Home Blog Page 121

ढोरपाटन नगरपालिकाद्धारा कृषकको गोठमै पुगेर पशुको उपचार ।

0

ढोरपाटन साउन १९
ढोरपाटन नगरपालिकाद्धारा लम्पीस्कीन रोगबाट ढोरपाटन नगरपालिका अन्र्तगत कृषकले पालेका गाई धमाधम मर्न थालेपछि नगरपालिकाले किसानको गोठमै पुगेर इन्जेक्सन लगाउनुका साथै विभिन्न औषधि हस्तान्त्रण गरेको छ ।

ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली , पशु प्राविधिक सहितको टोलिद्धारा ढोरपाटन नगरपालिका ९ स्थित स्याचुङ, छेँडा, फुस्रे, देउराली , टिकाधारा, लगाएतका स्थानमै पुगेर किसानले पालेका पाँचसय बढि गाईलाई लम्पी स्किन रोगविरुद्धको इन्जेक्सन लगाईनुका साथै घाउमा लगाउने मलम समेत किसानलाई हस्तान्त्रण गरिएको कर्मचारी हिरालाल खनालले बताउनु भयो ।

ढोरपाटन नगरपालिकाको अधिकाँस किसानले पालेका १०० बढि पशुचौपाया मरेको तथ्याँक सँकलन भइसकेको र थप तथ्याँक आउन बाँकी रहेको पशु शाखा प्राविधिक टेकमाया थापाले बताउनु भयो । प्राविधिक सुश्मा घर्ति, स्मृर्ती अदैको टोलीले इन्जेक्सन दिएको हो ।

नगरपालिकाद्धारा थप उपचारको लागी खोप पठाउने तयारी रहेको जनाइएको छ ।

आखा पाक्ने रोगको समस्या बढ्दो ,बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा चेक गर्ने विरामीको संख्या बढ्यो ।

0

विनोद विश्वकर्मा,बुर्तिवाङ,

पछिल्लो समय विभिन्न अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।

यसैसन्दर्भमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आखा पाक्ने समस्या भएका विरामीको संख्यामा उल्खनिय बृद्धि भएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत दृष्टि विशेषज्ञा रुद्र खत्रीले पछिल्लो १ हप्तामा आखा पाक्ने रोगको लक्षण भएका विरामीको संख्यामा बृद्धि भएको जानकारी दिएका छन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ ।

आँखा पाक्ने समस्या भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले देखिने गरेको बताएका छन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको उनको भनाइ छ । खत्रीका अनुसार यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखीएको जानकारी दएका छन् ।

पछिल्लो ३ दिनको तथ्याङ्क हेर्दा १० वर्ष भन्दा कम उमेरका बालवालिकामा बढी संक्रमण देखीको तर अन्य उमेर समुहकालाई पनि यस रोग देखा परेको बताएकाछन् । गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्ने बताउँदै खत्रीले भने ‘धेरै जसो व्यक्तिहरूलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरैजसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरू जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्न सक्छ ”उनले भने ।

विशेषज्ञ खत्रीका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने उनको भनाइ छ ।
खत्रीले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने जानकारी दिए ।
यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमानै कार्यरत दृष्टि विशेषज्ञ विभा सिंहले आखा पाक्ने समस्या सबै उमेर र लिङ्गको मानिसलाई हुन सक्ने बताईन् । ‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ । आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो ।’

उनले अगाडि भनिन्‘आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने हुन्छ । भाइरस कन्जनटिभाइटिसले आँखाको नानीमा पनि सङ्क्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरूलाई नसर्ने भन्ने चाहिँ होइन । आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।’
आँखा रोग विशेषज्ञहरूले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइँ नगर्न र चिकित्सकसँग परामर्श गर्न आग्रह गरेका छन् । यस्तै उनीहरुले जथाभाबी औषधिको प्रयोग नगर्न पनि सुझाव दिएका छन् ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो ३ दिनमा ६६ जनाको चेकजाँच गरिएको विशेषज्ञा खत्रीले जानकारी दिएका छन् । यस मा बढी मात्रमा १० वर्ष भन्दा कम उमेर समुहको बालवालिका रहेको खत्रीले बताएका छन् ।
स्वास्थय केन्द्रमा आउने विरामिका लागि सामान्य औषधि प्रयोग गर्न लगाईएको खत्रीले जानकारी दिएकाछन् ।

आँखा पाके के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने
सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने
अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुसी औषधिको प्रयोग नगर्ने

आर्थिक अपारदर्सिता पछि बन्द भएको दोभान सहकारीमा कानुनी उपचारका निम्ती संघर्ष समिति गठन

0

दोभान सहकारीले बन्द भएको ४ वर्ष पछी संघर्ष समिति बनायो
साउन १४ गते
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं २ सेरामा रहेको दोभान बचत तथा ऋण सहकारी संथा बन्द भएको ४ वर्ष पुगि सकेको छ ।
२०७६ साल देखी सहकारी समस्याग्रस्त भएको भन्दै सहकारी पुर्ण रुपमा बन्द भएको थियो । तर सहकारी बन्द भएको यतिका समय सम्म पनि सहकारीको आधिकारिक हिसाव सार्वजनिक भएको थिएन ।
यसै सन्र्दभमा शनिबार सञ्चालक समिति उपाध्यक्ष नरबहादुर कुमालको अध्यक्षतामा बसेको सेयर सदस्य हरुको भेलाले संर्घ समिति बनाएर अगाडी बढ्ने भन्दै सेयर सदस्य छम सेनको संयोजगत्वमा १८ सदस्य संघर्ष समिति निमार्ण गरेको छ । जसको उप संयोजकमा जीत बहादुर कुवँर,बालसम कुवँर,कोषाध्यक्षमा जीवलाल कंडेल, लगाएतका सदस्यहरु रहेका छन् ।
सहकारीमा रहेको कुल पुजीँमा आर्थिक वर्ष २०७५÷७६ को अडिटमा करिव १५ लाख रुपैया हिसावमा नदेखिएको कारण बन्द भएको सञ्चालक समितिका कोषाध्यक्ष तथा संर्घष समितिका सचिव बालसम कुवँरले बताएका छन् । यस रकम हिनामिना भएको सहकारीका सचिव चुरामणी भुषालले स्वीकारेको र अध्यक्ष दधिराम अर्ययालले अझै स्वीकार नगरेको कुवँरले बताए । सँस्थापक अध्यक्ष तथा दुई कार्यकाल सम्म अध्यक्ष पद पाएका दधिराम सर्माले २०७७ सालको चैत्र मशान्त भित्र आर्थिक हिसाव पारदर्सि बनाउने सेयर सदस्यलाई आश्वासन दिएका थिए ।
आफनै घरमा सहकारी सँस्था राखेका सर्माले सेयर सदस्यको पटक पटकको मागलाई वे वास्ता गर्दे आएको सेयर सदस्यले गुनासो गरेका छन । संघर्ष समिती गठन गरिएको छ अव प्रकृया गत रुपमा अगाडी बढ्छौँ उपाध्यक्ष नर बहादुर कुमालले बताउनु भयो ।
अव सर्घष समितिले सहकारीको पुरानो सबै लेखाजोखा तथा हिसाव खोज्नको लागि समिति निमार्ण गरिएको छ सहज रुपमा समस्या समाधानका निम्ती पटक पटक छलफल भएपनी अध्यक्षको गैर जिम्मेवार तर्कका कारण समिती गठन गर्नुपरेको बताउँदै अव कानुनी उपचार खोज्दै प्रकृयागत रुपमा अगाडी बढ्ने सँघर्ष समितिका संयोजक छम बहादुर सेनले बताउनु भयो ।
सहकारीमा १२७ जना सेयर सदस्य, ५६ लाख ५२ हजार ५ सय जम्मा पुजीँ, सहकारीको ४२ लाख २२ हजार १ सय ८० लगानी रहेको छ ।
सहकारीका सेयर सदस्यले यस भन्दा अगाडी प्रहरीमा छानविनको लागि भन्दै निवेदन समेत दिएका थिए ।

ढोरपाटन नगरपालिकाद्धारा विधुत पहुँच नपुगेको बस्तिमा सोलार हस्तान्त्रण

0

बुर्तिबाङ साउन १४ गते
ढोरपाटन नगरपालिकाले विधुतको पहुँचमा पुग्न नसकेका नगरपालिकाको वडा नं. ६ र ९ को केही वस्तिमा पुगेर शनिबार नागरिकलाई सोलार सेट हस्तान्त्रण गरेको छ ।
पटक पटक विद्युतको माग गर्दे आएका स्थानीय नागरिकलाई विद्युतको विकल्प तत्काललाई नदेखिएपछि केन्द्रिय विधुत विस्तार नहुन्जेल सम्म भएपनी उज्यालोमा वस्न पाउन भन्ने उदेश्य सहित सोलार सेट हस्तान्त्रण गरिएको नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले बताउनु भयो ।


नगरपालिकाको वडा नं. ६,७,८ र ९ का गरि ढोरपाटन उपत्यका तथा आसपासमा ४ सय बढि घरमा अझैपनी विधुत पुग्न नसक्दा नागरिक अन्धकारमा बस्न बाध्य भएको बताउँदै हाललाई ७३ घरधुरीलाई र दशै तिहारको समयमा सबैजसो घरधुरीमा पुग्ने गरि सोलार व्यवस्था गरिने कार्यवाहक नगर प्रमुख धन बहादुर कायतको भनाई छ ।
हाल ढोरपाटन नगरपालिका वडा नं. ६ को लाम्खोरीया र छेन्तुङका अशहाय, विपन्न र स्थानीय गरि ७३ परिवारलाई सोलार सेट हस्तान्त्रण गरिएको हो । छेन्तुङ,स्यालपाखे, खाल्डेखुल्टे, नवि, सलठान, डिजा, मस, नवि, थास्मर, गाडिखोला लगाएत विभिन्न १८ वस्तिमा विधुत पहुँच नभएको बताउँदै केही वस्तिमा हाललाई नगरपालिकाले व्यवस्था गरिने र केही वस्तिमा दशै सम्ममा गण्डकी प्रदेश सरकारबाट समेत सोलार सेट आउँदै गरेका कारण विधुतको बैकल्पीक व्यवस्था गर्न थालिएको बताउँदै चाँडै केन्द्रिय विधुतको पहुँच पुग्ने गरि सम्वन्धीत निकायमा आफुहरुले ध्यानाकर्षण गराईरहेको बताउनु भयो । र्
टुकि र दियालोको भरमा बस्दै आएका नागरिकको माग अनुसार सोलार सेट उपलब्ध गराउने अभियान अन्र्तगत हाल केहि नागरिकलाई व्यवस्था गरिएको र केही समयमै सबै नागरिकलाई सोलार उपलब्ध गराउने गरि पालिकाले काम गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो’ ।
“सोलार सेट पाएसँगै आफुहरुलाई केही हदसम्म भएपनी उज्यालोमा वस्न पाउने भयौँ बाल बच्चाले उज्यालोमा बसेर पढ्न पाउने भए मोवाईल चार्ज गर्नमात्रै नौथर गाउँ आधा घण्टा टाढा पुग्नुपर्ने बाध्यता थियो अव सहज हुने भएको छ ” स्थानीय बर्ष वि.क. ले बताउनु भयो ।


बालबच्चालाई पढ्न समस्या थियो बाहिर रहेका आफन्त सँग फोन सम्पर्क गर्न पनी समस्या छ विधुत नभएसम्म र उज्यालो वस्न नपाउँदा अझैपनी विकासमा निकै पछाडी छौँ भन्ने लाग्छ नगरपालिकाले सोलार सेट उपलब्ध गराएकोमा अव केही सहज भएपनी केन्द्रिय विधुत छिटो आए अझै सहज हुन्थ्यो स्थानीय हुनी विश्वकर्माको भनाई छ ।
नगरपालिका कार्यवाहक प्रमुख धन बहादुर कायत, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, कार्यपालिका सदस्य नविन शेरचन, स्टोर शाखा प्रमुख दिपक श्रीपाली लगाएतको उपश्थितीमा सोलार सेट हस्तान्त्रण गरिएको हो ।

 

सडेको अवस्थामा निसीको वाले जँगलमा शव फेला

0
फाइल फोटो

 

फाइल फोटो

बुर्तिबाङ साउन १२ गते
बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ स्थित वाले जँगलमा सडे गलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । निसीखोला गाउँपालिका वडा नं. ६ र पूर्वी रुकुमको सिमाना पर्ने पातिहाल्ने भन्ने स्थान नजिक जँगलमा सडेको अवस्थामा अन्दाजी ३० बर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्माले बताउनु भयो ।
स्थानीयले जँगलमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्माको कमान्डमा खटिएको प्रहरी टोलीले घटनाको विषयमा अनुसन्धान सुरु गरिरहेको हो । शव अत्याधिक सडेका कारण चिन्न नसक्ने अवस्थामा रहेको प्रमुख सर्माले बताउनु भयो ।

शव अत्याधिक गलेको अवस्थामा रहेका कारण पहिचान हुन समस्या रहेको बताउँदै पोष्ट मार्टमका निम्ती बुर्तिबाङ स्वास्थ्य चौकीमा लैजाने तयारी रहेको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो

गाउँमा बाँदर आतंक मकै जोगाउन दुई महिना बारिमै

0

बुर्तिबाङ साउन १० गते
बाँदर आतँक प्राय धेरै ठाउँमा सुन्न र देख्न सकिन्छ तर बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगतका केहि बस्तीमा सँधैभरी बाँदरले हैरानी दिँदै आएको छ ।

सयौँको सँख्यामा हुने रातो प्रजातीको बाँदरले विशेषगरी बर्षातको समयमा फल लान्ने अवस्था देखि मकै नपाकुन्जेल सम्म कृषकलाई खेत बारिमै बास हुने गरि सताउने गरेको छ । ढोरपाटन नगरपालिका २ खल्बाङकी पुतली तिरुवा असार मशान्त देखि भदौ दोश्रो सातासम्म करिव ढेड महिना मकै बारिमा बिहान सबेरै देखि झमक्क रात नपर्दा सम्म बारिमै देखिनु हुन्छ । बारि नजिक वन छ वनमा सयौँको सँख्यामा बाँदर हुन्छन एकैछिन वालि छोडेर अन्यत्र जाने हो भने बर्षभरी खाने सबै खेती एकैछिनमा निमिट्यान्न पार्दिन्छ ।

पुतली जस्तै गाउँका सबै नागरिकको अवस्था उस्तै छ बर्खाभरी मकै कुर्नुपर्छ हिँउदमा घरभित्रै पस्न आउँछ पहिले पहिले मानिस, कुकुर देखेर भाग्ने बाँदर अहिले अझै झमटिन आउँछ बाँदर आतँकले गाउँमा वस्नै समस्या सृजना भएको ढोरपाटन २ का अमर बहादुर क्षेत्रीको भनाई छ ।
बाँदर आतँककै कारण उक्त गाउँमा सयौँ रोपनी जग्गा बाँझो बन्दै गएको हो । त्यस आसपासका अधिकाँस गाउँमा बाँदरले सताउने गरेको किसानको गुनासो छ । उता निसीखोला गाउँपालिकाको अधिकाँस वस्तिमा बाँदर आतँक बद्दो रहेको पाइएको छ । वडा नं. ४ ले गत बर्ष साढे दुई लाख रुपैयाँ बजेट विनीयोजन गरेर बाँदर नियन्त्रण गर्ने लक्ष्य लिएपनी प्रभावकारी हुन नसकेको वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनु भयो । समिती बनाएर विभिन्न उपाय पनी लगाइयो तर अपेक्षाकृत रुपमा नियन्त्रणमा लिन नसकिएको वडा अध्यक्ष पौडेलको भनाई छ ।

गाउँ नजिकै सयौँको सँख्यामा बाँदर बस्दै आएको र स्थानीयलाई आफुले लगाएको बाली जोगाउनै मुस्किल रहेका कारण यो सामान्य नियन्त्रण प्रकृयाले नहुने बताउँदै केन्द्र र प्रदेश सरकारले नै बाँदर नियन्त्रणको निम्ती कार्यक्रम ल्याउन आवस्यक रहेको बताउनु भयो । वडा नं. ५ मा समेत बाँदर आतँक बढेपछि स्थानीय भुमिराज घर्तिले स्थानीय सरकारले निती बनाएर अगाडी बड्न सुझाव दिनुभएको छ ।

अधिकाँस कृषकले मकै लगाएपछि मकैको दाना लाग्न सुरु भएदेखि मकै नपाकुन्जेल सम्म करिब दुई महिना बारिमै बस्नुपर्ने बाध्यता रहेको छ ।

भिमगिठे प्रहरी चौकी प्रमुखको होटल सञ्चालक आमा छोराको सँलग्नतामा हत्या भएको खुलासा

0

साउन १० गते बुर्तिबाङ
इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेलको हत्या भएको प्रहरीद्धारा निकालिएको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गत श्रावण ८ गते राती वडिगाड गाउँपालिका ६ खाल स्थित आशा होटल एण्ड रेष्टुरेन्टमा मृत अवस्थामा फेला परेका पौडेलको मुक्का प्रहार गरि हत्या गरिएको खुल्न आएको हो ।
विज्ञप्ती अनुसार होटल सञ्चालक आशा कुवँर र निजका छोरा विनोद कुवँर सँगको विवाद हुँदा विनोदले टाउकोमा मुक्का र छाँतीमा लात्तिले प्रहार गर्दा बेहोस बनाई ढोकोमा टाँगिएको प्रर्दाको सहायताले पासो लगाई हत्या गरिएको खुल्न आएको हो ।
हत्या पछि मृतक पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली किचन ¥याकमा राखिएको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सी.ले बताउनु भयो । सोमबार रातको साढे ११ बजे भएको घटनामा सँलग्न आमा छोरा दुबै जनालाई प्रहरीले अनुसन्धानका निम्ती मँगलबार बिहान नियन्त्रमा लिएको थियो ।
होटल सञ्चालक ५१ बर्षिय आशा कुवँर र २० बर्षिय छोरा विनोद कुवँरलाई ज्यान सम्वन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक पौडेलको घर पर्वत रहेको र निजका एक छोरी र श्रीमती रहेको पाइएको छ ।

घटना स्थल भिमगिठे प्रहरी चौकी देखि ३ किलोमिटर र जिल्ला प्रहरी कार्यालय देखि ८० किलोमिटरको दुरीमा रहेको छ ।

वरिष्ठ सइ उज्वल पौडेलको शव पोष्टमार्टम का लागि बागलुङ लगियो

0

बुर्तिबाङ साउन ९
इलाका प्रहरी कार्यालय भीमगिठेका वरिष्ठ सइ उज्वल पौडेलको शव परिक्षण पोष्टमार्टम का लागि बागलुङ लगिएको छ ।

सोमबार राती बागलुङको बडिगाड गाउँपालिका–६ खार बजारको एक होटलमा मृत फेला परेका वरिष्ठ सइ पौडेलको शव पोष्टमार्टम गर्नका लागि बागलुङ लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।

खार बजारमा आशा होटल एण्ड खाजा घर सञ्चालन गर्दे आएकी सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीको भनाई । डियुटीमा खटिएका बरिष्ठ सई पौडेल राती १० बजे होटलमा खाजा खान पसेका बताइएको छ होटलको भुँई तलामा पर्दाको पासो लगाएको अवस्थामा मृत फेला परेको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको भनाई छ ।

घटनाको विषयमा थप अनुसन्धान भएपछि मात्रै बास्तविकता बाहिर आउने जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।

भिमगिठे प्रहरी चौकीका प्रमुखको होटलमा शव फेला

0

साउन ९ गते

बागलुङको वडिगाड गाउँपालिका ६ स्थित एक होटलमा प्रहरी अधिकृतको शव भेटिएको छ । ।

बडिगाड गाउँपालिका वडा नम्बर ७ मा रहेको प्रहरी चौकी भिमगिठेका प्रहरी प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक उज्ज्वल पौडेलको शव वडा नम्बर ६ खालको आशा होटल एण्ड खाजा घरमा भेटिएको वडा अध्यक्ष विर बहादुर खत्रीले जानकारी दिए ।मँगलबार बिहान मात्रै घटनाको विषयमा थाहा पाएपछि प्रहरी टोलि घटनान स्थलमा पुगेको बताइएको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी राजाराम खड्काको नेतृत्वमा प्रहरी टोलि घटनास्थल पुगेको खड्काले बताए ।

नेकपा एमालेको बैठक तथा प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा सम्पन्न

0

बुर्तिबाङ साउन ७ गते
नेकपा एमालेको बैठक तथा प्रशिक्षण मुलक कार्यक्रम ढोरपाटनको बुर्तिबाङमा आइतबार सम्पन्न भएको छ । नेकपा एमालेको भातृ सँगठन युवा सँघ नेपाल बागलुङको आयोजनामा आयोजित कार्यक्रममा युवा सँघ नेपालका केन्द्रिय इन्चार्ज महेश वस्नेतले कार्यक्रममा सम्वोधन गर्नुएको हो । नेता वस्नेतले बोल्दै नेकपा एमालले सरकारमा हुँदा स्वास्थ्य ,शिक्षा लगाएत नागरिकको अधिकार सुनिश्चत गर्र्दे विकास र समृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताउँदै वर्तमान सरकारले नागरिकको अपेक्षालाई परिपुर्ति गर्न नसकेको आरोप लगाउनु भयो ।
देशमा खुलम खुल्ला रुपमा भइरहेको सुन काण्ड, सरणार्थी काण्ड लगाएतका गम्भिर विषयमा सरकारले गम्भिरता लिन नसकिरहेको बताउनु भयो ।
देशमा महँगी, आर्थिक मन्दि क्रमश बद्दो क्रममा छ बाह््रय ऋण बद्दै गर्दा वर्तमान सरकारले यस विषयमा गम्भिरता लिन नखोजिरहेको आरोप लगाउँदै नेकपा एमालेले प्रतिपक्षमा रहेर निरन्तर सरकारको खवरदारि गर्ने बताउनु भयो ।
नेता वस्नेतले थप बोल्दै नेकपा एमाले नेता मनमोहन अधिकारीको पालमा आर्थिक क्रान्तीमा ल्याएको महत्वपूर्ण कार्यक्रम सहकारी रहेको बताउँदै पछिल्लो समय सहकारीमा देखिएको खराव प्रबृर्तिको अन्त्यका निम्ती नेकपा एमालेले साथ दिनुपर्ने बताउँदै सहकारीको माध्यमबाट गरिव, निमुखा, विपन्न वर्गको पैसामा रजाँई गर्नेलाई कानुनी दायरामा राज्यले लिनुपर्ने बताउँदै नेकपा एमालेले त्यस्ता व्याक्तिको सम्रक्षण नगर्ने बताउनु भयो ।
एमाले पार्टिलाई थप शशक्त मजबुद बनाउँदै अगाडी बद्न नेता कार्यक्रता चलायमान बन्नुपर्ने बताउनु भयो ।
युवा सँघ नेपाल बागलुङका जिल्ला कमिटी अध्यक्ष बुद्ध बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा सँघ नेपाल केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख सपना श्रेष्ठ, केन्द्रिय सदस्य आकृर्ति भण्डारी, रमेश घर्ति, सुजन के.सी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हिरा बहादुर के.सी., उपाध्यक्ष लक्ष्मण पुन, लगाएत नेता कार्यक्रताको आतिथ्यता एवं मन्तव्य रहेको थियो ।
कार्यक्रम युवा सँघ नेपाल बागलुङका जिल्ला कमिटी उपाध्यक्ष उदय हमालको स्वागत जिल्ला सचिव शिवराज कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।