रोटरी क्लबद्वारा निसीखोला–४ का २७ परिवारलाई ९ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण

रोटरी क्लबद्वारा निसीखोला–४ का २७ परिवारलाई ९ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
बुर्तिबाङ । रोटरी क्लबद्वारा निसीखोला–४ का २६ परिवारलाई र ईलाका ईलाका प्रहरी कार्यालय
झीवाखोलालाई गरि करिब ९ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरीएको छ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानअन्तर्गत रोटरी क्लब अफ काठमाडौं, र रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटनको सहकार्यमा राहत वितरण कार्यक्रम आयोजना गरिएको हो।
राहत सामग्रीअन्तर्गत खाद्यान्न, चामल, ओढ्ने तथा ओछ्याउने सामग्री, विद्युतीय चुलो लगायतका आवश्यक भाँडाकुँडा वितरण गरिएको थियो। निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टिकानिधि पौडेलको रोहबरमा उक्त सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो।
राहत वितरण कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका तर्फबाट प्राध्यापक डा. पुष्पराज शर्मा, पूर्व अध्यक्ष किशोर उप्रेती, तत्कालीन पूर्व अध्यक्ष तथा डिस्ट्रिक्ट ३२९२ का सर्भिस कमिटी चेयरपर्सन राजेन्द्र गौतम र कार्यकारी सचिव श्रीकृष्ण दाहालको सहभागिता रहेको थियो।
त्यसैगरी रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटनका तर्फबाट पूर्व अध्यक्षहरू ढालेन्द्र छन्त्याल, तुलसीराम अर्याल, प्रेमनाथ पौडेल, सोम पौवी, युबराज कुँवर (युथ कोअर्डिनेटर), तत्कालीन निवर्तमान अध्यक्ष ध्रुव सुवेदी तथा कार्यकारी सचिव ज्ञानबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
विपद्का कारण प्रभावित बनेका परिवारलाई दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। विपद्को समयमा सामाजिक संस्थाहरूको सहकार्य र मानवीय सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको थियो।
spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img