नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश ‘ख’ को पहिलो कार्यसमिति बैठक सम्पन्न,

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ को पहिलो कार्यसमिति बैठक सम्पन्न भएको छ। बैठकले संगठनलाई थप व्यवस्थित, सक्रिय र चलायमान बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू गरेको छ। प्रदेश ‘ख’ का सभापति ढालेन्द्र छन्त्यालको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति तारानाथ पौडेल र निसीखोला गाउँपालिका सभापति खिमबहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो। बैठकका अवसरमा नेपाली कांग्रेसको १५औँ क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रदेश ‘ख’ का पदाधिकारी तथा सदस्यहरूलाई जिल्ला सभापति तारानाथ पौडेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रमाणपत्र वितरण गर्दै उहाँले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टी संगठनको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभएको थियो। बैठकले प्रदेश ‘ख’ अन्तर्गत रहेका तीनवटै पालिकामा फरक–फरक स्थानमा घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको छ। पालिकास्तरमा पार्टीका गतिविधि विस्तार गर्ने, कार्यसमितिका पदाधिकारी तथा सदस्यबीच आपसी समन्वय र सहकार्य बढाउने उद्देश्यले घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरिएको हो। त्यसैगरी, कार्यसमितिको दोस्रो बैठक ढोरपाटन नगरपालिका–१, बुर्तिबाङमा आयोजना गर्ने निर्णय गरिएको छ। उक्त बैठकसँगै पार्टी कार्यालय उद्घाटन कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ। यसैबीच, बैठकले निर्वाचित सदस्य योगेन्द्रकुमार पुन मगरलाई कोषाध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ। पहिलो बैठकमार्फत निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण, संगठन सञ्चालनको कार्ययोजना र आगामी बैठकका विषयमा निर्णय गर्दै प्रदेश ‘ख’ कार्यसमितिले आगामी दिनमा पालिकास्तरमा संगठनका गतिविधिलाई थप सक्रिय बनाउने तयारी गरेको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img