराउदा समेत समिति मौन रहेको सेयर सदस्य निर्मया सापकोटाले बताईन् ।
“हामिले बैठक राख्नको लागि वडा अध्यक्ष ज्यूलाई पनि पटक पटक भनेका छौ तर खै किन हो अहिले सम्म बस्न सकेको छैन शेयर सदस्यको रकम त भवन निर्माणमा लगाए पनि प्रक्रियाले पाउलान तर शेयर सदस्य नभए पनि दैनिक रुपमा बचत गरेका बचत कर्ताको रकम फिर्ता गरि दिए हुने हो ” वचतकर्ता डिलाराम सापकोटाले भने ।

“सहकारीमा मेरो र वावाको नै शेयर छ अहिले निकै लामो समय भयो कही कसैले पनि चासो दिएका छैनन् दैनिक रुपमा कपाल काट्दै सय पचास गरेर जम्मा गरेको रकम समेत कति छ केछ भन्ने केही पत्तो छैन, मैले सहकारीमा ऋण लिएको थिए कति बाकी छ या छैन ” बोहरागाउँ हेयर कटिङका सञ्चालक करण वि.कले भने ।

विं सं २०७२ सालमा साविक बोहरागाउँ गा वि स क्षेत्रका कृषकलाई लक्षित गरी कृषि क्षेत्रमा सहजता प्रदान गर्ने भन्दै ५१ जना शेयर सदस्य द्धारा करिव ३ लाख बराबरको शेयर पुजीँ बाट नवराज आचार्य अध्यक्ष रहेको सञ्चाक समिति द्धारा सञ्चालनमा आएको सहकारीले अहिले सम्म अधिवेशन बाट ४ वटा अध्यक्ष फेरी सकेको छ । संस्थापक अध्यक्ष नवराज आचार्य त्यस पछिका रमेश विक्रम शाही,हुमलाल रेग्मी हुदै अहिले निसीखोला गाउँपालिका वडा नं ४ का वडा सदस्य समेत रहेका लिला बहादुर घर्ति अध्यक्ष रहेका छन् । घर्ति अध्यक्ष भएको छोटो समयमा सहकारीले आफ्नै लगानीमा जग्गा खरिद गरेको र जग्गा खरिद संगै गण्डकी प्रदेश सरकारको ७ लाख २० हजार र सहकारीको आफ्नो लगानिमा १९ लाख वराबरको १ तले पक्की भवन निमाण समेत गरेको छ ।


शहकारीका प्रबन्धक मिना हमाले समितिलाई सबै हिसाव बुझाएर राजिनामा दिएको भए पनि अझै राजिनामा स्विकृत नभएको हमालले बताईन । सहकारीको भवन निमार्ण गर्दा सहकारी घाटामा गएर बचत कर्ताको रकम फिर्ता गर्न नसकिएको कारण पनि आफुले समितिलाई राजिनामा बुझाएको हमालको भनाई छ ।

उता सहकारीका सचिव ईन्द्रलाल रेग्मीले सहकारीमा वचत रहेको धेरैको रकम सहकारीको अशुली रकम रहेको तर समिति सक्रिय नभएकोे कारण हिसाव सार्वजनिक गर्न नसकिएको बताए । आफुले पटक पटक बैठक बस्न प्रयत्न गरे पनि समितिका केही पदाधिकारीका कारण बस्न नसकिएको स्विकार गरेका छन् । शेयर सदस्यको रकम १६ लाख को हारहारीमा रहेको तर सहकारीको सम्पति ३६ लाख बराबरको रहेको कारण शेयर सदस्यको लागि समस्या नभएको बताए तर दैनिक बचत कर्तालाई फिर्ता गर्ने रकम झन्डै ७० हजार बराबर रहेको र लगानि उठाउन १ लाख बराबरको रहेको कारण समस्याको समाधान तत्काल गर्ने बताए । हिसाव सबै तयारी रहेको र तत्काल बैठक बसी साधारण सभा समेत गर्ने र सहकारी पुनह सञ्चालनको तयारी रहेको सचिव रेग्मीले जानकारी दिए ।

उता यसै विषयमा सहकारीका अध्यक्ष लिला बहादुर घर्तिलाई पटक पटक सम्पर्क गर्न खोज्दा समेत घर्तिले भने फोन उठाएका छैनन् । सहकारीमा अहिले जम्मा १ सय ४५ जना शेयर सदस्य रहेका छन् ।

निसीखोलामा सहकारी सँस्थाका पदाधिकारी तथा कर्मचारीका निम्ती क्षमता विकास तालिम सुरु

0

असार १९ गते जुग्जाखोला
जिल्लाको निसीखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र आवद्ध रहेका विभिन्न सहकारी सँस्थाका पदाधिकारी तथा कर्मचारीका निम्ती ३ दिने क्षमता विकास सम्बन्धि तालिम मँगलबार देखि गाउँपालिका कार्यालयमा सुरु भएको छ ।
तिन दिन सम्म सञ्चालन हुने तालिममा पालिका अन्र्तगत रहेका विभिन्न ११ सहकारी सँस्थाका ३५ जनाको उपश्थिती रहेको हो ।

गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिको प्रमुख आतिथ्यतामा उद्धघाटन सत्रको कार्यक्रम अगाडी बढाउँदै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी घर्तिले सहकारीको माध्यमबाट समाज रुपान्तरण देखि आर्थिक उर्पाजनमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सकिने बताउँदै नियम संगत र व्यवस्थित तवरले सहकारी सञ्चालन तथा व्यवस्थापन गर्न सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

देशको आर्थिक उन्नयन, रोजगारीको सृजना, गरिवीको अन्त्य गर्न तथा उत्पादन तथा बजारीकरणमा समेत सहकारीको महत्वपूर्ण भुमिका रहेको प्रस्ट पार्नुभयो ।
नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)का संचालक तथा सिवाईसी बचत तथा ऋण सहकारी सँस्थाका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद सर्मा द्धारा सहभागिलाई प्रशिक्षण दिनु भएको छ ।

सहकारीको सिद्धान्त, सहकारीले पालना गर्नुपर्ने भुमिका, सहकारीमा वर्तमान परिवेशमा देखिएको विकृर्ति लगाएका विषयमा प्रकाश पार्दे गरिव, निमुखा वर्ग तथा हुँदा खाने वर्गलाई आर्थिक रुपले अगाडी बढाउन सहकारीको स्थापना र परिकल्पना गरिएको बताउँदै
नागरिकको स्वामित्व रहेको सँस्थालाई थप शसक्त, व्यवस्थित, र मर्यादित रुपले अगाडी बढाएर अगाडी बद्न सके मात्र सहकारी अभियान सफल हुने बताउनु भयो ।

सहकारीलाई कमाई खाने भाँडो बनाएर हिँडेका हरु विचमै असफल भइसकेको बताउँदै सहकारीलाई उदेश्य अनुरुप विधि र पद्धतीमा लैजान सेयर धनी, सञ्चालक समिती, कर्मचारी सबैको भुमिका रहने बताउँदै सहकारीको माध्यमबाट समाजमा देखिएको विकृती र भ्रमलाई चिर्दे अगाडी बद्नुपर्नेमा जोड दिनुभयो ।
आगमी बिहिबार सम्म चल्ने तालिममा सहकारीको अवस्था, भावि रणनिती, सहकारी व्यवस्थापन ,सहकारीका नियम र सिद्धान्त लगाए सहकारी सञ्चालकको अनुभव, रणनिती, व्यवस्थापन र चुनौती लगाएतका विषयमा प्रशिक्षण रहने बताइएको छ ।

ढोरपाटन शिकार आरक्षबाट हतियार बरामद

0
फाइल फोटो

ढोरपाटन शिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुकिछिपी शिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो ।

देशको एकमात्र वैधानिक शिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–शिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिए । एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन् ।

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छालासहित पक्राउ परेका अवैध शिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । जडीबुटी र काठको चोरी–शिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ । जनशक्ति अभावले तीन जिल्लामा फैलिएको आरक्षको सबै क्षेत्रमा सुरक्षा निगरानी गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक शिकार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार कम्पनीबीच प्रतिस्पर्धा गराई शिकारको अनुमति दिने गर्छ । आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत शिकार कम्पनीले शिकार खेलाउँदै आएका छन् ।

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुला हुन्छ । वर्षमा बीस नाउर र एघार झारलको शिकार गरिन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात शिकार ‘ब्लक’ छन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको उक्त आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

कृषिको विकासमा जुट्दै तमानखोला ६: कृषकलाई टनेल र विउपल उपलब्ध गराइयो

0

तमान असार १७
तमानखोला गाउँपालिका वडा नं. ६ ले कृषि क्षेत्रबाट नागरिकलाई आत्मनिर्भर बनाउने उदेश्य सहित कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ ।
बागलुङ जिल्लाकै भौगोलिक र विकासका पूर्वाधारले दुर्गम मानिँदै आएको वडा नं. ६ को नर्जा, पात्ले, भित्रीवन गाउँका कृषकलाई कृषि उपज गाउँमै फलाउने र तरकारी समेत बाहिरबाट ल्याउन नपरोस भन्ने उदेश्य सहित प्रत्यक घरमा टनेल सहित निः शुल्क विउविजन उपलब्ध गराईएको हो ।
वडा कार्यालयको नौँ लाख रुपैयाँ बजेट विनीयोजन गरेर आर्थिक बर्ष २०७९÷०८० को कार्यक्रम अन्र्तगत १६० घरका निम्ती टनेल र विभिन्न ११ प्रकारका तरकारीको विउपल कृषकलाई हस्तान्त्रण गरिएको वडा अध्यक्ष चित्र प्रसाद छन्त्यालले बताउनु भयो ।
गाउँमा हालसम्म खाध्यन्हबाली मकै, गहुँ कोदो उत्पादन गर्ने तर तरकारीको रुपमा आलु बाहेक अन्य उत्पादनमा कृषकको ध्यान नगएका कारण अब हरेक समयमा आफनै बारिमा उत्पादन भएको तरकारी प्रयोग गर्ने र बढि भएको उत्पादन बाहिर बजार क्षेत्रमा निर्यात गर्ने गरि कृषि उत्पादन अभियान अगाडी बढाइएको अध्यक्ष छन्त्यालको भनाई छ ।
कुल २०० घरधुरी रहेको वडा नं. ६ मा कृषि गर्न नचाहाने, जेष्ठ नागरिक बाहेक अन्य नागरिकले वडाले उपलब्ध गराएको टनेल लगेर तरकारी उत्पादनमा जुटेका हुन । टनेल निर्माण भएसंगै यसबर्षदेखि टमाटर, बन्दा, काउली, करेला, सिमी, खुर्सानी लगाएतका तरकारी कृषक आफैले करेसाबारीमा फलाउने भएका हुन । यतिवेला गाउँनै टनेलमय भएको छ वडाले प्लास्टिक टनेल उपलब्ध गराएपछि कृषक आफैले टनेल हाउस निर्माण गरेका हुन । तमानखोला गाउँपालिकाले कृषि क्षेत्रको विकास गर्न सके नागरिक आफै आत्मनिर्भर हुने उदेश्य सहित यसबर्ष कृषि क्षेत्रमा महत्वपूर्ण कार्यक्रम समेत अगाडी बढाएको हो ।

ढोरपाटन सिकार आरक्षबाट हतियार बरामद

0

ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसा लगायत सामग्री बरामद गरिएको हो ।

देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङ स्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द प्रसाद कँडेलले जानकारी दिए । एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन् ।

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छाला सहित पक्राउ परेका अवैध सिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । जडीबुटी र काठको चोरी–सिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ । जनशक्ति अभावले तीन जिल्लामा फैलिएको आरक्षको सबै क्षेत्रमा सुरक्षा निगरानी गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ । आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला हुन्छ । वर्षमा बीस नाउर र एघार झारलको सिकार गरिन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको उक्त आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रासस

निसीखोला ४ मा १ दिने दलित सशक्तिकरण तथा प्रशिक्षण कार्यक्रम

0

विनोद विश्वकर्मा बुर्तिबाङ,बागलुङ

जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ मा १ दिने दलित सशक्तिकरण तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिको रुपमा कार्यक्रममा लाई सम्बोधन गदै अध्यक्ष घर्तिले दलित समुदायको मुद्धामा पालिकाको तर्फबाट गर्न सक्ने कार्यमा आफुले कुनै कसर बाकी नराखी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

थप बोल्दै अध्यक्ष घर्तिले जसलाई चोट पर्छ त्यसलाई नै दुख्ने भन्दै यसको प्रत्यक्ष विभेद दलित समुदायलाई मात्र पिडा थाहा भएको भन्दै यसलाई शान्तिपुर्ण आन्दोलनबाट आफ्नो समस्या पुरा गर्न लाग्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि गण्डकी प्रदेश पुर्व संसदिय मामिला सभापति पुर्व सांसद खिम विक्रम शाहीले परिवर्तनका क्रममा थुपै परिवर्तन भए तर यो परिवर्तन कानुनी रुपले मात्र नभै व्याहारीक रुपमा हट्न सकेमा मात्र विभेदको अन्त्य हुने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा निसीखोला गउँपालिका वडा नं ४ का वडा अध्यक्ष टिकानिधि पौडेल,दलित अधिकारकर्मी लोकेन्द्र सुनार,दलित अधिकारकर्मी रेशम नेपाली,निसीखोला दलित संजाल अध्यक्ष रोशन विश्वकर्मा,ज्योति आधारभुत विद्यालय प्रधानध्यापनक उमानन्द रेग्मी,समाजसेवी चेतराम पौडेल,दलित अभियान्ता जानसिंह सुनार,दलित अभियान्ता थान बहादुर नेपालीले आफ्नो मन्तव्य राख्दै दलितको अधिकारको निमित्त एक जुट भएर लाग्न सके उपलब्धि हासिल गर्न सकिने बताएका थिए ।


आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य जिवन कुमारी वि.क.कार्यपालिका सदस्य गिता सपकोटा,वडा सदस्य टिका बहादुर मल्ल,नेपाली काँग्रेस निसीखोला ४ सभापति चेतराम पौडेल,नेकपा माओबादी केन्द्र वडा नं ४ अध्यक्ष सागर रेग्मी दलित अभियान्ता ,स्थानियबासी लगाएतको उपस्थित रहेको थियो ।


निसीखोला दलित संजाल वडा नं ४ को आयोजना र निसीखोला गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा दलित समुदायको हकअधिकार तथा दलित समुदायका समस्या र समाधान तथा कानुनी प्रक्रिया लगाएतका विषयमा दलित अधिकारकर्मी लोकेन्द्र सुनार,र दलित अधिकारकर्मी रेशम नेपालीले प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रमको अवसरमा निसीखोला गाउँपालिका वडा नं ४ भित्र रहेका ५ वटा सामुदायिक विद्यालयका ३ ÷३ जना अति गरिव तथा विपन्न बालबालिकाको लागि स्टेशनरी अन्र्तगत कलम र कपी हस्तान्तरण गरिएको छ ।
कार्यक्रम निसीखोला दलित संजाल ४ का अध्यक्ष चेत बहादुर सुनरको अध्यक्षता दलित अभियान्ता बाबुराम नेपालीको स्वागत र निसीखोला दलित संजालका उपाध्यक्ष तथा संचारकर्मी विनोद विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ढोरपाटनमा ढुँगाले हानेर हत्या

0
फाइल फोटो

ढोरपाटन असार १६
बागलुङको ढोरपाटनमा ढुँगाले हानेर एक व्याक्तिको हत्या गरिएको छ । ढोरपाटन नगरपालिका ६ छ्यान्तुङका ५० बर्षिय सत बहादुर बि.क.को हत्या गरिएको अवस्थामा बारिमा शव फेला परेको थियो ।
शुक्रबार बिहान बारीमा सत बहादुरको शव देखेपछि स्थानीयले प्रह्रीलाई खवर गरेका थिए घटनामा सँलग्न रहेको आसंकामा प्रहरीले मृतकका भाई स्थानीय मन बहादुर बि.क लाई प्रकाउ गरि थप अनुसन्धानका निम्ती जिल्ला पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । मृततको टाउको र अनुहारमा चोट रहेको पाइएको हो ढुँगा प्रहार गरि हत्या गरिएको हुन सक्ने भएपनी थप अनुसन्धानबाट खुल्ने प्रहरीको भनाई छ ।
टाउकोमा गम्भिर चोट देखिएका कारण ढुँगाले हानेर हत्या गरिएको हुन सक्ने स्थानीयको भनाई छ । बागलुङको पश्चिम क्षेत्रमा सामान्य मनमुटाव, झै–झगा जस्ता गतिविधीका कारण हत्याका घटना बद्दो क्रममा रहँदै आएको छ ।