
विनोद विश्वकर्मा बुर्तिबाङ,बागलुङ
जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ मा १ दिने दलित सशक्तिकरण तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिको रुपमा कार्यक्रममा लाई सम्बोधन गदै अध्यक्ष घर्तिले दलित समुदायको मुद्धामा पालिकाको तर्फबाट गर्न सक्ने कार्यमा आफुले कुनै कसर बाकी नराखी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
थप बोल्दै अध्यक्ष घर्तिले जसलाई चोट पर्छ त्यसलाई नै दुख्ने भन्दै यसको प्रत्यक्ष विभेद दलित समुदायलाई मात्र पिडा थाहा भएको भन्दै यसलाई शान्तिपुर्ण आन्दोलनबाट आफ्नो समस्या पुरा गर्न लाग्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि गण्डकी प्रदेश पुर्व संसदिय मामिला सभापति पुर्व सांसद खिम विक्रम शाहीले परिवर्तनका क्रममा थुपै परिवर्तन भए तर यो परिवर्तन कानुनी रुपले मात्र नभै व्याहारीक रुपमा हट्न सकेमा मात्र विभेदको अन्त्य हुने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा निसीखोला गउँपालिका वडा नं ४ का वडा अध्यक्ष टिकानिधि पौडेल,दलित अधिकारकर्मी लोकेन्द्र सुनार,दलित अधिकारकर्मी रेशम नेपाली,निसीखोला दलित संजाल अध्यक्ष रोशन विश्वकर्मा,ज्योति आधारभुत विद्यालय प्रधानध्यापनक उमानन्द रेग्मी,समाजसेवी चेतराम पौडेल,दलित अभियान्ता जानसिंह सुनार,दलित अभियान्ता थान बहादुर नेपालीले आफ्नो मन्तव्य राख्दै दलितको अधिकारको निमित्त एक जुट भएर लाग्न सके उपलब्धि हासिल गर्न सकिने बताएका थिए ।
आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य जिवन कुमारी वि.क.कार्यपालिका सदस्य गिता सपकोटा,वडा सदस्य टिका बहादुर मल्ल,नेपाली काँग्रेस निसीखोला ४ सभापति चेतराम पौडेल,नेकपा माओबादी केन्द्र वडा नं ४ अध्यक्ष सागर रेग्मी दलित अभियान्ता ,स्थानियबासी लगाएतको उपस्थित रहेको थियो ।
निसीखोला दलित संजाल वडा नं ४ को आयोजना र निसीखोला गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा दलित समुदायको हकअधिकार तथा दलित समुदायका समस्या र समाधान तथा कानुनी प्रक्रिया लगाएतका विषयमा दलित अधिकारकर्मी लोकेन्द्र सुनार,र दलित अधिकारकर्मी रेशम नेपालीले प्रशिक्षण गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा निसीखोला गाउँपालिका वडा नं ४ भित्र रहेका ५ वटा सामुदायिक विद्यालयका ३ ÷३ जना अति गरिव तथा विपन्न बालबालिकाको लागि स्टेशनरी अन्र्तगत कलम र कपी हस्तान्तरण गरिएको छ ।
कार्यक्रम निसीखोला दलित संजाल ४ का अध्यक्ष चेत बहादुर सुनरको अध्यक्षता दलित अभियान्ता बाबुराम नेपालीको स्वागत र निसीखोला दलित संजालका उपाध्यक्ष तथा संचारकर्मी विनोद विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।