इलाका प्रशासन,मालपोत र नापी कार्यालयलाई बजारमै जग्गा व्यवस्था गर्ने भन्दै बजार बासिको भेला

असार २६
ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको इलाका प्रशासन नापि र मालपोत कार्यालय बुर्तिबाङ बजारमै राख्नुपर्ने माग सहित मंगलबार बजार बासिको भेला तथा सुझाव सँकलन भएको छ ।
इलाका प्रशासन कार्यालयले केहि महिना पहिले भवन निर्माणका निम्ती निशुल्क जग्गा खोजि गरेको थियो । लगत्तै ढोरपाटन २ को कुत्थाप्ला लगाएतका स्थानमा नागरिकले निशुल्क रुपमा जग्गा दिने आश्वासन समेत दिएका छन ।
प्रशासन, नापि र मालपोत कार्यलय बजारभन्दा बाहिर जान सक्ने भन्दै बजारबासीले बजारमै कार्यालयहरुलाई व्यवस्थापन गर्न आग्रह गर्दे आएका हुन । पुर्व नगर विकास समितीका अध्यक्ष अर्जुन शेरचन अध्यक्ष रहेको जग्गा व्यवस्थापन समिती गठन गरेर भवन निर्माणका निम्ती जग्गाको विकल्पमा अगाडी बढेको समितीले मँगलबार बजार बासिलाई भेला गराएर बजार तथा आसपासका क्षेत्रमा जग्गा खरिद गर्नका निम्ती साथ दिन अपिल गरेको हो ।
बजारबाट महत्वपूर्ण कार्यालयहरु अन्यत्र सर्दे गर्दा बजारको चहल पहल घट्ने, नागरिकलाई असुविधा हुने बताउँदै बजार आसपासकै क्षेत्रमा बजार बासिबाटै आर्थिक सँकलन गरेर जग्गा किन्नुपर्ने वाध्यता रहेको बताउँदै यो अभियानमा साथ दिन अध्यक्ष अर्जुन शेरचनले सहभागिलाई अनुरोध गर्नुभयो ।


राज्यले जग्गा किन्नका निम्ती बजेट व्यवस्था गर्ने अवधारणा नभएका कारण नागरिकको अपनत्व हुनुपर्ने बताउँदै जग्गा व्यवस्थापन भएमा तत्काल भवन वनाउने गरि प्रकृया अगाडी बढ्ने इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंरको भनाई छ ।
हामीलाई निरन्तर जग्गा व्यवस्थापनका निम्ती ताकेता छ लामो समयदेखि भाडाको घरमा बस्दै आएका कार्यालय आफनै सँरचना बनाएर वस्नुपर्ने भएका कारण जग्गा व्यवस्थापन प्रकृया छिटो हुनुपर्ने बताउँदै बजारमा नभएको खण्डमा कार्यालय जहाँ नागरिकले निशुल्क रुपमा जग्गा उपलब्ध गराउँछन त्यहाँ मध्यको छनौट गरेर कार्यालय जान सक्ने बताउनु भयो ।
कार्यक्रममा सहभागि अधिकाँसको जोड बजार बासिले आर्थिक जुटाएर भएपनी बजार आसपासमै कार्यालय व्यवस्थापन गर्नुपर्ने राय व्यक्त गरेका छन ।
समितीले विभिन्न सम्भावित स्थानको अवलोकन गरिसकेको छ नागरिकको राय लिएर जग्गा व्यवस्थापन प्रकृया अगाडी बढाइने अर्जुन शेरचनको भनाई रहेको हो । तिनवटा कार्यालय राख्न कम्तिमा डेढ देखि दुई रोपनी जग्गा खरिद गर्नुपर्ने र बजार क्षेत्रको मुल्य अनुसार करिव ३ करोड लागत लाग्न सक्ने अनुमान गरिएको बताउँदै जग्गा खरिदका निम्ती निरन्तर छलफल अगाडी बढ्ने शेरचनले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित