
ढोरपाटन साउन २८
उत्तरगँगा जलाशय यूक्त आयोजना निर्माणमा सरकारको चासो बढ्दै गर्दा गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय मन्त्री सरस्वती अर्याल तिवारी सहितको टोलीद्धारा ढोरपाटन उपत्यका सहित ड्याम साईड बन्ने स्थलको समेत अवलोकन गर्नुभएको छ ।
शनिबार उक्त टोलिद्धारा त्यस क्षेत्रको अवलोकन गर्नुका साथै गण्डकी प्रदेश सरकार अन्र्तगत उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयको समेत सम्मोन्य गर्ने दायित्व रहेका कारण आफुहरु यस क्षेत्रको अवलोकनका निम्ती आएको बताउँदै उक्त आयोजना सँघिय सरकारको योजना अन्र्तगत पर्ने भएपनी गण्डकी प्रदेश सरकार सँग सम्मोन्य रहने भएको र आफनो प्रदेश भित्र उक्त आयोजना निर्माण हुँदै गर्दा उर्जा सँग सम्वन्धित आयोजना भएका कारण विशेष अवलोकन निरीक्षण गरिएको बताउनु भयो ।
प्रदेश सरकारको समेत जिम्मेवारी छ जिम्मेवारी बहन गर्नका निम्ती आफुहरु योजना निर्माण हुने स्थलमा आएको बताउँदै जनताको आवस्यकता, जनताको राय धारणा बुझ्नका निम्ती पनी आफु ढोरपाटन आएको बताउनु भयो ।
“लामो समय देखि चर्चा रहेको आयोजना नबन्नुमा राजनैतिक खिचातानी हो की भन्ने लागेको हो मन्त्रालयले र गण्डकि प्रदेशले जनताको आवस्यकता र विकासको अवधारणालाई हेरेर आयोजना निर्माणका निम्ती सँघिय सरकारमा थप ध्यानाकर्षण गराउने मन्त्री तिवारीले प्रतिबद्धता व्यक्त गर्नुभयो” ।
त्यस्तै गण्डकी प्रदेशका माननिय दोर्ण कुमार कुवँरले समेत आयोजना बन्ने स्थलको अवलोकन गर्दे लामो समय देखि चर्चामा रहेको उत्तर गँगा जलाशय यूक्त आयोजना बन्ने विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराइएको बताउँदै गण्डकी प्रदेश सरकार मार्फत सँघ सरकालाई थप ध्यानाकर्षण गराइने बताउनु भयो । आयोजना निर्माण भएमा यहाँको विकास, प्रर्यटन रोजगारी र आर्थिक उत्पादनमा समेत सहज हुने बताउँदै आयोजना निर्माणमा सरकारको भुमिका सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।
ड्याम साईड बन्ने स्थल
स्थलगत अध्ययनका निम्ती आउनु भएका उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयका सचिव डा. सन्तोष कैनीले बोल्दै यस आयोजना गण्डकी प्रदेश सरकारको गौरवको आयोजना समेत रहेका कारण ड्याको एक्सेस देखि लिएर जलाशय यूक्त आयोजना बन्नका निम्ती सम्भावित र निकै कम लागतमा आयोजना बन्ने भएका कारण आयोजना बनाउनका निम्ती पहल गरिने बताउनु भयो । ८२१ मेगावाट क्षमताको उक्त आयोजना बन्दै गर्दा ढोरपाटन उपत्यकामा ८ किलोमिटर दुरी टाढा अर्थात भुजी क्षेत्र भन्दा केहि तल ड्याम निर्माण हुने गरी अगाडी बढ्ने छ ।
दुई सय मिटर हाईट सम्म पानी सँकलन हुने उक्त आयोजनाको दुई वटा पावर हाउस मार्फत विधुत उत्पादन हुने जनाइएको हो । आयोजनाको प्रारम्भिक अध्ययन समेत भइसकेका कारण बिस्तृत अध्ययन गर्न बाँकी रहेका कारण सरकारले उक्त प्रकृया अगाडी बढाउन सकेमा छोँटो समयमै आयोजना बन्ने झलक मोहन ओझाले बताउनु भयो ।