
बुर्तिबाङ
गण्डकी प्रदेश सभासदस्य तथा तथा नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधी दोर्ण कुमार कुवँरले जनताको समस्या सम्वोधन गर्न र विकास निर्माण मार्फत अगाडी बढ्न जिम्मेवार नेता कार्यक्रता र निर्वाचित जनप्रतिनिधी जिम्मेवार पूर्वक अगाडी बढ्नुपर्ने बताउनु भएको छ ।
शनिबार नेपाली काँग्रेस तमानखोला गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरिय सम्मेलन कार्यक्रममा साँसद कुवँरले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे यस्तो बताउनु भयो । जनताको तमाम समस्या र निर्वाचित जनप्रतिनिधी प्रति आशा अपेक्षा धेरै छन त्यसलाई क्रमश सम्वोधन गर्दे जानुपर्ने छ । यस आर्थिक बर्षमा गण्डकी प्रदेशबाट समेत थुप्रै योजना तथा कार्यक्रममा बजेट विनीयोजन भएका कारण नागरिकको अपेक्षालाई तिनवटै तहको सरकारले सम्वोधन गर्दे जानुपर्ने बताउँदै नेपाली काँग्रेसमा आवद्ध नेता कार्यक्रताले समेत सँगठनलाई चलायमान बनाउने, नागरिकको समस्यामा सहारा बन्दै अगाडी बढ्नुपर्ने बताउँदै आ –आफनो तहबाट सक्रिय भएर अगाडी बढ्न नेता कार्यक्रतालाई आग्रह गर्नुभयो ।
विकास निर्माणले पछि परेको तमानखोला गाउँपालिकामा यस आर्थिक बर्षमा थुप्रै विकास निर्माण योजना छनौट भएको बताउँदै योजनालाई प्रभावकारी, गुणस्तरीय र दिगो बनाउन स्थानीय नागरिकले नै सचेत गराउनु पर्ने बताउँदै केन्द्रिय विधुतको पहुँच, सडक, मोटरेवल पुल,झलुङगे पुल, लगाएतका विकास निर्माणलाई आफहुरुले क्रमश पुरा गर्ने बताउनु भयो ।
कार्यक्रमका अवसरमा विशिष्ठ अतिथीको रुपमा रहनुभएका नेपाली काँग्रेस जिल्ला कार्यसमिती सचिव तथा वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बोल्दै पार्टीलाई गतिशिल र चलायमान बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन पछि पहिलो पटक यस्तो भेटघाट र छलफल कार्यक्रमको आयोजना गर्दे गर्दा आम कार्यक्रतामा रहेका गुनासो, सुझास सँकलन सँगै आत्मियता बद्ने बताउँदै सँगठनलाई चलायमान बनाउँदै अगाडी बढ्ने नेता कार्यक्रतालाई सुझाव दिनुभयो ।
तमानखोला गाउँपालिकामा नेपाली काँग्रेस एकढिक्का र सक्रिय सँगठन सहित अगाडी बढेको पालिका रहेका कारण यहाँका नेता कार्यक्रतामा नैराश्यताच आउन नहुने गरी सँगठन चलायमान बनाउनु पर्नेमा जोड दिँदै जनताका समस्या विकास निर्माणमा समेत साझा अपनत्व लिएर जनप्रतिनिधी अगाडी बद्नुुपर्ने बताउनु भयो । जनताका आवस्यकता धेरै छन श्रोत र साधन कम रहेपनी महत्वपूर्ण आवस्यकतालाई पहिलो प्राथमिकता दिएर काम गरेमा जनविश्वास बद्ने बताउनु भयो ।
कार्यक्रममा अतिथीको रुपमा रहनुभएका नेपाली काँग्रेस क्षेत्रीय सभापती जोकलाल बुढाले बोल्दै आफुहरुले जनप्रतिनिधी भएसँगै जनताको समस्यामा निरन्तर काम गरिरहेको बताउँदै जनताका समस्या धेरै रहँदै गर्दा त्यसलाई पुरा गर्न नसकिएपनी क्रमश स्थानीय तह, प्रदेश, र सँघ सरकारबाट छनौट भएका योजना तथा कार्यक्रमको माध्यमबाट विकास निर्माणमा अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रमका अवसरमा केन्द्रिय महाधिवेशन प्रतिनिधी देवेन्द्र घर्ति, लिलमाया पुन, क्षेत्र नंं. २ प्रदेश सभा –ख) का प्रदेश सभापती मेशलाल सर्मा लगाएतको शुभकामना मन्तव्य रहेको आयोजित कार्यक्रममा स्थानीय नेता कार्यक्रताले गुनासो, सुझाव सल्लाह र प्रतिकृया राखेका छन । कार्यक्रम तमानखोला गाउँपालिका उपसभापती खिम छन्त्यालको अध्यक्षता, समिती सदस्य हेमन्त नेपालीको स्वागत सचिव योगेन्द्र पुनको सञ्चालनमा सम्पन्न भएको हो ।