फाइल फोटो
बुर्तिबाङ साउन १२ गते
बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ स्थित वाले जँगलमा सडे गलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । निसीखोला गाउँपालिका वडा नं. ६ र पूर्वी रुकुमको सिमाना पर्ने पातिहाल्ने भन्ने स्थान नजिक जँगलमा सडेको अवस्थामा अन्दाजी ३० बर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्माले बताउनु भयो ।
स्थानीयले जँगलमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश सर्माको कमान्डमा खटिएको प्रहरी टोलीले घटनाको विषयमा अनुसन्धान सुरु गरिरहेको हो । शव अत्याधिक सडेका कारण चिन्न नसक्ने अवस्थामा रहेको प्रमुख सर्माले बताउनु भयो ।
शव अत्याधिक गलेको अवस्थामा रहेका कारण पहिचान हुन समस्या रहेको बताउँदै पोष्ट मार्टमका निम्ती बुर्तिबाङ स्वास्थ्य चौकीमा लैजाने तयारी रहेको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो