रेडियो ढोरपाटनद्धारा सञ्चालित ५ दिने उद्घोण बोल्नेकला तथा पत्रकारिता तालिम सम्पन्न

बुर्तिबाङ

गरिवी निवारणका लागी वातावरणीय स्वास्थ्य शिक्षाद्धारा सञ्चालित सामुदायिक रेडियो ढोरपाटनले सञ्चालन गरेको ५ दिने उद्घोषण, पत्रकारीता तथा बोल्ने कला विषयक तालिम बुधबार सम्पन्न भएको छ ।

गत साउन २० गते शनिबार देखि सञ्चालन भएको तालिममा रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेद्धारा बोल्ने कला, क्षमता तथा नेतृत्व विकास, स्टेज कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालन गर्नका निम्ती उद्घोषकले अपनाउनु पर्ने विधी र प्रकृया, औपचारिक र अनौपचारिक कार्यक्रमको प्रकृया र विधी, विज्ञापन निर्माण, समाचार लेखन समाचार प्रकृया तथा आफनो क्षमता विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम दिइएको हो । तालिममा १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र वडिगाड गाउँपालिका लगाएत विभिन्न स्थानबाट सहभागिता जनाएका सहभागिले आफुहरुलाई तालिमले निकै उर्जा दिएको र तालिमबाट सिकेका विषयलाई आत्मसाथ गर्दे् अगाडी बढ्ने जनाएका छन ।


तालिमबाट बोल्न सक्ने र नेतृत्व विकास गर्ने क्षमताको विकास भएको छ । धेरै कार्यक्रममा बोल्न निकै समस्या थियो अव भने आफै उद्घोषण गर्ने गरी कार्यक्रममा सरिक हुने सहभागि यम कुमार मल्लले बताउनु भयो ।


बुधबार आयोजित समापन सत्रको कार्यक्रममा अन्य सहभागिले समेत यस्ता तालिमले जिवनमा क्षमता विकास, नेतृत्व विकास, बोल्ने कलाको विकास सँगै पत्रकारीता, उद्घोषण जस्ता विषयमा निकै फलदायी बनेको बताएका छन ।
तालिममा प्रशिक्षकको रुपमा पत्रकार तिलक बहादुर मल्ल र विनोद विश्वकर्माले समेत प्रशिक्षण दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित