
विनोद विश्वकर्मा,निसीखोला,बागलुङ
जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ झिवाखोलामा रहेको बोहरागाउँ कृषि सहकारी संस्था लिमिटेडले वचतकर्ताको रकम नै फिर्ता नगरी बन्द भएको भन्डै एक बर्ष पुग्नै लागेको छ ।
सहकारीका शेयर सदस्यको शेयर रकम त परको कुरा दैनिक रुपमा वचत गरेका वचतकर्ताको रकम समेत फिर्ता नगरी सहकारी बन्द भएको होे । सहकारीका प्रवन्धक तथा बजार व्यावस्थापकको रुपका काम गदै आएकी मिना हमालले सहकारी सञ्चालक समितिलाई राजिनामा दिएर काम छोडेको समय देखी नै सहकारी बन्द अवस्थामा रहेको छ ।
सहकारीका शेयर सदस्यले पटक पटक सहकारीको अवस्थाको विषयमा सञ्चालक समितिलाई जानकारी गराउदा समेत समिति मौन रहेको सेयर सदस्य निर्मया सापकोटाले बताईन् ।
“हामिले बैठक राख्नको लागि वडा अध्यक्ष ज्यूलाई पनि पटक पटक भनेका छौ तर खै किन हो अहिले सम्म बस्न सकेको छैन शेयर सदस्यको रकम त भवन निर्माणमा लगाए पनि प्रक्रियाले पाउलान तर शेयर सदस्य नभए पनि दैनिक रुपमा बचत गरेका बचत कर्ताको रकम फिर्ता गरि दिए हुने हो ” वचतकर्ता डिलाराम सापकोटाले भने ।
“सहकारीमा मेरो र वावाको नै शेयर छ अहिले निकै लामो समय भयो कही कसैले पनि चासो दिएका छैनन् दैनिक रुपमा कपाल काट्दै सय पचास गरेर जम्मा गरेको रकम समेत कति छ केछ भन्ने केही पत्तो छैन, मैले सहकारीमा ऋण लिएको थिए कति बाकी छ या छैन ” बोहरागाउँ हेयर कटिङका सञ्चालक करण वि.कले भने ।
विं सं २०७२ सालमा साविक बोहरागाउँ गा वि स क्षेत्रका कृषकलाई लक्षित गरी कृषि क्षेत्रमा सहजता प्रदान गर्ने भन्दै ५१ जना शेयर सदस्य द्धारा करिव ३ लाख बराबरको शेयर पुजीँ बाट नवराज आचार्य अध्यक्ष रहेको सञ्चाक समिति द्धारा सञ्चालनमा आएको सहकारीले अहिले सम्म अधिवेशन बाट ४ वटा अध्यक्ष फेरी सकेको छ । संस्थापक अध्यक्ष नवराज आचार्य त्यस पछिका रमेश विक्रम शाही,हुमलाल रेग्मी हुदै अहिले निसीखोला गाउँपालिका वडा नं ४ का वडा सदस्य समेत रहेका लिला बहादुर घर्ति अध्यक्ष रहेका छन् । घर्ति अध्यक्ष भएको छोटो समयमा सहकारीले आफ्नै लगानीमा जग्गा खरिद गरेको र जग्गा खरिद संगै गण्डकी प्रदेश सरकारको ७ लाख २० हजार र सहकारीको आफ्नो लगानिमा १९ लाख वराबरको १ तले पक्की भवन निमाण समेत गरेको छ ।
शहकारीका प्रबन्धक मिना हमाले समितिलाई सबै हिसाव बुझाएर राजिनामा दिएको भए पनि अझै राजिनामा स्विकृत नभएको हमालले बताईन । सहकारीको भवन निमार्ण गर्दा सहकारी घाटामा गएर बचत कर्ताको रकम फिर्ता गर्न नसकिएको कारण पनि आफुले समितिलाई राजिनामा बुझाएको हमालको भनाई छ ।
उता सहकारीका सचिव ईन्द्रलाल रेग्मीले सहकारीमा वचत रहेको धेरैको रकम सहकारीको अशुली रकम रहेको तर समिति सक्रिय नभएकोे कारण हिसाव सार्वजनिक गर्न नसकिएको बताए । आफुले पटक पटक बैठक बस्न प्रयत्न गरे पनि समितिका केही पदाधिकारीका कारण बस्न नसकिएको स्विकार गरेका छन् । शेयर सदस्यको रकम १६ लाख को हारहारीमा रहेको तर सहकारीको सम्पति ३६ लाख बराबरको रहेको कारण शेयर सदस्यको लागि समस्या नभएको बताए तर दैनिक बचत कर्तालाई फिर्ता गर्ने रकम झन्डै ७० हजार बराबर रहेको र लगानि उठाउन १ लाख बराबरको रहेको कारण समस्याको समाधान तत्काल गर्ने बताए । हिसाव सबै तयारी रहेको र तत्काल बैठक बसी साधारण सभा समेत गर्ने र सहकारी पुनह सञ्चालनको तयारी रहेको सचिव रेग्मीले जानकारी दिए ।
उता यसै विषयमा सहकारीका अध्यक्ष लिला बहादुर घर्तिलाई पटक पटक सम्पर्क गर्न खोज्दा समेत घर्तिले भने फोन उठाएका छैनन् । सहकारीमा अहिले जम्मा १ सय ४५ जना शेयर सदस्य रहेका छन् ।