रक्तिम ढोरपाटन द्धारा “प्राण भन्दा प्यारो” र “बढ्दै जाउ बढ्दै जाउ” म्यूजिक भिडियो विमोचन

विनोद विश्वकर्मा, वुर्तिबाङ,
रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर द्धारा आफ्नो २ वटा राष्ट्र प्रति समर्पित गित विमोचन गरेको छ ।

शुक्रबार बुर्तिबाङमा एक कार्यक्रमको आयोजना गर्दै “प्राण भन्दा प्यारो” र ”बढ्दै जाउ बढ्दै जाउ” बोलको गित विमोचन गरिएको छ ।
सनिबार आयोजित म्यूजिक भिडियो विमोचन कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर अध्यक्ष झक प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पाण्डेले म्युजिक भिडियो लगाएर विमोचन गर्नु भएको थियो ।

विमोचन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पाण्डेले देशमा सामराज्यवादी संस्कृतिको हावी भैरहेको सन्र्दभमा रक्तिमले आफ्नो संस्कृति, कला, रितिरिवाज लाई प्राथमिकिकरण गर्दै सर्वहारा वर्गको कथा व्याथालाई समेट्दै गितको अडियो र भिडियो बनेको भन्दै प्रशंसा गर्नु भएको थियो । कार्यक्रमको विषयमा रक्तिम सास्कृतिक अभियानका केन्दिय सदस्य सहविन अर्गेजाले कार्यक्रमको औचित्य माथि प्रकास पादैै म्यूजिक भिडियोको सन्देश को बारेमा जानकारी दिदै म्यूजिक भिडियो निमार्णमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा न्यूमोर्डन एकेडेमि बुर्तिवाङका कंपनि अध्यक्ष उत्तम बहादुर महत, नेकपा माओबादी केन्द्र बैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन ,नेकपा एमाले ढोरपाटन नगर उपाध्यक्ष ज्ञान प्रसाद कंडेल,जसपा गण्डकी प्रदेश सदस्य गंगा बहादुर घर्ति लगाएतले मन्तव्य राख्दै गितको अडियो र भिडियो राम्रो बनेको भन्दै यस गितको भिडियो छायाङ्कन ढोरपाटनमा भएकाले नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने बताएका थिए । कार्यक्रम रक्तिम सांस्कृतिक अभियानका राम बहादुर अर्गेजाको स्वागत मन्तव्य र रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर सचिव कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।


“प्राण भन्दा प्यारो” बोलको म्यूजिक भिडियो रक्तिम ढोरपाटन नामक यूटू्व च्यानल बाट सार्वजनिक गरिएको छ भने “बढ्दै जाउ बढ्दै जाउ” बोलको म्यूजिक भिडियो भने विमोचन मात्र गरिएको र यूट्युव बाट भने पछि मात्र सार्वजनिक गरिने रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सचिव सहविन अर्गेजाले जानकारी दिनु भएको छ ।

प्राण भन्दा प्यारो बोलको गित नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्याका क्षेत्रमा छायाङ्कन गरिएको छ । म्यूजिक भिडियोको कलाकार रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगरका कलाकारहरु रहेका छन् । जसको मुख्य भुभिकामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य समेत रहनु भएका सहविन अर्गेजा रहनु भएको छ ,भने अन्य रक्तिम ढोरपाटनका कलाकार रहेका छन् । गितमा दान बहादुर थापाको शब्द,सौगात सायरको संगितमा स्वार भने सहविन अर्गेजाको रहेको छ र म्यूजिक भिडियोको निर्देशन भने दिप गुरुङ र सहविन अर्गेजाले गरेका छन् ।


गितले नेपालको कला संस्कृति तथा हिमाल पहाड तराई लाई समग्र नेपालको सान भएको र हिमाल पहाड तराई नेपालीको आगँन रहेको गितको भाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित