spot_img

उत्तरगँगा नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समिती नगराउने नियति

छविलाल पाण्डे असार २७
बागलुङको पश्चिम क्षेत्रकै पुरानो र एक इतिहाँस बोकेको विद्यालय हो उत्तरगँगा नमुना माध्यमिक विद्यालय धेरैले शिक्षा लिएको र उत्कृष्ट व्यवस्थापन, राम्रो शैक्षिक व्यवस्थापनमा नाम चलेको विद्यालयको रुपमा परिचित थियो ।
जसरी परिचित थियो ६६÷०६७ देखिनै विद्यालयलाई बदनामी बनाउने र व्यवस्थापकि पक्ष भताभुँग बनाउने काम हालसम्म बद्दै गइरहेको देखिन्छ । कहिले विद्यालय व्यवस्थापन समितीको किचलो त कहिले प्र.अ बिवाद यस्तै यस्तै प्रबृर्तिले करिब १३÷१४ बर्षनै विद्यालय सहि निकास नपाएर गुज्रिएको देखिन्छ ।
पछिल्लो ७ बर्षमा विद्यालयले समिती पाउन सकेको छैन विद्यालयका प्रअ र लेखा पाल बिचको बमेल हो वा अन्य कारण हो विद्यालयको हिसाव किताव अडिट गरेर प्रस्ट पार्न सकिएको छैन । लामो समय भयो विद्यालयले बार्षिक उत्सव मनाउने, अभिभावकको गुनासो सुझाव सुन्ने देखि विद्यालयको व्यवस्थापकिय पक्ष समेत व्यवहारिसे अवस्थामा देखिन्छ । निसी भुजी तमान वडिगाड क्षेत्रकै साझा सँस्थाको रुपमा लिइँदै आएको विद्यालयमा केहि व्यक्ति, दल, केहि शिक्षक लगाएतकै स्वार्थका कारण विद्यालयको अवस्था जटिल बन्दै गएको हो ।
पटक पटक विद्यालय व्यवस्थापन समिती गठन गर्ने कुरा उठेपनी विद्यालयको भद्रगोल अवस्थालाई लिकमा ल्याउने विषयमा खासै छलफल भएको पाइँदैन दलहरुमा समेत जिम्मेवारी नदेखिनु, स्थानीय सरकार गैर जिम्मेवार बन्नु, अभिभावक गैर जिम्मेवार बन्नु ,विद्यालय प्रध्यानाध्यापकले आफनो कर्तव्य प्रति खुट्टा कमाउनु नै यो स्थितीको कारक हो ।

विद्यालयमा करिब एक हजार दुई सय विद्यार्थीले अध्ययन गर्दे आइरहेका छन विज्ञान विषय सम्मको पढाई हुँदै आएको छ । भौतिक पूर्वाधारमा समेत अब्बल बन्ने प्रकृयामा छ । २०७७ देखि नमुना विद्यालयको रुपमा स्थापित भएसंगै विद्यालयको भौतिक व्यवस्थापनमा बर्षेनी लाखौँ बजेट विनीयोजन हुँदै आएको पाइन्छ तर विद्यालयको व्यवस्थापकिय पक्ष कमजोर बन्दै गर्दा अभिभावक देखि विद्यालय प्रति चासो र चिन्ता गर्नेलाई यो प्रवृर्तिले दुखि बनाएको छ ।
केहि दिन पहिले विद्यालयका एक जना शिक्षक आफनो पठन पाठनलाई छोडेर विद्यालय समय भित्र पटक पटक अर्के पेशामा अन्यत्र कुँदिरहेको देखेँ र प्रअ लाई फोन मार्फत सोध्दै गर्दा आफुले व्यवस्थापन गर्न नसकेकै कारण व्यवस्थापन समिती आवस्यक परेको जवाफ दिनुभयो । केहि शिक्षकले प्र.अ लाई नटेर्ने परिपाटि उत्तरगंगा माविमा व्यापक छ । केहि शिक्षक आफनो जिम्मेवारीलाई राम्रो संग बोध गरेपनी कतिपय शिक्षकको मनोमानी राम्रै चलेको देख्न सकिन्छ । यस्को उपज नियमन, नियन्त्रण र व्यवस्थापन गर्ने निकाय नभएकै कारण त हो ?
७ बर्ष बित्दै गर्दापनी स्थानीय सरकारले गैर जिम्मेवारी पूर्वक आफनो कार्यकाल बिताएको देखिन्छ । शिक्षा नियमावली, ऐन बनाएको पालिकाले समयमा समिती गठन गर्न नसक्नु कति सम्म लाचाहार हो दलहरु सँधै पदमा मात्रै रमाउन खोज्नेले निकास दिन र सम्वन्धीत निकायमा झकझक्याउन किन नसकेको , एक हजार दुई सय अभिभावक हुँदै गर्दा अभिभावकले आफनो जिम्मेवारी बहन गर्न किन नसकेको आखिर उत्तर गँगा माविको व्यवस्थापनमा जिम्मेवार को हो त ?
पछिल्लो ३ पटक सम्मको प्रयासमा समिती गठन हुन सकेन भोलीदेखि बर्खे बिदा हुँदै गरेका कारण अब भदौ लागेपछि मात्रै पुनह प्रकृया सुरु हुने विद्यालयका प्र्रध्यानाध्यापक इश्वरी पौडेलको भनाई छ ।
पहिलो चरणमा ५० प्रतिशत अभिभावकको उपश्थितीमा समिती गठन हुनुपर्ने थियो त्यो हुन सकेन दोश्रो पटक ३५ प्रतिशत अभिभावकको उपश्थितीमा हुनुपर्ने त्यो पनी अभिभावकको उपश्थिती न्युन भएकै कारण हुन सकेन तेश्रो पटक उपश्थित सँख्याको आधारमा सहमतीबाट हुनुपर्नेमा समेत सहमती हुन नसकेपछि अव पुनह अर्काे पटक नयाँ प्रकृया अर्थात ५० प्रतिशत अभिभावकको उपश्थिती रहने गरि प्रकृया अगाडी बढ्ने प्रअ पौडेलको भनाई छ ।
यसरी विद्यालय व्यवस्थापन समिती जस्तो विषयमा समेत गैर जिम्मेवारी पनले विद्यालयले कहिले निकास पाउला विद्यालयको आर्थिक गतिविधी कहिले बाहिर आउला र फेरी पनि पहिलेको जस्तै सबैको मन जित्ने गरि विदालयले कहिले गति ल्याउने होला ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित