
साउन २६ गते
बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकामा बार्षिक समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएको कार्यप्रगतिको समिक्षा, वित्तिय प्रगती, भावि रणनिती लगाएतको विषयमा बृहत रुपमा छलफल गर्दे भावि रणनिती र कार्य योजनालाई परिणाम मुखि रुपबाट पूर्णता दिने गरि अगाडी बड्ने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल भएको, वित्तिय प्रगती सुधारोन्मुख रहेको, कार्यक्रम तथा योजना समयमा सम्पन्न गरेको तथ्याँक सहित आगामी दिनमा जनताको समस्या सम्वोधनमा केन्द्रित रहने गरि कर्मचारी जनप्रतिनिधी अगाडी बढ्ने, कर्मचारी र जनप्रतिनिधी विचको सम्बन्ध सुमधुर हुनुपर्ने, योजना समयमा सम्झौता गरि भुक्तानी प्रकृयामा समयमै समोन्य गर्ने, नागरिकका गुनासो, सुझाव सल्लाह लाई आत्मसाथ गर्दे जनप्रतिनिधी र कर्मचारी अगाडी बढ्ने लगाएतका विषयमा समिक्षा एवंम छलफल भएको जनाइएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा कुल ३० लाख राजश्व सँकलन गर्ने उदेश्य लिएकोमा ४२ लाख बढि राजश्व सँकलन गर्न सफल भएको र वित्तिय प्रगती समेत सकारात्मक रहेको पाइएको हो । कार्यक्रमका अवसरमा बोल्ने बक्ताहरुले नितीगत विषयमा देखिएको समस्या र जनताको अपेक्षा बिच केही समस्या रहेको बताउँदै त्यसलाई समेत सम्बोधन गरेर अगाडी बढ्ने सुझाब व्यक्त गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत इशवरलाल शाक्यद्धारा कार्यक्रमको उदेश्य र रणनितीको विषयमा प्रकाश पार्नुभएको हो ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकास सदस्य, वडा सदस्य, विषयगत शाखा प्रमुख लगाएतको धारणा सुझाव एवं मन्तव्य रहेको थियो । कार्यक्रम कर्मचारी मुना विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।