साउन २६
बुर्तिबाङ
बागलुङ जिल्लाको वडिगाड गाउँपालिका ६ खाल बजारमा अलपत्र अवस्थामा रहेकी ७६ बर्षिय एक बृद्धालाई बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको सक्रियतामा मानव सेवा आश्रम बागलुङमा पठाईएको छ ।
रुकुम जिल्लादेखि पैदल हिँडेर वडिगाड आइपुगेकी बृद्धा परिवारको अपहेलना पछि आफु घर छोडेर हिँडेको बताउँदै आएकी थिईन । खाल बजारमा व्यवहारिसे अवस्थामा आफुहरुले देखेपछि सोध खोज गर्दा व्यवहारिसे अवस्थामा देखेपछि गाडीको व्यवस्था गरेर मानव सेवा आश्रम बागलुङमा पु¥याइएको अध्यक्ष थापाले बताउनु भयो ।
आफनो नाम समेत बताउन नचाहेकी निज महिला आफु रुकुम जिल्लाबाट केहि दिन अगाडी देखि पैदल हिँडेर यहाँसम्म आइपुगेको बताएकी छिन ।