spot_img

ढोरपाटन नगरपालिका ५ स्थित १ गोठमा आगोलागी

ढोरपाटन नगरपालिका ५ स्थित १ गोठमा आगोलागी भएको छ ।

ढोरपाटन नगरपालिका ५ निन्नेचौर स्थित पूर्णभद्र जैसीको गोठमा अचानक आगोलागी हुँदा लाखौँ मुल्य बराबरको घाँस, काठपात जलेर पूर्ण रुपमा क्षती भएको स्थानीय देविराम सापकोटा, गाई भैँसीलाई कुँडो पकाउने अगेनाबाट सल्किएको आगोले गोठ पूर्ण रुपमा जलेर क्षेति भएको जनाइएको छ ।

स्थानीयको सहयोगमा पशु चौपाया जोगाउने प्रयास भएपनी आगो नियन्त्रण गर्ने क्रममा गोठ धनी पूर्णभद्र सापकोटा सामान्य घाईते समेत हुनुभएको देविराम सापकोटाले बताउनु भयो ।

बुधबार दिउँसो करिब ४ बजेतिर सल्किएको आगो स्थानीयले साढे ५ बजेतिर नियन्त्रणमा लिएका हुन । जस्ताले छाएको गोठमा गाई भैँसी पाल्ने गरिएको जनाइएको छ । गोठमा आगोलागी हुँदा २ लाख बढिको क्षती भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित