निसीखोलाका जनप्रतिनिधि,शिक्षक र सरकारी सेवाका कर्मचारीका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा

विनोद विश्वकर्मा,बुर्तिबाङ

जिल्लाको निसीखोला गाउँपालिकाले पालिका भित्रका जनप्रतिनिधि तथा सरकारी सेवाका कर्मचारी शिक्षकका बालबालिकालाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउने निर्णय गरेको छ ।

आईतबार गाउँपालिकाको ११ औँ गाउँसभा बाट निर्णय भएको र यसलाई ऐन निमार्ण गरेर कार्यन्वयनको बाटोमा लग्ने निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले जानकारी दिनु भएको छ ।

सामुदायिक विद्यालयको गुणस्तर खस्कियको भन्दै सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नको लागि पालिकाको जनप्रतिनिधि तथा सरकारी सेवाका कर्मचारी तथा शिक्षकनै जिम्मेवार भएको भन्दै यस्तो निति लिएको उपाध्यक्ष घर्तिले जानकारी दिनु भयो ।

पहिलो चरणमा पालिका भित्रका कति प्रतिशत विद्यार्थी निजी र कती समुदायिक विद्यालयमा अध्यनरत छन् त्यसको तयार पार्ने र ऐन निमार्ण गर्दै कार्यन्वयनको बाटोमा अगाडी बढ्ने निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित