Home Blog Page 120

मन्त्री सरस्वती अर्यालको टोलीद्धारा उत्तरगँगा जलाशय यूक्त आयोजना बन्ने स्थलको अवलोकन तथा निरीक्षण

0

ढोरपाटन साउन २८
उत्तरगँगा जलाशय यूक्त आयोजना निर्माणमा सरकारको चासो बढ्दै गर्दा गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय मन्त्री सरस्वती अर्याल तिवारी सहितको टोलीद्धारा ढोरपाटन उपत्यका सहित ड्याम साईड बन्ने स्थलको समेत अवलोकन गर्नुभएको छ ।
शनिबार उक्त टोलिद्धारा त्यस क्षेत्रको अवलोकन गर्नुका साथै गण्डकी प्रदेश सरकार अन्र्तगत उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयको समेत सम्मोन्य गर्ने दायित्व रहेका कारण आफुहरु यस क्षेत्रको अवलोकनका निम्ती आएको बताउँदै उक्त आयोजना सँघिय सरकारको योजना अन्र्तगत पर्ने भएपनी गण्डकी प्रदेश सरकार सँग सम्मोन्य रहने भएको र आफनो प्रदेश भित्र उक्त आयोजना निर्माण हुँदै गर्दा उर्जा सँग सम्वन्धित आयोजना भएका कारण विशेष अवलोकन निरीक्षण गरिएको बताउनु भयो ।
प्रदेश सरकारको समेत जिम्मेवारी छ जिम्मेवारी बहन गर्नका निम्ती आफुहरु योजना निर्माण हुने स्थलमा आएको बताउँदै जनताको आवस्यकता, जनताको राय धारणा बुझ्नका निम्ती पनी आफु ढोरपाटन आएको बताउनु भयो ।
“लामो समय देखि चर्चा रहेको आयोजना नबन्नुमा राजनैतिक खिचातानी हो की भन्ने लागेको हो मन्त्रालयले र गण्डकि प्रदेशले जनताको आवस्यकता र विकासको अवधारणालाई हेरेर आयोजना निर्माणका निम्ती सँघिय सरकारमा थप ध्यानाकर्षण गराउने मन्त्री तिवारीले प्रतिबद्धता व्यक्त गर्नुभयो” ।
त्यस्तै गण्डकी प्रदेशका माननिय दोर्ण कुमार कुवँरले समेत आयोजना बन्ने स्थलको अवलोकन गर्दे लामो समय देखि चर्चामा रहेको उत्तर गँगा जलाशय यूक्त आयोजना बन्ने विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराइएको बताउँदै गण्डकी प्रदेश सरकार मार्फत सँघ सरकालाई थप ध्यानाकर्षण गराइने बताउनु भयो । आयोजना निर्माण भएमा यहाँको विकास, प्रर्यटन रोजगारी र आर्थिक उत्पादनमा समेत सहज हुने बताउँदै आयोजना निर्माणमा सरकारको भुमिका सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।

ड्याम साईड बन्ने स्थल
स्थलगत अध्ययनका निम्ती आउनु भएका उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयका सचिव डा. सन्तोष कैनीले बोल्दै यस आयोजना गण्डकी प्रदेश सरकारको गौरवको आयोजना समेत रहेका कारण ड्याको एक्सेस देखि लिएर जलाशय यूक्त आयोजना बन्नका निम्ती सम्भावित र निकै कम लागतमा आयोजना बन्ने भएका कारण आयोजना बनाउनका निम्ती पहल गरिने बताउनु भयो । ८२१ मेगावाट क्षमताको उक्त आयोजना बन्दै गर्दा ढोरपाटन उपत्यकामा ८ किलोमिटर दुरी टाढा अर्थात भुजी क्षेत्र भन्दा केहि तल ड्याम निर्माण हुने गरी अगाडी बढ्ने छ ।

दुई सय मिटर हाईट सम्म पानी सँकलन हुने उक्त आयोजनाको दुई वटा पावर हाउस मार्फत विधुत उत्पादन हुने जनाइएको हो । आयोजनाको प्रारम्भिक अध्ययन समेत भइसकेका कारण बिस्तृत अध्ययन गर्न बाँकी रहेका कारण सरकारले उक्त प्रकृया अगाडी बढाउन सकेमा छोँटो समयमै आयोजना बन्ने झलक मोहन ओझाले बताउनु भयो ।

बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई प्रादेशिक स्तरको अस्पत्ताल बनाउन बृहत छलफल

0

बुर्तिबाङ साउन २८
जिल्लाको ढोरपाटन नगरपालिका १ स्थित बुर्तिबाङमा रहेको बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई गण्डकी प्रदेश मार्फत प्रादेशिक अस्पत्ताल वनाउने प्रस्ताव निती कार्यक्रममा समावेश भएसँगै पहिलो चरणको छलफल तथा अन्र्तक्रृया कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।
आइतबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश बागलुङ, क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सभाका साँसद, यहाँ स्थित चारवटै पालिकाका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दल, लगाएतको उपश्थितीमा ब्यापक छलफल गर्दे अनिवार्य रुपमा चाँडो भन्दा चाँडो सुविधा सम्पन्न ५० शैयाको प्रादेशिक अस्पत्ताल स्तरोन्ती कार्यलाई अगाडी बढाउन सुझाव दिइएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सँयोजक खिम बहादुर खड्का लगाएत स्वास्थ्य कर्मी, गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँर, जित बहादुर शेरचन, दिलमाया पौवी, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, वडिगाड गाउँपालिका प्रमुख गण्डकी थापा, निसीखोला गाउँपालिका प्रमुख सुर्य बहादुर घर्ति, उपप्रमुख प्रेम घर्ति, तमानखोला गाउँपालिका प्रतिनिधी वडा नं. ३ का अध्यक्ष झग बहादुर बुढा , राजनैतिक दलका प्रतिनिधी, पत्रकार, स्वास्थ्य कर्मी लगाएतको उपश्थिती एवं मन्तव्य रहेको कार्यक्रममा सहभागिले यहाँका नागरिकले भोग्नुपरेको स्वास्थ्य समस्या, सेवा ग्राहि नागरिक लगाएतको वास्तविकता प्रस्ट पार्दे यहाँको वस्तु स्थिती र नागरिकको समस्यालाई बुझेर छिटो भन्दा छिटो प्रादेशिक अस्पत्तालमा स्तरोन्ती सहित सेवा प्रवाहलाई अगाडी बढाउने गरि काम गर्न स्वास्थ्य निर्देशनालयको टोली सहित साँसदलाई आग्रह गरेका छन ।


स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सँयोजक खिम बहादुर खड्काले बोल्दै यहाँका नागरिकको स्वास्थ्य क्षेत्रमा झेल्नुपरेको समस्याको विषयमा जानकार रहेको बताउँदै प्रादेशिक अस्पत्तालमा स्तरोन्ती गर्नका निम्ती नागरिकको धारणा बुझन् आफुहरु यहाँ आएको बताउनु भयो । पहिलो चरणमा यहाँको वस्तुगत अवस्था, अस्पत्तालको भौतिक अवस्था , उपकरण लगाएतका विषयमा अध्ययन गरेर साउन ३२ गतेसम्म प्रतिवेदन गण्डकी प्रदेश सरकार समक्ष पेश गरिने र पेश गरिएको प्रतिवेदनका आधारण मन्त्रि परिषण्बाट पास भएमा प्रकृया थप अगाडी बढ्ने खड्काले बताउनु भयो


त्यस्तै ५० शैयाको अस्पत्ताल व्यवस्थापन हुन स्वास्थ्य सँस्था व्यवस्थापन तथा सञ्चालन मापडण्ड २०७७ को परिधी भित्र रहेर प्रकृया अगाडी बढ्ने बताउँदै १५० जना जनशक्ति, विभिन्न १० विभाग र बार्षिक ६८ करोड खर्च लाग्ने भएका कारण गण्डकी प्रदेश सरकारबाट पारित भएपछि आर्थिक व्यवस्थापनका निम्ती सँघ सरकारबाट समेत स्विकृती लिनुपर्ने प्रावधान रहेको गण्डकी प्रदेश आपूर्ति महाशाखाका निर्देशक डा. राजिव रिजालले बताउनु भयो ।
आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनुभएका साँसद दोर्ण कुमार कुवँरले बोल्दै यहाँका नागरिकले स्वास्थ्य क्षेत्रमा पाएको पिडालाई आफुले राम्रो सँग बुझेका कारण आफु निर्वाचित जनप्रनिधी नहुँदै गर्दा पनी पटक पटक सरकारको ध्यानाकर्षण गराएपनी आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रममा निकै कठिनाईका साथ ध्यानाकर्षण गराउँदै कार्यक्रम समावेश गराइएको बताउँदै जुन कुनै हालतमा पनी ५० शैयाको प्रादेशिक स्तरको सुविधा सम्पन्न अस्पत्ताल बनाउने गरि आफुहरु अगाडी बढिसकेको बताउँदै यसलाई सफल बनाउन सवैको साथ सर्मथन आवस्यक रहेको प्रस्ट पार्नुभयो ।
त्यस्तै साँसद जित बहादुर शेरचनले बोल्दै राज्यले दुर्गम क्षेत्रमा गर्नुपर्ने विकास सुगम क्षेत्रमा मात्रै गर्दा गरिव विपन्न नागरिक अकालमै मृत्युको मुखमा पर्नुपर्ने बाध्यता रहेको बताउँदै पश्चिम बागलुङका नागरिकको स्वास्थ्य क्षेत्रको पहज पहुँचका निम्ती सरकारले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै साँसद दिलमाया पौवीले बोल्दै यहाँको स्वास्थ्य समस्याका निम्ती आफुहरुले निरन्तर सँसदमा ध्यानाकर्षण गराइरहेको बताउँदै जनताको आधारभुत आवस्यकता परिपूर्ति गर्नका निम्ती राज्यको भुमिका महत्वपूर्ण रहनुपर्ने बताउँदै तत्काल प्रादेशिक स्तरको अस्पत्ताल निर्माणमा आफुहरुले पहल गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा वडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकाका जनप्रतिनिधीले बोल्दै प्रादेशिक अस्पत्ताल बनाउन आफुहरुको पूर्ण साथ समर्थन रहेको बताउँदै यहाँका नागरिकको सहज र सरल रुपबाट उपचार पाउने वातावरण सृजना गर्नु राज्यको दायित्व रहेको बताएका छन । त्यस्तै राजनैतिक दलका प्रतिनिधीले समेत राज्यले जनतालाई भ्रममा पार्ने काम नगरि समयमा सहज स्वास्थ्य उपचार पाउने प्रवन्ध गर्न सुझाव दिएका छन ।
कार्यक्रम बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र धकालको अध्यक्षता ढोरपाटन नगर स्वास्थ्य सम्योजक केशव थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

बुर्तिबाङ तारीखेतमा किशोरी झुण्डिएको अवस्थामा मृत फेला

0

बुर्तिबाङ

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं वडा नं २ बुुर्तिबाङ तारीखेतमा एक किसोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
अध्ययनका लागि बागलुङको बुर्तिबाङ बजारमा बस्दै आएकी १८ वर्षीय किशोरीले आत्महत्या गरेकी छन् ।
बडिगाड गाउँपालिका निगलपानी घर भएकी र निसीखोला गाउँपालिका– ७ चोलाङ माइत भएकी १८ वर्षीया शान्ति विक सनिबार राति १२ बजेको समयमा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिनु भएको छ ।

‘किशोरी कक्षा १२ मा अध्ययनका लागि बजारमा डेरा लिएर बस्दै आएकी रहेछिन्,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘राति १२ बजे झुण्डिएको खबर आएपछि हामी घटनास्थलमा पुग्यौं, शलले घाँटीमा पाँसो लगाएर कोठा भित्र पंखामा झुन्डीएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।’
उनका अनुसार भारतमा रहेका १८ वर्षीय श्रीमान सुमन विकसँग झुण्डिनुअघि कुराकानी भएको भेटिएको छ । प्रहरीले कुराकानी भएको मोबाइल बरामद गरी थप अनुसन्धानका लागि ल्याबमा पठाउने तयारी गरेको छ ।

प्रहरीले किशोरीको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक अस्पतालमा ल्याएपनि परिवार र श्रीमान नआएसम्म अनुसन्धानको प्रक्रिया अघि नबढाउने बताएको छ ।

किशोरीले बुर्तिबाङमा रहेको उत्तरगंगा माविको कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन् ।

“जनताको समस्या र विकासमा एकढिक्का भएर अगाडी बढौँ” साँसद कुवँर

0

बुर्तिबाङ 
गण्डकी प्रदेश सभासदस्य तथा तथा नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधी दोर्ण कुमार कुवँरले जनताको समस्या सम्वोधन गर्न र विकास निर्माण मार्फत अगाडी बढ्न जिम्मेवार नेता कार्यक्रता र निर्वाचित जनप्रतिनिधी जिम्मेवार पूर्वक अगाडी बढ्नुपर्ने बताउनु भएको छ ।

शनिबार नेपाली काँग्रेस तमानखोला गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरिय सम्मेलन कार्यक्रममा साँसद कुवँरले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे यस्तो बताउनु भयो । जनताको तमाम समस्या र निर्वाचित जनप्रतिनिधी प्रति आशा अपेक्षा धेरै छन त्यसलाई क्रमश सम्वोधन गर्दे जानुपर्ने छ । यस आर्थिक बर्षमा गण्डकी प्रदेशबाट समेत थुप्रै योजना तथा कार्यक्रममा बजेट विनीयोजन भएका कारण नागरिकको अपेक्षालाई तिनवटै तहको सरकारले सम्वोधन गर्दे जानुपर्ने बताउँदै नेपाली काँग्रेसमा आवद्ध नेता कार्यक्रताले समेत सँगठनलाई चलायमान बनाउने, नागरिकको समस्यामा सहारा बन्दै अगाडी बढ्नुपर्ने बताउँदै आ –आफनो तहबाट सक्रिय भएर अगाडी बढ्न नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।

विकास निर्माणले पछि परेको तमानखोला गाउँपालिकामा यस आर्थिक बर्षमा थुप्रै विकास निर्माण योजना छनौट भएको बताउँदै योजनालाई प्रभावकारी, गुणस्तरीय र दिगो बनाउन स्थानीय नागरिकले नै सचेत गराउनु पर्ने बताउँदै केन्द्रिय विधुतको पहुँच, सडक, मोटरेवल पुल,झलुङगे पुल, लगाएतका विकास निर्माणलाई आफहुरुले क्रमश पुरा गर्ने बताउनु भयो ।


कार्यक्रमका अवसरमा विशिष्ठ अतिथीको रुपमा रहनुभएका नेपाली काँग्रेस जिल्ला कार्यसमिती सचिव तथा वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बोल्दै पार्टीलाई गतिशिल र चलायमान बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन पछि पहिलो पटक यस्तो भेटघाट र छलफल कार्यक्रमको आयोजना गर्दे गर्दा आम कार्यक्रतामा रहेका गुनासो, सुझास सँकलन सँगै आत्मियता बद्ने बताउँदै सँगठनलाई चलायमान बनाउँदै अगाडी बढ्ने नेता कार्यक्रतालाई सुझाव दिनुभयो ।
तमानखोला गाउँपालिकामा नेपाली काँग्रेस एकढिक्का र सक्रिय सँगठन सहित अगाडी बढेको पालिका रहेका कारण यहाँका नेता कार्यक्रतामा नैराश्यताच आउन नहुने गरी सँगठन चलायमान बनाउनु पर्नेमा जोड दिँदै जनताका समस्या विकास निर्माणमा समेत साझा अपनत्व लिएर जनप्रतिनिधी अगाडी बद्नुुपर्ने बताउनु भयो । जनताका आवस्यकता धेरै छन श्रोत र साधन कम रहेपनी महत्वपूर्ण आवस्यकतालाई पहिलो प्राथमिकता दिएर काम गरेमा जनविश्वास बद्ने बताउनु भयो ।


कार्यक्रममा अतिथीको रुपमा रहनुभएका नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढाले बोल्दै आफुहरुले जनप्रतिनिधी भएसँगै जनताको समस्यामा निरन्तर काम गरिरहेको बताउँदै जनताका समस्या धेरै रहँदै गर्दा त्यसलाई पुरा गर्न नसकिएपनी क्रमश स्थानीय तह, प्रदेश, र सँघ सरकारबाट छनौट भएका योजना तथा कार्यक्रमको माध्यमबाट विकास निर्माणमा अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रमका अवसरमा केन्द्रिय महाधिवेशन प्रतिनिधी देवेन्द्र घर्ति, लिलमाया पुन, क्षेत्र नंं. २ प्रदेश सभा –ख) का प्रदेश सभापती मेशलाल सर्मा लगाएतको शुभकामना मन्तव्य रहेको आयोजित कार्यक्रममा स्थानीय नेता कार्यक्रताले गुनासो, सुझाव सल्लाह र प्रतिकृया राखेका छन । कार्यक्रम तमानखोला गाउँपालिका उपसभापती खिम छन्त्यालको अध्यक्षता, समिती सदस्य हेमन्त नेपालीको स्वागत सचिव योगेन्द्र पुनको सञ्चालनमा सम्पन्न भएको हो ।

रक्तिम ढोरपाटन द्धारा “प्राण भन्दा प्यारो” र “बढ्दै जाउ बढ्दै जाउ” म्यूजिक भिडियो विमोचन

0

विनोद विश्वकर्मा, वुर्तिबाङ,
रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर द्धारा आफ्नो २ वटा राष्ट्र प्रति समर्पित गित विमोचन गरेको छ ।

शुक्रबार बुर्तिबाङमा एक कार्यक्रमको आयोजना गर्दै “प्राण भन्दा प्यारो” र ”बढ्दै जाउ बढ्दै जाउ” बोलको गित विमोचन गरिएको छ ।
सनिबार आयोजित म्यूजिक भिडियो विमोचन कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर अध्यक्ष झक प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पाण्डेले म्युजिक भिडियो लगाएर विमोचन गर्नु भएको थियो ।

विमोचन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पाण्डेले देशमा सामराज्यवादी संस्कृतिको हावी भैरहेको सन्र्दभमा रक्तिमले आफ्नो संस्कृति, कला, रितिरिवाज लाई प्राथमिकिकरण गर्दै सर्वहारा वर्गको कथा व्याथालाई समेट्दै गितको अडियो र भिडियो बनेको भन्दै प्रशंसा गर्नु भएको थियो । कार्यक्रमको विषयमा रक्तिम सास्कृतिक अभियानका केन्दिय सदस्य सहविन अर्गेजाले कार्यक्रमको औचित्य माथि प्रकास पादैै म्यूजिक भिडियोको सन्देश को बारेमा जानकारी दिदै म्यूजिक भिडियो निमार्णमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा न्यूमोर्डन एकेडेमि बुर्तिवाङका कंपनि अध्यक्ष उत्तम बहादुर महत, नेकपा माओबादी केन्द्र बैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन ,नेकपा एमाले ढोरपाटन नगर उपाध्यक्ष ज्ञान प्रसाद कंडेल,जसपा गण्डकी प्रदेश सदस्य गंगा बहादुर घर्ति लगाएतले मन्तव्य राख्दै गितको अडियो र भिडियो राम्रो बनेको भन्दै यस गितको भिडियो छायाङ्कन ढोरपाटनमा भएकाले नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने बताएका थिए । कार्यक्रम रक्तिम सांस्कृतिक अभियानका राम बहादुर अर्गेजाको स्वागत मन्तव्य र रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर सचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।


“प्राण भन्दा प्यारो” बोलको म्यूजिक भिडियो रक्तिम ढोरपाटन नामक यूटू्व च्यानल बाट सार्वजनिक गरिएको छ भने “बढ्दै जाउ बढ्दै जाउ” बोलको म्यूजिक भिडियो भने विमोचन मात्र गरिएको र यूट्युव बाट भने पछि मात्र सार्वजनिक गरिने रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सचिव सहविन अर्गेजाले जानकारी दिनु भएको छ ।

प्राण भन्दा प्यारो बोलको गित नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्याका क्षेत्रमा छायाङ्कन गरिएको छ । म्यूजिक भिडियोको कलाकार रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगरका कलाकारहरु रहेका छन् । जसको मुख्य भुभिकामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य समेत रहनु भएका सहविन अर्गेजा रहनु भएको छ ,भने अन्य रक्तिम ढोरपाटनका कलाकार रहेका छन् । गितमा दान बहादुर थापाको शब्द,सौगात सायरको संगितमा स्वार भने सहविन अर्गेजाको रहेको छ र म्यूजिक भिडियोको निर्देशन भने दिप गुरुङ र सहविन अर्गेजाले गरेका छन् ।


गितले नेपालको कला संस्कृति तथा हिमाल पहाड तराई लाई समग्र नेपालको सान भएको र हिमाल पहाड तराई नेपालीको आगँन रहेको गितको भाव रहेको छ ।

व्यवहारिसे वृद्धालाई वडिगाड गाउँपालिका अध्यक्षको सक्रियतामा मानव सेवा आश्रममा लगियो

0

साउन २६
बुर्तिबाङ
बागलुङ जिल्लाको वडिगाड गाउँपालिका ६ खाल बजारमा अलपत्र अवस्थामा रहेकी ७६ बर्षिय एक बृद्धालाई बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको सक्रियतामा मानव सेवा आश्रम बागलुङमा पठाईएको छ ।
रुकुम जिल्लादेखि पैदल हिँडेर वडिगाड आइपुगेकी बृद्धा परिवारको अपहेलना पछि आफु घर छोडेर हिँडेको बताउँदै आएकी थिईन । खाल बजारमा व्यवहारिसे अवस्थामा आफुहरुले देखेपछि सोध खोज गर्दा व्यवहारिसे अवस्थामा देखेपछि गाडीको व्यवस्था गरेर मानव सेवा आश्रम बागलुङमा पु¥याइएको अध्यक्ष थापाले बताउनु भयो ।

आफनो नाम समेत बताउन नचाहेकी निज महिला आफु रुकुम जिल्लाबाट केहि दिन अगाडी देखि पैदल हिँडेर यहाँसम्म आइपुगेको बताएकी छिन ।

तमानखोला गाउँपालिकाद्धारा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

0

साउन २६ गते
बुर्तिबाङ
बागलुङको  तमानखोला गाउँपालिकामा बार्षिक समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएको कार्यप्रगतिको समिक्षा, वित्तिय प्रगती, भावि रणनिती लगाएतको विषयमा बृहत रुपमा छलफल गर्दे भावि रणनिती र कार्य योजनालाई परिणाम मुखि रुपबाट पूर्णता दिने गरि अगाडी बड्ने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल भएको, वित्तिय प्रगती सुधारोन्मुख रहेको, कार्यक्रम तथा योजना समयमा सम्पन्न गरेको तथ्याँक सहित आगामी दिनमा जनताको समस्या सम्वोधनमा केन्द्रित रहने गरि कर्मचारी जनप्रतिनिधी अगाडी बढ्ने, कर्मचारी र जनप्रतिनिधी विचको सम्बन्ध सुमधुर हुनुपर्ने, योजना समयमा सम्झौता गरि भुक्तानी प्रकृयामा समयमै समोन्य गर्ने, नागरिकका गुनासो, सुझाव सल्लाह लाई आत्मसाथ गर्दे जनप्रतिनिधी र कर्मचारी अगाडी बढ्ने लगाएतका विषयमा समिक्षा एवंम छलफल भएको जनाइएको छ ।


गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा कुल ३० लाख राजश्व सँकलन गर्ने उदेश्य लिएकोमा ४२ लाख बढि राजश्व सँकलन गर्न सफल भएको र वित्तिय प्रगती समेत सकारात्मक रहेको पाइएको हो । कार्यक्रमका अवसरमा बोल्ने बक्ताहरुले नितीगत विषयमा देखिएको समस्या र जनताको अपेक्षा बिच केही समस्या रहेको बताउँदै त्यसलाई समेत सम्बोधन गरेर अगाडी बढ्ने सुझाब व्यक्त गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत इशवरलाल शाक्यद्धारा कार्यक्रमको उदेश्य र रणनितीको विषयमा प्रकाश पार्नुभएको हो ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकास सदस्य, वडा सदस्य, विषयगत शाखा प्रमुख लगाएतको धारणा सुझाव एवं मन्तव्य रहेको थियो । कार्यक्रम कर्मचारी मुना विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालिका ५ स्थित १ गोठमा आगोलागी

0

ढोरपाटन नगरपालिका ५ स्थित १ गोठमा आगोलागी भएको छ ।

ढोरपाटन नगरपालिका ५ निन्नेचौर स्थित पूर्णभद्र जैसीको गोठमा अचानक आगोलागी हुँदा लाखौँ मुल्य बराबरको घाँस, काठपात जलेर पूर्ण रुपमा क्षती भएको स्थानीय देविराम सापकोटा, गाई भैँसीलाई कुँडो पकाउने अगेनाबाट सल्किएको आगोले गोठ पूर्ण रुपमा जलेर क्षेति भएको जनाइएको छ ।

स्थानीयको सहयोगमा पशु चौपाया जोगाउने प्रयास भएपनी आगो नियन्त्रण गर्ने क्रममा गोठ धनी पूर्णभद्र सापकोटा सामान्य घाईते समेत हुनुभएको देविराम सापकोटाले बताउनु भयो ।

बुधबार दिउँसो करिब ४ बजेतिर सल्किएको आगो स्थानीयले साढे ५ बजेतिर नियन्त्रणमा लिएका हुन । जस्ताले छाएको गोठमा गाई भैँसी पाल्ने गरिएको जनाइएको छ । गोठमा आगोलागी हुँदा २ लाख बढिको क्षती भएको जनाइएको छ ।

रेडियो ढोरपाटनद्धारा सञ्चालित ५ दिने उद्घोण बोल्नेकला तथा पत्रकारिता तालिम सम्पन्न

0

बुर्तिबाङ

गरिवी निवारणका लागी वातावरणीय स्वास्थ्य शिक्षाद्धारा सञ्चालित सामुदायिक रेडियो ढोरपाटनले सञ्चालन गरेको ५ दिने उद्घोषण, पत्रकारीता तथा बोल्ने कला विषयक तालिम बुधबार सम्पन्न भएको छ ।

गत साउन २० गते शनिबार देखि सञ्चालन भएको तालिममा रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेद्धारा बोल्ने कला, क्षमता तथा नेतृत्व विकास, स्टेज कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालन गर्नका निम्ती उद्घोषकले अपनाउनु पर्ने विधी र प्रकृया, औपचारिक र अनौपचारिक कार्यक्रमको प्रकृया र विधी, विज्ञापन निर्माण, समाचार लेखन समाचार प्रकृया तथा आफनो क्षमता विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम दिइएको हो । तालिममा १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र वडिगाड गाउँपालिका लगाएत विभिन्न स्थानबाट सहभागिता जनाएका सहभागिले आफुहरुलाई तालिमले निकै उर्जा दिएको र तालिमबाट सिकेका विषयलाई आत्मसाथ गर्दे् अगाडी बढ्ने जनाएका छन ।


तालिमबाट बोल्न सक्ने र नेतृत्व विकास गर्ने क्षमताको विकास भएको छ । धेरै कार्यक्रममा बोल्न निकै समस्या थियो अव भने आफै उद्घोषण गर्ने गरी कार्यक्रममा सरिक हुने सहभागि यम कुमार मल्लले बताउनु भयो ।


बुधबार आयोजित समापन सत्रको कार्यक्रममा अन्य सहभागिले समेत यस्ता तालिमले जिवनमा क्षमता विकास, नेतृत्व विकास, बोल्ने कलाको विकास सँगै पत्रकारीता, उद्घोषण जस्ता विषयमा निकै फलदायी बनेको बताएका छन ।
तालिममा प्रशिक्षकको रुपमा पत्रकार तिलक बहादुर मल्ल र विनोद विश्वकर्माले समेत प्रशिक्षण दिनुभएको हो ।

नेपाली काँग्रेसका नेताहरु प्रति भरोसा गर्न सांसद शेरचनकोे आग्रह

0

बाग्लुङ, साउन २२ गते
नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो ।
सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो ।
हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन २० देखि ३० गते सम्म ‘विशेष आन्तिरक अभियान’ संचालन गर्ने निर्णय गरे अनुसार बाग्लुङको वुर्तिवाङमा कार्यक्रम संचालन भएको हो ।
यस अभियानलाई प्रभावकारी र सफल बनाउन जिल्ला÷जिल्लामा केन्द्रिय प्रतिनिधि खटाइएको छ ।
सांसद शेरचनले जनताको बिश्वासलाई आत्मसाथ गर्दै जनतालाई भरोसा गर्न सक्ने काम गर्न उपस्थित कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले कार्यकर्ताहरुलाई कुनैपनि चमत्कारी नयाँ पार्टी देखेर आत्तिन नहुने बताउनुभयो ।
सुशील कोइराला जस्ता सादकी नेताबाट जारी गरिएको बर्तमान संविधानले नेपाली जनताका हक अधिकारलाई संघिय गणतन्त्रात्मक राज्य व्यवस्था मार्फत सिहदरबारको अधिकार गाउँ–गाउँ सम्म पुर्याएको सांसद शेरचनले स्मरण गर्नुभयो ।
बिकास गर्न सक्ने इमान्दार नेता र पार्टीलाई हरेक निर्वाचनमा सफल बनाउनुपर्ने भन्दै उहाँले काँग्रेस भित्र केही सानातिना विकृति भएतापनि त्यसलाई सच्याउदै अघि बढ्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै अर्का सांसद दिलमाया पौवीले बिकासको प्रतिफल नेपाली काँग्रेसमार्फत नै पुर्याएको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेस नै महिला, दलित, जनजातिको भएकाले पार्टीको संगठनलाई अझै सवल र सुदृढिकरण गर्दै अघि लैजानुपर्नेमा जोड दिनुभयो ।


सो सम्मेलनमा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचार विभाग प्रमुख एवं सो क्षेत्रका प्रतिनिधि रमेश पौडेलले मुलुकमा जुनसुकै दलले आकाशको तारा खसाल्छु भने पनि नेपाली काँग्रेस जस्तो एतिहासिक पार्टीको विकल्प नभएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी संगठनमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस वडा नं १ का पार्टी सभापति पान बहादुर छन्त्यालको अध्यक्षतामा भएको सो सम्मेलनमा महाधिवेशन प्रतिनिधि दिपेन्द्र बहादुर श्रेष्ठ, क्षेत्रिय सदस्य ढालेन्द्र छन्त्याल लगायत स्थानिय नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसको संगठनलाई बलियो बनाएर लैजानुपर्ने भनाई राख्नुभएको थियो ।
पार्टीले बागलुङ जिल्लाको ८५ वटै वडामा कार्यक्रम गरेको छ । पालिका सम्मलेलन, क्षेत्र तह, प्रदेश र जिल्ला तहमा समेत क्रमश सम्मेलन गर्ने तयारि रहेको जिल्ला सभापती जित बहादुर शेरचनले बताउनु भयो ।