Home Blog Page 122

मालपोत कार्यालयमा भएको कर्मचारी समस्या प्रति साँसद पौडेललाई गराइयो ध्यानाकर्षण

0

साउन ५ गते बुर्तिबाङ
बागलुङ को बुर्तिबाङ स्थित मालपोत कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा भएको समस्याका विषयमा संघिय साँसद देवेन्द्र पौडेललाई यहाँ स्थित राजनैतिक दल र विभिन्न सँघसँस्थाका प्रतिनिधीले ध्यानाकर्षण गराएका छन । लामो समय सम्म पनी कर्मचारी व्यवस्थापन हुन नसक्दा यस क्षेत्रका नागरिकले सहज रुपमा सेवा प्राप्त गर्न नसकेका हुन । १२ जना कर्मचारीको दरवन्धी रहेको कार्यालयमा पछिल्लो समय एक जना कार्यालय प्रमुख र ३ जना कार्यालय सहयोगीको भरमा कार्यालय खुलेपनी सेवा प्रवाह हुन नसकेको हो ।
यस सन्दर्भमा ध्यानाकर्षण गराउँदै तत्काल मालपोत, प्रशासन र ढोरपाटन नगरपालिकामा दरबन्धी अनुसार मन्त्रालयबाट दरबन्धी अनुसारका कर्मचारी पठाउने गरि मन्त्रालयमा ध्यानाकर्षण गराउन मन्त्री पौडेललाई आग्रह गर्दे मालपोत नापी र प्रशासन कार्यालय व्यवस्थापनका निम्ती एकिकृत जग्गा व्यवस्थापन, प्रदेश मातहतमा रहने गरि बुर्तिबाङ स्वास्थ्य चौकीको स्तरउन्नोती, नयाँ शहर आयोजनाको बजेट र कार्यक्रम लगाएतका विषयमा ध्यानाकर्षण गराएका छन ।
आयोजित कार्यक्रममा बोल्दै साँसद पौडेलले मालपोत कार्यालयमा रहेको यस प्रकारको समस्याको विषयमा आफुलाई पहिलो पटक थाहा भएको र नगरपालिका प्रशासन र मालपोत कार्यालयमा रिक्त रहेको दरवन्धी पुर्तिका निम्ती आफुले तत्काल मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै साँसद पौडेलले प्रदेश मातहतमा रहने गरि बुर्तिबाङ हस्पिटल व्यवस्थापनमा समेत प्रदेश साँसद र आफुहरुले सम्मोन्य गरेर अगाडी बढ्ने बताउनु भयो ।


बुर्तिबाङ स्थित स्नेहा होटलमा आयोजित कार्यक्रमका अवसरमा प्रदेश साँसद दिलमाया पौवी, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल राजनैतिक दलको तर्फदेखि नेपाली काँग्रेसका सोम बहादुर पौवी, नेकपा एमालेका टँक प्रसाद पौडेल, राजमोबाट धन बहादुर कुवँर, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, मालपोत कार्यालय प्रमुख सुर्य प्रसाद सर्मा लगाएतको उपश्थिती एवं मन्तव्य रहेको थियो

इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान

0

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चाल र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलाशले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा राख्न बिहीबार आदेश दिएको हो ।

सहकारीले रु.१ अर्ब ५१ करोड हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले रु.१ अर्ब ३० करोड विगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरि ११ जना विरुद्ध अदालत माठगीको मुद्दा दर्ता भएको छ ।

सहकारीमा संस्थागत खाता रहेका प्रभा माध्यामिक विद्यालय निसीखोला, पौदिटार आधारभूत विद्यालय वडिगाड, युनियन लाइफ क्लब बागलुङ, दुदिलाभाटी स्वास्थ्य चौकी गलकोट, भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था बागलुङ, कालिका सहकारी संस्था बागलुङ, गलकोट बहुउद्देश्यीय सहकारी संस्था बागलुङ, दुदिलाभाटी इङ्लिस बोर्डिङ स्कुल गलकोट, शेयर सदस्यहरु बागलुङ नगरपालिका–३ निवासी लालचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, राजकपुर श्रेष्ठ, लोकेन्द्र केसी, टंकप्रसाद पन्त, भिमसेन प्रसाद श्रेष्ठ, बा.न.पा–२ निवासी मनोविज्ञान श्रेष्ठ, दयाराम पौडेल, सञ्जु प्रधान पालिखे, लेखबहादुर खड्का, दिल प्रसाद कंडेल, बा.न.पा.–८ निवासी लक्ष्मी जिसी कार्की, बा.न.पा.–४ निवासी आत्माराम पौडेल, बा.न.पा.–७ निवासी मिनबहादुर कार्की, बा.न.पा. १ निवासी दुर्गाबहादुर कुँवर, कुश्मा नगरपालिका–१ का हिरामणी उपाध्याय, गलकोट नगरपालिका–३ निवासी मञ्जु शर्मा चालिसे सहित १ हजार ४ सय ८१ जना बचतकर्ताले अदालतमा असार २५ गते ठगीको मुद्दा दर्ता गराएका थिए ।

बचतकर्ताको उजुरी पछि प्रहरीले संचालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको थियो ।

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ निवासी देबकुमार नेपाली, गलकोट नगरपालिका–११ निवासी रुपा विक, ढोरपाटन नगरपालिका–१ निवासी डोरबहादुर परियार, ढोरपाटन १ निवासी सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, निसीखोला गाउँपालिका–२ बोहोरागाउँ निवासी झगबहादुर साही र निसीखोला गाउँपालिका–१ निवासी अनिता बुढा मगरको खोजि कार्य भइ रहेको छ ।

सहकारीका संचालक र कर्मचारीलाई ८ देखी १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्याधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिनुभयो ।

बचत कर्ताको अरबौ रकम हिनामिना पारेर सहकारीका संस्थापक अध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपाली डेढ महिनादेखि बेपत्ता छन् ।

नेपाली बेपत्ता भएपछि बचतकर्ताहरू चरणवद्ध आन्दोलनमा छन । उनिहरुले जिल्लाका राजनितिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिनुहुन आग्रह गरेको पीडित तथा संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनु भयो ।

साभार आर्दश सञ्चार अनलाईन

कर्मचारी अभावमा मालपोत बुर्तिबाङका सबै काम ठप्प :साँसद पौवीद्धारा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिबद्धता

0

बुर्तिबाङ साउन ४ गते
मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव भएपछि गत साउन १ देखि कुनैपनी काम हुन नसक्दा नागरिकलाई सास्ति भएको छ । १ जना कार्यालय प्रमुख र ३ जना कार्यालय सहयोगी बाहेक अन्य कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुख सुर्य प्रसाद सर्माले बताए ।
असार महिनामा पनी काम नहुने समस्या थियो जनतन नागरिकका समस्या सम्वोधन गरियो तर साउन १ देखि करारमा रहेका सहायक कम्युटर अपरेटर हरिबहादुर कार्कीको करार अवधि सकिएको र भुमि व्यवस्था तथा अभिलेख विभागबाट कुनै पनी कर्मचारी करारमा नराख्नु भन्ने आदेश सहित असार ३१ गते पत्र प्राप्त भएपछि कार्यालयबाट हुने सेवा प्रवाहका काम ठप्प भएको हो ।
१२ जना कर्मचारीको दरवन्दी रहेको कार्यालयमा हाल ३ कार्यालय सहयोगी सहित १ हाकिम मात्र छन कार्यालयका लेखापाललाई ढोरपाटन नगरपालिकाले लेखा शाखा हेर्ने गरि तानेपछि मालपोत कार्यालय कर्मचारी बिहिन बनेको हो ।
“एक हप्तादेखि आफनो काम हुने आशामा मालपोत धाईरहेका नागरिक दैनिक रुपमा निराश भएर साँझ घर फर्कँदै आएका हुन । निसीखोला ४ का नारायण प्रसाद रेग्मी हाल बुटवल बस्नुहुन्छ गाउँमा भएको सानो जग्गा स्थानियलाई १ लाख रुपैयाँमा विक्री गर्ने गरि आफु संगै रहनु भएका बुबालाई लिएर मालपोत कार्यालयमा गत असार २८ गते आउनु भयो विहिबार सम्म ७ दिन बित्यो तर काम नहुँदा गाडी भाडा, खाना बस्न सहित २५ हजार बढि खर्च भइसकेको तर अझै काम नहुने छाँटकाँटले आफुहरु हैरानी भएको गुनासो गर्नुभयो


“ स्थानीय सरकार देखि कुनै निकायले चासो नदिँदा यस्तो समस्या सृजना भएको र सयौँ नागरिकले सास्ति खेप्न बाध्य भएको रेग्मीको गुनासो छ ।” त्यस्तै तमानखोलाका लुद्र बहादुर छन्त्यालले पनी जग्गा नामसारि गर्न असार मशान्त देखि मालपोत धाईरहनु भएको छ तर हालसम्म काम हुन सकेन त्यस्तै तमानखोला २ कटेरिका लाल बहादुर छन्त्याल जग्गा नामसारि गर्न असार मशान्त देखिनै मालपोत कार्यालयमा दैनिक जसो आउने गरेको तर काम नभएर आफहरु ह्ैरानी खेप्न बाध्य भएको गुनासो पोख्नु भयो ।
यो समस्या तत्कालको मात्रै पनी होइन तर अहिले त झन कर्मचारी पटक्कै नभएका कारण सबै काम ठप्प बनेको हो । केन्द्रबाट कर्मचारी पठाइएपनी यहाँ आउन नमान्ने, यहाँका सरकारले चासो नदिने परिपाटिले सेवा प्रवाहमा समस्या हुँदा नियमित रुपमा नागरिकलाई सास्ति भइरहेको कार्यालय प्रमुख सुर्य प्रसाद सर्माले बताउनु भयो ।
त्यस्तै गण्डकी प्रदेश सभा साँसद दिलमाया पौवीले समेत नागरिकबाट निरन्तर गुनासो आएपछि मालपोत कार्यालयमै पुगेर नागरिकको गुनासो सुन्नु भएको छ । “नागरिकको गुनासो सुन्दै साँसद पौवीले यो लामो समय देखि आएको गुनासो र यहाँका नागरिकलाई प्रत्यक्ष समस्या परेको भन्दै कर्मचारी व्यवस्थापनमा तत्काल स्थानीय सरकार सँग बस्ने र प्रदेशमा समेत ध्यानाकर्षण गराउने बताउनु भयो” ।

काम समयमा नभएपछि कार्यालमै आराम गरिरहेका सेवाग्राहि

राज्यको करौडौँ राजश्व सँकलन हुने र धेरै नागरिकले सेवा प्राप्त गर्ने निकाय भएका कारण मालपोत कार्यालयमा कर्मचारी व्यवस्थापनका निम्ती आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कतिपय कर्मचारी सरुवाका निम्ती मन्त्रालय विभागबाट पत्र आएपनी कर्मचारी कार्यालयमा नआएको पाइएको छ । यहाँका चार पालिकाले मात्रै पनी दुई जना सम्म कर्मचारी व्यवस्थापन गर्न सकिदिय केहि हदसम्म कार्यसम्पादनमा सहजता हुने मालपोत कार्यालयका प्रमुखको भनाई छ ।

निसीखोलाका जनप्रतिनिधि,शिक्षक र सरकारी सेवाका कर्मचारीका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा

0

विनोद विश्वकर्मा,बुर्तिबाङ

जिल्लाको निसीखोला गाउँपालिकाले पालिका भित्रका जनप्रतिनिधि तथा सरकारी सेवाका कर्मचारी शिक्षकका बालबालिकालाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउने निर्णय गरेको छ ।

आईतबार गाउँपालिकाको ११ औँ गाउँसभा बाट निर्णय भएको र यसलाई ऐन निमार्ण गरेर कार्यन्वयनको बाटोमा लग्ने निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले जानकारी दिनु भएको छ ।

सामुदायिक विद्यालयको गुणस्तर खस्कियको भन्दै सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नको लागि पालिकाको जनप्रतिनिधि तथा सरकारी सेवाका कर्मचारी तथा शिक्षकनै जिम्मेवार भएको भन्दै यस्तो निति लिएको उपाध्यक्ष घर्तिले जानकारी दिनु भयो ।

पहिलो चरणमा पालिका भित्रका कति प्रतिशत विद्यार्थी निजी र कती समुदायिक विद्यालयमा अध्यनरत छन् त्यसको तयार पार्ने र ऐन निमार्ण गर्दै कार्यन्वयनको बाटोमा अगाडी बढ्ने निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले जानकारी दिनु भयो ।

ढोरपाटन नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन्न

0

विनोद विश्वकर्मा,बुर्तिबाङ

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका वडा नं ९ को आयोजना तथा सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा आर्थिक वर्ष २०७९÷८० अन्र्तगत वडामा भएका कार्यक्रम तथा योजनाको प्रभावकारीता लाई मध्यनजर गदै सनिबार नवनिर्मित वडा कार्यलय दुनेपधेरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

ढोरपाटन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खिम बहादुर घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं ९ भित्रका नागरिकले वडा भित्रका विभिन्न विषयमा राखेका चासोँ गुनासो तथा प्रश्नको विषयमा वडा अध्यक्ष खिम बहादुर घर्ति तथा वडा सदस्यहरुले स्पष्टिकरण दिनु भएको थियो ।


कार्यक्रममा स्थानियले वडामा जनप्रतिनिधिलाई नभेटेको तथा वडा बाट ठुलो रकम फ्रिज हुनुमा वडाको जनप्रतिनिधिको कमजोरी हो या कर्मचारीको भन्ने विषयमा प्रश्न गरेका थिए । यस्तै वडाको विषयमा चासो गुनासो तथा सल्लाह सुझाव दिएका थिए । कार्यक्रम स्थानिय करिव १५ जनाले प्रश्न तथा सल्लाह सुभाव दिएका थिए ।


वडा नं ९ ले वडाको भवन निमार्ण सम्पन्न गरेकोमा स्थानियले जनप्रतिनिधिलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष खिम बहादुर घर्तिले वडाको बार्षिक प्रगति प्रतिवेदन समेत प्रश्तुत गदै नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष संग समन्वय गदै सम्पुर्ण वडा विकासमा लागेको बताउनु भयो ।


कार्यक्रममा वडा सदस्य मोहन पुन, नरमति पुन कमला वि.क ,विभिन्न राजनितिक दलका प्रतिनिधि विभिन्न विद्यालयका शिक्षक ,कर्मचारी पत्रकार लगाएतको उपश््िथति रहेको थियो ।


कार्यक्रम वडा सदस्य मोहन पुनको स्वागत मन्तव्य र सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पण्डेको सहजिकरणमा सम्पन्न भएको थियो ।

डेढ अर्ब हिनामिना आरोपमा इमेज सहकारीका अध्यक्षविरुद्ध १५४३ जनाको मुद्दा

0

प्रकाश बराल

बागलुङ — १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध १ हजार ५ सय ४३ जनाले जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दिएका छन् ।

सहकारी पीडितले सरकारी वकिलको कार्यालयमार्फत उक्त मुद्दा दर्ता गरेका हुन् । मुद्दा दर्ताका बेला पीडितले बुझाएका फाइल र प्रहरीले बरामद गरेको जिन्सी सामान बुझ्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ । बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि भागेका नेपाली दुई महिना पुग्न लाग्दा पनि सम्पर्कमा नआएको, प्रहरीले पनि अहिलेसम्म पक्राउ गर्न नसकेपछि पीडितहरू सहकारी ठगी मुद्दा लिएर अदालत पुगेका हुन् । ‘यो मुद्दापछि पक्राउ पुर्जी जारी हुने आस गरेका छौं,’ पीडितमध्येका डिलबहादुर कार्कीले भने, ‘जहाँ भए पनि खोजेर ल्याउने र जायजेथा बेचेर भए पनि हामीहरूको पैसा फिर्ता गरिनुपर्छ ।’ पीडितले यस अघि प्रहरीमा जाहेरी पनि दिएका थिए ।

नेपाली बेपत्ता भएपछि बचतकर्ताहरू कहिले प्रहरीमा, कहिले सडकमा आन्दोलनमा छन् । अधिकांश पीडितले नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गरेका छन् । आर्थिक अपराधको मुद्दा लगाएर इन्टरपोलमार्फत पक्राउ गर्न पनि उनीहरूले स्थानीय प्रशासनसँग माग गरे । महिना दिनसम्म आन्दोलन गरेका पीडितले हदम्यादको अन्तिम दिन गत सोमबार अदालत पुगेर मुद्दा दर्ता गरेका थिए । अदालतले भने थप दुई दिन लगाएर मात्र मुद्दाको मिसिल रुजु भ्याएको हो ।

बागलुङ सदरमुकामसहित गलकोट, बुर्तिवाङ र पोखरामा पनि शाखा रहेको इमेज सहकारीमा आकर्षक ब्याज दिने आश्वासनका कारण सयौंले बचत गरेका थिए । शेयर सदस्य नभएकाहरू धेरैसँग सहकारीले कारोवार गरेको थियो । गत वैशाख ६ को सञ्चालक समितिको बैठकको निर्णय भन्दै त्यसको भोलिपल्टदेखि सहकारी संस्था बन्द छ । सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । जेठ पहिलो सातादेखि भने सहकारीका अध्यक्ष नेपाली भागेका हुन् ।

उत्तरगँगा नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समिती नगराउने नियति

0

छविलाल पाण्डे असार २७
बागलुङको पश्चिम क्षेत्रकै पुरानो र एक इतिहाँस बोकेको विद्यालय हो उत्तरगँगा नमुना माध्यमिक विद्यालय धेरैले शिक्षा लिएको र उत्कृष्ट व्यवस्थापन, राम्रो शैक्षिक व्यवस्थापनमा नाम चलेको विद्यालयको रुपमा परिचित थियो ।
जसरी परिचित थियो ६६÷०६७ देखिनै विद्यालयलाई बदनामी बनाउने र व्यवस्थापकि पक्ष भताभुँग बनाउने काम हालसम्म बद्दै गइरहेको देखिन्छ । कहिले विद्यालय व्यवस्थापन समितीको किचलो त कहिले प्र.अ बिवाद यस्तै यस्तै प्रबृर्तिले करिब १३÷१४ बर्षनै विद्यालय सहि निकास नपाएर गुज्रिएको देखिन्छ ।
पछिल्लो ७ बर्षमा विद्यालयले समिती पाउन सकेको छैन विद्यालयका प्रअ र लेखा पाल बिचको बमेल हो वा अन्य कारण हो विद्यालयको हिसाव किताव अडिट गरेर प्रस्ट पार्न सकिएको छैन । लामो समय भयो विद्यालयले बार्षिक उत्सव मनाउने, अभिभावकको गुनासो सुझाव सुन्ने देखि विद्यालयको व्यवस्थापकिय पक्ष समेत व्यवहारिसे अवस्थामा देखिन्छ । निसी भुजी तमान वडिगाड क्षेत्रकै साझा सँस्थाको रुपमा लिइँदै आएको विद्यालयमा केहि व्यक्ति, दल, केहि शिक्षक लगाएतकै स्वार्थका कारण विद्यालयको अवस्था जटिल बन्दै गएको हो ।
पटक पटक विद्यालय व्यवस्थापन समिती गठन गर्ने कुरा उठेपनी विद्यालयको भद्रगोल अवस्थालाई लिकमा ल्याउने विषयमा खासै छलफल भएको पाइँदैन दलहरुमा समेत जिम्मेवारी नदेखिनु, स्थानीय सरकार गैर जिम्मेवार बन्नु, अभिभावक गैर जिम्मेवार बन्नु ,विद्यालय प्रध्यानाध्यापकले आफनो कर्तव्य प्रति खुट्टा कमाउनु नै यो स्थितीको कारक हो ।

विद्यालयमा करिब एक हजार दुई सय विद्यार्थीले अध्ययन गर्दे आइरहेका छन विज्ञान विषय सम्मको पढाई हुँदै आएको छ । भौतिक पूर्वाधारमा समेत अब्बल बन्ने प्रकृयामा छ । २०७७ देखि नमुना विद्यालयको रुपमा स्थापित भएसंगै विद्यालयको भौतिक व्यवस्थापनमा बर्षेनी लाखौँ बजेट विनीयोजन हुँदै आएको पाइन्छ तर विद्यालयको व्यवस्थापकिय पक्ष कमजोर बन्दै गर्दा अभिभावक देखि विद्यालय प्रति चासो र चिन्ता गर्नेलाई यो प्रवृर्तिले दुखि बनाएको छ ।
केहि दिन पहिले विद्यालयका एक जना शिक्षक आफनो पठन पाठनलाई छोडेर विद्यालय समय भित्र पटक पटक अर्के पेशामा अन्यत्र कुँदिरहेको देखेँ र प्रअ लाई फोन मार्फत सोध्दै गर्दा आफुले व्यवस्थापन गर्न नसकेकै कारण व्यवस्थापन समिती आवस्यक परेको जवाफ दिनुभयो । केहि शिक्षकले प्र.अ लाई नटेर्ने परिपाटि उत्तरगंगा माविमा व्यापक छ । केहि शिक्षक आफनो जिम्मेवारीलाई राम्रो संग बोध गरेपनी कतिपय शिक्षकको मनोमानी राम्रै चलेको देख्न सकिन्छ । यस्को उपज नियमन, नियन्त्रण र व्यवस्थापन गर्ने निकाय नभएकै कारण त हो ?
७ बर्ष बित्दै गर्दापनी स्थानीय सरकारले गैर जिम्मेवारी पूर्वक आफनो कार्यकाल बिताएको देखिन्छ । शिक्षा नियमावली, ऐन बनाएको पालिकाले समयमा समिती गठन गर्न नसक्नु कति सम्म लाचाहार हो दलहरु सँधै पदमा मात्रै रमाउन खोज्नेले निकास दिन र सम्वन्धीत निकायमा झकझक्याउन किन नसकेको , एक हजार दुई सय अभिभावक हुँदै गर्दा अभिभावकले आफनो जिम्मेवारी बहन गर्न किन नसकेको आखिर उत्तर गँगा माविको व्यवस्थापनमा जिम्मेवार को हो त ?
पछिल्लो ३ पटक सम्मको प्रयासमा समिती गठन हुन सकेन भोलीदेखि बर्खे बिदा हुँदै गरेका कारण अब भदौ लागेपछि मात्रै पुनह प्रकृया सुरु हुने विद्यालयका प्र्रध्यानाध्यापक इश्वरी पौडेलको भनाई छ ।
पहिलो चरणमा ५० प्रतिशत अभिभावकको उपश्थितीमा समिती गठन हुनुपर्ने थियो त्यो हुन सकेन दोश्रो पटक ३५ प्रतिशत अभिभावकको उपश्थितीमा हुनुपर्ने त्यो पनी अभिभावकको उपश्थिती न्युन भएकै कारण हुन सकेन तेश्रो पटक उपश्थित सँख्याको आधारमा सहमतीबाट हुनुपर्नेमा समेत सहमती हुन नसकेपछि अव पुनह अर्काे पटक नयाँ प्रकृया अर्थात ५० प्रतिशत अभिभावकको उपश्थिती रहने गरि प्रकृया अगाडी बढ्ने प्रअ पौडेलको भनाई छ ।
यसरी विद्यालय व्यवस्थापन समिती जस्तो विषयमा समेत गैर जिम्मेवारी पनले विद्यालयले कहिले निकास पाउला विद्यालयको आर्थिक गतिविधी कहिले बाहिर आउला र फेरी पनि पहिलेको जस्तै सबैको मन जित्ने गरि विदालयले कहिले गति ल्याउने होला ?

इलाका प्रशासन,मालपोत र नापी कार्यालयलाई बजारमै जग्गा व्यवस्था गर्ने भन्दै बजार बासिको भेला

0

असार २६
ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको इलाका प्रशासन नापि र मालपोत कार्यालय बुर्तिबाङ बजारमै राख्नुपर्ने माग सहित मंगलबार बजार बासिको भेला तथा सुझाव सँकलन भएको छ ।
इलाका प्रशासन कार्यालयले केहि महिना पहिले भवन निर्माणका निम्ती निशुल्क जग्गा खोजि गरेको थियो । लगत्तै ढोरपाटन २ को कुत्थाप्ला लगाएतका स्थानमा नागरिकले निशुल्क रुपमा जग्गा दिने आश्वासन समेत दिएका छन ।
प्रशासन, नापि र मालपोत कार्यलय बजारभन्दा बाहिर जान सक्ने भन्दै बजारबासीले बजारमै कार्यालयहरुलाई व्यवस्थापन गर्न आग्रह गर्दे आएका हुन । पुर्व नगर विकास समितीका अध्यक्ष अर्जुन शेरचन अध्यक्ष रहेको जग्गा व्यवस्थापन समिती गठन गरेर भवन निर्माणका निम्ती जग्गाको विकल्पमा अगाडी बढेको समितीले मँगलबार बजार बासिलाई भेला गराएर बजार तथा आसपासका क्षेत्रमा जग्गा खरिद गर्नका निम्ती साथ दिन अपिल गरेको हो ।
बजारबाट महत्वपूर्ण कार्यालयहरु अन्यत्र सर्दे गर्दा बजारको चहल पहल घट्ने, नागरिकलाई असुविधा हुने बताउँदै बजार आसपासकै क्षेत्रमा बजार बासिबाटै आर्थिक सँकलन गरेर जग्गा किन्नुपर्ने वाध्यता रहेको बताउँदै यो अभियानमा साथ दिन अध्यक्ष अर्जुन शेरचनले सहभागिलाई अनुरोध गर्नुभयो ।


राज्यले जग्गा किन्नका निम्ती बजेट व्यवस्था गर्ने अवधारणा नभएका कारण नागरिकको अपनत्व हुनुपर्ने बताउँदै जग्गा व्यवस्थापन भएमा तत्काल भवन वनाउने गरि प्रकृया अगाडी बढ्ने इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंरको भनाई छ ।
हामीलाई निरन्तर जग्गा व्यवस्थापनका निम्ती ताकेता छ लामो समयदेखि भाडाको घरमा बस्दै आएका कार्यालय आफनै सँरचना बनाएर वस्नुपर्ने भएका कारण जग्गा व्यवस्थापन प्रकृया छिटो हुनुपर्ने बताउँदै बजारमा नभएको खण्डमा कार्यालय जहाँ नागरिकले निशुल्क रुपमा जग्गा उपलब्ध गराउँछन त्यहाँ मध्यको छनौट गरेर कार्यालय जान सक्ने बताउनु भयो ।
कार्यक्रममा सहभागि अधिकाँसको जोड बजार बासिले आर्थिक जुटाएर भएपनी बजार आसपासमै कार्यालय व्यवस्थापन गर्नुपर्ने राय व्यक्त गरेका छन ।
समितीले विभिन्न सम्भावित स्थानको अवलोकन गरिसकेको छ नागरिकको राय लिएर जग्गा व्यवस्थापन प्रकृया अगाडी बढाइने अर्जुन शेरचनको भनाई रहेको हो । तिनवटा कार्यालय राख्न कम्तिमा डेढ देखि दुई रोपनी जग्गा खरिद गर्नुपर्ने र बजार क्षेत्रको मुल्य अनुसार करिव ३ करोड लागत लाग्न सक्ने अनुमान गरिएको बताउँदै जग्गा खरिदका निम्ती निरन्तर छलफल अगाडी बढ्ने शेरचनले बताउनु भयो ।

उत्तरगँगा माविले व्यवस्थापन समिती गठन प्रकृया सुरु भएको तेश्रो पटक पनी पाउन सकेन निकास

0

असार २६
ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तर गँगा नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठनको लागी थालिएको प्रकृया तेश्रो पटकमा पनी सफल हुन नसकेको हो ।
करिब ७ बर्ष सम्म व्यवस्थापन समिती बिहिन बनेको विद्यालयमा स्थानीय सरकारले समिती गठनलाई चासो नदिएपछि गत बैसाख महिनामा विभिन्न राजनैतिक दलको सक्रियतामा विद्यालय व्यवस्थापन समिती गठनको माग सहित गत बैसाख २४ गते नगरपालिकामा ध्यानाकर्षण गराएपछि नगरपालिकाले गत जेठ महिनामा समिती गठनका निम्ती विद्यालयलाई पत्र लेखेर प्रकृया अगाडी बढाउन आग्रह गरेको थियो ।
तर पटक पकट अभिभावक भेला हुने निकास निस्कन नसक्ने परिपाटिले निरन्तर उपश्थिती भएका अभिभावक हैरानी खेप्न बाध्य भएका छन ।
पहिलो पटक असार ३ गते डाकिएको अभिभावक भेलामा ५१ प्रतिशत उपश्थिती पुग्नु पर्नेमा सो सँख्या पुग्न सकेन दोश्रो पटक ३५ प्रतिशत अभिभावक उपरिथती हुनुपर्नेमा उक्त सँख्या समेत पुग्न सकेन तेश्रो पटक असार २५ गतेका लागि सहमतीबाट समितीको टुँगो लगाउने निचोडमा पुगेको विद्यालय व्यवस्थापन समिती गठन सहजिकरण समिती तेश्रो पटकमा पनी सहमती हुन नसक्दा थप अर्का पटकलाई प्रकृया अगाडी बढाउन बाध्य भएको हो ।
यहाँ स्थित कृयाशिल दलहरुलेनै आफुहरुले समिती गठनमा सहमतीबाट सहयोग गर्ने लिखित निर्णय गरेर नगरपालिकाको ध्यानाकर्षण गराएपनी पछिल्लो समय दलहरुनै स्वार्थमा बाझिएको अभिभावकको गुनासो छ ।
आज अभिभावक बाट दुई महिला सहित ४ सदस्य छानेर पठाउनु पर्नेमा सहमती आकाँक्षी धेरै भएका कारण सहमती जुट्न सकेन ।
पहिलो चरणमै प्रकृया अगाडी बढ्न नसकेपछि अन्य सदस्यहरुको झन टुँगो लाग्ने कुरै भएन दुई महिला अनिवार्यमा ११ जनाले उमेद्वारी दिएका थिए जसमा सहमती खोज्ने प्रयास स्वरुप उक्त सँख्या ५ जनामा झर्यो तर सहमती हुन सकेन उता खुल्ला तर्फ ८ जनाको उमेद्वारी परेपनी ३ जनाले फिर्ता लिने निचोडमा पुग्दै गर्दा ५ जनाले आफनो अडान नछोडेपछि आजको भेला विना निश्कर्ष टुँगिएको सहजिकरण समितीका सम्योजक एवं ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।
ज्ञवालीका अनुसार आज कुनै टुँगो नलागेका कारण सहजिकरण समितीको बैठक बसेर मात्रै थप प्रकृयामा अगाडी बढ्ने बताउनु भयो । समितीको सदस्यमहरुमा नगर शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल गरि ४ सदस्य समिती रहेको छ । अझैपनी सहमतीबाट समिती गठन गर्ने गरि प्रयास अगाडी बढाइने सम्योजक ज्ञवालीको भनाई छ ।
११ सदस्य विद्यालय व्यवस्थापन समितीमा अभिभावकहरुले आफुहरुमध्येबाट छानी पठाएका २ महिला सहित ४ सदस्य, सम्वन्धित वडाको अध्यक्ष वा निजले मनोनित गरेको १ जना वडाको सदस्य, विदालय सँस्थापक, स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवी, तथा चन्दादाताहरु मध्ये समितीबाट मनोनित २ जना सदस्य, विद्यालय शिक्षकहरुबाट शिक्षकहरुले आफुमध्येबाट छानि पठाएको सदस्य १ जना, विदालय स्तरिय बाल क्लबले मनोनयन गरेको एक बालक र एकजना वालिका गरि २ जना स्थायी आमन्त्रित सदस्य, १ जना विदालयका प्रध्यानाध्यापक सदस्य सचिव रहने व्यवस्था रहेको छ ।
दुई महिला सहित ४ सदस्य रहेको अभिभावक, वडा अध्यक्ष वा मनोनित गरेको सदस्य र शिक्षा प्रेमी, बुद्धिजिवी, सँस्थापक सदस्य, चन्दादाता मध्ये छानिएको व्यािक्त विदालय व्यवस्थापन समितीको अध्यक्ष बन्ने प्रावधान रहेको हो ।

शाईन रेसुंगा बैंकले प्रभा माविलाई दियो कम्पयुटर, कलर प्रिन्टर र प्रोजेक्टर

0

विनोद विश्वकर्मा, निसीखोला,बागलुङ बागलुङ

जिल्लाको निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँ झिवाखोलामा रहेको प्रभा माध्यमिक विद्यालयलाई शाईन रेसुंगा विकास बंैकले १ सेट कम्पयुटर, १ थान कलर प्रिन्टर र १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार विद्यालयमा एक कार्यक्रममो आयोजना गदै शाईन रेसुगा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई शिक्षामा आधुनिकता ल्याउन थप प्रवाकारी बनाउन भन्दै आधुनिक प्रविधि हस्तारन्तरण गरिएको हो । उत्त कार्यक्रममा शाईन रेसुंगा विकास बैंकका क्षेत्रिय प्रवन्धक कृष्ण भन्डारीको अध्यक्षता रहेको कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश विक्रम शाहीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमलाई संम्बोधन गदै प्रमुख अतिथि अध्यक्ष शाहीले विद्यालयलाई प्रविधिमा जोड्न सहयोग गर्ने सामग्री हस्तान्तरण गर्नुु खुशीको कुरा भएको कारण बंैक प्र्रति धन्यावाद प्रकर्ट गदै विद्यालयहरुको भिडभाडमा प्रभा माविलाईनै रोज्नु भएकोमा विद्यालयले उक्त सामग्रीलाई विद्यार्थीको क्षमता विकासमा सदुपयोग गर्ने बताउनु भयो ।

थप बोल्दै अध्यक्ष शाहीले व्यवस्थापनको पक्ष र स्थानिय सरकारको रुपमा गर्न सक्ने र गर्ने काममा पनि सहकार्य गर्ने भन्दै भविष्याका कर्णधार निमार्णमा विशेष सहयोग गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश पुर्व सांसद तथा विद्यालय व्यास्थापन समिति सल्लाहकार खिम विक्रम शाहीले विद्यालयले यस्ता प्रविधिमा जोड्दै जानु राम्रो पक्ष भएको बताउनु भयो । कार्यक्रमको अवसरमा विद्यालयका प्रधानध्यापक नवराज आचार्य,विद्यार्थीको तर्फ बाट कक्षा १२ मा अध्ययनरत विद्यार्थी,सुनिल सुनार लगाएतले मन्तव्य राखेका थिए । आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं ३ का वडा सदस्य नन्द बहादुर चन्द,विद्यालय व्यवस्थापन समिति सदस्य भोटु कुमारी चन्द,विद्यालयका साहायक प्रधानध्यापक मोहन सापकोटा,पत्रकार,शिक्षक विद्यार्थी,लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयले सामग्री हस्तान्तरण पश््चात अतिथिलाई मायाकोे चिनोद्धारा सम्मान गरिएको थियो । कार्यक्रम शाईन रेसुंगा विकास बंैक बुर्तिवाङका शाखा प्रमुख प्रेमनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अवसरमा शाईन रेसुंगा विकास बैंक लि का क्षेत्रिय प्रवन्धक कृष्ण भन्डारीले विद्यालयका विद्यार्थीलाई वित्तिय शाक्षरता सम्बन्धि प्रशिक्षण समेत दिएको थियो । विद्यार्थीलाई पछिल्लो क्रममा विद्युतिय ठगी मौलाएको भन्दै सचेत रहना आग्रह गर्नु भएको थियो ।
बैंकले यस भन्दा अगाडी पनि सामाजिक उत्तर दायित्व अन्र्तगत विभिन्न विद्यालय तथा सामाजिक क्षेत्रमा काम गदै आएको शाईन रेसुगा विकास बंैक बुर्तिवाङका शाखा प्रमुख प्रेमनाथ पौडेलले जानकारी दिनु भयो ।